पोखरा ४ असार

उद्यमशिलता आजको अपरिहार्य आवश्यकता भएको भन्दै शाक्यले प्रत्येक व्यक्तिलाई आत्मनिर्भर बन्न, रोजगारी बढाउन, उत्पादन वृद्धि गर्न, परनिर्भरता घटाउन व्यवसायिकता र उद्यमशिलता प्रवद्र्धन जरुरी रहेको बताए । उनले सामाजिक कार्यहरु, प्राकृतिक स्रोतको संरक्षण, सामाजिक लाभहरु, अन्य कार्यक्रम हरुमा सामाजिक संलग्नता अभिवृद्धि हुनुपर्नेमा समेत जोड दिए।

स्थानीय स्तरबाट संचालन हुने आयोजना, कार्यक्रम तथा योजनाको तर्जुमा स्तरदेखि नै सामाजिक सहभागीता आवश्यकता पर्ने भन्दै शाक्यले विकास निर्माणका कार्यहरुमा श्रमदान गर्ने, सहयोग गर्ने, समर्थन गर्ने कार्यले विकासको लक्ष पूरा हुने र सेवा प्रवाहको क्षेत्रमा सेमत नागरिक सहभागीता आवश्यक हुने स्पष्ट पारे ।
उनले हरेक काममा धैर्य र जनताको पक्षमा सोच्ने शक्तिको विकास गर्नुपर्ने पनि बताए । साथै प्रजाबाट जनता बनेका नेपाली अझै नागरिक बन्न नसकेको भन्दै सबैको साझा अभियान र सोचमा सकारात्मक परिवर्तनबाट मात्र नागरिक बन्न सकिने र यसैबाट उद्यमी बन्न सकिने पनि बताए ।
एक दिन एक घण्टा प्रकृतिको रमाइलोमा बस्ने र नयाँ सोचाईको विकास गर्ने, व्यवहारिक धरातलमा बसेर सीमित जनशक्ति र साधनबाट बिकास गर्न सकिने उपायाको खोजी गर्ने, हतोत्साही र दुःखदायी नहुने, सामाजिक सेवाका काम गर्ने, कतै र कसैबाट चन्दा र अनुदान नलिने, नेपालको धर्म, संस्कृति र परम्पराका मूल्यलाई नविर्सने लगायतको काम गरेर अगाडि बढ्न उनले त्यस्ता समूहलाई आग्रह गरेका छन् ।
उनले नागरिक शिक्षा भनेको खोक्रो आदर्श होइन, यो त्यो शिक्षा हो, जसले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि अर्काको स्वार्थलाई नकुल्च वा कुल्चनु पर्दैन भनेर सिकाउने बताए ।
उनले भने–कुनै पनि काम गर्न धनको मात्र आवश्यकता पर्दैन । धनले मात्र काम हुने होइन, ‘आइडिया’ले काम गर्ने हो । सामान्य काम ग¥यो भने पनि दिनको मामूली एक हजार रुपियाँ कमाउन सकिन्छ यहाँ । कुनै पनि काम सानोतिनो हुँदैन । आवश्यकता छ, कामलाई सम्मान गर्ने खाले शिक्षाको, नागरिक शिक्षाको ।’
नागरिक शिक्षाले आफ्नो अधिकार पनि खोज्ने र कर्तव्य पनि पालना गर्न सिकाउने भन्दै उनले यसले आत्मनिर्भर हुन पनि सिकाउने बताए । प्लस टुमा नागरिक शिक्षा राख्ने हो भने आगामी १० वर्षमै नागरिकको ठूलो जमात तयार गर्न सकिन्छ, यो सम्भव रहेको उनले स्पष्ट पारे ।
विद्यार्थीलाई उद्यमी बनाउन र केही व्यवहारिक ज्ञान सिकाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नोभेल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले जानकारी दिए ।
एकेडेमी संचालक समितिका सदस्य दुर्गा हुमागाइँले सहजीकररण गरेको कार्यक्रम दीपेन्द्र पहारीले संचालन गरेका थिए ।
Post a Comment