0
परिचय
समुदायमा छरिएर रहेको पट्रँजीलाइ एकत्रित गर्ने, शेयर सदस्यहरु मार्फत ब्यवसायिक कार्य सञ्चालन गर्ने एवम् सामुदायिक सशक्तिकरणका लागि समेत निरन्तर लागि पर्ने एक स्वायत्त संस्था नै सहकारी हो । समान इच्छा भएका, एउटै मनसाय भइ विश्वासिला योग्य ब्यक्तिहरुले स्वैच्छिक रुपमा मिलेर बनाएको ब्यवसायिक संगठनलाई सहकारी भनिन्छ । सहकारीमा मानिसहरुको एउटा समुह हुन्छ जसमा हरेक सदस्यहरुको समान उद्देश्य, चाहाना र इच्छा हुन्छन् । यो एउटा सामाजिक संस्था पनि हो ।
सदस्यहरुको वचत संकलन गरी सदस्यहकरमा नै लगानी गरी समुदायका हरेक आर्थिक, सामाजिक विकास गर्ने उद्देश्यका साथ सहकारीको स्थापना गरिएको हुन्छ । नेपालमा सहकारी विभागको स्थापना वि.स. २०१० सालमा भए पश्चात् सहकारी क्षेत्रमा विकासको सुरुवात भएको हो भने वि.सं. २०१३ साल चैत्र २० गते चितवन जिल्लामा पहिलो सहकारीको रुपमा बखान ऋण सहकारी समितिको गठन भएको थियो ।

नेपालमा सहकारी क्षेत्रको सुरुवात भएको अहिले ६० वर्ष पुरा भएको छ । यसै क्रममा आज वि.सं. २०७३ चैत्र २० गते “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नाराका साथ ६० औँ सहकारी दिवस नेपालमा भब्य रुपमा मनाउन लागिएको छ । गरिबी निवारण, रोजगारीको सृजना, सामाजिक एकिकरण तथा वातावरण संरक्षणमा समेत सहकारी ब्यवसायको योगदान महत्वपूर्ण रहेको छ । फलस्वरुप देशको समग्र पक्षको दिगो विकासका लागि इट्टा थप्ने काम समेत सहकारी क्षेत्रले गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा घोषण गरिसकेको छ भने नेपाल सरकारले पनि सहकारी क्षेत्रको सन्तुलित विकासका लागि पहिलो पटक राष्ट्रिय सहकारी नीति २०६९ समेत जारी गरिसकेको छ । त्यस्तै नेपालमा गणतन्त्र स्थापना भए पछि जारी भएको नेपालको संविधान २०७२ भाग ४ धारा ५१ को घ (३) मा भनिएको छ सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने राज्यको नीति हुनेछ । यसबाट पनि स्पष्ट छ कि नेपालका विभिन्न उद्देश्य र लक्ष्य हासिल गर्न सहकारी क्षेत्रका महत्वपूर्ण स्थान रहेको छ । 
वर्तमान अवस्था

नेपालको सहकारी विकासको आरम्भ वि.सं २०१० सालबाट भएता पनि वि.सं २०४६ साल भन्दा अगाडिका समयमा त्यति सफल हुन सकेन । नेपालमा २०४६ सालको प्रजातन्त्र स्थापना पश्चात मात्र वि.सं.२०४८ सालमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएका मूल्य र सिद्धान्तहरुको पृष्ठभूमिमा रही सहकारी ऐन २०४८ जारी भयो फलस्वरुप नेपालमा स्वतन्त्र रुपमा नेपाल भरी नै विभिन्न उद्देश्य र फरक फरक प्रकृतिका सहकारी संघ संस्थाहरुको विस्तार र विकास हुन थाल्यो । 

यसै क्रममा वि.सं. २०४९ को सहकारी नियमावली जारी भए सँगै सहकारी आन्दोलनले जन स्तरमा ब्यापकता लियो । वर्तमान अवस्थामा सहकारीमा सरकारी निकायका रुपमा सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, सहकारी विभाग, सहकारी प्रशिक्षण केन्द्र, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय तथा देशभर ३८ वटा डिभिजन सहकारी कार्यालयहरु रहेका छन् । नेपाल सरकार सहकारी विभागको तत्थ्यांक अनुसार आ.व. २०७२÷७३ को अन्त्यसम्म देशभरमा विभिन्न १६ वटा प्रकृतिका ३३ हजार ५९९ वटा सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् भने उक्त संस्थाहरुमा ५६,४७५ जना कर्मचारीहरु कार्यरत रहेका छन्। जसअन्तर्गत सहकारीहरुको कुल अनुमानित शेयर पुँजी करिव रु ३० अर्व पुगिसकेको छ । हालसम्म करिव ५० लाख भन्दा बढि नेपाली नागरिकहरु सदस्यको रुपमा जोडिएका छन् । सोही तथ्यांकका आधारमा यता कास्की जिल्लामा मात्र विभिन्न १२ प्रकृतिका ६१० वटा सहकारी संघ संस्थाहरु सञ्चालनमा रहेका छन् जसमा १ हजार ६८५ जना कर्मचारीहरु कार्यरत रहेका छन् विगतका समयमा शहर केन्द्रित सहकारीहरु अत्याधिक रहेता पनि पछिल्लो समयमा गाउँ–गाउँमा समेत सहकारी संघ–संस्थाहरुको विकास तीव्र रुपमा फैलिएको छ । गाउँमा सञ्चालनमा आएका सहकारीहरुमध्ये धेरैजसो कृषि क्षेत्रसँग सम्बन्धित रहेका छन् । 
समस्या र चुनौती 

नेपालमा सहकारी क्षेत्रको विकासका लागि विगतका समयमा धेरै प्रयासहरु गरिएतापनि अपेक्षित उपलब्धी भने हासिल गर्न सकिएको छैन । विभिन्न समस्या र चुनौतिहरु विद्यमान रहेसँगै सहकारी क्षेत्रको विकासमा अवरोधहरु देखा परिरहेका छन् । नेपालको सहकारी क्षेत्रले अपेक्षा गरेअनुरुप प्रगति हासिल गर्न नसक्नुको मुख्य कारणहरुमा सहकारी क्षेत्रले मुलुकको आर्थिक स्थितीमा उल्लेख्य योगदान गर्न नसक्नु र सहकारी संस्थाहरुमा आवद्ध अधिकांश मानिसहरुको आर्थिक स्थितीमा सुधार हुन नसक्नुलाइ लिन सकिन्छ ।  सहकारी शिक्षाको अभाव, सरकारी नीतिको अभाव, राजनीतिक र सामाजिक क्षेत्रमा ब्याप्त असन्तुलित अवस्था, निजीकरणमा आएको तीव्रता, खुल्ला बजारको नाममा सरकारले लिएको नीति जस्ता विभिन्न कारणहरुले गर्दा सहकारी क्षेत्रमा अनेक समस्याहरु उत्पन्न भइरहेका छन् । सहकारीको सञ्चालन र यसको विकासमा धेरै नै चुनौतीहरु विद्यमान रहेका छन् जस मध्ये मुख्य रुपमा सहकारीको अवधारणा सम्बन्धमा उल्लेख्य ज्ञानको कमी, ब्यवस्थापकीय कार्यकुशलताको अभाव हुनु, ब्यवसायिक बन्न नसक्नु, संस्थामा इमान्दातिरता, पारदर्शिता र जवाफदेहितामा कमि, संस्थाप्रति पूर्ण समर्पण र विश्वासको कमी, अस्वस्थ प्रतिस्पर्धा हुनु, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा सहकारी पर्न नसक्नु, सहकारी क्षेत्रको विकासका लागि उपयुक्त अध्ययन र अनुसन्धानको अभाव हुनु नै सहकारी क्षेत्रका मुख्य समस्या र चुनौतिहरु हुन् । 
यस्तै प्रचलित सहकारी ऐनमा समय सापेक्ष परिमार्जन हुन नसकेकोले पनि सहकारी संघ संस्थाहरुको दर्ता, सञ्चालन, अनुगमन र नियमन सम्बन्धी कार्यहरुमा प्रभावकारीता ल्याउन सकिएको छैन । सहकारीमा सुशासनमा सुनिश्चितता नहुनु, वित्तीय कारोबारका लागि सहकारी संघ–संस्थाहरुमा स्पष्ट कानूनी ब्यवस्था नहुनु, आवश्यक शिक्षा, तालिम र ब्यवस्थित सहकारी सट्रचना प्रणालीको उपयुक्त विकास हुन नसक्नु, सहकारी क्षेत्रलाइ दिइने अनुदान, ऋण र कर छुटका सुविधाहरुका विषमा स्पष्ट नीति नहुनु आदि जस्ता कुराहरुले सहकारी क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरु उत्पन्न भैरहेका छन्  । जसका कारण सहकारी क्षेत्रमा आशातित उपलब्धी हासिल गर्न सकिएको छैन फलस्वरुप देशकै समग्र आर्थिक तथा सामाजिक विकासमा दिगोपना आउन सकिरहेको छैन ।   

निष्कर्ष र सुझाव 

नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमा दिगोपना ल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहेको छ । नयाँ नेपालको अवधाराणालाइ मौलिक र सृजनात्मक पहलका लागि सहकारी क्षेत्रका महत्वपूर्ण भूमिका समेत रहेको छ । सहकारीलाई दिगो, भरपर्दो र परिणाममुखी बनाउनका लागि स्पष्ट अवधारणा, कार्ययोजना र ब्यवस्थित संगठन यसका आभारभूत पक्ष हुन् । सहकारीहरुको सञ्चालन तथा ब्यवस्थापनमा सहकारीको सिद्धान्त र मुल्यको ब्यवहारिक प्रयोग र भरपर्दो ब्यवस्थपन नै आजको प्रमुख चुनौति हो । सहकारी क्षेत्रमा देखा परेका चुनौतीहरुलाई सामाना गर्नका लागि सहकारीहरु बीच एकीकरण, उपयुक्त नीति निर्माण गरी त्यसको कार्यान्वयन, उपयुक्त तालिमको ब्यवस्था गर्ने, ब्यवस्थापकीय क्षमताको विकास र अभिवृद्धिमा जोड दिने, नेतृत्व विकासमा जोड दिने, युवाहरुको सक्रियता र सहभागितामा जोड दिनुपर्ने आवश्यक देखिन्छ ।  सहकारीको माध्यामबाट स्थानिय शिप, श्रम, पुँजी, र स्रोतसाधनको उपयोग गरि ब्यवसायिक उत्पादनमा वृद्धि गरि समग्र नेपाली नागरिकहरुको आर्थिक उन्नति गर्नु जरुरी रहेको छ । सहकारीको अभियानप्रति आकर्षित जनतालाई यसका मुल्य, मान्यता, सिद्धान्त र आदर्शको जानकारी गराएर दक्ष कर्मचारीको सहयोगमा सहकारी संस्थाहरुको सञ्चालन गर्न सकियो भने यसका क्षेत्रमा देखा परेका समस्याहरुको समाधान हुनेछन् । 

यसका लागि सम्बन्धित मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी वोर्ड, नेपाल राष्ट्र बैंकले समन्वयात्मक रुपमा कार्य गर्नुपर्ने खाँचो देखिएको छ ।  अन्त्यमा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको हितका लागि कृषि एवं औद्योगिक उत्पादन, शिक्षा सूचना र सञ्चारमा जेड दिइ मुलुकलाई आर्थिक सम्वृद्धि र सामाजिक चेतनामा वृद्धि गर्नमा टेवा पु¥याउन सकुन् र एक सफल स्वच्छ सहकारीको रुपमा विस्तार र विकास हुन सकुन्, सहकारीको माध्यामबाट देशको अर्थतन्त्रमा आर्थिक उन्नति गरी समग्र देशको विकासमा दिगोपना ल्याई आशातित लक्ष्य हासिल गर्न देशभर छरिएर रहेका सम्पूर्ण सहकारी संघ संस्थाहरुको महत्वपूर्ण र उदाहरणीय भूमिका रहोस फलस्वरुप ६०औँ सहकारी दिवस र यसको नाराले सार्थकता पाउन सकोस सम्पूर्ण सहकरी संघ संस्थाहरुलाई सफलताको शुभकामना ! जय सहकारी !
(लेखक आफन्त बचत तथा ऋण सहकारी संस्था लि.,का लेखा समिति संयोजक हुन् ।)




Post a Comment

 
Top