0

अशेष अधिकारी
त्सामान्य हुनसक्छ। तर, प्रेम असामान्य र अद्रुभूत हुन्छ। साँचो प्रेम गर्नेले नाफाघाटा हिसाब गर्दैनन्। दीपेन्द्र के खनाल निर्दे्शित ‘लभ लभ लभ’ले पनि त्यस्तै प्रेमको कथा पर्दामा पस्कन्छ। ’लभ लभ लभ’ले सुरज (सुरज पाण्डे) तथा समृद्धि (स्वस्तिमा खड्का)को सम्बन्धको कथा भन्छ। सुरज समृद्धिलाई स्कूल पढ्दादेखि नै माया गर्छ। हेर्नमा ऊ औषत केटा हो भने समृद्धि एउटा सुन्दरी। समृद्धिका लागि सुरज जत्ति बेला पनि उपलब्ध छ। उसले आफ्नो प्रेम समृद्धिलाई व्यक्त गरेको छैन। परिवारकी एक्ली छोरी समृद्धिलाई अनमोल केसी जस्तो केटा मनपर्छ। सुरजलाई ऊ प्रेम गर्दिन। उसका आफ्नै चाहाना र सपना छन्। ऊ छिट्टै विदेश उड्दैछे पढ्नका लागि।
सुरजभित्र समृद्धिप्रति गुम्सिरहेको प्रेम एक दिन व्यक्त हुन्छ। सुरूमा समृद्धिले उसको प्रेम अस्विकार गर्छे। सुरज रून्छ। उसले एक मौका माग्छ। समृद्धिले उसलाई १२ दिन भित्र केहि यस्तो गर्न भन्छे जसका कारण सुरजले उसलाई विदेश जानबाट रोक्न सकोस्। सुरज तयार हुन्छ। त्यसपछि समृद्धिलाई पाउन सुरजले के, के गर्छ? त्यो नै ‘लभ लभ लभ’को कथा हो।

फिल्मको कथामा उस्तो ठूलाठूला घटनाका उपक्रम छैनन्। एउटा सामान्य प्रेमकथा छ तर त्यो हेरिरहँदा दर्शकमाथी राइड हुने किसिमको छ। फिल्मको कथा पर्दामा प्रभावी लाग्छ। फिल्मले एउटा आदर्श प्रेमको बयान पर्दामा गरेको छ। एउटा प्रेमीले प्रतिकुल छ भन्दाभन्दै पनि के के गररिरहँन्छ भन्ने कथा फिल्मको ज्यान हो।
‘पशुपति प्रसाद’बाट एउटा भूईंमान्छेको कथा भनेका दीपेन्द्रले यसपटक भूई मान्छेको प्रेमलाई पर्दामा उतारेका छन्। उनले फिल्ममा मायाको भावना र चाहनालाई दर्शकको मन जित्ने हतियार बनाएका छन्। निर्देशकका रूपमा दीपेन्द्र पर्दामा पस्केको मानवीय संवेदनालाई दर्शकको मनमा प्रवेश गराउन धेरै हदसम्म सफल छ। उनले युवाप्रेमको कथा भनेको भएपनि त्यसले सबैको मनमा स्थान बनाउँछ। दर्शकको पर्दामा चलेको प्रेममा आफूलाई मिसाउछन्। प्रेमको मानवीय संवेदनाले दर्शकलाई छुन्छ। यद्यपि दीपेन्द्रले फिल्ममा केही ट्रिटमेन्ट जसले फिल्मलाई अझ सशक्त बनाउन सक्थे त्यसमा केही चुकेका पनि छन्। तर, उनले जे(जति गरेका छन् त्यो दर्शकको मन जित्न काफी छ। फिल्मले विशेषगरी नारी दर्शकको मन छुनेमा दुईमत छैन्। कथा भन्ने क्रममा दीपेन्द्रले सामान्य क्यामरा फ्रेमिङ प्रयोग गरेका छन्। क्यामराको प्रयोग उस्तो सिनेम्याटिक नलागे पनि उनका पछिल्ला फिल्मका उपक्रम हेर्दा लाग्छ, दीपेन्द्र आफ्ना सामान्य कथालाई सामान्य फ्रेमिङ् नै काफी रहेको मत स्थापित गराउन चाहन्छन्।

फिल्मको अर्को तारिफयोग्य काम भनेको फिल्मका कलाकार हरूको अभिनय हो। सुरजको भूमिकामा डेब्यू अभिनेता सुरज पाण्डे पर्दामा सहज र स्वभाविक लाग्छन्। उनले दर्शकको मन जित्छन्। दर्शकको सहानुभूति उनकै पक्षमा पर्छ। डेब्यू फिल्ममा उनले जे जति गरेका छन्, त्यो उत्साहजनक छ। त्यस्तै ‘होस्टल २’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि समृद्धिको भूमिकामा राम्रो अभिनय गरेकी छन्। सुरज र स्वस्तिमाका अलावा अन्य कलाकारले पनि आफ्नो भूमिका सुहाउने अभिनय गरेका छन्।  फिल्मको सम्पादनमा र पटकथामा भने केहि चुकेको छ। फिल्म हेरिरहँदा पटकथामा दर्शकलाई अझ बढि छुने गरी केही संवेदनाहरू पस्किने ठाउँ हुँदा–हँदै पनि त्यो गरिएको छैन्। त्यस्तै फिल्ममा दृश्यान्तर हुँदा ‘फिनिसिङ टच’ नपुगेको महसूस गर्न सकिन्छ। फिल्मको केहि दृश्यमा डबिङ् कमजोर छ। विशेषगरी सम्बृद्दि घरमा आयोजित पार्टीको दृश्यमा त्यो स्पष्ट महशुस हुन्छ।

संवाद फिल्मको अर्को सम्झनयोग्य पक्ष हो। सामान्य पात्रका लागि सामान्य शैलीका संवादको प्रयोग गरिएको छ। जून फिल्मका दृश्यसँग पात्रबाट मुखरित हुँदा गर्हौं लाग्छ। संमग्रमा ‘लभ लभ लभ’ले सामान्य प्रेमकथालाई सामान्य तर सटिक ढंगले पर्दामा भनेको छ। फिल्मले सुरूदेखि दर्शकलाई आफूतर्फ आकर्षित गर्दै अन्तिमसम्म डोराउँछ। दर्शक माथि सामान्य प्रेमकथाको संवेदना फिल्म अगाडि बढेसँगै बढ्दै जान्छ र फिल्मले दर्शकको मन जित्छ। निश्चित रूपमा फिल्ममा भंयकर सिनेम्याटिक कुराहरू छैन्। फिल्मले सामान्य भईकन पनि दर्शकलाई एउटा राम्रो कथा पर्दामा हेरे भन्ने अनुभव प्रदान गर्छ। नयाँ वर्षमा आएको यस प्रेमकथा हेरेर दर्शक निराश हुँदैनन्। ‘लभ लभ लभ’ फिल्म हेरेर नयाँ वर्ष मनाउन खोज्नेका लागि एउटा उपयूक्त फिल्म हो।





Post a Comment

 
Top