0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसले स्थानीय तहमा जनशक्ति, वित्त स्रोत साधन, शासकीय प्रवन्ध र व्यवस्थापकीय कौशल सुनिश्चित गराउने प्रतिवद्धता जनाएको छ । आशन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले आफूले पकिल्पना गरेको स्थानीय सरकार कस्तो हुनेछ भन्ने बताएको छ । आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने आफ्नो उद्देश्य रहेको भन्दै कांग्रेसले एक दशकसम्म बाषिर्क सातदेखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हासिल गर्न हरेक वर्ष ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । यसका लागि स्वेदशी र विदेशी लगानी परिचालन गर्ने कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । झण्डै–झण्डै बजेट जस्तै गरी कांग्रेसको घोषणा पत्रमा निकै लोकप्रिय नाराहरु अघि सारिएको छ । तर, घोषणा पत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले भने, ‘यो प्रतिवद्धता पत्र मात्र होइन, कार्यान्वयन गर्न सक्ने संकल्प हो । यो हासिल गर्न सकिन्छ ।’ कांग्रेसले ‘युवा उद्यम चुनौती कोष’ कार्यान्वयनमा ल्याउने बताएको छ । युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित गरी २५ं+२५+ं५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउने उसले बताएको छ । कांग्रेसका अनुसार यो कार्यक्रम अन्तरगत २० प्रतिशत युवा उद्यमी आफैंले, २० प्रतिशत अनुदार र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता हुनेछ । बैदेशिक रोजगारीमा रहेका वा फर्किएका युवाको सीप, दक्षता, पूँजी र विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै भविश्यमा निवृत्तिभरण सरह लाभांस पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार, रेमिट आवास जस्ता योजना स्थानीय तहमै कार्याँन्वयन गर्ने कांग्रेसको प्रतिवद्धता छ ।
साथै विदेशमा रहेका नेपालीले गाउँ नगरका आयोजनामा लगानी गर्न चाहे स्थानीय र प्रदेश सरकारले पनि समपूरक कोष प्रदा गर्ने बताएको छ । यसो गर्दा रेमिट्यान्सबाट एक रुपैयाँ आउन्दा प्रदेश र स्थानीय सरकारले पनि एक–एक रुपैयाँ लगानी गर्नेछ । कृषक उद्यमीका लागि सुलभ ऋण, भूपयोग योजना, बाह्रै महिना सिंचाई, पशु बधशालाको निर्माण, कृषिबाली एवं पशुधन बीमा र कृसान क्लब गठन गरिनेछ । सरकारी स्वामित्वमा रहने प्रशोधन केन्द्र स्थापनामा पूँजीगत अनुदान दिने, एक वार्ड एक हाट बजार, विद्युतको प्रसारण लाइन निर्माणमा अनुदान दिइने जस्ता प्रतिवद्धता पनि कांग्रेसले आफ्नो घोषणा पत्रमा समेटेको छ ।

कांग्रेसले महानगरहरुमा फ्लाइओभर, टनेल मार्ग र आकाशेपुलका साथै सम्भाव्य स्थलमा मोनो रेल निर्माण गर्ने योजना अघि सारेको छ । साथै अन्य स्थानीय तहलाई पनि पर्यटनको आकर्षण स्थलका रुपमा विकास गर्ने बताएको छ । स्थानीय सरकारहरुले विशिष्ट पर्यटन क्षेत्र पहिचान गर्ने, ऐतिहासिक, धार्मिक(सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आयको आधार बनाउने, पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलमा लगानीकर्ता भित्र्याउने, परम्परागत भौतिक संरचनालाई मौलिक एवं वुटिकका आवासमा परिर्वतन गर्न प्रोत्साहन गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले केन्द्र र प्रदेशमाथिको निर्भरता घटाउँदै स्थानीय राजश्वको अधार फराकिलो बनाउने बताएको छ । ‘उद्यमीलाई दोहोर करको भार नपार्ने मात्र होइन, करको भार पनि न्यूनमत हुने गरी नीति ल्याइनेछ, उसले भनेको छ । करको प्रशासनिक प्रक्रिया सरल गर्ने, सम्पत्ति, व्यवसाय, विज्ञापन, घर बहाल, मनोरञ्जन कर जस्ता स्थानीय आम्दानीका स्रोतको अभिलेख राख्ने र सूचना प्रविधिको प्रयोग गरेर पारदर्शी बनाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन र नागरिक रिपोर्ट कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउने विधि अपनाइने उसले बताएको छ । कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा साझै पठाउने प्रतिवद्धता जनाएको छ । यो आगामी आर्थिक वर्षमा नै करिव ६०० अर्ब हुने उसले बताएको छ । स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजना छनोट र निर्माण प्रभावकारी बनाउने, महत्वपूर्ण स्थानीय परियोजानामा बहुवर्षीय बजेटको प्रतिवद्धता गरिने समेत बताएको छ । उसले घोषणा पत्रमा नै स्थानीय सरकारले परियोजना सुरु गर्दा खोजिने आधार पेश गरेको छ, जसमा रणनीतिक, विकास, वित्तीय, प्राविधिक र व्यवस्थापकीय छन् । कांग्रेसले १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई ३ प्रतिशतभन्दा तल झार्ने कांग्रेसको संकल्प छ ।
कांग्रेसले कुनै पनि नेपाली नागरिक नछुट्ने गरी सामाजिक सुरक्षा कार्यक्रम बनाउने बताएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको न्यूनतम ज्याला निर्धारणमा स्थानीय सरकारले सहजीकरण गर्ने उनको बाचा छ ।

कांग्रेसले स्थानीय सरकारको ५ वर्ष्भित्र १५ देखि २४ वर्ष उमेर समूहका सबै नेपालीलाई साक्षर बनाउने बताएको छ । साथै माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय बनाउने घोषणा पत्रमा उल्लेख छ ।
कांग्रेसले १२ कक्षाको अन्तिम परीक्षामा सहभागी एक लाख युवालाई तरुण सिपवृत्ति योजना अन्तरगत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाउने बाचा गरेको छ । सामुदायिक आवासीय विद्यालय निर्माण गर्ने र त्यहाँ अति विपन्न वालवालिकाको सबै खर्च व्यहार्ने उसको दाबी छ । कांग्रेसले एक विपन्न परिवारः सीप सिकाई केन्द्रमा एक निःशुल्क अवसर, पुराना शिक्षकलाई स्वैच्छिक अवकास दिई नयाँ भर्ना गर्न शिक्षक रुपान्तरण योजना, निजी स्कुलकम भाउचर कार्यक्रम चलाउने बताएको छ । एक वार्ड(एक लाइव्रेरी, एक वार्ड–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्र, एक टोल(एक शिशु विकास केन्द्र, सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण जस्ता नारा पनि अघि सारेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमा प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, नगरपालिकामा २५ देखि ५० शैयाको अस्पताल स्थापनाको प्रतिबद्धता जनाएको छ ।  निःशुल्क डायलेसिस र महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय स्तरसम्म विस्तार गर्ने पनि उसको प्रतिवद्धता छ । कांग्रेसले सबै गाविसमा स्वास्थ्य संस्था स्थापना गर्ने र प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताएको छ । प्रत्येक नागरिकको स्वाथ्य विमा, विशिष्ट चिकित्सा पर्यटन, एक विपन्न परिवारः पानीको एक निःशुल्क धारा, स्थानीय तहसम्म सुुत्केरी भएको २ वर्षसम्म पोषण कुपन नारा पनि दिएको छ । कांग्रेसले घोषणा पत्रमा सामाजिक सुरक्षामा उल्लेख्य बृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमा गरेको छ । साथै हरेक गाउँपालिकामा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने बताएको छ । १० वर्ष्भित्र शिशु मृत्यु दरलाई ५ वर्षभन्दा कम र मातृ मृत्युदरलाई प्रति एकलाखमा ५० भन्दा कममा झार्ने अठोट गरिएको घोषणा पत्रमा उल्लेख छ ।

Post a Comment

 
Top