0
राम्रो स्वास्थको लागि मात्र उचित डाइट लिनु मात्र प्रर्याप्त हुदैन । मिठो निद्रा पनि स्वस्थ्य रहनको लागि  उति नै जरूरी छ । अचेल धेरैजसो व्यवसायमा (बिहान, दिउसो, राति) गरी  अलग–अलग तीन सिफ्टमा काम हुन्छ । यस्तोमा सबैभन्दा बढीअसर नाईट डयूटी गर्ने ब्यक्तिको निद्रामा पर्दछ । कहिलेकाहि त यस्तो हुन्छ कि किस्ता (टुक्रा) मा निदाउनु पर्ने हुन्छ । तर, छोटो समयको निद्रा लिनु स्वास्थ्यको लागि एकदमै खराब हुन्छ । एक रिसर्च रिपोर्टअनुसार बिल्कुलै न सुत्नु भन्दा पनि किस्ता(किस्तामा लिएको निद्रा बढी खतरनाक हुन्छ । 
अनिन्द्रले रोग प्रतिरोधात्मक क्षमता घटाउने हुनाले शरीरमा धेरैजसो रोगहरु लाग्ने संभावना बढी हुन्छ । अमेरिकाको जा‘न हा ‘प्किंस विश्वविद्यालयका वैज्ञानिकहरुले  आफ्नो शोधमा दुई प्रकारको निद्राको अध्ययन गरेका छन् । यसमा बीच(बीचमा रुकावटको साथ लिने निद्रा र कम समयको लागि नै सही तर शान्तिपूर्वक लिने निद्रा समावेश थिए ।यि दुबै समुहका मानिसहरुको स्वभावलाई जब तुलनात्मक अध्ययन गरेर हेरियो, त्यसले किस्ता–किस्तामा निदाउनेहरुको  तुलनामा आरामसंग निदाउने मानिसहरुको स्वभाव राम्रो देखायो । हाम्रो शरीरभित्रको अधिकत्तम्  प्रोसेस नेचुरल डेलीरिद्म (सरकाडियन क्ला‘क या शरीरको प्राकृतिक घड़ी) को आधारमा हुन्छ । जुनकुराहरु हाम्रो निद्राबाट नै नियन्त्रण हुने गर्दछ । एक अध्ययनअनुसार जब कुनै ब्यक्तिको सुत्ने साइकल (टाईम–टेबल) बिग्रिन्छ, यसले व्यक्तिको पाचन क्षमतालाई कमजोर बनाउनुका साथै मृगौला समेतलाई नोक्सान पुर्याउछ । जसले गर्दा मृगौलासंग जोडिएका कयौं रोगहरु हुन सक्छ। अधुरो निद्रा मुटुको लागि पनि खतराको घन्टी हो । यसले मुटु सम्बन्धी रोगहरु हुने संभावनालाई बढाउँछ । साथै ह्रदयघातको पनि हुने संभावना बढाउँछ । एक अध्ययनअनुसार राम्रोसँग निदाउने व्यक्तिहरुको तुलनामा अपुग निद्राको गुनासो गर्ने ब्यक्तिहरुमा २०५ भन्दा बढि हार्टकोरोनरी (मुटुबाट जाने) नलीहरुमा केल्सियम डिपोजिट भएको पाइयो ।कम सुत्ने ब्यक्तिको दिमागले पनि सहिढगंले काम गर्न सक्दैन। यसको सिधा असर हाम्रो स्मरणशक्ति माथि पर्दछ । यसको अलावा, पढ्ने, सिक्ने या कुनै कुराको निर्णय लिने  क्षमतामा पनि असर पर्दछ । खराब निद्राले गर्दा स्ट्रेस लेवल पनि बढ्दछ र अत्याधिक भावुक हुने व्यक्तिहरु डिप्रेशनको पनि शिकार हुन सक्छन् ।
कारणः  प्राकृतिक रुपमा निदाउन सक्ने गुण क्षय हुदै जानु अनिद्रा हो । सुत्ने समय नमिल्नु । सुत्नेकोठाको बातावरण अनुकुल नहुनु । एक दमै खुशीको घटना हुनु वा निकट भबिष्यमा घट्ने बाला हुनु । अस्थायी रुपमा कुनै रोग वा शारीरिक कष्ट हुनु । लामो समयसम्म नाइट ड्यूटी गर्नु । महिनौ दिनसम्म बिरामीको कुरुवा बस्नु । प्रियजन सँगको बिछोड या मृत्यु, भावनात्मक चोट लाग्नु आदि अनिन्द्रका मुख्य कारणहरु हुन् ।
लक्षण ः सामान्यतय राति अबेरसम्म निदाउन नसक्नु । राति निद्रा मै बिउझनु र त्यसपछि निदाउन नसक्नु । दिउँसो निद्रा लाग्नु । थकान, बेचैनी र झिंझो लाग्नु । कुनै काममा एकाग्र हुन नसक्नु र स्मरणशक्ति कमजोर हुँदै जानु । आँखाको वरिपरि कालो दाग देखिनु । शारीरिक एवं मानसिक दुर्बलताको कारण कार्यक्षमता घट्दै जानु आदि अनिद्राका समान्य लक्षणहरु हुन् ।
जटिलताः लामो समयसम्म अनिद्राको उपचार गरिएन भने शारीरिक र मानसिक रुपमा जटिल समस्याहरु उत्पन्न हुने गर्दछन् ।  मानसिक रुपमा डिप्रेशन, डर, त्रास, भय, बेचैनी र साईकोसिस (पागलपन) जस्ता समस्याहरु उत्पन्न हुने गर्दछन् । यिनै कारणहरुले गर्दा अनिद्राको उपचार बेलैमा गर्नुपर्दछ ।
कति सुत्नु पर्छ ः एउटा स्वस्थ्य ब्यक्तिको लागि यति नै घन्टा वा समय सुत्नु पर्छ भन्ने अनिवार्य हुँदैन । यो ब्यक्ति पिच्छे फरक हुन सक्छ । किनभने एउटा बालकको निद्रा, युवाको निद्रा तथा बुढा–बुढीको निद्राको समयमा फरक हुन्छ । तर सामान्यतय ६–८ घन्टासम्म निदाउनुलाई स्वस्थ्यकर सुताई भनिन्छ । बिहान उठ्दा आफूलाई हल्का र ताजापन महसूस गरेमा ब्यक्तिको निद्रा पुगेको मानिन्छ ।
होमियोप्याथिक उपचार ः 
(१)  का‘फिया–खुशीको कारण निद्रा न लाग्नु, ला‘टरी पर्नु या कुनै यस्तो समाचार सुन्नु जसले गर्दा मन, मस्तिष्क यति उत्तेजित हुन्छ कि आँखा झपक्क हुदैन । मनमा एक पछि अर्को विचार आउदै जान्छ, मनमा विचारहरुको भीड नै लागेर आउछ, मानसिक उत्तेजना अत्याधिक हुनु, राति ३ बजे पछि पनि निद्रानै पर्दैन । यस प्रकारको लक्षणहरु देखिएमा यसको उपयोग गर्नु पर्दछ ।
(२)  जेल्सीमियम–यदि उत्तेजना 
(इमोशनल एक्साइटमेंट) को कारणले निद्रा पर्दैन भने या कुनै भय, आतंक या खराव समाचारको कारणले निद्रा लाग्दैन भने यस औषधिको उपयोग लाभदायक हुन्छ । 
(३) इग्नेशिया–कुनै दुस्खको कारणले निद्रा नलाग्नु, कुनै आफन्तको मृत्यु भएमा मन बढि दुखित भई निद्रा नलाग्नु । यस प्रकारको लक्षणमा यसको उपयोग लाभदायक मानिन्छ ।
(४) काक्युलस–यदि रातिको समयमा धेरैबेर जाग्रमा बस्ने गर्नाले  निद्रा पर्दैन, या जसको काम राति जागेर गर्नुपर्ने हुन्छ, जस्तै ः चौकिदार, नर्स, डाक्टर, कलसेन्टर, बिधुत प्राधिकरण, आर्मी आदि । उनीहरुलाई यदि अनिद्रा को समस्या देखिएमा यस औषधिको प्रयोग फायदाजनक हुन्छ ।
(५) सल्फर–अलिकति पनि खस्र्याक–खुर्सुक आवाज हुने बितिकै निद्रा खुलि हाल्छ । निद्रा भगं भएपछि फेरि निद्रा लाग्दैन। बिरामीको निद्रा कुकुरको निद्रा समान हुन्छ भने यस्ता बिरामीको शरीरमा कहि न कहि जलन हुने गर्दछ । धेरै जसो पैताला पोल्ने हुन्छ । सुत्दा सिरकबाट खुट्टा बाहिर निकाल्ने गर्दछन् । यस प्रकारको लक्षणमा सल्फरको प्रयोग गर्नुपर्छ ।
(६) नक्सवोमिका–रोगीको मस्तिष्क आफ्नो कार्यलाई लिएर यति व्यस्त रहन्छ कि उ  रात भर जागेर बस्छ । १२ बजे भन्दा अगाडि निद्रा नै पर्दैन । यदि निद्रा परिहाल्यो भनेपनि तीन–चार बजेतिर निद्रा खुलि हाल्छ । यसको एक घन्टा पछि उ फेरि निदाउछ । बिहान उठेपछि थकावट महशुस हुन्छ । यस्तो अनुभव हुन्छ कि राति सुत्दा पनि शरीरलाई आराम मिलेन । यस्तो लक्षणबाट पीड़ित रोगीले  नक्सवोमिका औषधिको उपयोग गर्न सक्छन् । 
(७) फा‘सफोरस –  रोगीलाई दिउँसोको समयमा निद्रा लागि रहन्छ । तर रात को समयमा निद्रा बिल्कुलै लाग्दैन । यस्ता लक्षणबाट पीड़ित रोगीको लागि  फा‘सफोरस औषधिको उपयोग गर्नु लाभदायक हुन्छ ।
(८)  सिप्रिपीडियम–एकदमै खुशीको सामाचार सुनेर मस्तिष्कमा विचारहरुको बाढी लागेरआउछ । यस कारणले निद्रा पर्दैन। यस्ता रोगीहरुको अनिद्रा रोग ठीक गर्नको लागि सिप्रिपीडियम औषधि को मूल(अर्क घण् थोपा  दिनमा दुई –तीन पटक १२ कप हल्का मनतातो पानीसँग सेवन गर्नु उपयोगी हुन्छ ।
(९)पल्साटिला–रातको समयमा लगभग ११ देखि १२ बजेसम्म निद्रा नलाग्नु । ढिलो निद्रा पर्नु यस किसिमको लक्षण देखिएमा  पल्सेटिला औषधि को प्रयोग गर्नु पर्छ  । 
३ नोटः उल्लेखित औषधिहरु आफ्नो स्थानीय होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिइ सेवन गर्दा राम्रो हुन्छ । चिकित्सकले तपाईको शारीरिक एवं मानसिक लक्षणहरुको आधारमा दिएको औषधिमा आवश्यकता अनुसार औषधिको मात्रा (डोज) बढाउन, घटाउन वा औषधि फेरबदल गर्न सक्नुका साथै तपाईलाई रोगनिवारण हेतु अन्य उपयोगि सल्लाह–सुझाव दिन सक्छन् । 
स्रोत ः कान्तिपुर अनलाइन

बारम्बार हाड भा“चिने रोग ः एक चर्चा

संसारमा धेरै रोग यस्ता पनि छन्, जुन ओखती खाएर, शल्यक्रिया गरेर वा सुई लगाएर पनि निको हुँदैनन्, तर पनि रोगीका लागि लामो जीवन बाँच्ने बिभिन्न प्रकारका औषधि तथा उपकरणको आविष्कार भने भइरहेको पाइन्छ । यस्तै प्रकारहो रोग हो– बारम्बार हाड भाँचिने रोग अर्थात् ‘ओस्टियोजेनेसिस इम्पर्फेक्टा ।’ यो रोग लागेका बिरामीको हाड साह्रै कमजोर हुन्छ । सानोतिनो चोटपटकले पनि शरीरका हाडहरू भाँचिन सक्छन् । विशेषगरी यो रोग वंशाणुगतको कारणबाट भए तापनि कहिलेकाहीं स्वतस् आणुवांशिक गुणमा परिवर्तन हुँदा पनि हुनसक्छ । बच्चा जन्मदा र कुनै–कुनै बच्चा गर्भमा नै भाँचिएको पनि हुन्छ । तर सामान्यतया बच्चा अलि ठूलो भएपछि हाडहरू भाँचिन सुरु गर्छ । यो रोगका ८ प्रकार छन् । कुनै साह्रै जटिल हुन्छन् । जटिल प्रकारको रोग भएकालाई कहिलेकाहीं बचाउन पनि गाह्रो हुन्छ । बिरामीको उचित स्याहार–सम्भार र व्यवस्थापन हुन नसकेर बिरामीले साह्रै दुस्खकष्ट झेल्नु परिरहेको छ ।
२०–२५ हजार बच्चा जन्मदा एउटामा यो रोग हुनसक्छ भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । तर नेपालजस्तो अल्पविकसित देशमा भने रोगको पहिचान हुन कहिलेकाहीं मुस्किल पर्ने गर्छ । क्लिनिकल्ली तथा भिबिन्न जाँच जस्तै– रगत, छाला, एक्सरे, डीएनए आदि परीक्षण गरेर यो रोगको पहिचान गर्ने गरिन्छ । मुख्यगरी शरीरका बिभिन्न हाड बिना ठूलो चोटपटक भाँचिरहन्छन् भने यो रोग लागेको हुनसक्ने आशंका गरिन्छ । साथै आँखाको सेतो भाग निलो देखिनु
(ब्लु स्केरा), कान कम सुन्नु, हातखुट्टाका हाड बाङ्गाटिङ्गा हुने, दाँतमा समस्या हुने आदि जस्ता यो रोगका लक्षण हुन् । हात र खुट्टाका हाडहरू बढी मात्रामा भाँचिने गरेको पाइन्छ । आमा–बाबुमध्ये कुनै एकमा यो रोग छ भने छोराछोरीलाई सर्नसक्ने सम्भावना ५० प्रतिशत रहन्छ । नेपालमा यो रोग लागेका बिरामीलाई बोक्सी लागेको, देवी लागेको, नाग लागेको भन्दै धामीझाँक्री र जन्तर–मन्तर गर्ने गरिएको पनि पाइन्छ । उपचार पश्चात एकपछि अर्कोपटक हाड भाँचिदै जानाले बिरामीमात्रै नभई परिवारका सबै सदस्यमा नैराश्यता र चिन्ता बढ्दै जान्छ । यो रोग लागेको बिरामीको जीवनमा ५०० भन्दा बढीपटक हाड भाँचिएको पनि पाइएको छ । 
यो रोग लागेको बिरामीको धेरैपटक शरीरका बिभिन्न हाड भाँचिरहने हुँदा पटक–पटक अस्पताल जाने, एक्स–रे गर्ने र प्लास्टर लगाउने काम भइरहन्छ । यसो भइरहँदा समाजमा छिमेकी र नातागोताहरूले बिरामीका परिवारलाई राम्रोसँग बिरामीको हेरचाह नगरेको, राम्रो डाक्टरसँग जाँच नगराएको, राम्रो अस्पातलमा उपचार गराउन नलगेको आदिजस्ता आरोप लगाउने गरेको पाइन्छ । बिरामीको परिवारलाई पहिल्यैदेखि चिन्ता र पीडा त छँदैछ समाजबाट बिभिन्न नकारात्मक कुरा आउँदा अझ धेरै पीरचिन्ता थपिँदै जान्छ । यसले गर्दा डिप्रेसन हुने सम्भावनासमेत रहन्छ । यदि यो रोगबारे सबैलाई थाहा हुन्थ्यो भने समाजबाट बिरामी र परिवार दुबैलाई सहयोग र सद्भाव मिल्ने थियो । बिरामीको परिवारले राम्रोसँग हेरचाह एवं स्याहार–सुसार गर्ने अवसर मिल्ने थियो ।
विकसित मुलुकमा यो रोगको उपचार पद्धतिमा नयाँ आयाम विकास हुँदैछ । बिरामीको हेरचाह गर्ने तौरतरिकामा नयाँ प्रविधि र आयामको विकास भइरहेको पाइन्छ । यो रोगबारे जनचेतना अभिवृद्धि गर्ने र अभिभावकका दुस्ख र खुसी एकआपसमा साट्ने उद्देश्यले बिभिन्न सामाजिक सञ्जालमा ‘ओआई ग्रुप’ र ‘ओआई फाउन्डेसन’हरूको स्थापना गरिएको छ । तर नेपालमा यो रोगबारे चेतनाको कमीले बिरामी र उसका परिवार सिर्फ यो रोग आफैलाई मात्रै हो कि भन्ने लागेर पीर र चिन्तामा गुम्सिएर बसेको पाइन्छ । त्यसै पनि नेपाली समाजमा यदि घरमा कोही अपाङ्ग छ भने उसलाई समाजको पछाडि राख्ने गरेको पाइन्छ । अपाङ्ग बच्चा घरमा भएकाले समाजमा उसको शिर उँचो हुँदैन भन्ने अन्धविश्वासले गर्दा यस्ता रोगीलाई घरमै राख्ने गरिन्छ । बिहावारी गर्नुपर्दा सात पुस्ताको खोजिनिती गर्ने हाम्रो समाजमा, बाउले के गर्छ ? मामाले, आमाले, फुपूले, भाइले, बहिनीले के–के गर्छन् भनी सारा वंशावली सोधखोज गर्ने प्रचलन रहिआएको पाइन्छ । यदि घरमा कसैलाई यो रोग लागेको छ र ऊ अपाङ्गजस्तो जीवन बिताउन विवश छ भने उसलाई घरपरिवारले नै लुकाइदिन्छ ।
रोग लाग्नु कुनै अपराध होइन, बरु रोग र रोगीलाई लुकाएर राख्नु, उपचार नगर्नु–नगराउनु अपराध हुनसक्छ । यो रोग लागेपछि सबै खत्तमै हुने, जीवन बर्बाद नै हुने, परिवार तथा रोगी दुबैको जीवनमा पीडा हुुने भन्नेमात्रै पनि होइन । बिरामीको सिर्फ अस्थिपञ्जर प्रणाली अर्थात् हाडहरूमात्रै कमजोर हुने हो । उसको दिमाग कमजोर हुँदैन । हामीले उनीहरूलाई सकारात्मक सोच र प्रेरणा दिन सक्यांै भने अवश्य पनि उनीहरू सामान्य जीवन बाँच्न सक्छन् । समाज र देशको लागिसमेत केही गरेर देखाउन सक्छन्, मात्रै हाम्रो हौसला, सकारात्मक सोच र प्रेरणा र सहयोगको खाँचो छ ।
खिम लामिछाने







Post a Comment

 
Top