गुल्मी तम्घासबाट किरण पुस्तकालयको प्रकाशकत्वमा र शशी पन्थीको सम्पादकत्वमा २०२५ देखि हालसम्म निरन्तर रुपमा ‘हाम्रो पुरूषार्थ’ साहित्यिक पत्रिका प्रकाशित हुँदै आएको रहेछ । यसले लुम्बिनी अञ्चलको साहित्य र साहित्यकार, समालोचना, पुस्तकालय, कथा, भाषिक सङ्गोष्ठी, गुल्मी महोत्सव, पत्रकारिता, डा. टीकाराम पन्थी र भानुभक्त आचार्य विशेषाङ्कहरु पनि प्रकाशित गरिसकेको रहेछ । यसै सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा पूर्णाङ्क ६३ का रुपमा ८ं४९६. ५०४ पृष्ठको ‘बीपी विशेषाङ्क’ प्रकाशमा आएको हो । यसमा बीपी कोइरालासँग सम्बद्ध ६५ ओटा लेखरचनाहरु र प्रधानमन्त्रीको शुभकामना मन्तव्यका साथै पुस्तकालय परिचय, पुस्तक समीक्षालगायतका स्थायी स्तम्भहरु पनि रहेका छन् ।
प्रा.डा. लोकराज बरालले आप्mनो अन्तर्वार्तामा बीपीको प्रतिभाशाली व्यक्तित्वसँग राजा महेन्द्रलाई डर लागेकाले २०१७ सालमा सत्ता हत्याएको, लोकतन्त्र वा प्रजातन्त्र कमजोर हुनुमा मुख्यतः घरभित्रकै राजनीति उत्तरदायी रहेको, कतिपय पक्षमा बीपीका विचारसँग आपूm सहमत नभएको र नेपालले आजसम्म बीपीसरहको नेता पाउन नसकेको भन्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै, प्रा.डा. कृष्णप्रसाद खनालको अन्तर्वार्तामा बीपी सिद्धान्त र विचारको यान्त्रिक अनुयायी नरहेको, बीपीले छिटो विकास गर्छन् भन्ने ठानेर राजा महेन्द्रले प्रजातन्त्र मासेको, गलत तरिकाले पैसा बटुल्न हुन्न भन्ने कुरामा बीपी अत्यन्त सचेत एवं दृढ रहेको र आजका युवाहरुले बीपीको विचार र व्यवहार सही रुपमा बुभ्mन सके नेपालको लोकतन्त्र सुरक्षित हुन सक्ने विचार अभिव्यक्त भएको छ ।
प्रा.डा. जयराज आचार्यले बीपीको बाल्यकाल निकै कष्टकर रहेको, १६ वर्षकै उमेरमा ‘वहाँ’ हिन्दी कथाबाट साहित्यमा ओर्लिएको, पथिक, अपना ही तरह, भैयादाइ आदि हिन्दी भाषामा कथा लेखेपछि सूर्यविक्रम ज्ञवालीसँग भेट हुँदा ज्ञवालीले हिन्दीमा होइन, नेपालीमा कथा लेख्न प्रेरणा दिएको, बीपीले नाटकसमेत लेखेको, बीपी प्रधानमन्त्री छँदा भानु जन्मस्थलको विकासका लागि बृहत् गुरूयोजना बनाएको, औपन्यासिक पात्र इन्द्रमाया र बीपीको जीवन संघर्षमा कताकता समानता रहेको, बीपीले आपूm सङ्गठित हुन नसकेको र सङ्गठित भएको भए साहित्य र राजनीतिक क्षेत्रमा आपूmले धेरै काम गर्नसक्थेँ भनेर आत्मालोचना गरेको, नरेन्द्र दाइ उपन्यासका घटना र पात्रहरु सबै वास्तविक हुन् भन्ने कुरा बीपी स्वयंले स्वीकार गरेको, सुम्निमा उपन्यासमार्पmत शुष्क अध्यात्मवाद र कोरा भौतिकवाद मानवजीवनका लागि अपर्याप्त छन् भन्ने सन्देश दिएको, कलात्मक दृष्टिले सुम्निमाजस्तो सुन्दर कृति नेपाली उपन्यासका क्षेत्रमा अर्को नरहेको र मोदिआइन एवं हिटलर र यहूदीबाट गीताको निष्काम कर्मयोगको खण्ड गरिएको जनाउँदै बीपीको साहित्यिक जीवनको मूल्याङ्कनमा समस्या परेको कुरा औँल्याएका छन् । प्रा.डा. जयराज पन्तले ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ को समीक्षा गर्ने सन्दर्भमा बीपीले सूर्यप्रसाद उपाध्यायका बारेमा आपत्तिजनक कुरा उल्लेख गर्नु उपयुक्त नरहेको, भोजनभन्दा यौनभोक शरीर र मनको भित्री तहमा लुक्ने भएकाले त्यसलाई शान्त नगरे त्यसले ठूलो प्रतिशोध लिने सम्भावना रहेको, बाह्य रूपमा बीपी कठोर देखिए पनि भित्री रुपमा ज्यादै कोमल हुनु उनको कमजोरी रहेको र राजा महेन्द्रले फागुन ७ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन नचाहेको भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । प्रा.डा. यज्ञप्रसाद अधिकारीले नेपाली काङ्ग्रेसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक समाजवादका सन्दर्भमा बीपीका विचारहरुको विश्लेषण गरेका छन् । प्रा.डा. हरिप्रसाद शर्माले बीपीको राष्ट्रिय भावना र असलपन ज्यादै अनुकरणीय रहेको, आमाको स्तनपान गरेजस्तै बीपीले पारिवारिक वातावरणबाट नै विचारको पनि पान गरेको, गीताले शान्ति होइन विध्वंशलाई निम्त्याएको भनी आलोचना गरे पनि उनको जीवन निष्काम कर्मतर्पm अग्रसर भएको भन्दै बीपीलाई नेपाली राजनीति र साहित्यका तपस्वी ठानेका छन् ।
प्रा.डा. गोविन्दराज भट्टराईले विश्वकला र सिद्धान्तको अध्ययन र अनुभवबाट बीपीले कथा र उपन्यासको सिर्जना गरेको, जेलमा रहँदा गीता बीपीको अभिन्न अङ्ग रहने गरेको, साहित्यिक, आध्यात्मिक र राजनीतिक जीवनबीच उनको सदैव द्वन्द्व रहेको, बाहिरी क्रान्तिभन्दा भित्री क्रान्ति प्रबल हुने ठानेर उनले साहित्यमा फ्रायडलाई मन पराएको, बीपीको पठन र अनुभव व्यापक रहेकाले उनको लेखन विविधतापूर्ण, नवीन र शक्तिशाली भएको एवं नेपाली भाषाको स्तरोन्नतिका लागि बीपीमा संस्कृत भाषा सिक्ने र प्रयोग गर्ने प्रबल इच्छा रहेको भन्ने धारणा व्यक्त गरेका छन् । डा. ज्ञानू पाण्डेले बीपीले आप्mनै दृष्टिमा आपूmलाई इमानदार प्रमाणित गर्न प्रतिबद्ध भएको, असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मिक आनन्द प्राप्त हुने अनुभूति गरेको, उच्च व्यक्तित्व भए पनि सबैका सामु आपूm सरल र सामान्य मानिससरह प्रस्तुत हुन रूचाएको भन्दै बीपीको व्यक्तित्वले कथनी र करनीमा सधैँ दुरूस्त रहनुपर्ने मूल पाठ सिकाएको विचार व्यक्त गरेकी छन् ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले महाराजको सवारी, दोषी चश्मा, बौलाहा, रिक्सा तान्ने, एक रात, दुलही, बिहा, कर्नेलको घोडा, पवित्रा, होड, हरिदत्त, कथा, मधेसतिर, सान्नानी, सिपाही, राइटरबाजे आदि कथामा बीपीले सीमान्तीकृत वर्गको आवाज उठाएकाले उनी सीमान्तीकृत मैत्री कथाकार हुन् र सीमान्तीकृत वर्गको चिन्तनका दृष्टिले उनका उपन्यासहरुको समेत अध्ययन एवं विश्लेषण हुनु जरूरी रहेको निष्कर्ष प्रस्तुत गरेका छन् । डा. रामप्रसाद ज्ञवाली (पाल्पा) ले बीपीले आपूmहरुलाई अलग–अलग ग्रुपिज्म होइन, शक्तिंशक्ति मिलेर महाशक्ति भई आन्दोलन गर्न प्रेरित गरेको, बीपीको व्यवहार र आर्थिक सहयोग गर्ने बानी देखेर प्रजातन्त्रका माध्यमबाट सामाजिक रुपान्तरण गर्न प्रतिबद्ध कार्यकर्ताहरु सादा जीवन र उच्च विचारको हुनुपर्ने अनि राजनीति गर्ने व्यक्ति आर्थिक पक्षमा स्पष्ट र पारदर्शी हुनुपर्ने बोध आपूmलाई भएको ठान्दै ‘सपनालाई नकुल्च बाबा, नत्र ऊ पनि लत्याउँछ तिमीलाई’ भन्ने बीपीको ‘छोरी र छायाँ’ कविताको अन्तिम पङ्क्तिलाई वर्तमानमा काङ्ग्रेसले गम्भीर विचार गर्नुपर्ने सुझाउ दिएका छन् । वनमाली निराकारले बीपीका कथाहरुको सङ्क्षिप्त रुपमा प्राकृतिक चित्रण गरेका छन् । डा. मतिप्रसाद ढकालले संस्कृत भाषाको ज्ञान नहुँदा बीपीलाई पश्चात्तापको अनुभूति भएको र यथासम्भव बीपी संस्कृत शब्दको प्रयोगतर्पm आकृष्ट भएको भन्ने चर्चा गर्दै उनका कथा, उपन्यास र कविताहरुमा प्रयुक्त संस्कृत शब्दहरुको सर्वेक्षण गरेका छन् । डा. नारायण चालिसेले ‘मोदिआइन’ एवं ‘हिटलर र यहूदी’ उपन्यासका सन्दर्भमा बीपी गीतादर्शनका विरोधी नभएर मानवताका पक्षपाती थिए भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । अर्जुनप्रसाद भट्टराईले भाग्यवाद र नियतिवाद शाब्दिक दृष्टिले उस्तै उस्तै भए पनि यस जुनीमा सत्कर्म गरेर परिवर्तन गर्न सकिने ज्योतिषको भाग्यवादभन्दा अपरिवत्र्य, दुःखदायक र अनपेक्षित परिस्थितिमा देखापर्ने नियतिवादमा उनका उपन्यासहरु केन्द्रित रहेको ठानेर भाग्यवाद र नियतिवादको तुलनात्मक अध्ययन गरेका छन् । कृष्णादेवी शर्माले ‘नरेन्द्र दाइ’ उपन्यास बीपीको टेडीको यथार्थ जीवनसित सम्बन्धित रहेको र पूर्वस्मृतिका रुपमा लेखिएको जनाएकी छन् । प्रा.डा. नारायणप्रसाद खनालले २०३५ तिर बीपीसँग आफ्नो पहिलो र अन्तिम भेट भएको, आपूm विद्यार्थीकालदेखि नै बीपीवादसँग नजिकिएको र वर्तमानमा काङ्ग्रेसी सरकार निरीह बन्दै गएको चर्चा गरेका छन् । तेराखले बीपीले भाषालाई सौन्दर्यले छुन सक्नुपर्ने र आपूmलाई तहतह मान्छेको पल्लो भित्ता छुने कलाकृति मनपर्ने गरेको र दमित कामनालाई उजागर गर्न चाहेको दृष्टिकोण प्रस्तुत गरेका छन् । डा. तुलसी भट्टराईले अप्रेसनबाट जन्मिएकाले बीपीले आपूmलाई जन्मजात विद्रोही ठानेको, आपूmप्रति इमानदार बन्न प्रेरित गरेको, साहित्यमा नारीको अस्मितालाई माथि उठाउने काम गरेको र बीपीले लोग्नेस्वास्नीलाई बाहिरियाले मिलाइदिन सम्भव नभएजस्तै आप्mनो देशको आन्तरिक समस्याको समाधान आपैmँ गर्न अग्रसर हुनुपर्ने कुरामा जोड दिएको जनाएका छन् । डा. बद्रीनारायण गौतमले बीपी कसरी जेलबाट मुक्त भए र त्यसका लागि केकस्ता समझदारीका प्रयासहरु भएका थिए ? भन्नेबारेमा विश्लेषण गरेका छन् । मेदिनीकुमार केवलले २०७१ आषाढ ७ मा काभ्रेपलान्चोकमा भएको बीपी विषयक विचार गोष्ठीको चर्चा गर्दै बीपीलाई नेपालीका क्रान्तिचेत ठानेका छन् । गणेश पाण्डेयले डा. टीकाराम पन्थीद्वारा बीपी दिवङ्गत भएपछि २०४० मा संस्कृत भाषामा रचिएको ‘सुधर्मा’ खण्डकाव्यमा बीपीलाई धीरोदात्त नायकका रुपमा उभ्याउँदै खण्डकाव्यको समीक्षा गरेका छन् । विजेता चौधरीले बीपीका मुख्यतः पुस्तक, मधेसतिर, श्वेतभैरवी र सान्नानी कथामा तथा नरेन्द्र दाइ र मोदिआइन उपन्यासमा तराई मधेसको प्रतिबिम्ब प्रस्तुत गरेकी छन् ।
उर्मिला शर्माले आप्mनो लेखमा बीपीले ‘जीवनशक्ति’, ‘प्रेमको व्यवहार’, ‘मेरो जीवनकथा’, ‘साहित्यमा प्रगतिशीलता’ एवं ‘कला, कलाको दायित्व र मानवजीवन’ शीर्षकका पाँच निबन्ध लेखेको भन्दै बीपीलाई निबन्धकारका रुपमा उभ्याएर उनको स्रष्टा र द्रष्टा व्यक्तित्वको विश्लेषण गरेकी छन् । यीमध्ये प्रारम्भिक दुई निबन्ध हिन्दी भाषामा लेखिएका थिए । त्यस्तै तेस्रो निबन्धलाई ‘प्रगति’ पत्रिकाले ‘आत्मचरित्र’ मानेको छ भने सयपत्रीले निबन्ध नै स्वीकारेको छ । मुकुन्द शर्मा चालिसेले ‘सुम्निमा’ उपन्यास लेख्ता बीपीको अतीत समाजको अध्ययनमा ध्यान नपुगेकाले गम्भीर त्रुटिहरु देखिएका छन् भन्दै वृद्ध भएपछि तपस्या गर्न जानुपर्नेमा यौवनावस्थामा नै सूर्यदत्त सपत्नीक बालक पुत्रलाई लिएर कोशी किनारमा तपस्या गर्न जानु, कौपीन र लगौँटी भनेको एउटै हो भन्ने थाहा नभएर ‘कौपीन र मूजको लगौँटी’ भनेर उल्लेख गर्नु, पञ्चगव्य हुनुपर्नेमा बिहानै पञ्चामृत आचमन गरेको उल्लेख गर्नु, आधिपत्यको कामनाले गरिने वाजपेय यज्ञ सोमदत्तका लागि उपयुक्त नहुनु, वाल्मीकि रामायणको बालकाण्ड (श्लो. २२) मा ‘हेमवर्णाम्बरवृतौ’ भनेकोमा किराँतलाई निर्वस्त्र देखाउनुजस्ता कुरालाई उदाहरणका रुपमा उल्लेख गरेका छन् ।
पुष्करराज रेग्मीले आप्mनो लेखमा बीपीले जन्मने घडीमा नै अड्डीपनाको परिचय दिएको र जन्मनका लागि बलप्रयोग (अप्रेसन) गरेकाले जन्मजात विद्रोही रहेको भन्ने स्वकीरेको, ज्यो. अङ्गिरस न्यौपानेले बाँचुन्जेल चर्चित हुने र मृत्युपछि अमर रहने योग रहेको, परिवारमा बस्न नपाउने, हठी स्वभावको, चन्द्रमा उच्च भएकाले मन चञ्चल, स्त्री र यौनबारे उत्सुकता राख्ने, सत्ता प्राप्त गरे पनि स्थिर नहुने, शनि ग्रहको प्रभावले गर्दा धर्मकर्ममा विश्वासको अभाव हुने, सूर्यका साथमा केतु रहेकाले मित्र धेरै रहे पनि कमजोर विचारका र समस्या पर्दा धोका दिने, मृत्युस्थानमा गुरूको दृष्टि परेकाले क्यान्सर रोगले लामो समयसम्म पीडित भएर पनि बाँच्न सक्ने र उल्का, राहु एवं शनिको प्रभावले मृत्युपछिको क्रियाकर्म गर्न नदिने जनाएको, १९९३ माघमा झापाका बडाहाकिम कमलप्रसाद दाहालकी सुपुत्री सुशीलासँग बीपीले बिहे गरेको र बीपीको स्वास्थ्य बिग्रिँदै गएकाले राजा वीरेन्द्रले उनको सम्पत्ति फिर्ता गरेको भन्ने कुराको रहस्योद्घाटन गरेका छन् ।
ध्रुवराज गौतमले बीपीका कथाका उच्च, मध्यम र निम्न वर्गका पात्रहरुको विभाजन गरेका छन् । केशवमणि आचार्य दीक्षितले २००७ मा भारतको सहयोग लिँदा पछि दबाब व्यहोर्नुपरेको बताउँदै वर्तमानमा बीपीजस्तै दूरदर्शी र निर्भीक राजनेताको आवश्यकता रहेको ठानेका छन् । कृष्णमणि पहारीले ‘शत्रु’ कथाको मनोवैज्ञानिक विश्लेषण गर्दै कसैले कसैमाथि पूर्ण भरोसा र विश्वास राख्ता नसोचेको घटना हुन गई स्थिति विपरीत बन्न सक्ने वैचारिक पक्षको उद्घाटन गरेका छन् । कपिल अज्ञातले बीपीका उपन्यासहरुमा निहित वैचारिक पक्षको विश्लेषण गर्ने क्रममा वैचारिक मूल्यका दृष्टिले ‘मोदिआइन’ उपन्यासलाई अद्वितीय ठह¥याएका छन् । चन्द्र भण्डारीले वर्तमानसँग बीपीको तुलना गर्ने सन्दर्भमा ससाना मनमुटावले भन्दा देशमा हिमाल, पहाड र तराईका नारा लाग्न थालेपछि देश कमजोर हुने र आपूmले राष्ट्रवादी र प्रजातन्त्रवादीमध्ये एकमात्र हुन खोजेको भए दुःखको बाटो नै अँगाल्नु पर्दैनथ्यो, तर दुवैलाई साथमा लिएर हिँड्दा जीवनभरि सङ्घर्ष गर्नुपरेको भन्ने बीपीको धारणासँगै समान विकास र अधिकारको प्रत्याभूतिका लागि बीपीले देशलाई ९ ओटा प्रदेशमा विभाजन गर्ने आधार तयार गरेको र राजा महेन्द्रले साहित्यिक बीपीलाई भने सहयोग नै गरेका थिए भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । चन्द्रबहादुर केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लामो र निरर्थक नारा दिएर बीपी र गणेशमानलाई चटक्कै बिर्सिएको भन्दै कृष्णप्रसाद भट्टराईले आपूmले पार्टीसँग सम्बन्धविच्छेद गरेको भन्ने वक्तव्यका बारेमा काङ्ग्रेसभित्र कहिल्यै बहस नहुनु दुर्भाग्य रहेको, गिरिजाबाबु हावी हुँदै जाँदा काङ्ग्रेस कमजोर हुँदै गएको, फरक मत र आलोचनालाई औधी मन पराउने बीपीको भावनालाई पार्टीले आत्मसात् गर्न नसकेको र काङ्ग्रेसभित्र अप्रेसन जरूरी रहेको ठहर गरेका छन् । भुवनप्रसाद श्रेष्ठले हामी सबै प्रजातन्त्रका लागि मात्र सङ्घर्ष गरिरहँदा हाम्रो राष्ट्रिय पहिचान समाप्त हुने त होइन ? भनी बीपीले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरी स्वर्देश फर्कनुपरेको तथ्य उद्घाटन गरेका छन् ।
महेन्द्रकुमार पन्थीले मनोसामाजिक दृष्टिले बीपीको ‘रिक्सा तान्ने’ कथाको पात्र धनवीरेको विश्लेषण गरेका छन् । टङ्क पन्थले बीपीका १५ ओटा कथाका पात्रमा निहित मानसिक द्वन्द्वको चिरफार गरेका छन् । ठाकुर शर्मा भण्डारी, शारदा खनाल र चूडामणि काप्mलेले ‘दोषी चश्मा’ कथाभित्रको केशवराजको चाकरी मनोवृत्तिको विश्लेषण गरेका छन् । कैलाश प्रधानाङ्गले बीपी संवैधानिक राजतन्त्रप्रति प्रतिबद्ध रहेको र योजना आयोगमा राजासँगै झुपडीको किसानको तस्बिर राखेर योजना बनाउन निर्देशन दिएको तर वर्तमानमा राजनीतिक स्थायित्व र विकास हुन नसक्नु विडम्बना भएको दृष्टिकोण प्रस्तुत गरेका छन् । सत्यराज पनेरूको लेखमा बीपीले आप्mनो अन्तिम समयमा कार्यकर्तालाई तपाईंहरु पहिलो क्रान्तिमा सफल हुनुभएको छ, अब तीन ओटा क्रान्ति गर्नुपर्छ ः १. पार्टीभित्र हावी भएका सफेद पोसाकका विरूद्ध, २. संवैधानिक राजतन्त्र स्थापना गर्न दरबारका विरूद्ध र ३. गरिबीका विरूद्ध औद्योगिक क्रान्ति गर्नका निमित्त भनेको स्मरण गर्दै धनगढीमा कार्यकर्ता भेटघाटका क्रममा बीपीले क्रान्ति गर्दा सशस्त्र कम र वैचारिक युद्धमा बढ्ता ध्यान दिनुपर्ने बताएको र बीपीको प्रजातान्त्रिक सपना पूरा गर्न पार्टीभित्र अनुशासन कायम हुनुपर्ने आवश्यकता औँल्याइएको छ । ज्ञाननिष्ठ ज्ञवालीले बीपीको कथायात्राका तीन चरण र तिनका प्रमुख प्रवृत्तिहरुको विश्लेषण गरेका छन् । थानेश्वर अर्यालले बीपीको ‘मोदिआइन’ उपन्यासमा युद्धका पक्षमा होइन शान्तिका पक्षमा लाग्नुपर्छ, वीर र ठूलो हुने होइन असल हुनुपर्छ भन्ने मुख्य विचार अभिव्यक्त भएको निष्कर्ष प्रस्तुत गरेका छन् । बाबुराम आचार्यले ज्ञानेन्द्रियका साथै स्मृतिबिम्ब र यौनबिम्बको संवेद्यताका आधारमा बीपीको ‘बाबु, आमा र छोरा’ उपन्यासको विश्लेषण गरेका छन् । मिलन समीरले बीपीका प्रमुख आख्यानात्मक प्रवृत्तिहरुको चर्चा गरेका छन् ।
प्रा.डा. बाबुराम ज्ञवालीले बीपीको न्वारानको नाम चूडामणि भए पनि बनारसका विश्वनाथकै प्रसादस्वरुप विश्वेश्वर नामकरण गरिनु, अत्यन्त गरिबीमा बाँचेका बेला आमा दिव्या कोइरालाले भविष्यवक्तासँग चिना देखाउनु, गान्धीले गीता पढ्दा शान्ति प्राप्त भएको अनुभूति गरे पनि बीपीले गीता पढ्दा अशान्त हुनुपर्ने एउटै कारण उनलाई संस्कृत भाषाको ज्ञान नहुनु, भोला चटर्जीसँगको अन्तर्वार्तामा बीपीले मानिस जनावर र ईश्वर नभई दुवैका बीचको भएकाले उसमा मानवत्व र देवत्व पनि रहन सक्ने जनाएको, ‘राष्ट्रपुकार’ (२०४१ भाद्र २४) पत्रिकासँगको अन्तर्वार्तामा बीपीले ईश्वर छन् वा छैनन् नभनेको र ईश्वरका सम्बन्धमा चुप रहेको, बुद्धले समेत आपूmसँग ईश्वर छन् कि छैनन् भनेर नसोध्न आग्रह गरेको, बीपी विश्वनाथ र पशुपतिनाथको मन्दिरमा गए पनि केही नमाग्ने गरेको र निष्काम रुपमा ईश्वरको दर्शन गर्नुमा आस्तिक प्रवृत्ति हुनसक्ने भएकाले बीपीलाई अधार्मिक वा नास्तिक प्रवृत्तिका ठान्न नसकिने निचोड प्रस्तुत गरेका छन् ।
तिलक भट्टराईले बीपीको सान्निध्यबाट हामीले आपूm अस्वस्थ भएर डाक्टर वा कविराज खोजेजस्तै समाज अस्वस्थ भएकाले आपैmँ चिकित्सक बन्नुपर्छ भन्ने प्रेरणा पाएर अर्घाखाँचीमा ‘आप्mनो काम आपैmँ गरौँ’ भन्ने अभियान चलाएको र आफ्नो स्वास्थ्यभन्दा मुलुकको स्वास्थ्य भयावह हुन लागेको परिस्थितिमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको भन्दै बीपीको स्मरण गरेका छन् । नारायण भट्टराईले अहिलेका सन्दर्भमा राजा नरहेकाले राष्ट्रवादी शक्तिहरुसँग मेलमिलाप गर्नुपर्छ र बीपीले मेलमिलापको नीतिमा उल्लेख गरेका बुँदाहरुलाई हामीले गम्भीर रुपमा मनन गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । कृष्णबहादुर जोशीले २०१५ मा पर्वतको कुस्मा भ्रमणमा जाँदा बीपीले पतिनामा नुन र जिरामात्र राखेर सब्जी खाने इच्छा व्यक्त गरेको र विधान बनाउँदा आवश्यक परे तान्दा तन्किने र छोड्दा खुम्चिने रबरजस्तो बनाउनुपर्छ भनेको कुराको स्मरण गरेका छन् । सुन्दर श्रेष्ठले पनि २०१०, २०१३, २०१५ र २०१६ मा कुस्मा भ्रमणका क्रममा बीपीले काँचो मेवाको तरकारी मीठो मानेर खाएको, थिरबम मल्लको घरमा पुग्दा तीर्थस्थलमा पुगेको अनुभूति गरेको, कुस्माको नारायण माविको शिलान्यास गरेको, बीपीलाई नास्तिक भनेर जनताले चियोचर्चो र प्रश्न गरेको, बागलुङमा आयोजित स्वागत कार्यक्रमका लागि तयार गरिएका दुइटा मञ्चमध्ये बीपी र राजा महेन्द्र पनि नेपाली काङ्ग्रेसकै मञ्चमा पुगेर कार्यक्रमको शोभा बढाएको स्मरण गरेका छन् ।
प्रा.डा. दुर्गाप्रसाद अर्यालले प्रस्तुत गरेको अन्तर्वार्तामा बीपीको तुलना फ्रान्सिसी कथाकार मोपासाँसँग हुनसक्ने भन्दै रेमी बोर्डले बीपीका दुवै कथा सङ्ग्रहका कथाहरुको फ्रेन्च भाषामा अनुवाद गरिसकेको जानकारी दिइएको छ । उत्तरकुमार पराजुलीले जननिर्वा्चित पहिलो सरकार प्रमुखका रुपमा मात्र होइन, सुम्निमाका अनुसार सबै जातजाति मिलेर बस्नुपर्छ, राजनीतिमा विरोधीलाई तर्काएर होइन सम्मुख फर्केर तह लगाउनुपर्छ, असल मान्छे बन्नुपर्छ र असल मान्छेका विचारसित नजिकिनुपर्छ भन्ने कुराले बीपीलाई सम्झिरहन सकिने ठहर गरेका छन् । कृष्णप्रसाद कोइरालाले बीपीका कथाकारिताको विश्लेषण गर्ने क्रममा ‘चन्द्रवदन’, ‘कर्णेलको घोडा’ र ‘श्वेतभैरवी’ कथाहरु क्रमशः कामाङ्कुरण, कामसन्ताप र कामोन्मादका ज्वलन्त उदाहरण हुन् भन्दै अन्य कथाहरुको पनि यसरी नै विश्लेषण गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । पूर्णप्रसाद अधिकारीले २०४२ भदौमा प्रकाशित ‘राजधानी’ साप्ताहिक पत्रिकाको ८६ पृष्ठको बीपी विशेषाङ्कमा सङ्गृहीत २८ जना लेखकका विचारहरुको सङ्क्षिप्त समीक्षा प्रस्तुत गरेका छन् । कृष्णप्रसाद सापकोटाले समाख्यानशास्त्रका दृष्टिले बीपीको ‘मधेशतिर’ कथाको विश्लेषण गरेका छन् । धनेश्वर भट्टराईले समाजमा हुने र भएकै कुरा काल्पनिक साहित्यमा पनि हुने भएकाले चोखो र विशुद्ध साहित्यमात्र खोज्नेले साहित्य नपढे हुन्छ, नलेखे हुन्छ भन्दै साहित्यकार स्वभावैले अराजक हुने भएका कारण बीपीले पनि आपूmलाई साहित्यमा अराजक भन्नु न्यायोचित ठानेका छन् । अकिञ्चनले पुस्तक समीक्षा स्तम्भमा कृष्णादेवी शर्मा श्रेष्ठको ‘क्रान्तिकारी विश्वेश्वर’ (२०६९ महाकाव्य), देवीप्रसाद वनबासीको ‘क्रान्तिपुरूष’ एवं दायित्व (८७), हिमाली गुराँस (४९), शिवपुरी सन्देश (६३), प्रज्ञान र मनोभाव (४६) पत्रिकाका बीपी विशेषाङ्कहरुको समीक्षाले पनि यस विशेषाङ्कलाई सान्दर्भिक बनाएको छ ।
यस विशेषाङ्कमा सङ्गृहीत प्रा.डा. जयराज आचार्य, प्रा.डा. कुमारप्रसाद कोइराला र विजेता चौधरीका तीन लेखहरु बीपी चिन्तन प्रतिष्ठान चितवनबाट प्रकाशित ‘बीपी कोइरालाका वैचारिक आयाम’ (२०७१) नामक अनुसन्धानात्मक ग्रन्थमा पनि समावेश भएका देखिन्छन् । यस विशेषाङ्कका समग्र लेख र चनाहरुलाई राजनीतिक खण्ड र साहित्यिक खण्डमा विभाजन गरेर प्रकाशन गर्न सकेको भए अझ राम्रो हुन्थ्यो । लेखकहरुलाई यथासम्भव लेखको शीर्षक उपलब्ध गराएर लेख पठाउन अनुरोध गरिएको भए केही लेखहरुमा पाठकले पुनरूक्तिदोषको अनुभूति नै गर्नुपर्ने थिएन । तर, समय समयमा यसरी बृहदाकार ग्रन्थकै रुपमा विशेषाङ्कहरु निकाल्नु चानचुने पुरूषार्थको काम होइन, जसलाई जति प्रशंसा गरे पनि कमै हुन्छ । पत्रिका जन्माउनभन्दा त्यसलाई हुर्काउन र बचाउन निकै गाह्रो हुने परिस्थितिमा मोफसलमा रहेर पनि विगत एकचालीस वर्षदेखि पत्रिकालाई निरन्तरता दिन सक्नु निकै सराहनीय छ । जिल्ला शिक्षा समिति, बीपी चिन्तन प्रतिष्ठानजस्तै अन्य संघसंस्थाहरुको पनि आगतमा आंशिक सहयोग प्राप्त हुनसक्यो भने ‘हाम्रो पुरूषार्थ’ भनेर हामीले कालान्तरसम्म गर्व गरिरहन सक्ने छौँ र प्रत्येक पुस्तकालयमा ‘हाम्रो पुरूषार्थ’ ले ससम्मान आप्mनो उपस्थिति पनि जनाइरहन सक्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त हुन सकिन्छ ।
(सह–प्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)
Post a Comment