0
जब तपाईं आफ्नो रोगको उपचारका लागि कुनै होमियोप्याथिक चिकित्सक कहाँ पुग्नुहुन्छ । उसले तपाईले भनेका समस्याहरुलाई नोट गर्दछ।यसबाहेक तपाईको ईच्छा, अनिच्छा, भोक प्यास, निन्द्रा, सपना, जाडो, गर्मी, रीसराग, द्वैष, सामाजिक अवस्था एवं तपाईको स्वभावको बारेमा सोध्दछ । तपाईलाई एक प्रकारको अनौठो अनुभव हुन्छ सक्छ उपचारका लागि यतिका कुरा किन चाहियो । तर,  होमियोप्याथिमा रोगको निदान गर्ने प्रकृया एलोप्याथि भन्दा अलिक भिन्नछ । होमियोप्याथिक चिकित्सकलाई तपाईको शारीरिक तथा मानसिक संरचनाको बारेमा जान्नु पर्ने हुन्छ। यसैकारण रोगीको केसहिस्ट्री लिंदा सामान्य भन्दा अलिक बढि समय लाग्न सक्छ । तपाईको ब्यक्तिगत अवस्थाको चित्रण गरी केहि सोचबिचार पश्चात साबुदाना जस्तै आकारका गुलियो स्वाद भएको केहि गोलिहरु औषधिको रुपमा सेवन गर्न दिईन्छ । चिकित्सकको निर्देशनअनुसार औषधिको सेवन भयोभने केहि समय पश्चात तपाईको रोग निकोभएर जान्छ । तपाईलाई आश्चर्य लाग्छ, यो कुनै जादु वा चमत्कार त होईन ? होमियोप्याथी बारे जान्नै पर्ने कुराहरु निम्न छन् । 
होमियोप्याथी भनेको के हो ? 
होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (ज्यmयष्क) यानि सदृश्य 
(कष्mष्बिच) र पैथोज (उबतजयक) अर्थात रोग (कगााभचष्लन) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा बिज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५–१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त ‘समानताले समानताको उपचार’ मा आधारित छ । चिकित्सा विज्ञानको रुपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य सगंठन 
(डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
औषधिहरु कसरी बनाइन्छ ? 
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरुको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वे्दिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरुपमा गरिन्छ। यि चिकित्सा विधिहरुमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ । यसकारण मुलरुपमा हेर्ने हो भने यि सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुको परीक्षण स्वस्थ ब्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव 
(साईड–ईफेक्ट)  छैन ।
औषधिले कसरी काम गर्दछ ?
होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम् ) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई कृयाशिल बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ । 
एकल औषधिः होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात एक समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा एक पटकमा एउटाऔषधि दिने विधान निश्चित गरेका थिए। तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भईसकेको छ । होमियोप्याथिक चिकित्सकहरु मध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । एक पटकमा आफ्ना रोगीलाई ५–७ वटा औषधिहरुको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरित हो ।
औषधिको न्यून मात्राः होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचार पद्दति हो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रुपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ । 
व्यक्तिपरक चिकित्साः खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै– निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचार गरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचै जना रोगिहरुलाई भिन्ना–भिन्नै औषधिहरुको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त “रोगीको उपचार गर रोगको होईन’ भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनैरोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
औषधिको छनौटः एलोप्याथीमा प्रत्येक रोगको केहि निश्चितऔषधिहरु छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको पेटेन्ट औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटाऔषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको बिभिन्न पक्षहरुको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।
होमियोप्याथी बारे भ्रमः होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नु हुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । विशेष गरेर दम, हाईब्लडप्रेसर, मधुमेह,  छारेरोग, डिप्रेसन, थायराइडस्को औषधी दिइरहेका छन् भने त्यस्ता बिरामीले आफूले सेवन गर्दै गरेको औषधि तुरन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा एक–आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।
रोगलाई बढाउँछः होमियोप्याथिक औषधिहरु रोगीको लक्षणको सामान्ताको आधारमा दिईन्छ । औषधिको सेवन पश्चात पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुन सक्छ। तर, वास्तवमा यो होमियोप्याथीको (एग्राभेशन) हो । यस किसिमको रोग बृद्धि प्राय छाला सम्बन्धी रोगहरुमा देखिन्छ । जुन उपचारात्मक प्रकृयाको अंश हो । जो केहि समय पश्चात आफै साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने होईन ।
केटा–केटीहरुको औषधिः 
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि सामान्यरुपले प्रभावकारी छ । केटा–केटीहरुलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । यसरी स्वस्थ्य पीढिको विकाश तथा  निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ। 
विस्तारै काम गर्छ ः औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ। के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरु तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयो भने चाँडै नै परिणाम देखिन्छ । दीर्घकालिन रोग यस्ता  रोगहरु हुन् जसको लामो ईतिहास हुन्छ।
जस्तै, दम, ब्रोंकईटीस्, छालाको रोग, अर्थराईटिस्, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ। यसप्रकारको क्रोनिक डिजिज ठिक हुनमा निश्चितरुपले केहि समय लाग्छ । यो रोगको जटिलता अवधि र लक्षण सप्रेशनको कारणले गर्दा हुने हो । उपचारमा बढिसमय लाग्दछ, नकि होमियोप्याथिक औषधिको बिस्तारै प्रभावको कारणले ।
ल्याब टेष्टको आवश्यकता पर्दैन ः  रोगको निदान गर्नलाई प्याथोलोजिकल परिक्षण आवश्यक हुन्छ। होमियोप्याथीमा पनि रोगको उपेक्षा गरिंदैन । तर, प्याथोलोजिकल रिपोर्टको अध्य्यन सबै रोगको लागि आवश्यक पर्दैन । यदि रोगको अवस्था अनुसार आवश्यक पर्यो भने मात्र ल्याब टेष्ट गराईन्छ । यसबाट रोगीको समुचित ब्यवस्था मिलाउन, भाबिफल (उचयनलयकष्क) थाहापाउन र बिरामीको फल्लोअपमा पनि मद्दत गर्दछ ।
सबैऔषधिहरु उस्तै हुन्छन् ः होमियोप्याथिकमा औषधिहरुको एउटै किसिमको आकार–प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रुपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरुको काम भने अलग अलग हुन्छन् । भौतिकरुपमा समान देखिएता पनि त्यसऔषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रु बस एकैठाउँमा जादैनन् । सबैको आ–आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
लसुन, प्याज, चिया, कफि, पानको प्रयोग गर्नु हुँदैन ः यि सबकुरा गलत हुन् । यि चिजहरुको प्रयोगले औषधिको प्रभावकारितामा कुनै असर पार्दैन । होमियोप्याथिक औषधिले चिया, कफि, पान, खैनी, गुट्खा खानेआदत भएका रोगीहरुमा पनि उत्तिकै काम गर्दछ, जति धुम्रपान नगर्ने मानिसमा काम गर्दछ । तर, केम्फर (कपुर) पिपरमिन्ट तथा कालोकफीको प्रयोग भने उपचारको क्रममा गर्नुहुदैन । यसले होमियोप्याथिक औषधिहरुको प्रभावलाई मात्र होईन कि अन्य औषधिहरुको प्रभाव लाईसमेत नष्ट गरिदिन्छ ।                                                           
योग्यता ः होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक बर्ष इन्टर्नशिप 
(ब्यवहारिकज्ञान) अनिवार्यरुपले गराईन्छ । विश्वविधालयको निर्धािरत पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी,  पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति बिज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ । 
प्रवेशको लागि अनिवार्य योग्यता ः आईएस्सीरु (बायोलोजी)  हुनुपर्छ। छिमेकी मुलुक भारतको कयौ विश्वविद्यालयमा ब्याचलर अफ होमियोप्याथी मेडिसिन एन्ड सर्जरी (डिग्रि) कोर्षको पढाइ हुन्छ । यस बाहेक पोष्ट ग्रेजुयशन (एमडी) कोर्षको पनि पढाई हुन्छ । जसको अवधि तीन वर्षको हुन्छ । जो ईन्डियाको केहि युनिभर्सिटीहरुमात्र  उपल्ब्ध छ ।

नगरौं यौनसम्पर्क
सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । जानौं, कुन स्थितीमा यौन सम्पर्क नराख्ने ?
१. आपसी सहमति र इच्छा बिपरित
यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ ।
पार्टनरका लागि टिप्स
–यौन सम्पर्कअघि पार्टनरलाई विस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसूस गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।
२. झगडा वा मनमुटाव भएको बेला
धेरैले के ठान्छन् भने, मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।
पार्टनरका लागि टिप्स
–लडाई–झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।
३. गर्भवती भएको अवस्थामा
पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रांै हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।
पार्टनरका लागि टिप्स
–गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपि पार्टनरको सहज महसूस भएमा मात्र ।
४. शल्याक्रिया लगत्तै ः शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्णरुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् । सुखी दाम्पत्यका लागि यौन आवश्यक हुन्छ । यद्यपि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन ।

Post a Comment

 
Top