रानी शर्मा तिवारी
२०६३ सालमा भएको मधेश आन्दोलनका दौरान माघ ५ गतेका दिन रमेश महतोको हत्या भएको दिनलाई मधेशमा बलिदानी दिवसको रूपमा मनाईदै आएको छ । रमेश महतोको बलिदानी पछाडि भएका आन्दोलनहरूले समेत मधेशलाई अधिकार दिलाउन सकेको छैन । बरू बलिदानी दिनेहरूको संख्या १०५ भन्दा माथी पुगेको छ । घाईते त गनी साध्य छैन, हजारौंको संख्यामा छन् । विगत दश वर्षमा मधेशका लागि बलिदानी दिनेमा महिला र बालबालिका र वृद्धहरू पनि थपिएका छन् । पहिलो र दोस्रो मधेश विद्रोहका दौरान करिब ५३ जनाको बलिदानी पश्चात बाध्य भई राज्यले गरेको सम्झौता रद्दीको टोकरीमा फालेको छ । संविधानमा मधेशीको अधिकार सुनिश्चित गराउन २०७२ सालमा भएको लामो मधेश विद्रोहमा फेरि ५२ जनाभन्दा बढी मधेशी महिला, युवा, बालबालिका र वृद्धहरूले समेत बलिदानी दिँदा राज्य टसमस भएको छैन । बरू पहिलो संविधानसभाले बनाएको समिति र आयोगको मधेशमा दुई प्रदेश बनाउने सिफारिसलाई लत्याउँदै मधेशलाई ६ भागमा विभाजित गरि ५ भागलाई पहाडी प्रदेश अन्तर्गत राखिएको छ । माघ ५ गते बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बलिदानी दिवस मनायो । जसमा मोर्चाका नेता कार्यकर्ताको सामान्य उपस्थिति रहेको थियो । सोही दिन अलग मधेश राष्ट्रको माग गर्ने डा. सीके राउतको स्वतन्त्र मधेश गठबन्धनले पनि लहानमा बलिदानी दिवस मनायो । सिके राउतको उक्त कार्यक्रममा हजारौंको संख्यामा मधेशीहरूको उपस्थिति भयो, लहान बजार नै अस्तव्यस्त हुनेगरी । बलिदानी दिवस मधेशका अन्य जिल्लाहरूमा पनि मनाइएको थियो । तर मधेशी मोर्चाले मनाएको बलिदानी दिवस औपचारिकतामा मात्रै सीमित भएको छ । बलिदानी दिवसमा मधेशी शहिदहरूले केका लागि बलिदानी दिए र त्यसमा कति सफलता प्राप्त भयो त्यसको मूल्याङ्कन गर्नु आवश्यक छ । शहिदहरूको बलिदानी मुख्यतः मेचीदेखि महाकालीसम्मको अखण्ड मधेशभित्र बढीमा दुई प्रदेश, स्वशासन, समानता, समानुपातिक सहभागिता र पहिचानको लागि थियो । तर, केही हदसम्म समानुपातिक सहभागिता शब्दमा सम्बोधन भएपनि अन्य सवालमा राज्य पश्चगामी भएको महशुस मधेशी जनताले गरेका छन् । अहिले संसदमा पेश भएको संविधान संशोधन विधेयकले बलिदानी दिने शहिदहरूको सपनालाई बिल्कुलै सम्बोधन गर्दैन । बरू यस संशोधनलाई मोर्चाले स्वीकार गर्दा सधैंका लागि मधेशलाई ६ टुक्रामा गरिएको विभाजनलाई वैधता दिनु शिवाय केही हुँदैन । हो यस संशोधनले आंशिक रूपमा नवलपरासीदेखि बर्दियासम्मको मधेशलाई पहाडमुक्त प्रदेश बनाउने छ । तर बाँकी ४ टुक्रा (झापा, मोरङ्ग र सुनसरी एक नम्बर प्रदेशमा, चितवन ३ नम्बरमा, नवलपरासीको पुर्वी र उत्तरी भाग ४ नम्बर प्रदेशमा, कैलाली र कन्चनपुर ७ नम्बर प्रदेशमा) पहाडको मातहतमा रहने कुरालाई मधेशी मोर्चाले स्वीकार गरेको अर्थमा व्याख्या गरिनेछ ।
स्वयत्तता त कतै सम्बोधनको नामोनिशान नै छैन । यत्रो ठूलो बलिदानी र आन्दोलका बावजुद पनि मधेशले केही प्राप्त नगर्ने अवस्थामा पुगेको छ । विगतमा ५ विकास क्षेत्रले ५ भागमा विभाजित गरेको मधेशलाई ६ टुक्रामा विभाजित गरियो । मधेशको माध्यम भाषालाई सरकारी कामकाजको दोस्रो भाषाको रूपमा स्थापित गराउने सपना मात्र होइन स्थानीय रूपमा मैथिली, भोजपुरी, बज्जिका, अवधी, थारू, राजवंशीलगायतका भाषालाई कामकाजको भाषा बनाउने सपना पनि चकनाचुर भएको छ ।
मधेशको संस्कृतिलाई पनि राष्ट्रिय संस्कृतिको हिस्साको रूपमा स्थापित गराउने सपना पुरा हुने कुनै लक्षण छैन । मधेशको पोशाक धोतीकुर्तालाई राष्ट्रिय मान्यता दिनुको सट्टा अपमानित नै गरिँदैछ नेपालमा ।
शहिदको बलिदानी र सपनालाई किनार गर्न खोजेर पनि किनार हुँदैन । मधेशका जनता जागिसकेका छन् । मधेशी मोर्चा अहिले नरम र सम्झौतावादी देखिए पनि मधेशी जनता बलिदानीका सपनालाई भुल्ने पक्षमा छैनन् । यो कुरा मधेशी मोर्चाले पनि बुझेको छ । देशमा थप द्वन्द्व नहोस् भन्ने जिम्मेवारी बोधका साथ मधेशी मोर्चा लचक भएकोलाई सत्ताधारीहरूले कमजोरी ठानेर पेल्ने रणनीति लिएमा मधेश अर्को बाटोमा जान सक्ने प्रति मधेशी मोर्चाका नेताहरूले सचेत गराउँदा उग्रवादी सोच, विखण्डकारी सोच भनेर भन्ने र प्रचारित गर्ने सत्ताधारी नेता र संचारमाध्यमहरूले लहानमा बलिदानी दिवसमा भएको दुई वटा छुट्टाछुट्टै कार्यक्रमहरूबाट पाठ लिन जरूरी छ । लहानमा बलिदानी दिवसको अवरमा अलग मधेशको वकालत गर्नेहरूको कार्यक्रममा मधेशीहरू को उपस्थितिलाई सत्ताधारी संचारमाध्यमले नदेखाउँदैमा त्यो यथार्थ हराउने होइन । मध्यमार्गी मधेशी मोर्चाका नेताहरूले सचेत गराएको विषयवस्तुलाई अतिरञ्जित बनाउनेहरूले अब गम्भिर हुन जरूरी छ । महन्थ ठाकुरले मधेशीलाई गुमाइसकेको विचार राख्दा विखण्डनकारी विचार देख्नेहरूले लहानमा सीके राउतको कार्यक्रममा उपस्थित मधेशीको संख्यालाई के भन्छन् तिनैलाई थाहा होला । तर त्यस कार्यक्रममा उपस्थित मधेशीको संख्याले अनुभवी नेता महन्थ ठाकुरको अभिव्यक्तिको यथार्थतालाई पुष्टी गरेको छ । सत्ताधारीहरूले के बुझ्न जरूरी छ भने मध्यमार्गी मधेशी मोर्चालाई थकाएर, हराएर वा कमजोर बनाएर मधेशको मुद्दा कमजोर हुने अवस्था छैन । बरू मधेशी मोर्चाले मुद्दा छोड्दै गए वा बढी लचकता देखाए मधेशका जनता अर्को विचारतिर आकर्शित हुनेछन्, अझ भनौं हुन थालेका छन् । मध्यमार्गी धारलाई उपेक्षा गरिएमा वा दबाइएमा अतिवादले ठाउँ पाउँछ । मधेशमा मध्यमार्गी धार कमजोर भएर अतिवाद बलियो हुँदै गयो भने या त देश अन्तहीन गृहयुद्धमा फँस्छ, या त महन्थ ठाकुरले भनेझैं मधेश गुम्न सक्छ । अझ सिधा भाषामा भन्दा मधेश नेपालबाट अगल हुन सक्छ । अतः बलिदानी दिवसलाई एउटा अवसरको रूपमा लिँदै सत्ताधारीहरू र मधेशी मोर्चा सबैले मध्यमार्गबाट अखण्ड मधेशलाई अधिकार सम्पन्न दुई प्रदेशमा स्थापित गर्दै मधेशको पहिचान र प्रतिनिधित्वका मुद्दालाई तत्काल सम्बोधन गर्नु पर्दछ ।
(तिवारी तमसपाका केन्द्रीय उपाध्यक्ष हुन् ।)

Post a Comment