गोल्डेन न्यूज संवाददाता
लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पु¥याउने बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पु¥याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । त्यसै क्रममा पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको घिसिङले बताए । अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने पनि उनले बताए । तर, कम मूल्यमा आयात भइरहेको अवस्थामा ठूलो लगानी गरेर तत्काल विद्युत् उत्पादन गर्नतिर एकैचोटि जान नसकिने उनले उल्लेख गरे । पत्रकार अमित ढकालले संयोजनमा भएको छलफलमा उनले भने,–‘यस्तो पिक छ, त्यो पिक हाम्रै जेनेरेसनबाट मात्रै पूर्ति गर्नुपर्छ भन्ने हो भने कति लगानी गर्ने ? ठूलो लगानीलाई सानो आयातले पूरा गर्न सकिन्छ भने त्यसलाई पनि हेर्नुपर्छ ।’ तर, यसको मतलब आयातमा निर्भर रहने नभई भोलिको दिनमा नेपालले भारतलाई बिजुली बिक्री गर्ने अवस्थामा पनि जाने बीच आपसी निर्भरताको उनले योजना सुनाए । साथै घिसिङले आफू नेतृत्वको प्राधिकरणमा सबै गलत मान्छेहरु मात्र नभएको उल्लेख गरे । मातहतका कर्मचारीलाई कसरी परिचालन गर्ने र कसरी काम गर्ने भन्ने कुरा लिडरसिप र व्यवस्थापन मा पनि निर्भर रहने तर्क गरे । उनले भने, ‘लिडरसिपले कर्मचारी र आफ्नो टिमलाई कसरी उत्प्रेरित गर्ने, आफ्नो मिसनमा कसरी डो¥याउने भन्ने नै मुख्य विषय हो । यसको लागि एकदम राम्रो मान्छे छानेर हुँदैन, भएकै र नराम्रो मान्छेलाई समेत राम्रो बनाएर काम गराउनु चाहिँ लिडरसिप र म्यानेजमेन्ट हो ।’ उनले चार महिनाअघि आफू प्राधिकरणमा आएपछि कर्मचारीहरुलाई सबैले राम्रो पर्फमेन्स दिन आग्रह गर्दै पर्फमेन्सकै आधारमा पुरस्कार र दण्ड दिने कुरा बताएको र अहिले सबैले राम्रो काम गरिरहेको बताए । प्राधिकरणभित्र सबै जना भ्रष्टाचारी नभएको भन्दै उनले हिजो नराम्रो भनेका मान्छेहरुले पनि राम्रो पर्फमेन्स दिइरहेको उल्लेख गरे । यसो हुनुमा उनले कारण खुलाए,‘प्रतिबद्धता लिडरसिपबाट जानुपर्छ । प्रतिबद्धता र इमानदारी भयो भने अगाडि बढ्छ ।’ सोही छलफलमा रहेका स्वास्थ्य मन्त्री गगन थापाले अहिलेको अनुभवबाट हेर्दा कुलमान जस्ता दुई–चार जना प्रशासक हुने हो भने देशमा जादु पो हुन्छ कि भन्ने अनुमान हुने भन्दै प्रशंसा गरे । सरकार फेरिना साथै नियुक्तिहरु फेरबदल हुने कुरा स्वीकार्दै मन्त्री थापाले कुलमान जस्ता व्यक्तिलाई प्राधिकरणमा निरन्तरता दिइरहनुपर्ने भए पनि त्यसमा सबै कुराको जिम्मा आफूले लिएर प्रतिबद्धता दिन नसक्ने बताए । उनले भने, ‘व्यक्तिगत रुपमा मैले उहाँ नै रहिरहनुपर्छ भनेर आग्रह राख्छु । तर, सबै कुराको जिम्मा लिएर प्रतिबद्धता जनाउन सक्दिनँ ।’ उनले आफ्नो तर्फबाट प्रयास भने गर्ने बताए । सोमबारको पहिलो सत्रमा अत्यन्त सफल साझेदारीका लागि परिचित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना आरोह अवरोहहरु सम्पादक गुणराज लुइँटेलसँग बाँडे भने साहित्यकार राजेन्द्र पराजुलीको प्रस्तुतिमा लेखकहरु बुद्धिसागर र अमर न्यौपानेले आफूले कृतिहरुमा आँशुको व्यापार गरे नगरेको बारे चर्चा गरे । महोत्सवस्थलको अर्को हलमा संचारकर्मी समृद्धि राईले लोकप्रिय भारतीय लेखक दुर्जोय दत्तसँग जीवनमा प्रणयको आवश्यकताबारे चर्चा भएको थियो । चौरको सत्र थियो ‘एन्टी शोसल मिडिया’ । लेखक तथा संचारकर्मी ऋचा भट्टराइको संयोजनमा भुटानी पत्रकार नाम्गे जाम, लेखक सुबिन भट्टराई र चिकित्सक तथा अभियन्ता जीवन क्षत्रीले सामाजिक सञ्जाल असामाजिक बन्दै गएको र विभिन्न किसिमका द्वेश फैलाउँदै गएर आरोप आफ्नो जीवमा लागू भएको नभएको चर्चा गरे । यस्तै लेखक गनेश पौडेलको संयोजनमा ‘बागी विचार’ र जीवन एवं साहित्य र यसमा पर्ने प्रभावबारे कवि सरस्वती प्रतिक्षार लेखकहरु सरस्वती प्रतिक्षा र खगेन्द्र संग्रौला गफिए। त्यसपछि कवि शकुन्तला जोशीको संयोजनमा लेखक नारायण ढकाल तथा कविहरु सरिता तिवारी र भूपाल राईले साहित्यमा आवश्यक समयचेत र समयबोधबारे टिकाप्पिणी गरे । महोत्सवकै अन्तिम सत्रमा लेखकका भाषा सम्पादक विमल आचार्यको प्रस्तुतिमा साहित्यमा बाधा बन्ने वा खुराक बन्ने विषयमा आफ्ना अनुभव सुनाउन लेखक नयनराज पाण्डे, रवीन्द्र समीर र रामलाल जोशी उपस्थित थिए । अर्को सत्रमा गायक रामेशले हिमाल एशोसिएशनका प्रमुख वसन्त थापासँग कुराकानी गर्दै सबैलाई देश बनाउनका लागि आफ्नो तर्फबाट उठ्न र जुट्न आह्वान गरे । महोत्सवको अन्तिम सत्रकारुपमा कविता वाचनको सत्र थियो । सरस्वती प्रतिक्षाले संयोजन गरेकोे उक्त सत्रमा १० जना कविले आफ्ना शक्तिशाली कविताहरुद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । महोत्सवको समापनमा कार्यकारी निर्देशक निरज भारीले सबैलाई आभार प्रकट गर्दै साहित्य, कला र संस्कृतिको समृद्धिका लागि छुट्टिन भन्दा जुट्न आग्रह गरे ।
Post a Comment