त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय, समाजशास्त्र विषयको स्नातकोत्तर उपाधिका लागि पर्यटनले ग्रामीण होटल व्यवसायीमा पारेको प्रभाव धम्पुस गा.वि.स. कास्कीमा आधारित एक समाजशास्त्रीय अध्ययन विभागबाट स्वीकृत गरिएको एक शोधपत्र हो । तत्कालिन अवस्थामा विभागीय प्रमुख शान्ति भूषाल मेडमले नयाँ बिषयमा अनुसन्धान हुनुपर्छ भन्ने प्रेरणा र सुझावलाई आत्मसाथ गरि उपप्राध्यापक शिबबहादुर थापा सरको प्रत्यक्ष निर्देशनमा शोधपत्र तयार गरेको थिए । प्रायःजसो पर्यटन सम्वन्धी अनुसन्धान बजार केन्द्रित रहेकोले ग्रामीण पर्यटनलाई उजागर गर्ने उद्देश्यले धम्पुस गाउँका होटल व्यवसायीका बारेमा अहिलेसम्म कसैले अध्ययन नहुनु नै अध्ययनको महत्वको विषय बनेको छ । समाजशास्त्र स्नातकोत्तर उपाधिका लागि निकै लामो समय र मिहेनतका साथ तयार पारिएको सोधपत्रबाट समाजशास्त्र तथा मानवशास्त्र विभागका सरहरु नयाँ विषयमा अनुसन्धान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
सन् १८९९ मा पोखरा भ्रमण गरेका इकाई कावागुचीलाई पहिलो पोखरा भ्रमण गर्ने विदेशीको रुपमा मानिन्छ । सन् १९५० मा मोरि ह्याजोगको नेतृत्वमा आएको फ्रान्सेली पर्वतारोहण टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेपछि पोखराले राष्टिूय तथा अन्र्तराष्ट्रिय स्तरमा पर्यटकीय स्थलको रुपमा चर्चा पाउन थाल्यो । वि.सं. २००९ सालमा काठमाण्डौं–पोखरा, पोखरा–भैरहवा हवाईसेवा सुरुभएपश्चात पोखरामा पर्यटकहरुको आगमन शुरु भएको हो । वि.सं. २०२७ सालमा सिद्धार्थ राजमार्ग, २०२९ सालमा पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि नै पर्यटन व्यवसायले व्यापकता पाउन थालेको पाइन्छ । पर्यटन व्यवसायका लागि फराकिलो सडक, सुरक्षित यात्रा, गुणस्तरयुक्त खानपान, स्वच्छ र रमणीय वातावरण, सुरक्षित रुपमा गन्तव्य स्थलमा पु¥याउने व्यवस्थापन जरुरी छ ।
नेपाल आएका कुल पर्यटकहरुमध्ये पोखरा आउने पर्यटकहरुको संख्या २१ प्रतिशत रहेको छ । जहाँ पर्यटकहरुका लागि मनोरञ्जन प्रदान गर्ने फेवाताल, शान्ति स्तुपा, फेवातालबाट देखिने माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृंखला, सराङकोटबाट सनराईज र प्याराग्लाइडिङ गर्ने ठाउँहरु प्रमुख छन् । पोखरा क्षेत्रबाट उत्तरी पश्चिम भागमा अवस्थित अन्नपूर्ण रेञ्जको काखमा रहेको धम्पुस गा.वि.स. पनि ब्ऋब्ए क्षेत्रभित्र पर्ने एक गा.वि.स. हो । पर्यटकीय गाउँ धम्पुसबाट अन्नपूर्ण रेञ्ज सबै देख्नुका साथै माछापुच्छ«्रे हिमालका २ वटै पुच्छर देख्न सकिने एउटा पर्यटकको लागि लोभलाग्दो गाउँ हो । पर्यटक घुम्नका लागि मिङमा पार्क रहेको छ । मिङमा पार्कमा अहिले एउटा अग्लो टावर निर्माण गरिएको छ जसबाट चारै दिशाका सुन्दर रमणीय क्षेत्र देख्न सकिन्छ । गुरुङ बासिन्दाहरुको बाहुल्य रहेको धम्पुसमा नेगृ पोखरी साथ मन्दिर रहेको छ । पौराणिक किंवदन्ती अनुसार पोखरीमा कुनै रुखका पात झरेपनि पोखरीमा नरहने र पोखरीपनि स्वच्छ रहेकोले अनुसन्धानका क्रममा प्रत्यक्ष देख्दा सत्यता हो की जस्तो लाग्यो । भौगोलिक विविधता रहेको धम्पुस समुन्द्रीय सतहदेखि करिब १७५० मिटर उचाईमा रहेतामा विभिन्न किसिमका लालीगुराँस फूल कम उचाईमा पाउनु यहाँको विशेषता रहेको छ । पछिल्लो समय भूपि शेरचनमार्गको हेम्जा फेदीबाट कच्ची मोटरबाटो पुगेपछि बनभोजका लागि पिकनिक स्पोर्टको लागि राम्रो गन्तव्यका रुपमा विकसित हुँदैछ । धम्पुस अन्नपूर्ण वेसक्याम्पसको मुख्य पदयात्राको मुलद्धारका रुपमा रहेको छ ।
होटल व्यवसायीको अध्ययन गर्नु नै महत्वपूर्ण कुरा हो । यस्तो अध्ययनले साहित्यमा इट्टा थप्ने काम गर्नुका साथै यो विषयलाई अध्ययन गर्न चाहने अनुसन्धान कर्ता, सरकारी, गै्ररसरकारी तथा व्यक्तिलाई मार्गनिर्देशक गर्नेछ । धम्पुस गा.वि.स.को अध्ययन हुनु नै औचित्यपूर्ण रहेको छ । धम्पुसमा प्रायः जसो आफ्नै घरमा होटल व्यवसाय सञ्चालन गरेतापनि पछिल्लो समय आधुनिकीकरण तरिकाका होटलहरु निर्माणधीन अवस्थामा रहेका छन् । अन्नपूर्ण पदयात्राको मूलद्वारमा रहेको धम्पुसमा धेरै अघिदेखि पर्यटकहरु धम्पुसमा बास बस्ने गरेका छन् ।
करिब ४० बर्षअघि देखि नै धम्पुसमा होटल व्यवसाय सञ्चालनमा आएको स्थानीय पर्यटनविद्ध बताउँछन् । पोखरादेखि निकै नजिक रहेको धम्पुस पछिल्लो समय एकदिनमै गएर आन्तरिक पर्यटक घुमेर फर्कन सकिने हुनाले सबै दृष्टिकोणले सबैमा पहुँच रहेको छ । गुरुङ जातिको बाहुल्य रहेको धम्पुसमा सबै जातजाति मिलेर बस्नुले भातृत्व विकास गर्ने काम गरेको छ । गुरुङ समुदायका प्रायः जसो बौद्ध धर्मावलम्वी भएतापनि हिन्दु धर्मपनि मान्ने गरेका छन् । होटल व्यवसायीहरु व्यवसायबाट सन्तुष्टि हुनुको मुख्य कारण राम्रो आम्दानी गर्नुका साथै जिविकोपार्जन गर्न सहज हुनु हो । देशको संक्रमणकालीन अवस्थाको प्रत्यक्ष प्रभाव पर्यटनसँग जोडिएको छ । जति पर्यटन नेपालमा भित्र्याउन सकिन्छ त्यति पर्यटकहरु विभिन्न क्षेत्रमा घुम्न निस्कन्छ जसले प्रत्यक्ष वा अप्रत्यक्ष राष्ट्रिय ढिकुटीमा प्रभाव पारेको हुन्छ ।
हाम्रो देशमा पर्यटन सम्वन्धी ज्ञानको अभाव रहेको छ । धम्पुस क्षेत्रमा पर्यटन सम्वन्धी ज्ञान नभएकोले विभिन्न समस्या झेल्नुपरेको छ । पर्यटकलाई के कसरी आकर्षण गर्न सकिन्छ भन्ने ज्ञान नहुनाले पर्यटककीय गतिविधि बढाउन सकिएको छैन । हाम्रो देशको शिक्षाको अवस्था हेर्दा अहिलेसम्म पनि शहर बजारमा मात्र सीमित रहेको छ । पर्यटकीय क्षेत्रमा विशेषगरि भाषागत समस्या महत्वपूर्ण रहेको हुन्छ । नेपालमा संसारभरिका मानिसहरु घुम्न आउने गर्दछन् । ग्रामीण क्षेत्रमा व्यवसाय सञ्चालन गरेका मानिसहरु उनीहरुको भाषा बुझ्न सक्दैन त्यसले प्रत्यक्ष प्रभाव पारेको छ । यसतर्फ पनि राज्यको ध्यान जानु आवश्यक छ ।
कुनैपनि काम सम्पन्न गर्नाका निम्ति त्यस विधामा ज्ञान हुनु अति आवश्यकता रहेको छ । हाम्रो देशमा पछिल्लो समय योग्यता र क्षमता भएका मानिसहरु विदेशमा रोजगारका निम्ति विदेशीएका छन् । दक्ष जनशक्तिको अभावले गर्दा हामीले जुनसुकै क्षेत्रमा पनि जति विकास गर्नुपर्ने त्यति गर्न नसक्नु यथार्वत हो । पर्यटकको आगमनले नेपालमा पर्यटनको आगमनले साँस्कृतिक विचलनमा प्रत्यक्ष प्रभाव पारेको छ । मानिसको जीवनस्तरमा यसले सकरात्मक पक्षलाई आत्मसाथ गर्नसकेमा राम्रो परिवर्तन ल्याउन सक्दछ भने नकरात्मक कुराको देखासिकी गरेमा समाजमा विकृति भित्रिन सक्दछन् । धम्पुसमा के कति आन्तरिक र बाह्य पर्यटकको आगमन हुन्छ ? भन्ने कुरामा कुनैपनि तथ्यांक रेकर्ड राखिएको छैन, यस्तो तथ्यांक राख्नु जरुरत रहेको छ ।
धम्पुस पर्यटकको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो जहाँ पर्यटक वृद्धि गर्नाका निम्ति राज्यपक्ष वा पर्यटन वोर्डको ध्यान जानु नितान्त आवश्यक रहेको छ । पर्यटनले आगमनले हाम्रो जीवनस्तरमा समेत परिवर्तन ल्याउन सक्ने हुनाले यसलाई प्रवद्र्धन गर्नाका निम्ति स्थानीय जनता समेत जागरुक हुन आवश्यकता रहेको छ ।
अन्त्यमा, अध्ययनको सिलसिलामा सल्लाह, सुझाव तथा परामर्श दिई यस शोधपत्र समाजशास्त्र तथा मानवशास्त्रको स्नातकोत्तर उपाधि प्राप्त गर्न सफल भएकोमा सुपरिवेक्षण गर्नुहुने पृथ्वीनारायण क्याम्पस समाजशास्त्र÷मानवशास्त्र विभागका शोध निर्देशक श्री उपप्राध्यापक शिवबहादुर थापा, बाह्य परीक्षक सह–प्राध्यापक शान्ति भुषाल र समाजशास्त्र तथा मानवशास्त्रका विभागीय प्रमुख सूर्यभक्त सिग्देललाई स्मरण गर्न चाहन्छु ।
(समाजशास्त्र तथा मानवशास्त्रको स्नातकोत्तर उपाधि प्राप्त शोधपत्रमा आधारित)
Post a Comment