सरोज मिश्र
यस वर्ष जनवरी १ का दिन ‘टोपी दिवस’ ले सामाजिक संजाललाई गाँजेको देखियो । कोही ढाका टोपी र दौरा सुरुवाल अनि कोटमा सजिन्छन् भने कसैलाई आपत्ति हुनुपर्ने कुनै कारण छैन । कतिपयलाई त्यो पोसाक गज्जब सुहाउँछ पनि । कतिपय नेपालीका लागि यो पोसाक आफ्नो पहिचानको प्रतीक पनि होला ! जसले जे लाउँछ उसको त्यही पहिचान ! नेपालीले अंगीकार गरेको सबै पोसाक राष्ट्रिय पोसाक र नेपालीको खानपान सबै राष्ट्रिय खाना ! जानकी मन्दिरको प्रांगणमा भेटिने धोती, कुर्ता र पाग लगाएका मिथिलावासीको पोसाक र नाम्चेबजारमा देखिने बख्खु दुवै नेपालको राष्ट्रिय पोसाक हो !
टोपीमा गर्व गर्ने संपूर्ण नेपालीलाई ’टोपी दिवस’ को शुभकामना ! कुनै पोसाकमा रमाउनु र त्यसमा गर्व गर्नु व्यक्तिगत स्वतन्त्रताभित्र पर्छ । तर, दौरा सुरुवाल वा टोपीलाई ’राष्ट्रिय एकताको प्रतीक’ भन्नु चाहिँ आपत्तिजनक वा अस्वीकार्य हुनसक्छ । मुलुकको आधा जनसंख्याले नलगाउने पोसाकले मुलुकलाई एकताको सूत्रमा जोड्छ भन्नु उचित नहोला । त्यसो त, गजेन्द्रनारायण सिंह अथवा भगवतीप्रसाद सिंह वा त्यस्तै कुनै अन्य मधेसीले कुनैबेला दौरा लगाएको तस्वीर देखाएर दौरा सुरुवाललाई राष्ट्रभर स्वीकार्य पोसाक हो भनेर सिद्ध गर्ने कोसिस पनि होला ! विवशतामा पारेर वा सैनिकको बन्दुकको नालमा जसलाई जे लगाउन पनि बाध्य पार्न सकिन्छ ! विगतमा त्यस्तो भएको पनि थियो । उनीहरूको वैयक्तिक छनोट पनि हुनसक्छ । पंचायतकालमा ‘एउटै भाषा एउटै भेष’ को नीति र नाराले उग्र रूप लिएको थियो । कुनै पनि सरकारी ओहदाका व्यक्तिले अनिवार्यरूपमा यो पोसाक लगाउनै पर्थ्यो । ओहदाधारीमात्र होइन, साशकको बक्र दृष्टिबाट जोगिन जनसाधारणले समेत यो पोसाकलाई अँगाल्नु बाध्यता थियो । भाषाको हकमा पनि यस्तै थियो । शिक्षादेखि लिएर सरकारी कामकाजमा नेपाली भाषा एक प्रकारले थोपरिएकै थियो । यथार्थमा शासकहरूको यही जबर्जस्तीपूर्ण रबैयाले तराईमधेसका जनताबीच दौरासुरुवालप्रति वितृष्णा पैदा भएको हो । चालीस बयालीस डिग्रीको गर्मीमा बाध्यतावश लगाउनु परेको त्यो भारी भरकम पोसाकलाई उनीहरूले दासताको प्रतीक ठान्नु अस्वाभाविक होइन । तराई मधेसमा मात्र होइन, उच्च हिमाली भेग अथवा आफ्नो मौलिक भाषा र भेषभुषा भएका अन्य क्षेत्रमा पनि धेरै हदसम्म यही यथार्थ लागु हुन्छ । आज मुलुकभरी देखिएको “पहिचान“ को सकस वास्तवमा तानाशाहहरूको त्यही जबर्जस्तीको परिणाम हो । उन्मुक्त राजनीतिक वातावरणमा जनता आफ्नो “गुमेको पहिचान“ स्थापित गर्न तम्सिएका छन् । दोष दौरासुरुवाल वा कुनै विशेष पोसाक अथवा भाषाको होइन, तिनलाई थोपर्ने तानाशाही प्रवृत्तिको हो । तानाशाही एकांकी सोच र व्यवहारका कारण जनताको आआफ्नो भाषा र भेष अनि त्यसबाट मुखरित हुने विशिष्ट पहिचान यतिबेला अर्को भेषभुषा र भाषाविरुद्ध तेर्सिन थालेको छ । यो विद्वेष र घृणाको प्रमुख कारक तानाशाही आत्मकेन्द्रित शासन व्यवस्था नै हो । पोसाक र खानपान धेरै हदसम्म भौगोलिक संस्कृतिबाट निर्दे्शित हुन्छ । तराईको गर्मीमा दौरा सुरुवाल थोपर्नु वा हिमालको ठण्डीमा धोती कुर्ता लाद्नु क्रूर तानाशाही प्रवृत्ति हो । यस प्रवृत्तिले मुलुकलाई जोड्दैन, उल्टो विखण्डित तुल्याउँछ । व्यक्तिगत रुचि र स्वास्थ पनि कारकतत्त्व हुन्छ। ढाका टोपी नलाउने लक्ष्मीप्रसाद देवकोटा वा धोती र भोटोमा रमाउने लेखनाथ पौड्याललाई “अनेपाली“ भन्ने मूर्खता कसैले गर्ला ? ठीक त्यही ढंगले धोती लगाउने महेन्द्रनारायण निधि वा दौरा नलगाउने रामराजाप्रसाद सिंहको राष्ट्रप्रेमका बारेमा शंका गर्नु अपराध होइन र ? कुनै निश्चित पोसाक देख्ने बित्तिकै यो फलानो ठाउँको पोसाक हो भनेर खुट्याउने काम त होला ! तर, त्यस्तो पोसाकको पहिरन नहुनेबित्तिकै त्यो ठाउँबाट अलग्गिने चाहिँ होइन । पोसाक राष्ट्रिय पहिचानको प्रतिक होइन र हुन सक्दैन !
मुलुकलाई जोड्ने आन्तरिक मानसिक भावनाले हो । ध्यान दिएर हेर्ने हो भने नेपाललाई एकत्रित गर्ने सूत्र चाहिँ सनातन संस्कृति हो । सनातन संस्कृति भन्नाले फगत धार्मिक आस्था वा पूजा विधिमात्र होइन । व्यक्ति, समाज वा राष्ट्रको संपूर्ण आचार व्यवहारलाई नै संस्कृति भनिन्छ । धार्मिक आस्था र व्यवहार संस्कृतिको एक प्रमुख अंग अथवा कारक तत्त्व हो । लेकको मुक्तिनाथ, उपत्यकाको बूढानिलकण्ठ र तराईको बराह भगवानजस्ता देवस्थलमा कहीँका पनि वैष्णव मतावलम्बीले शिर निहुराउँछन् ! हलेसी, पशुपति र जलेश्वर महादेव संपूर्ण शैवका आराध्य हुन् । जानकी मन्दिरका पूजारीबाट टीका ग्रहण गर्न कुनै पहाडी ब्राम्हणलाई अप्ठ्यारो लाग्दैन ! स्वयम्भुनाथ वा बौद्धनाथ मन्दिरमा गएर कुनै पनि सनातनी हिन्दूले अत्यन्तै श्रद्धापूर्वक पूजा आराधना गर्छन् । सुनसरीको वराह क्षेत्रमा रहेको औलिया बाबालाई हिन्दू र इस्लाम दुवैथरी आआफ्नो आराध्यका रूपमा आदर गर्छ्न् । वास्तवमा यो राष्ट्रलाई साझा धर्म संस्कृतिले नै एक सूत्रमा बाँधेको हो । यो मुलुक हिन्दु राष्ट्र हुँदा कुनै पनि पंथ वा संप्रदायले आफूलाई अलगथलग भएको महसुस गरेका थिएनन् । तर, कतै नेपथ्यबाट “धर्म्निरपेक्षता“ को पगरी गुथाइयो । अत्यन्तै सुनियोजित ढंगले प्रत्येक पंथ र संप्रदायलाई “विशिष्ट पहिचान“ को जामाले सिगार्ने काम भयो । “धर्म्निरपेक्षता“ को राजनीतिक दाउको आडमा असंख्य “सुसमाचार“ फैलिन थाल्यो । “कुरीति, अन्धविश्श्वास र शोषण“ को व्यापक प्रचार भयो । कतिसम्म भने जीवित देवी कुमारी आउने शाक्य संप्रदायजस्ता काठमाडौवासीलाई समेत “गैर हिन्दू’’ पहिचानको बोध गराइयो । नब्बे प्रतिशतको हाराहारीमा सनातनी धर्मावलम्बी भएको यस मुलुकमा यो गंभीर षड्यन्त्र कसरी सफल भयो त ? किन सामान्य नेपाली जनता प्रतिकारमा उठेनन् ?

नेपाली जनताको सनातनी संस्कृतिबाट प्रेरित आचार व्यवहार र भावनालाई पनि कुनै तानाशाहको पक्षमा प्रयोग गरिँदा एकताको सूत्र कमजोर भएको हो । नेपालको राजसंस्थाले बहुतै चलाखीपूर्ण ढंगले धर्म संस्कृतिलाई आफू अनुकूल प्रयोग गरिआएको थियो । राजदण्डको शक्ति “अलौकिक स्रोत“ बाट उब्जेको हो भन्ने अन्धविश्वास फैलाउन तानाशाहहरू शताब्दीयौंसम्म सफल भए । परिणामतस् सनातनी हिन्दू संस्कृतिमा जोड दिनु भनेको परोक्षरूपमा राजसंस्थालाई बलियो बनाउनु हो भन्ने छाप जनतामा पर्न गयो । कुनै दौराधारी तानाशाह वा मण्डले चरित्र एकताको होइन विखण्डनको प्रतीक हो भने “बिष्णुका अवतार’’ तानाशाह सनातन धर्म संस्कृतिप्रति वितृष्णा जगाउने कारकतत्त्व हो ! मुलुकमा आज देखिएको तमाम समस्याको जडलाई ढंगसँग केलाउने हो भने समाधानको बाटो निस्कन्छ । एकातिर नेपालभित्र रहेको कुनै पनि भाषा र भेषलाई “पराइ“ होइन, आफ्नो अभिन्न अंग हो भनेर सम्मान गर्ने मानसिकता चाहिन्छ भने अर्को्तिर सनातनी हिन्दू संस्कृतिले कुनै तानाशाहको पक्षपोषण गर्दैन भन्ने बुझाउन जरूरी छ । यो काम भन्न जति सजिलो छ गर्न उत्तिकै गाह्रो छ । एउटा वर्ग “दाता“ र अर्कोलाई “याचक“ ठान्ने प्रवृत्तिबाट पूरै माथि उठेको, तत्कालिक भोटको राजनीतिक लाभहानिबाट अलग हुनसक्ने र विदेशीको ललिपपबाट नितान्त स्वतन्त्र निःस्वार्थ राजनेताको आवश्यकता हुन्छ यसका लागि । विद्यमान कुनैपनि राजनीतिक नेतृत्वबाट आजका मितिमा यस तहको अपेक्षा गर्नु भने सायद व्यर्थै होला !
Post a Comment