डा. दिनेश धरेल
हामीलाई बाल्यकाल जीवनको सबैभन्दा रमाइलो समय हो भन्ने लाग्छ। वयस्क जीवन कहिल्यै अन्त्य नहुने झमेलामा फसेको हुन्छ। फर्किएर आफ्नो बाल्यकाल नियाल्दा हामीलाई विगतको जीवन प्यारो लाग्छ, हामी ‘नोस्टालजीक’ हुन्छौं। जीवन कसरी धान्नेबारे वच्चालाई कुनै चिन्ता हुँदैन, जागिर खोज्ने झन्झट हुँदैन, लक्ष्य हुँदैन र महत्वकांक्षा हुँदैन। त्यसैले भनिन्छ मानिस जन्मँदा स्वतन्त्र हुन्छ, तर सामाजिक जीवनमा प्रवेश गरेपछि ऊ बन्धनमा बाँधिन्छ।
यो भ्रम हो वा यथार्थ? बाल्यकाल सुन्दर नहुन सक्छ। वास्तवमा बच्चामा तनाव हुने प्रशस्त कारण हुन्छन् जसले शारीरिक र मानसिक समस्या सृजना गर्छन्। शारीरिक, मानसिक र सामाजिक आवश्यकताका भारहरु बढ्दै जाँदा बच्चामा त्यस्तो तनाव हुन्छ। त्यस्ता आवश्यकताको स्रोत उ आफैंभित्र पनि र घरपरिवार, स्कुल वा वरिपरिको वातावरणबाट आएको हुनसक्छ। तनाव त्यतिबेला हुन्छ जतिबेला उसको चाहना वा सोचाइ पुरा नहुने अवस्था हुन्छ। शिशु कक्षा पढ्ने उमेरका बच्चा आमा(बुबाबाट छुट्टिनुपर्ने डरले तनावग्रस्त भैइरहेका हुनसक्छन्। अलि ठूलो कक्षामा पुगेपछि पढाइ वा साथी–संगतबाट पनि तनाव हुनेगर्छ। आजकाल स्कुले बच्चाहरु धेरै नै व्यस्त हुनुपरेको हुन्छ। बिहान सबेरै स्कुल जानुपर्छ र फर्किदा पनि अबेला भइसकेको हुन्छ। स्कुलमा बाहेक उनीहरुसँग आनन्दले बस्ने वा रमाइलो लाग्ने कुरा गर्ने वा खेल्ने फुर्सद नै निस्किदैन। अझ कतिपय बच्चाहरुले त स्कुलमा पनि मन परेको कुरा खेल्न पाइरहेको हुदैनन्। यो तनाबको ठूलो स्रोत हो। यदि बच्चाले उसको नियमित दिनचर्याको हरेक गतिविधि प्रति गुनासो गर्छ वा ती कुरा नै गर्न मान्दैन भने उसको दैनिकी धेरै व्यस्त भएर उसलाई मन नपरिरहेको हो की भनेर सोच्नु पर्ने हुन्छ। बच्चाहरुको तनाव बढाउने कुरा उसको जीवनमा घटिरहेको घटनामा मात्र सिमित नहुन पनि सक्छ। यदि तपाईंहरु आफ्नो काम सम्बन्धी गुनासाहरु बच्चाको अगाडि गर्नुहुन्छ, आर्थिक बिषयलाई लिएर विवाद गर्नुहुन्छ वा उसको अगाडि आफ्नो चिनजानको मान्छेको बिमार वा समस्यालाई लिएर चिन्तित देखिनु भएको छ भने बच्चाले पनि सो कुरा टिप्छन् र आफैं त्योबारे चिन्ता गर्न थाल्छन्। उनीहरु अगाडि भएका बेला यस्ता सम्वेदनशील कुरा के कसरी व्यवस्थापन गर्ने भनेर ख्याल गरिएन भने यो नै बच्चाको तनाबव स्रोत बनिराखेको हुन्छ।
बच्चाहरुले टेलिभिजनमा युद्ध, प्राकृतिक प्रकोप, हत्या–हिंसा लगायत डरलाग्दा घटनाहरु हेरिरहेका हुन सक्छन्। त्यस्ता घटनामा आफू वा आफ्नो माया गर्ने मान्छेलाई केही हुन्छ कि भनेर उनीहरु तनावमा हुन्छन्। उनीहरुले अरुबाट पनि यस्ता कुरा सुनिरहेका हुन सक्छन्। २०७२ को महाभूकम्पको बेलामा बाल मनोविज्ञानको कुरा धेरै गरिने गरेको सम्झिरहनु भएकै होला। आफ्नो बच्चाले टेलिभिजनमा के हेर्छन् र त्यो देखेर के सोचिरहेका हुन्छन् भन्ने कुरामा नजर राख्न नसक्दा उसलाई तनावमुक्त राख्न गाह्रो भइराखेको हुन्छ। जब तपाईंको परिवार वा आफन्तमा मृत्यु, सम्बन्ध बिच्छेद वा ठूलो रोग जस्ता गम्भीर घटना घट्छन्, त्यो बच्चाहरुको तनाव उच्चतम बिन्दुमा र्पुयाउन काफी हुन्छ। परिवार बालबालिकाको सबैभन्दा बलियो सुरक्षा छाता हो। जब त्यो डगमगाउँछ, बच्चाको लागि असह्य हुने गर्छ, आफ्नो र आफूलाई माया गर्ने मान्छेको भविष्यलाई लिएर उ चिन्ता गर्न थाल्छ। बच्चाको लागि सबैभन्दा पेचिलो र पिडादायी आफ्ना आमाबुबा सधैंका लागि छुट्टिएर आफूले दुईजनामध्ये एकजना रोज्नुपर्दा हुन्छ। अझ एकले अर्काको बारेमा नकारात्मक कुरा सुनाउँदा त झन् उसको मनोविज्ञान धेरै नै खलबलिन्छ। अर्को एकदमै महत्वपुर्ण कुरा के हो भने तपाईंको लागि सामान्य लाग्ने कुराले बच्चाहरुलाई धेरै ठूलो तनाव दिइरहेको हुनसक्छ। उनीहरु जे जस्तो कारणले तनावग्रस्त भएपनि त्यसप्रति सम्वेदनशील भएर उनीहरुको भावना बुझिदिन सकियो भने मात्र तपाईं उनीहरुलाई तनावबाट बाहिर निकाल्न सक्नुहुन्छ। बच्चाहरु तनावमा छन् की छैनन् भन्ने कुरा चिन्न सधैं सजिलो हुँदैन। तर उनीहरुको आनीबानी केही समयदेखि परिवर्तन भैरहेको छ भने कुनै कुराले तनावग्रस्त पो छन् की भनेर सोच्नु पर्छ। जस्तै राती ओछ्यानमा पिसाब गर्न छाडिसकेको बच्चाले ओछ्यान भिजाउन थालेमा, निन्द्रासम्बन्धी समस्या देखिन थालेमा, छिनछिनमा मुड बद्लिराख्ने र अस्वाभाविक रुपमा झिजिने वा रिसाउने हुन थालेमा सतर्क भैहाल्नु पर्छ। साना बच्चाहरुले औंला चुस्ने, नाक कोट्याउने, कपाल खेलाउने वा तान्ने जस्ता नयाँ बानीहरु सुरु गर्छन् भने अलि ठूला उमेरका बच्चाहरु ढाँट्न, छल्न वा अरुलाई पिटपाट गर्न थाल्ने पनि हुन्छन्। तनावले गर्दा कहिलेकाँही टाउको दुख्ने, पेट दुख्ने जस्ता शारीरिक लक्षण पनि देखिन्छन् जुन नदुखिकन झुटो बोलेको नभएर साँच्चै दुखेको हुन्छ तर त्यसको कुनै शारीरिक कारण भने भेटिएको हुँदैन। तनावमा हुँदा बच्चाहरु एक्लै बस्न खोज्छन् र अरुको उपस्थितिबाट भाग्ने बहाना खोज्छन्। उनीहरु पढाइ लेखाइको काममा ध्यान दिन पनि सक्दैनन् र स्कुलको नतिजा वा शिक्षकको मूल्यांकनमा अचानक कम्जोर देखिन थाल्छन्। बढी नै तनावमा हुँदा त मनपर्ने क्रियाकलापबाट पनि टाढा भैरहेका हुन्छन्। विभिन्न खाले तनावपूर्ण परिस्थितिहरु कसरी सम्हाल्ने भन्ने क्षमता बच्चाहरुमा विकास गराउन जरुरी छ। यसको लागि असल अभिभावाकत्वसँगै घर र स्कुलमा राम्रो वातावरण र बच्चाको लागि पर्याप्त आराम, खेलकुद तथा पोषण जरुरी हुन्छ। तपाईंले हरेक दिन आफ्नो बच्चाको लागि समय निकाल्नु अनिवार्य छ। चाहे बच्चासँग एकछिन कुरा गर्नुस् वा कम्तिमा एउटै कोठामा सँगै बस्दिनुस् वा सँगै खाना खाइदिनुस्। आफ्नो आमाबुबा वा माया गर्ने मान्छेको समीपता बच्चाको लागि जादु नै हुन्छ। तपाईं आफैं लामो, थकानपूर्ण वा तनावयुक्त दिन सकेर ढिला गरी घर आइपुगेको हुनसक्छ र बच्चासँग खेलिदिन सजिलो त छैन। तैपनि उनीहरुसँग बिताउने गुणात्मक समय बच्चाको तनाव कम गर्न धेरै महत्वपूर्ण हुन्छ र यो कुरा सानो उमेरमा मात्र नभई किशोरवस्थामा पनि लागू हुन्छ। उनीहरु तनावमा छन् भन्ने थाहा हुँदा त्यो कुरा भन्न लगाउनु पर्दैन, केवल उसको इच्छाअनुसार खेल्न वा आफ्नो निकटतामा समय बिताउन दिनुहोस्। उपयुक्त समय मिलाएर उसलाई के कारणले तनाव भैरहेको छ भन्ने कुरा पत्ता लगाउन र त्यो हटाउन प्रयास गर्नुहोस्। आपसी सरसल्लाह र सहमतिमा निकालेको समाधान लागू गर्ने र त्यसबाट अपेक्षित नतिजा आउने सम्भावना बढी हुन्छ। बच्चाले आफ्नो तनावको बारेमा भन्न सक्दैन वा चाहदैंन भने उसलाई तपाईंको आफ्नो तनावको बारेमा केही कुरा सुनाउनुहोस् ता की उसले यस्ता कुरा तपाईंसँग गर्नुपर्छ, तपाईं उसको चासो र चिन्ता प्रति सचेत हुनुहुन्छ र कुरा गरेपछि आफैंलाई राम्रो अनुभूति हुन्छ भन्ने थाहा पावोस्। यदि तपाईंलाई लाग्छ की बच्चाले तनावको कारण केही गम्भीर लक्षण देखाइरहेको छ र ऊ त्यो भन्न सक्दैन भने डाक्टर कहाँ लैजानुहोस्। कहिलेकाँही थेरापी चाहिने पनि हुनसक्छ। तनाव हुनसक्ने घटनाको लागि बच्चालाई पहिलेदेखिनै मानसिक रुपमा तयार पारिराख्नु पर्छ। उदाहरणको लागि कुनै अपरेसन गर्नुपर्ने छ भने डाक्टरलाई देखाउन जानुपर्ने र के के हुनसक्छ भन्ने कुरा उमेरअनुसार बुझ्ने गरी अगाडिदेखि नै बताउने हो भने उसले अपरेसनको बेला हुने तनाव अलि सजिलोसँग सम्हाल्न सक्छ। हामीले बुझ्नु र मनन गर्नु पर्ने कुरा भनेको मानवजीवनमा धेरैथोरै तनाव हुन्छ नै भन्ने हो। बालबालिकामा पनि केही तनाव हुनु सामान्य कुरा हो भनेर आफू पनि बुझ्न र बच्चालाई पनि बुझाउन जरुरी छ। कहिलेकाँही रिस उठ्नु, डर लाग्नु, एकान्त अनुभव हुनु वा चिन्ता लाग्नु सामान्य कुरा हुन् र ती अवस्थामा कसरी आफूलाई सम्हाल्नु पर्छ भन्ने कुरा तिमीलाई थाहा छ भनेर निश्चिन्त गराउनु पर्छ।
धेरैजसो अभिभावकले बच्चाको तनाव कसरी कम गर्ने भन्ने जान्नुभएको हुन्छ, मात्र समय र चासो अलि नपुगेको हुनसक्छ। तर आफ्नो बच्चामा देखिएका शारीरिक वा मनोबैज्ञानिक परिवर्तनहरु लामो समयसम्म रहिरह्यो वा गम्भीर खालको लाग्यो भने वा तनावले गर्दा बच्चाको स्कुल वा घरको नियमित गतिविधिमा समस्या देखिएको छ भने डाक्टरको सल्लाह लिनुपर्छ।
(डा. धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप(प्राध्यापक हुन्।)

उच्च रक्तचापको औषधि छोड्ने तरिका
व्यस्त र तनावपूर्ण दैनिकीले उच्च रक्तचापको समस्या बढ्दै गएको छ। उच्च रक्तचापको समस्या बढेपछि जीवनभर औषधि खानुपर्छ भन्ने मानसिकता छ। तर, आफ्नो आनीबानी र दैनिकीमा केही परिवर्तन गर्ने हो भने चिकित्सकको निगरानमीमा उच्च रक्तचापको औषधि छोड्न सकिन्छ।
के हो उच्च रक्तचाप ?
चिकित्सका अनुसार शरिरमा हुने सामान्यभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार माथिको प्रेसर
(सिस्टोलिक) १४० भन्दा बढी र तलको प्रेसर (डायस्टोलिक) ९० भन्दा बढी भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ। डायस्टोलिक ६० देखि ९० सम्म र सिस्टोलिक ११० देखि १४० सम्म छ भने त्यो सामान्य हो। यो मापदण्डभन्दा बढी भएमा उच्च रक्तचाप र थोरै भएमा कम रक्तचाप हो।
उच्च रक्तचाप भएको कसरी थाहा पाउने ?
उच्च रक्तचापका सामान्य लक्षण भनेका टाउको दुख्ने, रिगंटा लाग्ने, कानमा टुङ–टुङ वा अन्य कुनै खालका आवाजहरु आउने, आँखा तिरीमिरी हुने जस्ता हुन्। कसैकसैलाई वाकवाक लाग्ने पनि हुनसक्छ। तर, उच्च रक्तचापको लक्षण सबैलाई देखिन्छ भन्ने हुँदैन। कसैकसैलाई माथिको रक्तचाप १८० र तलको १२० पुग्दा पनि कुनै लक्षण देखिएको हुँदैन। कसैले उच्च रक्तचाप भएको महिनौं र वा वर्षौंसम्म पनि थाहा नपाउन सक्छन्। कसैगरी जँचाउन जाँदा मात्रै थाहा पाउनेहरु अधिकांश हुन्छन्। त्यही भएर कहिलेकाँही उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ, जसले थाहै नदिइकन मानिसको ज्यान लिन सक्छ।
उच्च रक्तचापमा कहिलेकाँही मस्तिष्कको नसा फुट्ने, प्यारलाइसिस हुने, दाँयाबाँया हर नचल्ने हुन्छ। कतिको त मृगौला नै खराब भइसकेको हुन्छ। यस्तो समस्या भएर अस्पताल गएपछि मात्र रक्तचाप बढेको भन्ने थाहा पाउने उदाहरण पनि प्रशस्तै छन्। अंगभंग भइसकेपछि मात्रै उच्च रक्तचापको समस्या थाहा पाउनुभन्दा बेलैमा ध्यान दिन जरुरी हुन्छ। केही लक्षण नदेखिएको भएपनि सामान्यतया ३० वर्ष कटेपछि नियमित रक्तचाप जाँच्नुपर्छ। रक्तचाप कुनै पनि बेला बढ्न सक्छ, यसको कुनै नियम छैन। त्यसैले कम्तिमा दुई–तीन महिनामा जचाउने गरेमा बेलैमा पत्ता लाग्ने र उपचार गर्न सकिन्छ।
उच्च रक्तचापले के कारणले हुन्छ ?
उच्च रक्तचाप बंशाणुगत हो। आफ्ना बा, आमा, हजुरबुवा, हजुरआमालगायत परिवारका सदस्यलाई उच्च रक्तचाप छ भने त्यसको असर छोराछोरी–नातिनातिनीसम्म देखिन सक्छ। अर्को प्रमुख कारण मोटोपना हो। मोटो व्यक्तिलाई उच्च रक्तचाप हुने संभावना बढी हुन्छ। धुमपान तथा मद्यपान गर्नेहरुलाई उच्च रक्तचापको जोखिम हुन्छ। धेरै रक्सी र चिल्लो पदार्थ खानेलाई पनि उच्च रक्तचाप हुनसक्छ। चिन्ता लिने, तनावपूर्ण काम तथा तथा जीवनशैली, अत्याधिक व्यस्त र कम सुत्नेलाई पनि उच्च रक्तचापले सताउँछ। उच्च रक्तचाप हुनेहरुमा कोलस्ट्रोल पनि उच्च हुन्छ। त्यसले गर्दा उच्च रक्तचाप हुनेको रगतको पनि जाँच गर्नुपर्छ। उच्च रक्तचाप र कोलस्ट्रोल हुनेले औषधि नखाएमा त्यसले मुटु र मृगौलको नलीहरुमा बोसोका मात्रा बढ्दै जाने जस्तासमस्या निम्त्याउँछ। यस्तो बेलामा वेवास्ता गरे हृदयघात हुने, खुट्टाको नली ब्लक भएर खुट्टा काट्नुपर्ने, आँखा कमजोर हँुदै गएर पुरै बिग्रिन सक्ने जस्ता समस्या आउन सक्छन्। उच्च रक्तचापले शरिरको जुनसुकै अंगमा पनि हानी पुर्याउन सक्छ।
रक्तचाप माथि १४० भन्दा बढी र तल ९० भन्दा बढी भएमा जँचाएर मात्रा हेरेर औषधि खानुपर्छ। माथि १४५ देखि १५० र तल ९५ देखि १०० भयो भएमा थोरै मात्रामा औषधि खानुपर्छ, तर एकपटकको जाँचमा नै खानपर्छ भन्ने छैन। एकपटक मात्र जँचाएको भरमा औषधि चलाउन हुँदैन। एकदमै उच्च रक्तचाप नभईकन औषधि चलाउन हामी सिफारीस गर्दैनौं। जस्तो एकदिन माथि १४५, तल ९५ आयो भने तुरुन्तै औषधि लिनु पर्दैन। यस्ता व्यक्तिलाई एक सातासम्म निगरानीमा राख्नुपर्छ। धेरै जसो समय रक्तचाप बढी भयो भने मात्र औषधि दिनुपर्छ।
प्रेसरको औषधि छोड्न पनि मिल्छ?
यस बिषयमा पछिल्लो समयमा धेरै अनुसन्धान भइरहेका छन्। विभिन्न अमेरिकी संस्था तथा अन्य अस्पतालहरुले गरको अनुसन्धानले कतिपय सामान्य उच्च रक्तचाप भएकाले औषधि खादा–खादैं नियन्त्रण भएमा छोड्न सकिने बताएका छन्। जस्तै कुनै बिरामीले एउटा औषधि ५ एमजी खाइरहेको थियो। एक वर्षदेखि उसको औषधि साढे २ एमजीमा झारियो र एक वर्षसम्म हेर्दा रक्तचाप सामान्य नै छ भने त्यस्तो व्यक्तिले औषधि छोड्न मिल्छ। औषधि छोडेको एक(दुई वर्षको अवधिमा पनि रक्तचाप सामान्य रहेमा औषधि छोड्न सकिन्छ। तर, यसका लागि नुन कम खाने र कोलस्ट्रोल नियन्त्रणमा राख्नु पर्छ। त्यस्तै नियमित व्यायाम गर्ने र खाने कुरामा ध्यान दिने गर्नुपर्छ। सबै कुरामा ध्यान दिदाँ नियमितरुपमा एक वर्षसम्म पनि प्रेसर सामान्य भए, त्यस्तो व्यक्तिले औषधि छोड्न सक्छ। अथवा खाइरहेको औषधिको मात्रा कम गर्न पनि सकिन्छ। तीनवटा औषधि खाइरहेकोले एउटा मात्रै खानुपर्ने भए त्यो पनि राम्रो हुन्छ। तर, औषधि छोडेमा पनि चिकित्सकको निगरानी भने भइरहनुपर्छ। एकपटक उच्च रक्तचाप भइसकेको व्यक्तिले औषधि छाडेपनि कम्तिमा हप्ताको एकपटक जाँच भने गराउनुपर्छ।
उच्च रक्तचापबाट जोगिन के गर्ने ?
उच्च रक्तचाप हुन नदिने सबैभन्दा महत्वपूर्ण घरेलु उपाय भनेको नुन कम प्रयोग गर्नु हो। साविकभन्दा नुन कम खाने हो भने उच्च रक्तचापको समस्या नहुन सक्छ। खानपीन र व्यायाममा ध्यान दिने काम उमेरमा नै सुरु गर्न पर्छ। ५० वर्षको उमेरमा खानपीनमा ध्यान दिउँला, व्यायाम गरौंला भनेर हुँदैन। अगाडि जे जस्तो भए पनि कम्तिमा ३० वर्षको उमेरदेखि नै यसमा ध्यान दिनुपर्छ।
मोटोपन बढ्न नदिने, नुन कम खाने, धुमपान–मद्यपान नगर्ने र कोलस्ट्रोल बढ्न नदिने हो भने उच्च रक्तचापको सम्भावना धेरै हदसम्म कम गर्न सकिन्छ।

Post a Comment