गोल्डेन न्यूज संवाददाता
पृथ्वी नारायण क्याम्पसमा विद्यार्थीहरुको मंगलबार बसेको भेलाले नयाँ शक्ति छात्रा विभाग गठन गरेको छ । पृथ्वीनारायण क्याम्पसको प्राङ्गगणमा आयोजित एक भेलाले अस्मिता बाँनियाको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको हो । त्यसैगरी उपाध्यक्षमा उषा पौडेल, सचिवमा कन्चन परियार, कोषाध्यक्षमा विनिता श्रेष्ठ, सहसचिवमा सृर्जना आचार्य र सदस्यमा गंगा थापा, अन्जलि दाहाल, सेविका परियार, सुनिता केसी, दुर्गा राना, नमुना पौडेल, एलिशा पौडेल, विजया सुवेदी, जमुना कुमाल, प्रतिभा पौडेल, कल्पना रानालगायत रहेका छन् । भेलाका प्रमुख वक्ता नयाँ शक्ति विद्यार्थी युनियनका प्रशिक्षण विभाग प्रमुख नेत्र चापागाईले समृद्धिका बाहकनै विद्यार्थी रहेको बताइन्छ। त्यसैगरी विद्यार्थी केन्द्रीय सचिवालय सदस्य रेशम सापकोटाले महिला विद्यार्थीहरु चुस्त रुपमा अगाडि बढी आफ्नो हक र अधिकारका लागि महिलानै लागिपर्नुपर्ने बताए। नवगठित कमिटीकी अध्यक्ष बाँनियाले विद्यार्थीको हकहितका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । पूजा पौडेलेको अध्क्षतामा सम्पन्न भेलाको संचालन तारा जिसीले गरेकी थिईन् ।
Post a Comment