अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० देखि कायभार समाल्दै छन् । विश्वलाई नै चकित पार्दै राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि विश्व शक्ति अमेरिकाको परराष्ट्र नीति कस्तो होला भन्ने सबैको चासो र पर्खाइको विषय बनेको छ । ट्रम्प निर्वा्चित भएपछि र उनले दिँदैआएका अभिव्यक्तिले अमेरिकाको अबको परराष्ट्र नीतिका परिदृश्य अनुमान गर्न सकिने हुनथालेको छन् । ट्रम्प विजयी हुनुलाई विशेषगरी ‘लोकप्रियतावाद’को उदयका रूपमा लिने गरिएको छ । लोकप्रियतावाद (पपुलिज्म) राजनीतिशात्र र अन्तर्राष्ट्रिय सम्बन्धको विवेचनामा सकरात्मक मानिँदैन । जर्मन समाजशास्त्री म्याक्स वेबरले नेतृत्वका तीनओटा प्रकारको व्याख्या गरेका छन् । पहिलो परम्परावादी नेतृत्व हो जसमा राजा, महाराजा, अमिर, धार्मिक नेता पर्छन् ।
दोस्रोमा कानुनसम्मत र तर्कसंगत नेतृत्व हुन्छ । यसमा लोकतान्त्रिक प्रक्रियाबाट चुनाव जितेर आएको नेता पर्छन् । तेस्रोमा भुइँफुट्टा नेता (डेमोगग) लाई हुन्छन् जो चर्का कुरा गरेर एकाएक स्थापित भएका हुन्छन् । वास्तवमा त्यस्ता नेता खोक्रा हुन्छन् । त्यो नै लोकप्रियतावाद हो राजनीतिशास्त्रको शब्दावलीमा । अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणाम पनि लोकतान्त्रिक प्रक्रियाबाट विजयी ‘लोकप्रियतावाद’ को उदाहरण हो ।
लोकप्रियवादबाट उदाएका नेता दिगो हुन सक्दैनन् । त्यसकारण अमेरिकी राष्ट्रपति निर्वा्चित ट्रम्पले निर्वाचनका क्रममा व्यक्त गरेका धारण, निर्वा्चित भएपछि छानेका सहयोगी समूह र त्यसपछिका केही घटना हेर्दा संसारमा आगामी जनवरी २० पछि ह्वाइटहाउसबाट सञ्चालित हुने परराष्ट्र नीति विश्वशान्तिका लागि त्यति सहयोगी होला भन्ने अपेक्षा गर्न सकिँदैन ।
किनभने लोकप्रियवाद आफैँमा एउटा खहरेजस्तो आवेगका आधारमा सिर्जित जनमत हो । त्यसले गम्भीरतापूर्वक समाज र विश्वको परिदृश्यलाई हेरेर निर्णय गर्नेगरेको पाइँदैन । दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिकाको परराष्ट्र नीति प्रजातान्त्रिक शान्तिको सिद्धान्त र उदारवादका आधारमा चल्दैआएको थियो । विश्वमा जति धेरै देशमा शान्ति र लोकतन्त्र स्थापना भयो त्यति नै द्वन्द्व कम हुन्छ भन्ने अमेरिकी मान्यता थियो ।
यही नीतिकै कारण अमेरिका लगभग ७ दशकसम्म विश्व शक्ति राष्ट्र बन्न सक्यो । यस कालखण्डमा रसिया उसको रणनीतिक प्रतिस्पर्धीका रूपमा उभिँदैआएको थियो । तर, अहिले ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको जस्तो ‘कनेक्सन’ देखिएको छ, त्यो अस्वाभाविक छ । यसलाई अमेरिकाका जनताले लामो समयसम्म स्वीकार गर्न सक्दैनन् । ट्रम्पको लोकप्रियतावादको खस्कने क्रम त्यहीँबाट सुरु हुन्छ ।
एकातिर युरोप संकटमा छ । त्यहाँको बजार खस्किएको छ । अमेरिकाका साझेदारहरू युरोपियन युनियन, जापान, दक्षिण कोरिया र अस्ट्रेलिया हुन् । तर, ट्रम्प निर्वाचित भएपछि अमेरिकाका मुख्य साझेदारलाई बेवास्ता गर्दै रसियासँग नजिक हुँदैजानुले अमेरिकाका पुराना साझेदार देशसँगको सम्बन्धमा संकट उत्पन्न हने देखिन्छ ।
पछिल्लो परिस्थितिले गर्दा उनीहरू अन्योलमा छन् । त्यसैगरी बाराक ओबामाले ल्याएको ‘ट्रान्स प्यासिफिक पार्टनरसिप’ (टीपीपी) नामक व्यापार नीति ट्रम्पले च्यातिदिने बताइसकेका छन् । यो नीति एसियामा अमेरिकाले वर्चस्व कायम गर्ने उद्देश्यसहित ओबामाले ल्याएका थिए । उक्त नीतिबाट साझेदार राष्ट्रहरू पनि उत्साहित थिए । तर, ट्रम्पले कस्तो अभिव्यक्ति दिए भने उनको अभिव्यक्तिबाट त्रसित भएर जापानका प्रधानमन्त्री सिन्जो आबे उनलाई भेट्न अमेरिकै पुगे । ट्रम्पकै गतिविधिले गर्दाले समस्या निम्त्याउने बुझाइले जापान रसियासँग नजिक हुनथालेको छ ।
अमेरिकासँग विश्वस्त हुन नसकिने देखेपछि चीनको छत्र छायाँमा बस्नुभन्दा रसियासँग नजिकिने निष्कर्षमा जापान पुगेको देखिन्छ । उसले रुसका राष्ट्रपतिलाई भव्यताका साथ आफ्नो देशको भ्रमणसमेत गराएको छ । यसको अर्थ विश्वका मित्रताका साझेदारीमा पनि अब परिवर्तन हुने छनक देखिन थालेको छ ।
अमेरिकी सरकारले रसियाका कूटनीतिज्ञलाई देश निकाला गर्यो । अमेरिकाले रसियाविरुद्ध लिने सानो निर्णयमा प्रतिक्रिया जनाइहाल्ने पुटिन यस विषयमा केही नबोल्नु रहस्यमय छ । अमेरिकाको आन्तरिक विषयमा चलखेल गरेको आरोपमा रसियाका कूटनीतिज्ञलाई ओबामा प्रशासनले देश निकाला गरेको थियो । यसलगतै ट्रम्पले पुटिनको प्रशंसा गरे । त्यस्तै, रसियासँगै व्यापारिक साझेदारी गर्दै आएका मोबिलको व्यापारीलाई विदेश मन्त्री बनाउनुले पनि उनको पुटिनसँगको निकटतालाई थप पुष्टि गर्छ ।
रसियासँग अन्तरिक्षमा समेत प्रतिस्पर्धा गरिरहेको अमेरिका एउटा व्यक्तिका कारण साझेदारी गर्दा जनतालाई स्वीकार्य हुन गाह्रो छ । यो उत्तिकै विरोधाभासपूर्ण पनि छ ।
रसियासँगको साझेदारीले अमेरिकाका पुराना मित्र राष्ट्र पक्कै रिसाउने छन् । त्यसले गर्दा अमेरिकी जनता पनि ढिलोचाँडो ट्रम्पसँग असन्तुष्ट हुनेछन् । त्यसकारण लोकप्रियतावादमार्फत उदाएका ट्रम्पले यो कार्यकाल पूरा गर्न पनि गाह्रो देखिन्छ । अमेरिकी जनताले ट्रम्पलाई सफल व्यापारी र रोजगारी सिर्जना सक्ने ठानेर मतदान गरेका हुन् । तर, शक्ति राष्ट्रको सरकार र विदेश नीति एउटा व्यापारिक घराना चलाएजस्तो हुने नभएकाले उनको सफलतामा शंका गर्ने थुप्रै आधार छन् ।
मध्यपश्चिमका देशहरूसँगको सम्बन्धमा पनि ट्रम्प विवादास्पद नै छन् । उनले मुस्लिमलाई आतंककारीकै संज्ञा दिएर आफूलाई मुस्लिम विरोधीका रूपमा चित्रित गरिसकेका छन् । त्यस्तै आर्थिकरूपमा बलियो बन्दै गएको चीनलाई चिढ्याउने गरी ताइबानका बारेमा दिएको अभिव्यक्ति अर्को विवादास्पद र खतरा बन्न पुगेको छ ।
एक चीन नीतिमा विवाद आउने गरी उनले दिएको अभिव्यक्तिले प्रमुख व्यापारिक साझेदार चीन पनि रिसाउने उत्तिकै सम्भावना छ । अमेरिकाले चीनसँग ऋण सहायता लिएर आफ्नो अर्थतन्त्र चलाइरहेको भित्री यथार्थ छ ।
करिब २४ प्रतिशत सामान चीनबाट खरिद गर्ने अमेरिकाले चीनसँग टक्कर गरेर अगाडि बढ्न सक्दैन । चीनको सामानमा कर बढाउने उनको नीतीले अमेरिकामा मूल्य वृद्धि हुन्छ । यो पनि अमेरिकी जनतालाई स्वीकार्य हुनेछैन । ट्रम्प अमेरिका विश्वकै एक नम्बर शक्ति हुनुपर्ने धारणा राख्छन् । त्यस्तै, हतियारको व्यापार र सैन्य शक्ति वृद्धिमा समेत जोड दिने उनले बताउँदै आएका छन् ।
यसले गर्दा विश्वमा द्वन्द्व र अशान्ति फैलने खतरासमेत देखिन्छ । रसियासँग मिलेर चीनलाई कमजोर बनाउने उनको रणनीति हुन सक्छ । तर, त्यो रणनीतिले लामो समय काम गर्दैन । किनभने चीन र रसियाको सम्बन्ध उत्तिकै पृथक र निकट छ । रसियाका लागि चीन ठूलो बजार पनि हो । अमेरिकाले रसियालाई नाकाबन्दी लगाउँदा चीनलाई उसले धेरै तेल र ग्याँस बेचेको छ । रसिया पनि चीनसँग सम्बन्ध बिगार्न चाहँदैन । त्यसैले ट्रम्पको नीति दीर्घकालिन र चातुर्यपूर्ण छैन । विश्व शक्तिले रसियाको सहयोग लिएको र ऊसँग झुकेको अमेरिकी जनतालाई मान्य नहुने अर्को विषय हो । यसले अमेरिकाको विश्व छवि धमिलो र कमजोर बनाउँछ । परिस्थिति यसरी नै अगाडि बढ्दैगएमा अमेरिकाको विदेश नीति संकटमा पर्नसक्ने देखिन्छ ।
विश्वमा बढ्दो अतिराष्ट्रवाद
लोकप्रियतावादलाई अतिराष्ट्रवादको परिणामका रूपमा समेत हेर्न सकिन्छ । अति राष्ट्रवादी नेताहरू नै त्यहाँका जनताबीच चर्चित हुन्छन् र चुवान जित्न सक्छन् । राष्ट्रवादका अगाडि लोकतन्त्रसमेत गौण हुँदैगएको देखिएको छ । पछिल्लो समय विशेषगरी विकसित र विकासशील देशको राजनीतिक नेतृत्व लोकतन्त्रवादी भन्दापनि लोकप्रिय र अति राष्ट्रवादी छानिन थालेको छ । रसिया, जापान, भारत, बेलायतलगायतका देशको नेतृत्व चर्चित अनुहार र राष्ट्रप्रेमी भएकै कारण अगाडि आएका छन् ।
अमेरिकामा पनि अहिले अनुभवी, लोकतन्त्रवादी नेतृ हिलारी क्लिन्टललाई पछि पार्दै व्यापारिक र चर्को राष्ट्रवादी भाषण गर्दै आएका ट्रम्प विजयी भएका हुन् ।
नेपालले सिक्नुपर्ने पाठ
राष्ट्रवाद, उग्रराष्ट्रवाद, रुढीवाद (ऋयलकभचखबतष्खभ) जे भने पनि जनतामा राष्ट्रप्रतिको माया बढ्दैगएको देखिन्छ । सोही अनुसारका नेतृत्वको उदय विश्वमा हुँदैगएको छ । यो अविकसित, अल्पविकसित देशको मात्र कुरा होइन । अमेरिकाजस्तो उन्नत प्रजातन्त्रमा पनि यस्तै नेता विजयी भए । ‘म अरू संसारका लागि नभई अमेरिकाका लागि हो’ भन्दा ट्रम्पले चुनाव जिते । त्यसैले राष्ट्रवाद भनेको हल्का विषय होइन । नेपालमा राष्ट्रवादलाई मागी खाने भाँडोका रुपमा लिइएको पाइन्छ । त्यो गलत हो । नेपालमा पनि राष्ट्रप्रति उत्तरदायी नेता अगाडि आउनुपर्छ । त्यसपछि दोस्रो पक्ष भनेको समृद्धि हो । अमेरिकामा हिलारी क्लिन्टनजस्तो अनुभवी नेतृले जनताको जीवनमा परिवर्तन ल्याउँछु भन्ने सन्देश दिन र समृद्धिका सपना बाँड्न नसक्दा पराजित हुनुपर्यो । परिणामस्वरूप, एउटा कोरा कर्पोरेट व्यक्तिले चुनाव जित्यो । त्यसकारण आर्थिक एजेन्डा अर्को महत्वपूर्ण विषय हो भन्ने स्पष्ट हुन्छ । नेपालमा भने एकदमै राजनीतिक एजेन्डामात्रको प्रभुत्व छ । देशको समृद्धि र विकासका लागि राजनीतिक कार्यसूचीमात्रै अगाडि सार्नु दुर्भाग्य नै हो । जनतालाई अधिकार, समानता, समावेशिताका नाममा अलमलाउनु हुँदैन । समृद्ध मुलुकमा पनि थप उन्नतिका कुराले महत्व पाउँछ भने हाम्रो जस्तो अविकसित देशले अब आर्थिक कार्यसूचीमा केन्द्रित हुनुपर्छ । मुलुकमा समृद्ध भयो भने कसैका बीचमा असमानता हुँदैन । त्यसैगरी हामीसँग भएका स्रोत र साधनको उपयुक्त प्रयोग भएमा दलित, अनपढ वा अन्य केही भएकै कारणले गरिब हुनुपर्दैन । त्यसैले स्पष्ट राष्ट्रलाई माया गर्ने र आर्थिक समृद्धिको सपना भएको नेतृत्व आवश्यक छ । राष्ट्रियता र आर्थिक समृद्धिले मुलुकमा लोकतन्त्र बलियो बनाउँछ भने जनतको जीवनस्तरमा समेत सुधार ल्याउँछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख सहप्राध्यापक डा. केसीसँग अशोक पौडेलले गरेको कुराकानीमा आधारित ।)

Post a Comment