कास्कीको पर्यटकीय, तमुहरुको ऐतिहासिक गाँउ सात सय सिक्लेस, युवा क्लवको २२ औं वार्षिक साधारण सभा तथा सिक्लेस माघे सक्रान्ति मेला मंगलवार सम्पन्न भएको छ । मेलामा आयोजित बास्केटबल प्रतियोगितामा घान्द्रुक ब्वाइज बुल्स टाउनलाई पराजित गर्दै ताङतिङ ए ले उपाधि जितेको छ । विजेता ताङतिङले ४० हजार रुपैया र उपविजेतामा चित्त बुझाउनु परेको घान्द्रुकले ३० हजार रुपैया सहित ट्रफी, मेडल, प्रमाणपत्र सहित पुरस्कृत भए । यसरी नै पुरुष भलिबलमा संरक्षण युवा क्लव घ्याम्राङले आयोजक सिक्लेस युवा क्लवलाई पराजित गर्दै उपाधिसहित नगद ४० हजार रुपैया र द्धितिय भएको सिक्लेस ३० हजार रुपैया सहित ट्रफी, मेडल, प्रमाणपत्र सहित पुरस्कृत बन्यो । यसरी नै महिला भलिबलको उपाधि घान्द्रुक ब्वाइज पोखराका महिला समुहले जित्यो भने फाइनलमा पराजित बन्दै पुन क्लवले उपविजेतामा चित्त बुझाउनु पर्यो । विजेता घान्द्रुक १५ हजार रुपैया, उपविजेता पुन क्लव १० हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित पुरस्कृत भयो । विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि बुद्धिजि
महिला भलिबलमा पुन क्लव पोखरा, घान्द्रुक ब्वाइज पोखरा र अन्नपूर्ण मावि सिक्लेस सेमीफाइनलमा प्रवेश गरेको छ । पुन क्लवले सेन्चुरी घान्द्रुकलाइ र घान्द्रुक ब्वाइज पोखराले सोंदालाई र अन्नपूर्ण मावि सिक्लेसले सिक्लेस बी लाई पराजित गर्दै सेमिफाइनल मा प्रवेश गरेको छ ।बास्केटबल र पुरुष भलिबलमा विजेता र उपविजेतालाई ४० हजार र ३० हजार रुपैयासहित ट्रफी मेडल, प्रमाणपत्रसहित पुरस्कृत हुने भएको छ भने महिला भलिबलमा प्रथमलाई १५ र दोश्रोलाई १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको छ ।

Post a Comment