इच्छाशक्ति र प्रतिबद्धता हुने हो भने असम्भव जस्तै लाग्ने धेरै कामहरु गर्न सकिदोरहेछ भन्ने उदाहरण अहिले लोडसेडिङ अन्त्य गर्न भइरहेका प्रयासहबाट देखिएको छ। हिउँद र गर्मी सिजनमा सोह्र घण्टा, अठार घण्टा लोडसेडिङको पीडा भोग्दै आएको नेपाली समाज अब लोडसेडिङबाट मुक्ति पाउने दिशातर्फ अग्रसर हुँदैछ। ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजनाबद्ध प्रयासका कारण यो स्थिति आएको हो। लोडसेडिङ मात्र अन्त्य हुन गइरहेको छैन, विद्युत माफिया, भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहले गर्दै आएको भ्रष्टाचार र बदमासीको पनि पर्दाफास हुँदैछ। मुलुकलाई अँध्यारोमा राखेर आफू मालामाल बन्नेहको उज्यालो बिरोधी अँध्यारो चरित्र नाङ्गिदैछ। जलस्रोतमा विश्वको दोस्रो धनी देश मानिने नेपालमा ऊर्जा संकट हुनु आफैमा लाजमर्दो विषय हो। नेपालका अहिलेसम्मका शासक वर्गले जनतालाई विकासको सपना बाँडे र मुलुकलाई अँध्यारोमा राख्ने काम मात्र गरे। जलस्रोतको समुचित प्रयोग गर्नुको साटो कहिले थर्मल प्लान्ट, कहिले सौर्य ऊर्जा र कहिले हावाबाट बिजुली निकाल्ने कुरा गरेर जनतालाई आश्वासन मात्र दिए। आफूभित्र रहेका अपार सम्भावना नदेख्ने र त्यसप्रति प्रतिबद्ध रहन पनि नसक्ने गलत चिन्तनका कारण वैकल्पिक ऊर्जाको नाममा वर्षे्नि खरबौं रकम खर्च गरियो। हाम्रो जस्तो मुलुकमा पानीबाट बिजुली निकाल्नु नै सबैभन्दा भरपर्दो र सस्तो पर्ने कुरा यहाँका नीति निर्माता र प्राविधिज्ञहलाई थाहा नभएको होइन तर जेनेरेटर, सोलार, इन्भर्टर, ब्याट्री उत्पादकहको स्वार्थ र कमिसनको लोभमा धेरै गलत कामह भए। विगत तीन महिनायता माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट २५ मेगावाट विद्युत थपिएको छ। जनवरी १ देखि भारतबाट ४० मेगावाट विद्युत आयात गरिदैछ। अहिले नेपालमा करीब छ सय मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ र हाम्रो आवश्यकता करीब एक हजार मेगावाट हो। हाम्रो उत्पादन क्षमता ४० हजार मेगावाट भएकोले नेपाल विश्वकै ठूलो विद्युत निर्यातकर्ता बन्न सक्छ। हाम्रो नेतृत्वसँग इच्छाशक्ति हुने हो र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बनाउन सकियो भने अबको दश वर्षमा नेपालले भारत मात्र हैन, चीन, बंगलादेश लगायतका छिमेकी मुलुकहलाई बिजुली बेचेर राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउन सक्छ। अब खाँचो छ–‘इमानदारिता, प्रतिबद्धता र इच्छाशक्तिको।’ एउटा सीमित वर्गको स्वार्थमा, पैसाको लोभमा परेर विद्युत प्राधिकरणका केही सीमित व्यक्तिहले सिर्जना गरेको कृत्रिम लोडसेडिङको मारमा नागरिकहरु वर्षांैसम्म छट्पटाउनुपर्ने अवस्थाको अब अन्त्य हुँदैछ। यसखालको गलत धन्दामा संलग्न व्यक्तिहरु भने कानूनको दायरामा आउने सम्भावना न्यून नै छ किनभने यो मुलुक दण्डहीनताकै भरमा चलिरहेको छ। जसले जे गरे पनि हुन्छ भन्ने मान्यता प्रबल छ। त्यसैले यो अपराधमा संलग्नहरुले सजाय पाउने अवस्था अहिलेसम्म देखिदैन। केही गर्न खोजियो भने राजनीतिक संरक्षण गर्नेहको कमी हुनेछैन। त्यसैले आउँदा दिनमा विगतको कूकृत्य नदोहोरिने गरी बलियो संयन्त्र निर्माण गर्न सकियो भने ठूलो उपलब्धि हुनेछ। लोडसेडिङ राजधानीमा अन्त्य भएजस्तै छ भने राजधानी बाहिर पनि लोडसेडिङको पीडा धेरै कम भइसकेको छ। अब यसलाई कम गर्दै लगेर लोडसेडिङमुक्त गर्ने अभियानतर्फ लाग्नुपर्छ। समस्या पहिचान गर्नु पनि एउटा उपलब्धि भएकोले अब समाधानतर्फ लाग्न सहज हुनेछ। लोडसेडिङलाई एकादेशको कथाजस्तै बनाउनका लागि दुई–तीन वर्षभित्र अहिलेकै व्यवस्थापनलाई काम गर्ने अवसर दिनुपर्छ। नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने राम्रो सम्भावनाको ढोका खुलेको छ। अब ढोका बन्द गर्ने षड्यन्त्र कसैले नगन् भन्नेतर्फ ध्यान पु¥याउन आवश्यक छ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment