0
वि.सं. २००३ सालमा बनारसमा देवीप्रसाद सापकोटाको अध्यक्षतामा गठन भएको नेपाल राष्ट्रिय कांग्रेस र २००३ सालमा नै कलकत्तामा नेपालको जेलमा आजीवन जेल जीवन बिताइरहनु भएका टंकप्रसाद आचार्यको अध्यक्षतामा नेपाल प्रजातन्त्र कांग्रेसको गठन भएको थियो। लक्ष्य राणा शाासन विस्थापित गरी प्रजातन्त्र स्थापना गराउनु रहेकाले २००६ साल चैत २४ गते दुवै पार्टी एकीकरण गरी नेपाली कांग्रेस नाम रहन गएको थियो। बीपी कोइरालाको संरक्षकत्वमा बनारसमा गठन भएको पार्टीले कलकत्तामा स्थापना भएको पार्टीले तयार पारेको झण्डालाई स्वीकार गरी नेपाली कांग्रेसको माथि रातो, बीचमा सेतो र तल रातो, बीचमा सेतो भागमा चार वटा तारा, बोल्ने, लेख्ने संगठन गर्न पाउने स्वतन्त्रताको प्रतिक एक तारा र भय, त्रासबाट मुक्तिको प्रतिक एक तारा, गरिबीबाट मुक्तिको प्रतिक एक तारा, धार्मिक स्वतन्त्रताको प्रतिक एक तारा।  पहिलो, रातो परिर्वतनको प्रतिक क्रन्ति, दोस्रो सेतो भाग क्रान्ति पछिको शान्ति र शान्तिलाई व्यवस्थित गरी चार तारा चार वृहत उद्देश्यका साथ स्थायित्व प्राप्त गर्न र पुच्छारको रातो भागको उद्देश्य सम्पन्नता हासिल गर्दै प्राप्त उपलब्धिहरूको सुदृढीकरणमा लाग्ने संकल्प बोकेर तयार पारेको झण्डा फर्फराउँदै राणाशासन विस्थापित गराउन २००७ साल कार्तिक २४ गते क्रान्तिको बिगुल फुकेको थियो। क्रान्ति सुरु भएको तीन महिनामा नै राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना भएको थियो। भारतबाट अंग्रेजलाई हटाउने विगतदेखिका संघर्षमा संलग्न भएर बीपी कोइरालाले ठूलो अनुभव र आत्मविश्वास प्राप्त गर्नु भएको थियो। नेपालको जेलबाट भागेर भारत पुग्नु भएका गणेशमानसिंहको आँट र वीरतालाई क्रान्ति सफल बनाउने लक्ष्यका साथ वीरगञ्ज नाकासमेतका नाकामा क्रान्तिको नेतृत्व सुम्पिएको हँुदा सफलता हासिल गर्न सकिएको थियो। २००७ सालको आन्दोलनमा वीरगञ्ज नाकामा थीरबम मल्लले सहादत प्राप्त गरी पहिलो सहिद भएका थिए। आन्दोलनको सफलतापछि राणा–कांग्रेसको सरकार बन्यो। जनताद्वारा निर्वा्चित प्रतिनिधिले संविधान बनाउने घोषणा भयो। बीपी गृहमन्त्री बन्नुभयो। परिर्वतनले ल्याएको महत्वकांक्षा र क्रान्तिका उपलब्धिहरू लाई व्यवस्थित गर्ने काम अत्यन्तै कठिन थियो। बीपीले गृहमन्त्रीबाट राजीनामा दिनुभयो र संगठनमा लाग्नुभयो।
सर्वप्रथम क्रान्तिले प्रदान गरेको सार्वभौमसत्तालाई कायम राख्न नागरिकलाई जिम्मेवार बनाउनु थियो। व्यक्तिको सार्वभौम अधिकारको संरक्षण नगरिकन त्यो सम्भव नै थिएन। त्यसका लागि जीवन्त संगठनको महसुस गरी बीपी संगठन विस्तारमा लाग्नुभयो। सर्वप्रथम व्यक्तिलाई स्वतन्त्र बनाउने लक्ष्यका साथ देश भ्रमणमा निस्कनु भयो। व्यक्ति स्वतन्त्र बन्न सक्यो भने समाज स्वतन्त्र बन्छ। स्वतन्त्र समाज हुन सकेमात्र राष्ट्र स्वतन्त्र हुन सक्छ, स्वतन्त्र राष्ट्रका जनता राष्ट्रवादी हुन्छन्। राष्ट्रवादी जनता भएको देशकोे प्रगति गर्न सकिन्छ। उहाँ स्वतन्त्र राष्ट्र र संमृद्ध जनता भएको देशको परिचय बनाउने लक्ष्यका साथ संगठनमा जुट्नु भयो। ००७ सालको क्रान्तिले पूर्व मेची, पश्चिम महाकाली, मधेस, पहाड र हिमाललाई एकसूत्रमा बाँधेको थियो। म नेपाली मेरो देश नेपाल भन्ने अपनत्व बोध गराएको थियो। स्वतन्त्र नागरिक भएको देशको गौरव छिमेकी राष्ट्र भारत, चीनसँग मात्रै होइन, टाढा युरोप र संयुक्त राष्ट्र संघमा पनि नेपालको उपस्थिति सम्मानजनक बन्न सकेको थियो।
क्रान्तिसँगै बढेको महत्वकांक्षा लाई व्यवस्थित गर्न योजना चाहिएका थिए। पार्टीभित्र पनि सुधार चाहिएको थियो। ०१२ सालमा वीरगञ्ज महाधिवेशनले पार्टीलाई समाजवादी पार्टी घोषणा ग¥यो। व्यक्तिको नैसर्गिक अधिकारको संरक्षणका लागि न्यायपूर्ण तरिकाले उद्योग, व्यवसाय गरी सम्पन्नता हासिल गर्ने अवसरहरू नागरिकमाझ सुलभ गराउने लक्ष्यका साथ पार्टीको घोषणापत्र तयार भयो। विधानसभाको निर्वाचन हुन सकेन। पार्टीले विधानसभाको चुनावको माग राखी ०१४ सालमा देशव्यापी सत्याग्रह आयोजना ग¥यो। राजाले विधानसभाको सट्टा प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा गरे। नेपाली कांग्रेसले चुनावमा भाग लियो। १०९ मा ७४ सिट प्राप्त गरी बीपी प्रधानमन्त्री चुनिनु भयो।
२००७ सालका उपलब्धिहरू बचाउन र प्रत्येक नागरिकलाई आफ्नो अधिकारप्रति, आफूप्रति र प्रजातन्त्रप्रति जिम्मेवार बनाउने कार्यक्रम राखेर सरकारले नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो। भूमिसुधार गर्ने, जोत्नेको जमिन हुने कार्यक्रम आयो। वन, जंगल राष्ट्रियकरण गरियो, बेचबिखन खारेज गरियो। त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै देशभर विद्यालयहरू खुले। गाउँ–गाउँमा स्वाथ्यचौकीहरू र जिल्ला सदरमुकाममा अस्पतालहरू स्थापना भए। सदरमुकाम जोडने गरी सडक र खेतीयोग्य जमिनमा सिंचाइ पु¥याउने गरी योजना तयार परिए। बीपीले प्रधानमन्त्री छँदा योजनविद्हरूको भेटमा खेतमा काम गर्ने किसान हलो जोत्ने किसान र फाँटेको टोपी लगाएको जनताको हित हुने गरी योजना बनाउन निर्देशन दिनु भएको थियो।
एक फरक प्रसङ्गमा, राजासँगको भेटमा उहाँले १५ वर्षमा मध्यम परिवारको सदस्य आफूलाई देखाएर मजस्तै प्रत्येक नेपालीलाई बनाउने योजना रहेको बताउनु भएको थियो। व्यक्ति परिवर्तनबाट सुरु गरी देशलाई परिर्वतन गराउने काम जादूको छडी थिएन। सिंहदरबारबाट सुरु भएको परिवर्तनलाई देशका दूरदराजका गाउँमा बस्ने व्यक्तिको पहुँचसम्म पु¥याउनु समयको आवश्यकता थियो। आजको जस्तो यातायात र सञ्चार थिएन। समावेशिताको आधारमा कार्य विभाजन भएका थिए। जताततै परिवर्तनको शंखघोष भएको थियो। यता, राजा महेन्द्रले जनताको सरकार भंग गरेर बीपीसहित नेताहरूलाई जेलमा थुने। सारा उत्साह निराशामा बदलियो।
बीपी, गणेशमान, किसुनजी आठ वर्ष सुन्दरी जेलमा बस्नु भयो। स्वाथ्यको कारण देखाएर विश्वका नेताहरू जयप्रकाश नारायणसहित बीपीका भारतीय समकक्षीको दबाबमा ०२५ मा थुना मुक्त हुनुभएपछि बीपी पुन युवा, तरुणको संगठनमा लाग्नु भयो। उपलब्धिहरूको बचाउ गर्न युवालाई जिम्मेवार बनाउनुपर्छ भन्ने लागेर अहोरात्र संगठनमा खटिइरहनु भयो। दक्षिण एसियाको राजनीतिक विश्लेषण गरेर यहाँ उत्पन्न अस्थिरता र यसका प्रति बढेको विश्वव्यापी चासोले बीपीको राजनीतिक जीवनमा ठूलो उथलपुथल ल्यायो। सशस्त्र क्रान्तिको तयारीमा र केही छिटफुट प्रयोगमा लाग्नु भएका बीपीले राष्ट्रियतामाथि खतरा देखेर मेलमिलापको नीति लिएर २०३३ सालमा पुनः आफ्ना सहयोगी गणेशमान सिंहसहित देशभित्र आउनुभयो। पुनः सुन्दरीजलमा उहाँलाई थुनेर राखियो। पुनः घोर अन्धकार छायो। क्या. यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिइयो। त्यसको केही दिनपछि भुट्टोलाई पाकिस्तानमा फाँसीको सजाय दिएको प्रतिक्रियास्वरुप नेपालमा विद्यार्थी आन्दोलन भयो। आन्दोलन चर्किरहेको थियो। काठमाण्डौं स्थित विदेशी सुपर पावरको प्रतिनिधि आएर बीपीलाई राष्ट्रपति बन्न आग्रह गरे। बीपीले ४८ घण्टा समय माग्नुभयो। यही बीचमा जनमत संग्रहको घोषणा भयो। पछाडिका भेटमा बीपीले समय नमागी हुन्छ भन्यो भने जसले बनायो, उनले हटाउन पनि सक्छ, नाइँ भनूँ भने अरु कसैलाई प्रस्ताव गर्ने र उसले हुन्छ भन्यो भने परिस्थिति बिग्रन्छ भनेर समय मागेको बीपीको भन्नु हुन्थ्यो।
जे होस्, यही अन्दोलनको परिणाम जनमत संग्रह घोषणा भयो। पुनः एक पटक जनतलाई आफ्नो अधिकारप्रति सजग गराउन संगठनको आवश्यकता बोध भयो। नीलो जनताको पक्षमा भोट एकत्रित पार्न देशव्यापी रुपमा संगठन सञ्चालन भए, सभाहरू भए। बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, परशुनारायण चौधरीसहितका पाका नेताहरू देश दौडाहामा जानु भयो। सार्वभौम जनताको ००७ सालको उपलब्धिबारेमा र त्यसको संरक्षण र सम्वद्र्धनका निम्ति युवासमक्ष जिम्मेवारीको बोध गराइयो।  पोखरालगायतका स्थानमा बहुदलको विजय भएता पनि समग्रमा २० र २४ लाखको अन्तर पारेर नतिजा घोषणा भयो। अधिकार बाहालीका निम्ति ०४२ मा सत्याग्रह भयो। ०४६ सालमा वाममोर्चालाई साथमा लिएर नेपाली कांग्रेसले गणेशमान सिंहजीको नेतृत्वमा जनआन्दोलन ग¥यो। पुनः स्वतन्त्रता बहाली भयो। संविधान बन्यो। संवैधानिक राजासहितको संसदीय व्यवस्था देशले पायो। निर्वाचनहरू भए। ०४८ मा, ०५१ मा र ०५७ मा नेपाली काँग्रेसले सरकार बनायो। ०५२ मा एमालेको सरकार बन्यो। सूर्यबहादुर थापा नेपाली काँग्रेसको समर्थनमा, लोकन्द्रबहादुर चन्द एमालेको समर्थनमा सरकार प्रमुख प्रधानमन्त्री बन्न सफल भए। २०५९ जेठ १९ गते राजा वीरेन्द्रको वंश हत्या हुने गरी दरबार काण्ड भयो। ज्ञानेन्द्र राजा बने। संसद विघटन भयो। राजा ज्ञानेन्द्रले जनताको अधिकार जफत गरे। नेपाली कांग्रेसले आफ्नो संगठनको बलमा पुनः राजाविरुद्ध ०६१ फागुन ७ गते पोखराबाट नै आन्दोलनको सुरुवात ग¥यो। एमालेले साथ दियो। माओवादीले देशमा हिंसा, हत्या मच्चाइरहेका थिए। होनहार व्यक्तिहरू खोजी–खोजी हत्या गर्ने अभियान नै थियो। करिब १७ हजारको ज्यान गयो। गिरिजाबाबुको नेतृत्वमा ०६१ फागुन ७ गते सुरु भएको आन्दोलनमा जंगलमा रहेका माओवादीहरू पनि १२ बुँदे सहमति गरी शान्तिको प्रक्रियामा ल्याउन सफलता मिल्यो। माओवादीहरू संसदीय व्यस्थामा नै समाहित भए। ०६१ फागुन ७ गते पोखराबाट सुरु भएको आन्दोलनले जंगलका माओवादीसँग भएका हतियार राज्यको व्यवस्थापनमा राखेर माओवादी शान्ति प्रक्रियामा आउन सहमत भए। आन्दोलनको सफलतापछि राजासँग भएको हतियार पनि राज्यको व्यवस्थापनमा आयो। ज्ञानेन्द्र राजा हुँदा भंग भएको संसद पुनस्र्थापना भयो। त्यही संसदले गणतन्त्र घोषणा ग¥यो। संविधानसभाको निर्वाचनद्वारा जनताद्वारा चुनिएका प्रतिनिधले संविधान बनाउने, त्यही संविधान अनुसार देशको शासन व्यवस्था चल्ने गरी ऐतिहासिक निर्णयहरू भए। २०६४ चैत २८ मा संविधानसभाको चुनाव भयो, संविधान बन्न सकेन। पुनः २०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो। त्यही संविधानसभाले सुशील कोइरालाले सरकारको अगुवाई गरेका बखत नेपालको संविधान जनताका प्रतिनिधिद्वारा बनाइएको संविधान २०७२ आश्विन ३ गते लागू भयो। संविधानबमोजिम राज्य व्यवस्था सञ्चालन भइरहेको आजको अवस्था छ। २००७ सालको राणा शासनविरुद्ध नेपाली जनताको अधिकारका लागि भएका धेरै संघर्षहरू जनआन्दोलनका उपलब्धिहरू ०७२ सालमा आएर संवैधानिक बन्न सफल भएका छन्। ००७ सालको क्रान्तिपछि बढेको महत्वकांक्षा ०७२ को संवैधानिक व्यवस्थापछि पनि मत्थर बन्न सकेको छैन। खुला परिस्थितिले उत्पन्न गराएका ती अपरिमित महत्वकांक्षालाई उपयोग गरेर धेरै स्वार्थले प्रवेश पाएका छन्। स्वार्थहरू व्यक्तिगत सीमामा झेलिन पुगेका छन्। देश प्रजातन्त्र, नेपाल र नेपालीपनमाथि सङ्कट थपिएको छ। नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक पार्टीहरूका आन्तरिक जीवनमा यो जालो व्याप्त बन्न पुगेको छ। स्वतन्त्र व्यक्तिसँग भएको असिमित सामथ्र्यलाई उसको वैयक्तिक स्वतन्त्रताको संरक्षणमा उपयोग गर्दै सम्पन्न समाज निर्माण गर्ने कार्ययोजनाका साथ देश विकासमा जुट्नुपर्ने बेलामा जेलिएको जालोमा माकुरा हराएजस्तै हराउने अवस्था आउने खतरा बढेको छ। हाम्रो काम, सबै पार्टीको काम व्यक्तिलाई स्वतन्त्र बनाएर उसलाई राष्ट्रप्रति, उ आफैप्रति र प्रजातन्त्रप्रति उत्तरदायी बनाउन केन्द्रित हुनुपर्छ। स्वतन्त्र र जिम्मेवार व्यक्तिको समाज पनि स्वतन्त्र र जिम्मेवार हुन्छ। स्वतन्त्र र जिम्मेवार समाज भएको राष्ट्र स्वतन्त्र, जिम्मेवारमात्र हैन, सम्पन्न हुन्छ। बीपीले यही समाजको परिकल्पनामा सारा जीवन लगाउनुभयो। व्यक्तिको स्वतन्त्रताका निम्ति सर्वोपरि ध्यान दिनुभयो। सरकारमा बस्दा, जेलमा बस्दा, निर्वासनमा बस्दा रातोदिन यही चिन्तनमननका लागि सर्वस्व अर्पण गर्नुभयो। आन्दोलनले उत्पन्न गराएका महत्वकांक्षालाई व्यवस्थापन गर्न पार्टीभित्र सुधार थाल्नुभयो। समाजवादी पार्टी भनेर वीरगञ्जमा प्रस्ताव पास गराउनुभयो। समावेशी प्रतिनिधित्वलाई सरकारमा, पार्टी संगठनमा व्यवहारिकता दिनुभयो। चेतनाको स्वर बढाउन युवालाई तालिम दिने, नवोदित प्रजातान्त्रिक देशका प्रतिनिधिसँग अन्तक्र्रिया गराउने, राष्ट्रिय स्वाभिमानका लागि छिमेकी शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु र चीनका शक्तिशाली प्रधानमन्त्री च्याउएन लाइलाई नेपालको सर्वाेपरी हितमा सहयोगी बन्न लगाउनु, देशभित्रका शक्तिहरूसँग स्वतन्त्रताको जगमा सहयात्रा थाल्ने जस्ता कार्ययोजना सञ्चालन गर्नुभएको थियो। उहाँका सहकर्मीका नेताले गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरूले पनि बीपीको पदचिन्हलाई अगाडि बढाइरहनुभएको थियो। उपलब्धिहरूको व्यवस्थापनका लागि ०४६ पछिकै अवस्थामा पनि धेरै प्रयास भए। ०४८–०५१ को अवधि नेपालको स्वर्णिम काल मानिछ। एक्लै गर्न नसकिने, सँगै हिड्ने अभ्यास नभएका कारण ठूला उपलब्धिहरू प्राप्त भए पनि आजसम्म पनि देशको अवस्था ००७ सालकै वरपर घुमेको छ। जातिका कुरा, धर्मका कुरा, क्षेत्रका कुरा, तराई, मधेस, पहाड, हिमालका र लिंग भेदका विषय उछालेर परिस्थिति विशाक्त बनाउने काम, पानी धमिल्याएर माछा मार्ने दाउ चलाइराखिएको छ। यो कसैको पनि हितमा छैन। देश हाम्रो हो, हामी नेपाली हौं। जात, धर्म, लिङ्ग हाम्रो आफ्नो–आफ्नो हो, हिमालको तराइ जान्छ, तराइको हिमाल जान्छ, यसलाई सडकमा उतारेर कसैको दुनो सोझिँदैन। चनाखो भएर काम गरौं। अहिले नेपालमा धेरै पार्टी छन्। नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी, एमाले पनि पुरानो पार्टी, माओवादी केन्द्र, मधेसी पार्टीहरू, राष्ट्रिय प्रजातान्त्रिक पार्टीसमेत धेरै पार्टी क्रियाशील छन्। सबैको लक्ष्य देश हितमा काम गर्नु हो। हामी छिमेकी फेर्न सक्दैनौं। भूगोल, नेपालको संस्कृति, परम्परा पनि बदल्न सक्दैनौं। तर हामी सबैले गर्न सक्ने कुरा के हो भने व्यक्तिलाई अधिकार सम्पन्न बनाउने, अधिकार सम्पन्न व्यक्तिको अधिकार संरक्षण गरिराखी राख्न व्यक्तिलाई जिम्मेवार बनाउने र स्वतन्त्र व्यक्तिभित्रको अपरिमित तागतलाई देशहितमा लगाउने योजना आवश्यक छ। देश त व्यक्ति हो, व्यक्ति–व्यक्ति मिलेर समाज बन्छ। धेरै समाज मिलेर बनेको देश हो भने सो व्यक्तिको तागत देश हितमा लगाउँदा सबैलाई फाइदा हुँदैन र ? इतिहासमा व्यक्तिलाई केन्द्रमा राखेर देश हितमा काम गर्ने महात्मा गान्धी, अरविन्द घोष, बीपी कोइराला, मनमोहन अधिकारी बाँचेका छन्। अमर छन्। तर स्वार्थको जालोमा झेलिनेहरू त बत्तिका पुतलीझैं कतिकति आँखावरपर नै नासिएका छन्। हामी यसतर्फ किन सोच्दैनौं ?
नयाँ संविधानले नेपालको भविष्य कोरेको छ। व्यक्तिको अधिकारबारे कतै केही द्वुविधा भए छलफल, परामर्श चलाएर निरोपण गरौं। देश निर्माण गर्ने बेला हो यो। स्वतन्त्रताको जग नबसालिकन देश बन्दैन। युरोप र नर्वे, हल्यान्ड जस्ता समाजवादी देशको उदाहरण हाम्रोसामु छ। त्यहाँ पनि व्यक्तिहरू छन्। स्वतन्त्र छन्, आफ्नो क्षमतालाई पहिले आफ्नो हितमा पछि समाज र देशको हितमा खर्चेका छन्। सम्पन्न छन्, जातको, धर्मको, लिङ्गको, क्षेत्रको विभेद छैन। अनावश्यक कुरा सडकमा पोखिँदैन। सबै सबैप्रति जिम्मेवार छन्, सबैले सबैको सम्मान गर्दछन्, यसैले सम्पन्न छन्।  देश सम्पन्न छ। देशप्रति सबैले गर्व गर्छन्। बीपीले हामीलाई यही सिकाउनुभयो। पार्टीमा यही सिद्धान्त प्रतिपादन गर्नुभयो। सत्तामा बस्दा कार्यक्रम यही आधारमा बनाउनुभयो। आधा विश्व साम्यवाद र आधा विश्व सामन्तवादले नेतृत्व गरेका बेलामा गास, बास र कपासको नाराले व्याप्त रहेका बेलामा व्यक्ति ब्रेनले सञ्चालन हुन्छ, ब्रेडले हैन भनेर उद्घोष गर्नुभयो। व्यक्ति स्वतन्त्र भयो भने गास, बास, कपासमात्रको होइन अपरिमित सामथ्र्यको प्रयोग गरेर आफ्नो समाजको, देशको आवश्यकता पूर्ति गर्न सक्छ भनेर प्रमाणित गर्नुभयो। सुधारको आवश्यकता छ, सबैमा। सुधार व्यक्तिबाट थालिनुपर्छ। देशका लागि काम गर्ने संकल्प गर्नुपर्छ। देशका लागि काम गर्दा म देशको नागरिक भएको हुँदा मेरो पनि हित हुन्छ भन्ने विश्वासमा समष्टिको हितमा काम गर्न प्रेरणा दिनुभयो। सबैले सद्चरित्रवान बन्न, नेतृत्वका लागि सादगी जीवन जीउन सिकाउनुभयो। तीन थरिमा मानिसलाई छुट्याउनु भयो। स्वार्थी, व्यापारी र सेवक। लिने, लिनेमात्र गर्ने स्वार्थी हुन।् यीनले कसैको पनि, आफ्नो पनि हित गर्न सक्दैनन्।  मूल्यहीन जीवन जिउँछन। व्यपारीले व्यापार गर्छ, लिन्छ पनि दिन्छ पनि तर नोक्सान गरेर लिनेदिने गर्दैन। अर्कोथरी व्यक्ति सेवा गर्छन्। केही लिदैनन, दिन्छन्मात्र। नेतृत्वका लागि यो श्रेणीका व्यक्तिको आवश्यकता हुन्छ, यो श्रेणीको व्यक्ति मान्यवर हुन्छ, श्रद्धावान् हुन्छ। देशको सच्चा सेवा गर्ने सामथ्र्य राख्दछ। आज जताततै लिनेलिनेमात्र भए, दिने कोही भएन। यसैले देशले साच्चो नेतृत्व पाएन। त्यसैले आफूलाई सुधार्नुपर्छ, समाजवादी बन्नुपर्छ। व्यक्तिको हितमा काम गर्नुपर्छ। व्यक्तिको हित गर्नेले, समाजको, राष्ट्रको अन्तमा व्रह्रामण्डको सेवा गर्दछ। स्वतन्त्र व्यक्ति तयार पार्नमा संगठनको सारा तागत खर्चनुपर्छ भनेर पार्टी नेतृत्व समाल्नु भएको थियो। एमालेमा पनि सुधारको आवश्यकता छ। व्यक्तिको स्वतन्त्रताका निम्ति एमालेले आफूलाई सुधार्नुपर्छ, एमालेले आफूलाई सुधार्नु भनेको प्रजातन्त्रवादी बन्नु भनेको हो। समाजवाद साच्चिकै भन्ने हो भने समाजवादको जगमा स्वतन्त्रता हुन्छ भन्ने एमालेलाई बुझाउनुपर्छ। समाजवादबाट स्वतन्त्रता झिकिदिएपछि साम्यवाद हुन्छ अथवा समाजवादमा स्वतन्त्रता थपिदिएपछि मात्र समाजवाद हुन्छ भन्ने बुझेर सुधार थाल्ने साहसिक नेतृत्व तयार पार्नुपर्छ। नाम, झण्डा, नीतिहरू बदल्नु पर्छ, तबमात्र देश हितमा काम गर्ने शक्ति एमालेलाई बनाउन सकिन्छ।  एमालेले व्यवहारमा केही प्रजातान्त्रिक व्यवहार लागू गरेको पाइन्छ तर सिद्धान्त र आर्दशलाई पालना गरेर पार्टी सञ्चालन नगरीकन चुनौतीको सामना गर्न सकिँदैन भन्ने कुरालाई बुझेर नेतृत्वदेखि तल्लो तहसम्म रहेको अन्यौल हटाउने कार्यक्रम थालिनुपर्छ। तवमात्र देश हितमा काम गर्न सकिन्छ। नत्र आज एउटाको भएर अर्कोलाई गाली ग¥यो, भोलि उसकै भएर आज साथमा हुनलाई गाली ग¥यो। आखिरमा आफूकहाँ भनेर खोज्नुपर्ने आजको जस्तो अन्यौल हुन्छ। माओवादी केन्द्र वा अरु यस्तै अन्य पार्टीले पनि स्वतन्त्र बन्ने, स्वतन्त्र जीवनशैली बनाएर देश बनाउने अभियानमा जुट्नु पर्छ। सिद्धान्तविहीन भएपछि नयाँ शक्ति पनि परिभाषा विहीन बन्दै जाने त हो आखिर भनेर सुधारमा जुट्नु पर्छ। सुध्रन सकेमात्र देशका लागि काम गर्ने नेतृत्व तयार पार्न सकिन्छ भन्ने शाश्वत सत्य सबैले अंगाल्नुपर्छ।
देश बनाउन साझा लक्ष्य निर्धारण गरेर स्वतन्त्रताको बाटो अबलम्बन गरौं। साश्वत सत्य सबैका लागि ग्राÞय हुन्छ। साँचोलाई अंगीकार गर्न हिचकिच गर्नु हुँदैन। समय कसैको वसमा छैन। सम्पन्नता हासिल गर्ने साझा लक्ष्य तयार पारेर स्वतन्त्रताका निम्ति व्यक्ति, व्यक्तिलाई जिम्मेवार बनाएर आज पनि संसदमा देखिएका चुनौतीहरू, संविधान कार्यान्वयनमा देखा परेका असजिला पक्षहरूलाई जिम्मेवार नेतृत्वको परिचय दिने बेला हो यो। फेरि एक पटक भारतको भएर चीनको गालीमा उत्रने, चीनको भएर भारतका लागि गालीमा उत्रने प्रचलन देशको हाम्रो यहासम्म कि चीन र भारतको पनि हितमा हुँदैन। नेपालको स्वतन्त्रताबारे, स्वतन्त्र नेपालीबारे बीपीले जवाहरलाल नेहरु र चाउएन लाइलाई पनि आ–आफ्नो संसदमा नेपालको स्वतन्त्रताबारे प्रतिबद्धता गराएजस्तै पुनः एक पटक प्रतिवद्धता व्यक्त गर्ने अवस्था तयार पारौं। हामी साना छांै, भूगोल सानो छ तर स्वतन्त्र छौं। हाम्रो देश स्वतन्त्र छ। शिर ठाँडो पारेर देश निर्माणमा लाग्ने युवा शक्ति हामी तयार पार्न सक्छौं भनेर आफ्नो क्षमतामाथि गर्व गर्नु पर्दछ। गणतन्त्रमा देखा परेका यावत समस्यालाई एक–एक गरी केलाएर नेपालको हितका लागि, भोलिको नेपालका लागि, इतिहासप्रति गर्व गर्दै ००७ सालमा बीपीले नेतृत्व गरेजस्तै, ०४६ मा गणेशमान सिहंले नेतृत्व गरेजस्तै, ०४८ को संवैधानिक संसदीय व्यवस्थामा कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेजस्तै, ०६१–०६२–०६३ को आन्दोलन, गणतन्त्र, आन्तरिम संविधान निर्माणमा गिरिजाबाबुले र ०७० को दोस्रो संविधानसभाबाट जनताको संविधान निर्माण गरी लागू गर्दा सुशील कोइरालाले सरकारको नेतृत्व गरेजस्तै वर्तमानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्छ। दुर्घटना, घटनाबाट बचाउनुपर्छ। इतिहासले सिकाएको पाठ पढ्न वर्तमानको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न देशलाई प्रजातान्त्रिक तवरले विकासको बाटोमा डोहो¥याएर समपन्नता हासिल गरी भोलिको नेपाल स्वतन्त्र, सम्पन्न नेपालका तीन करोड नेपालीले नेपाली हुँ, सार्वभौम छु, सम्पन्न छु भनेर विश्वसामु शिर ठाडो बनाउने गरी जिम्मेवारी बोध गर्न पाउनेछन्। तसर्थ, परिवर्तित समाज निर्माण गर्ने गरी नेपाली कांग्रेसले पुनः नेतृत्व समाल्ने सामथ्र्य प्राप्त गर्ने वेला हो यो। नेपाललाई विश्वसामु सम्मानजनक रुपमा उभ्याउन आज पनि त्यतिकै खाँचो छ भन्ने बुझ्नुपर्छ। त्यतिमात्र नभएर नेकपा एमाले, माओवादी केन्द्र, मधेसी पार्टीहरूसहित सबै पार्टीबाट जिम्मेवार सहयोग प्राप्त नगरी हुँदैन। देश सबैको हो। स्वतन्त्रता र सार्वभौमसत्ता पनि सबै नेपालीको हो। यी उपलब्धिको संरक्षण र सवद्र्धन हुन नसके देश रहँदैन, नेपाली रहँदैनन्। सावधानीको खाँचो छ। ठिक्क बोल्ने, बोले जति गर्ने, सदाचारी भएर भित्रीरुपमा इमान्दार भएमा देशको सेवामा काम गर्ने शक्ति तयार पारेर स्वतन्त्र र समृद्ध नेपाल निर्माणका लागि साझा संकल्पका साथ अगाडि बढ्ने बेला हो यो। लिने–लिनेहरूको हैकमबाट देश चल्दैन, बन्दैन। दिने–दिनेहरूबाट मात्र देश बन्दछ। दिन सिकौं, भोलिको भविष्य त्यसैले निर्धारण गर्दछ। युवाको भविष्य पनि, दायित्व पनि यसैले निर्धारण गर्दछ। जय नेपाल!
(लेखक ः नेपाली कांग्रेस कास्कीका नेता एवं पूर्व सभापति हुन् ।)







Post a Comment

 
Top