0
नेपाल तरुणदल ढिकुर पोखरीको शनिवार सम्पन्न भेलाले आगामी राज्य पुनर्संरचनामा ढिकुरपोखरी गाविसलाई प्रस्तावित अन्नपूर्ण गाउँपालिकाको केन्द्रकै रुपमा स्वीकार गर्नुपर्ने निर्णय गरेको छ । राज्य पुनर्संरचना आयोगमा ढिकुरपोखरीको काँडे केन्द्र रहनेगरी अन्नपूर्ण गाउँपालिकाको प्रस्ताव गइसकेको अवस्थामा कतिपय ढिकुरपोखरीवासी बाटै सो प्रस्तावका बिरुद्घमा कार्य हुँदै आएको भन्दै तरुण दलले सो निर्णय गरेको अध्यक्ष विकास गुरुङले जानकारी दिए । आफ्नो गाँउको अस्तित्व नै मेट्ने गरी केही ढिकुरपोखरी वासीबाटै भइरहेका पछिल्ला क्रियाकलाप खेदपूर्ण छन्–अध्यक्ष गुरुङले भनेका छन् । गाँउपालिकामा हुदाँ ढिकुरपोखरीले कुल तीन वडा पाउने ढिकुरपोखरीको काँडेमा नै गाँउपालिकाको केन्द्र हुने र विकास निर्माणले समेत तीब्रता पाउने अवस्थामा कतिपय ढिकुर पोखरी वासीबाटै गाविसलाई पोखरामा घकेलेर निकै ठूलो प्रशासनिक झन्झटमा फसाउन खोजिएको छ भन्दै तरुण दलले सोका विरुद्घ कडा संघर्ष गर्ने समेत जनाएको छ ।  पोखरामा गाभिएपछि गाविसले एउटा वडासम्म पाउन मुस्किल छ, वडागत सिफारिस लिनजादाँ समेत दिनहँु लाग्दछ, यो जनतालाई प्रत्यक्ष दुःख दिने मेसो बाहेक केही होइन अध्यक्ष गुरुङले भनेका छन्। बैठक विकास गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।




Post a Comment

 
Top