0
गोल्डेन न्यूज संवाददाता
पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा शनिबार देखि मैत्रीपूर्ण संस्थागत फुटसल प्रतियोगिता सुरु भएको छ । शनिबार भएका पहिलो तथा दोश्रो चरणको खेलमा जित हासिल गर्दै समूह एमा रहेका पृथ्वीराजमार्ग बस संचालक समिति र बुद्ध विशाल बजार सेमिफाईनलमा प्रबेस गरेका छन भने समूह बीबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको चिकित्सक सहितको टोली सेमिफाईनलमा प्रबेस गरेको हो । आईतबार विहान ९ बजे हुने नेपाल पर्यटन बोर्ड र मोवाईल वितरक संघ संगको विजेताले चिकित्सक सहितको टोलीसंग सेमिफाईनलमा प्रतिष्प्रार्धा गर्ने भएको छ । पृथ्बी राजमार्गले उद्घाटन खेलमा प्याव्सन कास्कीलाई ४–३ को गोल अन्तरले पराजित गरी अर्को खेलमा नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । मञ्चको टोलीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको बी समुहलाइ सडेन डेथमा पराजित गरेको थियो । बुद्ध विशाल बजारले पहिलो खेलमा सुन चाँदी व्यावसायी समितिलाई ३–१ गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा नाट्टा पोखरालाई टाइब्रेकरमा २–० ले पराजित गर्यो । नाट्टाले भने ओम डेभलपमेन्ट बैंकलाई ५–१ ले पराजित गरेको थियो । पश्चिमाञ्चल अस्पताको टिम एले जगदम्वा ट्राभल्सलाई ६–३ ले र अर्काे खेलमा एबीसी टेलिभिजनको टिमलाई ४–१ ले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । एबीसीले पहिलो चरणको खेलमा रेडियो अन्न्पुर्णलाई ५–३ ले पराजित गरेको थियो । मोवाईल वितरक संघले भने युआरएलको समुहलाई १६–२ ले पराजित गर्यो । आईतबार एक क्वाटर दुई सेमफिाईनल तथा फाईनल खेल सहित प्रतियोगिता मसापन हुने भएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । यसै बिच आइतबार महिला पत्रकारको संस्था डव्लुडव्लु जे र सञ्चारिका समूह पश्चिमाञ्चल बीच मैत्रीपूर्ण खेल हुनेछ । विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगिता पोखरा ११, फूलबारीस्थित टप कर्नर फुटसलमा आईतबारसम्म चल्ने छ । प्रतियोगितामा १५ टीमले भाग भए । प्रतियोगिता उद्घाटन गर्दै उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीले नयाँ नयाँ सम्भावनाको खोजी गरिनुपर्ने बताए । उनले संचारजगत्ले यसखालको प्रतियोगिता गरेकोमा आफूलाई पनि उत्साहित बनाएको बताए । राष्ट्रियता जोगाउन कठिन भएको भन्दै उनले पहाड र तराईबीच विभेदको खाडल हुन नहुनेमा जोड दिए ।  उक्त अवसरमा मोडर्न इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । दुई दशक बढीदेखि यातायात क्षेत्रमा आवद्ध रही अत्याधुनिक बस सेवा संचालन गरी आन्तरिक एवं बाह्य पर्यटक पोखरामा भित्र्याउन सहयोग पु¥याएकोमा कदरस्वरुपलाई उनलाई प्रमुख अतिथि केसीले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए । २०६४ देखि पोखरा–दिल्ली सिधा बस सेवा संचालन गरेका अधिकारीले पछिल्लो समय आफ्नै प्रयासमा नेपाल–भारत मैत्री बस सेवा संचालन गर्नुका साथै पोखरा–काठमाडौमा विभिन्न सुविधासहितका बस संचालन गर्दैआएका छन् । सम्मानित अधिकारीले राज्यको चौथो अंग पत्रकारितामा आवद्ध युवाले योगदानको कदरस्वरुप सम्मान गरेकोमा खुसी व्यक्त गरे । संस्थाले आगामी दिनमा पर्यटन, खेलकुद र संचार तीनै क्षेत्रका व्यक्तिलाई क्रमशः सम्मान गर्दै जाने संचालक गणेश बरालले जानकारी दिए। सम्मानित व्यक्तित्वको बारेमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले परिचय दिएका थिए । उद्घाटन अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पर्यटन व्यवसायी गोविन्दबहादुर पहारी, पत्रकार हरि बास्तोला, टप कर्नर फुटसलका संचालक सुरज श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतियोगिता संयोजक दीननाथ बरालले गरेका थिए । प्रमुख अतिथि केसी र ह्याण्डबल संघ अध्यक्ष गुरुङले खेल प्रशिक्षक लोकबहादुर मगर र चुडा चौधरीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका हुन् ।  समूह एमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल समूह बी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, सुनचाँदी व्यवसायी समिति, बुद्ध विशाल बजार, नाट्टा पोखरा र ओम डेभलपमेन्ट बैंक छन् भने समूह बीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको समूह ए, जगदम्वा ट्राभल्स, एबीसी टेलिभिजन, रेडियो अन्नपूर्ण, मोवाइल वितरक संघ, युआरएल र नेपाल पर्यटन वोर्ड छन् । विजेतालाई १५ हजार, उपविजेता लाई १० हजार र तेस्रोलाई पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ ।





Post a Comment

 
Top