तपाई हामी मध्ये कति जना अफिसको व्यस्तता नभएपनि या खेतको कठिन कामहरु गर्नु नपरेपनि आलस्य महसूस गरिराखेका हुन्छौं । घरको सानोतिनो कामहरु जस्तै सरसफाई, सानो पैदल हिंडाईबाट पनि पनि थकित हुने, चक्कर आउने, फेन्ट होला जस्तो हुने, कमजोर महसूस हुने जस्ता लक्षण छन्र भने यो रगतको कमीले गर्दा हुन सक्छ । खासगरी महिला, बच्चा बच्चीहरु तथा बढ्दो उमेरका किशोर किशोरीमा रगतको कमि हुनु एक आम समस्या हो ।
रगत के हो? यसले कसरि काम गर्छ?
रगत हाम्रो शरीरमा पोषक पदार्थ, अक्सिजन, बिकार हरु इत्यादी ओसारपोसार गर्ने महत्वपूर्ण अंग हो। सामान्यतया ६० किलो को स्वास्थ्य मान्छे मा लगभग छ लिटर रगत हुन्छ । रगतमा ५५ प्रतिशत प्लाज्मा भन्ने तरल पदार्थ र बाकी रक्तकोष हुन्छन । राता रक्तकोष सबैभन्दा धेरै हुन्छन् जसमा हेमोग्लोबिन भन्ने पदार्थ हुन्छ । हेमोग्लोबिनको कारण ले गर्दा नै रगत रातो देखिने हो । हेमोग्लोबिनले फोक्सो बाट ताजा अक्सिजन शरीरका विभिन्न तन्तुहरुमा पु¥याउछ । राता रक्तकोश या हेमोग्लोबिनको कमि भएमा शरीरका अंग हरुले अक्सिजन सजिलैसंग पाउँदैनन् जसको कारण मान्छेले कमजोरी महसूस गर्छ अनि छिटो–छिटो सांस लिन सुरु गर्छ ताकी शरीरमा अक्सिजन को कमि नहोस ।
रक्तअल्पता अर्थात् एनीमिया
रगतमा हुने राता रक्तकोस या रक्तकोश भित्र हुने हेमोग्लोबिन मध्ये कुनैको पनि कमि भएमा यसलाई रक्तअल्पता भनिन्छ । सामान्यतया स्वस्थ पुरुषमा हेमोग्लोबिन १३.० नरम तथा महिला मा १२.० नरम भन्दा बढ़ी हुन्छ । यो भन्दा कम हेमोग्लोबिन भएमा रक्तअल्पता भएको मानिन्छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा रक्त अल्पता को समस्या निकै नै ब्याप्त छ । खास गरेर प्रजनन उमेरका महिलाहरुमा ४०–८० प्रतिशतमा यो समस्या भएको अध्धयन हरुले देखाएका छन् ।
रक्तअल्पता किन हुन्छ?
हेमोग्लोबिन मा हुने सबै भन्दा महत्वपुर्ण तत्व हो आइरन । यसको अर्थ आइरन नभएमा हेमोग्लोबिन या राता रक्तकोश बन्न सक्दैन । आइरन र प्रोटिन मिलेर हेमोग्लोबिन बन्ने प्रक्रियामा विभिन्न भिटामिनको पनि महत्वपूर्ण भूमिका हुन्छ । रक्तकोश निर्माणमा खास गरि फोलिक एसिड भन्ने भिटामिन र भिटामिन द्य–१२ पनि अत्यन्त आवस्यक हुन्छन । कुनै पनि कारणले सरिरमा आइरन, भिटामिन फोलिक एसिड, भिटामिन द्यद्य(ज्ञद्द तथा प्रोटिनको कमि भएमा हेमोग्लोबिन बन्ने प्रक्रियामा अबरोध आउछ र रक्तअल्पता हुन सक्छ । शरीरमा रगतको कमि उत्पन्न गराउने कारणहरु ३ प्रकारका हुन सक्छन ।
१.रगत कम बन्नुः माथि उल्लेख गरिएका तत्व को अभाव ले गर्दा जस्तै खाना मा पोषक पदार्थको कमिले गर्दा रगत बन्ने प्रक्रियामा रोकावट आउछ । बढ्दो उमेरका किशोर किशोरीहरु, गर्भवती महिलाहरु, स्तनपान गराउने महिलाहरुमा पोषक तत्वको आवस्यकता सामान्य मानिसमा भन्दा धेरै हुन्छ जुन पुरा नभएमा रगत निर्माणमा प्रत्यक्ष असर पर्छ ।
२. शरीरमा रक्तकोषको नस्ट छिटो छिटो हुनु ः राता रक्तकोशहरुको आयु १२० दिनसम्म हुन्छ । तर कुनै–कुनै बिरामीमा कोषहरू छिटो छिटो नष्ट हुने गर्छन । रगत बन्ने प्रक्रियामा गडबडी हुने बिरामीहरु जस्तो कि सिकल सेल एनेमिया, थालासेमिया इत्यादि, अनि मलेरिया जस्ता बिरामीहरुमा रक्तकोशहरु उमेर अगाडि नै मर्ने गर्छन । नष्ट भएको अनुपातमा नयाँ रगत बन्न नसक्दा शरीरमा रगतको कमि हुन जान्छ ।
३. शरीरबाट रगत खेर जानु ः चोटपटक तथा घाउबाट रगत धेरै बग्नु, कुनै ठूलो अप्रेसन हुनु, महिनावारीमा अत्यधिक रक्तस्राव हुनु, पेटमा अल्सर, क्यान्सर तथा मलद्वारमा पाइल्सको रोग हुनु, पेटमा रगत चुस्ने परिजीविहरु हुनु रक्तअल्पताका अरु कारण हुन ।
रक्तअल्पताका लक्षणहरु
रगतको कमि भएर पनि कतिपयलाई लामो समयसम्म लक्षणहरु नदेखिन सक्छन भने कतिजनालाई सुरुबाटै समस्याहरु आउन सक्छन । रगतको कमि हुनु आफैमा एक बिरामी हुन पनि सक्छ भने कहिलेकाही अरु कुनै बिमारीको लक्षण पनि हुन सक्छ । रगतको कमिको कारणले हुने केहि लक्षण हुन् ः
१. शरीरमा आलस्यपन आउने, अल्छी लाग्ने, छिटो थकाई लाग्ने
२. सधंै कमजोरी को महसुस हुने, चक्कर आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, फेन्ट हुने
३. सानो सानो काम गर्दा पनि सांस फुल्ने, मुटुको धड्कन बढ्ने
४. हात खुट्टाहरु चिसो रहने, अनुहार, आँखाको परेलीको पछाडिको भाग एबम जिब्रो सुक्खा र सेतो देखिने
५. मुखमा, ओंठको कुनाहरुमा, जिब्रोमा घाउ खटिरा धेरै आउने
६. नङहरु सेता, सुख्खा र सजिलै संग भाचिने
७. सोच्ने क्षमतामा कमि आउने, बच्चाको पढाइमा कमजोरी आउने
८. आइरनको कमि ले गर्दा हुने रक्तअल्पतामा कतिपय बच्चाले माटो, कागज, घाँस या अन्य अखाद्य बस्तु खान मन पराउछन ।
९. कसैकसैमा हात खुट्टा तथा शरीर सुनिने, हात खुट्टा तथा शरीर झम्झमाउने, बिरक्त लाग्ने जस्ता लक्षण देखिन्छन ।
रक्तअल्पताको उपचार तथा रगत बढाउने उपायहरु
रक्तअल्पताका प्रकारहरु सयांंै छन् तर अधिकांशमा यो समस्या आइरन र अरु पोषक तत्वको कमिले गर्दा हुन्छ । यसको उपचार भनेको आइरन र भिटामिन युक्त खानाको सेवन गर्नु हो । यदि गम्भीर रक्तअल्पता छ भने डाक्टरले ट्याब्लेट या इन्जेक्सनको रुपमा आइरन र भिटामिन दिनसक्छन । साथ साथै पोषक तत्वको कमि गराउने कारण हरु जस्तै अपचको रोग, रगत खेर जाने कारण जस्तै अल्सर, पेटमा जुका, पाइल्स, महिनावारीको बिमारी इत्यादिको उपचार गराउनु पनि उत्तिकै जरुरि हुन्छ । कुनैपनि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुनै नदिनु बेश हुन्छ । यसर्थ रगतको कमि बाट समस्याहरु आई ट्याब्लेट र इन्जेक्सन लिनुभन्दा यो समस्या आउन नै नदिनु राम्रो । यसको लागि आइरन तथा भिटामिनयुक्त खाद्य पदार्थ हाम्रो नियमित खानपिनमा समावेश हुनु जरुरि छ । आइरन र आवश्यक भिटामिनका मुख्य स्रोत हुन् ः
१.आइरनको स्रोत ः मासु, कलेजो, अन्डाको पहेलो भाग, हरिया सागपात (रायो, चम्सुर आदि), नफलेको अर्थात् पलिश नगरेको गहुँको पिठो, अन्य अन्नहरु (चामल, मकै) भटमास तथा अरु कोशे तरकारीहरू इत्यादि । जनावर बाट पाइने आइरन सरिरले सजिलोसंग लिन्छ ।
२. भिटामिन द्य–१२ को स्रोत ः यो जनावर बाट मात्र पाइन्छ । शुद्ध शाकाहारी मानिसले दूध एबं दूधका परिकार बाट यसको मात्रा पुरा गर्न सक्छन । यसका अरु स्रोत माछा माशु हुन् । कलेजो यो भिटामिनको सबैभन्दा राम्रो स्रोत मध्ये एक हो ।
३. भिटामिन फोलिक एसिडको स्रोत ः कलेजो यसको पनि सबैभन्दा राम्रो स्रोत हो। यसको अलावा अन्डा को पहेलो भाग, माछा मासु, पालिस नगरेको गहुँको पिठो, कोशेबाली समुहका तरकारीहरू (बोडी, भटमास, सिमि इत्यादि), हरिया सागपात, बन्दागोवी, ब्रोकाउली, सुन्तला, केरा आदि फोलिक एसिडका स्रोत हरु हुन् । प्रजनन उमेरका महिलाहरु, गर्भवती तथा स्तनपान गराउने महिलाहरु, बच्चा तथा किशोर किशोरीहरु तथा दीर्घ रोगीहरुमा रक्तअल्पताको सम्भावना धेरै हुन्छ । यसर्थ आइरन एबम भिटामिन युक्त खाद्य पदार्थ नियमितरुपमा खानपिनमा समाबेश गरांै, जसले गर्दा रगत स्वस्थ हुनुको साथै शरीर पनि स्वस्थ रहोस ।
(हिमाल खबर र स्वास्थ्य संचारबाट साभार गरिएको ।)

गर्भवती महिलामा विशेष खतरा
नेपालमा हरेक वर्ष गर्भवती हुने सात लाख महिलामध्ये ७८ प्रतिशतसम्मलाई गर्भावस्थामा रक्तअल्पता हुने गरेको छ। हालैको एक अध्ययनले महिला स्वास्थ्य स्वयंसेविका सँगै विभिन्न स्वास्थ्य निकायबाट गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गर्न थालिएबाट रक्तअल्पताकै कारणले हुने मातृ मृत्युदरमा कमी आएको देखाए पनि आइरन (लौह तत्व) को कमी वा जुकाको संक्रमणबाट गर्भावस्थामा हुने रक्तअल्पताको समस्या कम भएको छैन। वयस्क मानिसको हाडभित्रको रक्तमासीमा रगत बन्ने प्रक्रियामा आइरन, कपर, कोबाल्ट, भिटामिन बी १२, फोलिक एसिड, भिटामिन सी र प्रोटिन चाहिन्छ। रातो रक्तकोषको विकासक्रममा आरएनए र डीएनए बन्न ‘भिटामिन बी १२’ को जरुरत पर्छ भने डीएनए बन्न फोलिक एसिड चाहिन्छ। कुपोषण, गलत खालको खाने तौरतरीका, आन्द्राको सोस्ने प्रक्रियामा गडबडी, पसिनाबाट हुने आइरनको क्षति, पटक पटकको गर्भ, महीनावारीको बेला बढी रगत जाने समस्यामा उपचार अभाव, अंकुशे जुका र जीर्ण प्रकारका संक्रमणको कारणले नेपाल लगायतका विकासोन्मुख देशका निम्न आयस्तरका जनतालाई त्यसै पनि रक्तअल्पता हुन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, महिलाको शरीर (रगत) मा हेमोग्लोबिनको मात्रा ११ ग्राम (प्रतिशत) भन्दा कम भयो भने रक्तअल्पता भएको मानिन्छ। गर्भकालमा त्यसै पनि रगत पातलिन्छ, जुन गर्भावस्थाको ३२ हप्तातिर बढी हुन्छ। गर्भावस्थाको कुनै पनि बेला हेमोग्लोबिनको मात्रा ९ ग्राम (प्रतिशत) भन्दा कम भयो भने रक्तअल्पताको कारण खुट्याउन परीक्षण नै गराउनुपर्छ। ७ ग्राम (प्रतिशत) भन्दा कमलाई त रक्तअल्पताको गम्भीर अवस्था मानिन्छ। यो किन पनि गम्भीर अवस्था हुन्छ भने, तेस्रो विश्वमा मातृ मृत्युको २० प्रतिशत कारक रक्तअल्पता नै हो। गर्भवती महिलामा मुख्य रूपमा आइरन, फोलिक एसिड, ‘भिटामिन बी १२’ र प्रोटिन नपुगेर नै रक्तअल्पता हुन्छ। त्यस बाहेक एक्कासी गर्भ तुहिंदा, व्यथा नलाग्दै साल छुट्टिंदा र अंकुशे जुकाको संक्रमणबाट रगत खेर गएर पनि रक्तअल्पता हुन्छ। गर्भवती महिलामा वंशाणुगत रूपमा थालासेमिया जस्तो रक्त समस्या हुँदा, रेडियो विकिरण तथा औषधिका कारण रक्तमासी क्षय हुँदा र औलो, क्षयरोग संक्रमण तथा मिर्गौलाको ट्युमर हुँदा पनि रक्तअल्पता हुन सक्छ। गर्भधारणअघि नै पनि रक्तअल्पता हुन सक्छ। त्यसमाथि, बढी आइरन चाहिने गर्भावस्थामा खाना कम खाने, खानै नपाउने, वाक्वाकी एवं उल्टी आउने समस्याले रगत बन्ने प्रक्रिया घटाएर समस्यालाई झ्न् जटिल बनाउँछ। गर्भमा जुम्ल्याहा बच्चा भएका, दुई वर्षभन्दा कम समयको अन्तरमा बच्चा पाउन लागेका र कम उमेरमा गर्भधारण गरेका महिला बढी रक्तअल्पताको जोखिममा हुन्छन्। आलस्य हुने, खान अरुचि हुने, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, खुट्टा सुन्निने, आँखा पहेंलिने आदि आइरनको कमी वा रक्तअल्पताका लक्षण हुन्।
रक्त परीक्षणको क्रममा रातो रक्तकणको आकार प्रकारबाट रक्तअल्पताको कारण खुट्याउन सकिन्छ। अन्य कारण खुट्याउन दिसा–पिसाबको जाँच पनि गर्नुपर्छ। गर्भावस्थाको रक्तअल्पताले बेहोश हुने, मुटु फेल हुने, महीना नपुग्दै व्यथा लाग्ने, अधिक रक्तस्राव जस्ता परिणाम निम्त्याउन सक्छ। यथेष्ट हेमोग्लोबिन नभएकी गर्भवतीले सुत्केरीमा खेर जाने रगतको खती थेग्न सक्दैनन्। रक्तअल्पता भएकी आमाको गर्भमै शिशुको पनि मृत्यु हुन सक्छ। समयमै रक्तअल्पताको समस्या पत्ता लागे निको पार्न गाह्रो छैन। यसको लागि आइरन चक्की बाहेक कलेजो, मासु, अण्डा, सागपात, गेडागुडी, गहुँका परिकार खानुपर्छ। आइरन चक्की खानु एक घण्टा अगाडि चिया खानुहुँदैन। फलामको भाँडामा पकाएको खानेकुरामा धेरै आइरन हुन्छ। चौलानी पनि आइरनको राम्रो स्रोत हो। त्यसबाहेक गर्भावस्थाको ३२ र ३६ हप्तामा हेमोग्लोबिनको परीक्षण गर्नुपर्छ। आइरन चक्की खान नसक्ने वा गर्भावस्थाको ८ देखि १० हप्तामै गम्भीर खालको रक्तअल्पता देखिएका महिलालाई सुईबाट आइरन दिनुपर्छ। सुत्केरीलगत्तै अधिक रक्तस्राव भएमा, ३६ हप्तापछि गम्भीर खालको रक्तअल्पता देखिएमा, आइरन चक्की वा सुईबाट दिइएको आइरनबाट सुधार नहुँदा वा संक्रमण पनि भएमा रगत नै दिनुपर्ने हुन्छ।

Post a Comment