वासुदेव पौडेल
कवि शिरोमणि लेखनाथ पौड्यालका योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ क्रियाशील संस्था कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सक्रियतामा पुनः निर्माण गरिएको पौड्यालको जन्मघर र आसपासमा निर्माण गरिएका संरचनाका कारण अर्घौं अर्चले साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको लेखनाथ चोकदेखिको लगभग सात किलोमिटर दूरीमा पर्ने पौड्यालको जन्मघरमा यतिखेर विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका साथै साहित्यिक अनुरागीलाई आकर्षण गर्ने गरेको छ । कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्व प्रकाश लामिछानेका अनुसार समितिको सक्रियतामा २०६५ सालमा बाटोको ट्र्याक खुलाइएसँगै क्रमिक रुपमा बाटो निर्माण प्रक्रिया अघि बढाइएकामा लगभग सवा छ किलोमिटर बाटो कालोपत्रे गरिसकिएको छ भने जन्मस्थलसम्म करिब एक किमी बाटो कालोपत्रे गर्न बाँकी छ । कवि शिरोमणिको जन्मघरसमेतलाई समेटेर कवि शिरोमणि सङ्ग्रहालय निर्माण कार्य अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष लामिछानेले भने–“सात तालको बगैँचा सहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गरी साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेका छौँ ।”
कवि शिरोमणिका साहित्यिक जीवनलगायतका हरेक पक्ष समेटिने किसिमले गुरुयोजना तयार गरी त्यसैअनुरुप तरुण तपसी पार्क निर्माण गरिसकिएको र लेखनाथको कविता यात्रामा प्रेरक बनेको दोपहरे पाखेसमेतलाई पार्कका रुपमा समेट्ने प्रयास गरिएको छ । गुरुयोजनाअनुसार वाचनालय, कविले कविता रचना गरेको चौतारा, पोखरीलगायतका संरचनाको निर्माण गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । निर्माणाधीन सङ्ग्रहालय भवनलाई नेपाली कलाले सिङ्गार्ने प्रयासअनुरुप सङ्ग्रहालयमा राखिने झ्याल ढोकामा नेपाली कला सिङ्गार्नका लागि भक्तपुरदेखि कालिगढ बोलाएर निर्माण गर्न लगाइएको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने साहित्यिक पर्यटकलाई लक्षित गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको तयारी छ । लेखनाथको साहित्यिक योगदानलाई जीवन्त राख्ने सोचका साथ अर्र्घौ चोकदेखि बाटोका विभिन्न ठाउँ ठाउँमा मार्बलमा कुँदिएका पौड्यालका कविताले पनि जो कोही पर्यटकलाई छुट्टै किसिमको अनुभूति दिने गरेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार लेखनाथ चोकदेखि कवि शिरोमणिको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बुढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा समितिले उनका मर्मस्पर्शी कविता पढ्न सकिने व्यवस्था मिलाएसँगै सिङ्गो अर्र्घौ अर्चले कविता ग्राम जस्तै बनेको छ । कवि शिरोमणिको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिएसँगै धेरै साहित्यानुरागी तथा पर्यटक अर्घौ अर्चले आउन थालेको लेखनाथ पौड्यालका नाति
(पौड्यालका साहिँला भाइका नाति) मनोज पौडेलले बताए ।
नेपालका बाइसे चौबीसे राजाका पालामा तत्कालीन राजगुरुका रुपमा रहेका धु्रव गुरुका नाति लेखनाथ पौड्याल रहेको जानकारी दिँदै उनले पौड्यालको साहित्यिक योगदानका कारण समग्र अर्घौ अर्चले साहित्यानुरागीका लागि विशिष्ट तीर्थस्थल जस्तै बन्दै गएको बताए । राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृतिलगायतका विषयमा लेखिएका पौड्यालका कविता सङ्ग्र्रहालयको प्रवेशद्वार हुँदै जन्मघरसम्म विभिन्न ढुङ्गामा कँुदिएका कारण आउने जो कोही पर्यटकले त्यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् भने जन्मघरभित्र राखिएका उनका ऐतिहासिक तस्बिरले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् । तस्बिरका साथै घरभित्र रहेको २०११ पुस २० गते लेखनाथ अभिनन्दन समितिका अध्यक्ष सिद्धिचरण श्रेष्ठद्वारा हस्ताक्षरित अर्चनापत्र हेर्न जो कोही लोभिने गरेका छन् । अर्चना पत्रको सुरुको अनुच्छेदमा नेपाली साहित्यमा लालित्य भरेर नयाँ शैली सृष्टि गर्ने हे पथ प्रदर्शक ! भाषाको कलिलो रुपलाई नयाँ पेटे भोटो पहि¥याई आधुनिकताको प्रथम शङ्ख फुक्ने हे प्रगतिप्रेमी वयोवृद्धकवि शिरोमणि लेखनाथ ! लगायतका कुराबाट उनलाई सम्बोधन गरिएको छ । नेपाली साहित्यलाई ठूलो गुन लगाएका लेखनाथको योगदानलाई युगौँ युग बचाउने ध्येयका साथ अर्घौ अर्चलेलाई साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनालाई साकार पारी साहित्य र पर्यटनलाई एकसाथ जोड्ले लक्ष्य राखिएको अध्यक्ष लामिछानेले बताए ।

Post a Comment