प्राकृतिक अतिक्रमणको चपेटामा परेको रूपातालको संरक्षण हुने भएको छ । सरकारले एकीकृत रूपाताल संरक्षण विकास परियोजना लागू गर्दै एक अर्ब बजेट छुट्याउने निर्णय गरेपछि सरोकारवाला खुसी छन् । मन्त्रिपरिषद्को मंसिर १२ को बैठकले परियोजना लागू गर्ने निर्णय गरेको हो । परियोजना अन्तर्गत पहिलो चरणमा ताल क्षेत्रमा पर्ने व्यक्तिगत जग्गाको मुआब्जा र बाँध निर्माणको काम हुनेछ । परियोजनाअन्तर्गत सिस्टेनी घाट–सुवेदीटुँडामा ६ सय मिटर लम्बाइ, जगमा १२ मिटर चौडाइ, ५ मिटर गहिरो र पानीको सतहभन्दा ४ मिटर माथिसम्म बाँध निर्माण हुनेछ । यसले अहिलेको पानीको सतह ३ मिटर बढ्नेछ ।
हाल ६ मिटरसम्म गहिरो तालमा ३ मिटर थपिने पत्रकार लालप्रसाद शर्माको समाचारमा उल्लेख छ । यसैगरी साविक रूपाकोट गाविसको १ सय ९० रोपनी र तत्कालीन बेगनास र मिरचोक गाविसको ६ सय ६५ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने देखिएको रूपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीले बताए । साथै ९ सय रोपनी पर्ती जग्गा पनि कानूनी प्रक्रिया पु¥याएर तालमा ल्याउनुपर्नेछ । २०३२ को नापीमा १ सय ३५ हेक्टर क्षेत्रफलमा फैलिएको रूपाताल अहिले १ सय ७ हेक्टरमा खुम्चिएको छ । अधिकारीका अनुसार बाँध बनेपछि १ सय ७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । २०६४ मा केन्द्रीय नापी टोलीको तथ्यांकअनुसार रूपातालको ८ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । बर्से्नि ५ रोपनीका दरले ताल पुरिँदै गएको छ । ‘राज्यले ढिलै भए पनि तालहरूको संरक्षण गर्नुपर्छ भनेर रूपातालबाट परियोजना सुरु गर्नु सकारात्मक र स्वागतयोग्य छ,’ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले भने–‘यसरी नै उपत्यकाका अरू ८ तालको पनि संरक्षण योजना ल्याउनुपर्छ ।’ रूपाताल अब एउटा गतिलो पर्यटकीय गन्तव्य बन्ने उनले बताए । परियोजना सुरु भएको आठ महिनाभित्र मुआब्जाको काम सक्नुपर्ने छ । १४ महिनापछि बाँधको काम सुरु हुने, सिँचाइ मन्त्रालय मार्फत हुने कामको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सुपरीवेक्षण र दैनिक कार्य सञ्चालनका लागि तीन कर्मचारी सरकारले तोक्नेछ । परियोजना स्वीकृत भएको र अब योजना बनेर आउने क्रममा रहेको थाहा पाएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले योजना अन्तिम अवस्थामा पुगेको बताए । सहकारीले माथिल्लो तटीय क्षेत्रको संरक्षणका लागि ७८ लाख रूपैयाँ प्रस्ताव गरी भूसंरक्षण विभागमा पठाएको र त्यो स्वीकृत भएमा थप काम गरिने व्यवस्थापक सूर्यबहादुर थापाले बताए । उनका अनुसार वाटर स्पोट्र्स, चिल्ड्रेन पार्क, बन्जी जम्प र चिडियाखाना पनि बनाउने र सिमसार अध्ययन केन्द्रका रूपमा पनि ताललाई विकास गर्ने योजना छ । रूपाबाट वार्षिक एक करोड मूल्य बराबरको ४० टन माछा उत्पादन हुन्छ । त्यसबाट हुने आम्दानीमध्ये सहकारीले १५ प्रतिशत ताल संरक्षणमा खर्च र प्रतिकिलो एक रुपैयाँ जिविसलाई राजस्व तिर्छ । रूपाताल क्षेत्रमा ४५० प्रजातिका जीवजन्तु र वनस्पति पाइन्छन् । तालमा २४ प्रजातिका माछा, ३६ प्रजातिका चरा, ३ सरिसृप र ११ प्रजातिका स्तनधारी जन्तु पाइन्छन् । यो जंगली धान नाभोको महत्त्वपूर्ण आनुवांशिक स्रोत पनि हो । यहाँ वन, वातावरण, सिमसार तथा जैविक विविधताको अध्ययन अनुसन्धानका लागि विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्ति दिनहुँ १५र२० जनाको समूहमा आउने गर्छन् । बाँध बनेपछि यो संख्या बढ्ने सहकारीले विश्वास लिएको छ ।

Post a Comment