0
गोल्डेन न्यूज संवाददाता
प्राध्यापक डा. गोविन्द केसीको मागबारे सरकार उदासिन रहेको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्य समितिले पोखरामा विहीवार विरोध कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यकर्मीहरुले हातमा कालो पट्टि बाध्नुका साथै क्षेत्रीय अस्पताल अगाडि धर्ना समेत दिएका थिए । मौन जुलुसपछि आयोजित कोणसभामा बोल्दै स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्य समितिका सल्लाहकार डा. ढाका कुमार श्रेष्ठ र डा. क्रान्ति किरण बरालले डा. केसीले उठाएका माग सम्बोधन गरि जीवन रक्षा गर्नुपर्नेमा जोड दिए । समितिका अध्यक्ष नारायण बरालले सरकारको ध्यानाकर्षणको लागि गरिएको कार्यक्रमले सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था १९ औं दिनसम्म आइपुग्दा अत्यन्तै कमजोर हुँदै गएको छ । यसैगरी आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै स्वास्थ्यकर्मीहरुले पोखरामा मौन जुलुस निकालेका छन् ।  नेपाल चिकित्सक संघ गण्डकीको आयोजनामा मौन जुलुस निकालेको हो । पोखराको रानीपौवाबाट निस्केको जुलुज महेन्द्रपुल हँुदै मानवअधिकार चोकमा पुगेर कोषसभामा परिणत भएको थियो । नेपाल चिकित्सक संघ गण्डकीका पूर्व अध्यक्ष डा. लुमेश्वर आर्चायले डा केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि सरकारले बेवास्था गरेकाले आफूहरु आन्दोलनमा उत्रिन परेको बताए । उनले छिटो भन्दा छिटो केसीका माग पुरा गर्न सरकार संग आग्रह गरे ।  त्यसैगरी नेपाल चिकित्सक संघ गण्डकीका उपाध्यक्ष डा. राजन शर्माले माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए । जुलुस अगाडि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ घण्टा धर्ना दिएको मेलानका शंकर भण्डारीले जानकारी दिए ।
कार्यक्रममा ल्याबोटरी एशोसिएशन अफ नेपाल र टिम रेडियोलोजिष्टको पनि सहभागीता थियो ।

Post a Comment

 
Top