0
परिचय ः पूर्णप्रसाद अधिकारी बलराम अधिकारीको पुत्ररत्नको रूपमा २०१५ भाद्र ३, कास्कीमा जन्मनु भएको थियो । नेपालीमा एम एसम्म शिक्षा हाँसिल गर्नु भएका अधिकारी वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा सह–प्रध्यापक हुनुहुन्छ । अधिकारी एउटा सक्षम समालोचक तथा बहुमुखी साहित्यकार हुनुहुन्छ । अधिकारीको साहित्य र शिक्षा सेवामा पु¥याएको योगदान स्वरूप कालीगण्डकी कला साहित्य पुरस्कार (२०६७), पल्लव साहित्य सम्मान (२०६८), चितवन साहित्य सम्मान (२०७०) त्रि.वि. दीर्घसेवा पदक (२०७०) प्राप्त गरीसक्नुभएको छ । उहाँको प्रथम कृति प्रकाशन २०६२मा महाकवि देवकोटा स् केही आयम (२०६२) भएको थियो । त्यसपछि अधिकारीले नेपाली नाटकको अध्ययन (२०६३) अविस्मृत अभिव्यन्जना (संस्मरणरनियात्रासङ्ग्रह, २०६४), नेपाली साहित्यस् आयामिक निरूपण (२०७२), विम्बदृष्टिमा केही स्रष्टा (२०७२) र मूल्याङ्कनका वृत्तमा देवकोटा (२०७२) क्रमस प्रकाशनमा ल्याएका छन् । ’मूल्याङ्कनका वृत्तमा देवकोटा’ कृतिका समालोचक हुन् पूर्णप्रसाद अधिकारी । पूर्णप्रसाद अधिकारी को यो गहन कृतिलाई अध्ययन गर्न पाउँदा अधिकारीप्रति श्रद्धाको भाव समुद्रका लहरझै लहराएर आयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६), नेपाली साहित्यका महासमुद्र नै हुन् । जसरी समुद्रको जललाई जति निकाले पनि कहिल्यै जलमा कमि नआए जस्तै उनका काव्यकृतिले प्रदान गरेका रसस्वादन तथा भवनाका गहनताबाट जति ज्ञान निसारण गरे पनि महाकविले प्रदान गरेको ज्ञान सागरमा कत्ति कमी हुँदैन । महाकविका भावनाको गहिराइमा पुग्न कठिन छ भने उनको मूल्याङ्कनमा पुग्न पनि त्यत्तिनै कठिन छ । यस्ता नेपाली साहित्यका महान व्यक्तित्वको काव्य कृति, प्रवृत्ति र योगदानमा गहन अध्ययन गरी अधिकारीले यो कृति प्रदान गर्नुभएको छ । यो एउटा अनुकरणीय काम हो । अधिकारीको कृति प्रकाशन क्रम र अध्ययनक्रमलाई केलाउँदा अधिकारी स्वय म नै देवकोटामय भएको देखिन्छ । यी कृतिहरूले अधिकारीको साहित्य यात्रालाई एउटा विश्लेषणात्मक र अन्वेषणात्मक समालोचकको रूपमा स्थापित गरेका छन् । बहुमुखी प्रतिभाका धनी अधिकारी महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यका मूल्याङ्क कर्ताको रूपमा पनि सुपरिचित समालोचक हुन पुग्नुभएको छ ।
भूमिकाकार प्रा. डा. दुर्गाप्रसाद अर्यालको नजरमा समालोचक पूर्णप्रसाद अधिकारी–प्रा.डा. दुर्गाप्रसाद अर्यालले यस कृतिको विश्लेषणात्मक भूमिकामा लेख्नुहुन्छ–’गुणग्राहिता, पूर्वाग्रहहीनता, विग्रहविद्रोह निरस्तता, आत्मीयता र हार्दिक उदारताले ओतप्रोत व्यक्तित्वमा उहाँको मौलिकता प्रदर्शित हुँदै आएको पाइन्छ’ । कृतिको संरचना–यो कृति (१२ ं१०६),११८ पृष्ठको छ । यस्को प्रकाशन बलराम वाङमय प्रतिष्ठान, भरतपुर, चितवनले गरेको र मूल्य रु २५५÷– राखिएको छ । यस कृतिमा देवकोटा सम्बन्धी दशवटा समालोचनाहरू समावेश गरिएको छ । यस कृतिले समावेस गरेका समालोचनागत विवरण यस प्रकार छन्–
देवकोटाको नैबन्धिक यात्र, कृति, प्रवृत्ति र योगदान – यस समालोचनाले लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) ५० वर्ष बाँचेका, १९९१ सालको शारदा मासिक साहित्यिक पत्रिकामा उनको पूर्णिमाको जलधि नामको कविता प्रकाशनमा आए पछि साहित्यकारका रूपमा उदाएका, १९९३ सालको शारदामा अषाढको पन्ध्र नामको निवन्ध प्रकाशनबाट निबन्धकारमा लागेका र ५वटा निबन्धसङ्ग्रह प्रकाशनमा आएका, छोटा, लामा र बालकविता सङ्ग्रह समेत गरी १९ वटा कवितासङ्ग्रहरू, खण्डकाव्यहरूमा २२ प्रकाशित र मैना (२०३९) अप्रकाशित सात खण्डकाव्यहरूको सँगालो, तिप्लीङ्गी (२०५७) र तुसार वर्णन (२०५९) आदि, महाकाव्यहरू ६ वटा, लक्ष्मी कथासङ्ग्रह (२०३२), उपन्यास चम्पा (२०२४), समालोचना ३वटा, मौलिक अङ्ग्रेजी भाषामा लेखिएका कृतिहरू ३ वटा, अङ्ग्रेजी अनुवादित कृतिहरू ४ वटा र अप्रकाशित विविध कृतिहरू पनि थुप्रै संख्यामा यहाँ प्रकाश पारिएको छ । यी महाकविका प्रकाशित कृतिको साथै यस समालोचनामा अधिकारीले नेपाली निबन्ध र लक्ष्मीप्रसाद देवकोटाको नैबन्धिक चेतना को बारेमा, विभिन्न पत्रिकामा प्रकाशित लेख रचनाको साथै विभिन्न विद्वानका धारणाहरूको सङ्कलनको आधारमा देवकोटाको उच्च मूल्याङ्कनलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । अधिकारीले निवन्धात्मक यात्रालाई प्रथम चरण (१९९३ देखि २००२सम्म विशुद्ध स्वच्छन्दतावादीको रूपमा र दोस्रो चरण(२००३–२०१६) संयमित र सैधान्तिक संचेततायुक्तको रूपमा पनि मूल्याङ्कन गर्नुभएको छ । आत्मपरकता र काव्यत्मकता, हार्दिक कोमलता र प्रकृति चित्रको आकर्षणशीलता,स्वच्छन्दतावादी र दार्श्निकता, आध्यात्मिकता र मानवतावादजस्ता निबन्धात्मक प्रवृत्तिहरूको उच्च मूल्याङ्कन गर्दै अधिकारीले निष्कर्ष निकाल्नुहुन्छ–‘देवकोटाको निबन्धकारिता माथि विभिन्न विद्वानहरूले गरेको समीक्षा समालोचनाको पुस्तकाकार कृतिसङ्ग्रह प्रकाशन गरेर उनको उच्च मूल्याङ्कन गर्ने समय आइसकेको छ ।’
निबन्धकार देवकोटा र साहित्यमा शिवत्व– यस समालोचनामा अधिकारीले लक्ष्मीप्रसाद देवकोटाका २०६६भन्दा पूर्व चार ओटा निबन्धसङ्ग्रह प्रकाशनमा आए पनि २०६६ सालमा आइपुग्दा लक्ष्मी निबन्ध सङ्ग्रह (२००२), प्रसिद्ध प्रबन्ध सङ्ग्रह (१९९७), दाडिमको रुखनेर, निबन्धात्मक समीक्षा भनिएको स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (२०४१) सम्पादक राजेन्द्र सुवेदी, भिखारीदेखि सन्ध्यासम्म आत्मसमीक्षा सम्पादक वसन्तकुमार शर्मा नेपाल (२०६३), महाकवि देवकोटाका निबन्ध सङ्कलन सम्पादन शिव रेग्मी (२०६६) नागरिक शास्त्र सम्पादन र सङ्कलन पार्थमणि भट्टराई (२०६६) को समेत गरी ७ ओटा सङ्ग्रह प्रकाशन भैसकेको र आत्मपरकता र निजात्मकता उन्को प्राप्ति हो भन्ने धारणा राख्दै साहित्यमा शिवत्व निबन्धको अन्तर्वस्तुमा प्रवेश गर्नुहुन्छ । यस समीक्षामा अधिकारीले लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विभिन्न समालोचकले धारणालाई उदाहरण दिंदै, “सत्य म शिवं सुन्दरम्“ शास्त्रीय युक्तिलाई समाउँदै, “सत्य नै सुन्दरता हो, सुन्दरता नै सत्य हो तिमी यही कुरा जान्दछौ र जान्न पनि आवश्यक छ “भन्ने शेक्सपियरको भनाइलाई मर्मस्पर्शी ठान्दै, ’साहित्य मानव जीवन र सभ्यताको सोपान र मार्ग्चित्र पनि हो’ भन्ने यथार्थलाई पस्कदै, ’शिव शब्दले कल्याणको अर्थबोध गराउने भएको हुँदा असली साहित्य नै शिवत्व हो’ भन्ने धारणालाई ठहर गर्दै,“सत्य म शिवं सुन्दर म“ नामक आत्मविषयी श्रीतत्त्वबिना साहित्य जन्म नै सक्दैनजस्ता अभिव्यक्तिलाई विवेचना गर्दै ’देवकोटाको साहित्य शिवत्वमय भएको निष्कर्ष निकाल्दै अधिकारीले आफ्नो विवेचनालाई दर्विलो बनाएका छन् ।
देवकोटा शताब्दी अभिलेख एउटा ऐतिहासिक कदम– यस समालोचनामा अधिकारीले वि.सं.२०६५–२०६६ सालको बीच भागमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी कार्यक्रम मनाउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट गरिएका विशेष झाँकी र झलकहरूको दस्तावेज जस्लाई ’देवकोटा शताब्दी अभिलेख’ भनिएको छलाई विवेचना गर्ने प्रयास गर्नुभएको छ । यो कृति ४१० पृष्ठको, त्रिमूर्ति निकेतनको प्रकाशन, खनेपरुदे रामबाबुको संयोजन,उषा शेरचनको प्रधान सम्पादकत्व र प्रा केशव सुवेदी र सहप्रध्यापक शैलेन्दु प्रकाश नेपालको सम्पादनमा बजारमा आएको छ । यस कृतिको समालोचनालाई अधिकारीले तीन खण्डमा विश्लेषणात्मकरूपमा विवेचना गर्नुभएको छ । प्रारम्भ खण्ड कार्यक्रमका विविध पक्षमा प्रकाश परिएको छ, मध्यखण्डमा महाकविको बारेमा लेखिएका पत्रपत्रिका तथा लेखकहरूका लेखहरूको समावेश गरिएको र अन्त्य खण्डमा कार्यक्रमको सङ्क्षेपीकरण र समालोचकको समीक्षात्मक निष्कर्ष लेखिएको छ । यस महोत्सव र कृतिबारे समालोचकको धारणा यस प्रकार आएको छ–‘समग्रमा देवकोटा शताब्दी अभिलेखलाई २०६५–६६का बीच जेजस्ता क्रियाकलाप राज्य र स्थानीय, संस्थागत, व्यक्तिगत, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा महोत्सव मनाइयो त्यो अत्यान्तै अनुपम, अद्वितीय नमुुनामय छ । ’वर्तमानको लागि सूचनापरक जानकारी र भावी सन्ततकिा लागि यो कृति ठूलो मार्गचित्र भइआएको, नई प्रकाशन, त्रिमूर्ति निकेतन, तथा नरेन्द्रराजरइन्दिरा प्रसाई यसका लागि जीवन्त उदाहरण भएका छन् ।’
अतस्४१० पृष्ठको कृतिलाई अधिकारीजीले १३ पृष्ठमा भावसार विवेचना सहित पाठकलाई पस्कनु भएको छ आजको सन्दर्भमा अति प्रशंसनीय र महत्वपूर्ण काम गर्नुभएको छ । यो ऐतिहासिक दस्तावेजले महाकविको मूल्याङ्कन गहनरूपमा राष्ट्र अन्तराट्रियस्तरमा भएको र विवेचक अधिकारीले पनि आफ्नो समालोचकीय विश्लेषणलाई उच्चस्थानमा उभ्याएको देखिन्छ । शताब्दी समारोहका सन्दर्भमा मुनामदन समालोचनाको विहङ्गावलोकन– अधिकारीको यो विवेचना पनि अति महत्वपूर्ण गहन अध्ययनको आधारमा गरिएको देखिन्छ । अधिकारीले यसमा मुनामदन सम्बन्धी प्रत्येक लेख र लेखकका बारेमा सटिक विवेचना गरेका छन् । अधिकारीले लेख्नुहुन्छ –’हालसम्म (१९९२–२०६६) जानकारीमा आए अनुसार ६००को संख्यामा मुनामदनको समीक्षासँग जोडिएका सामाग्रीहरू प्रकाशित भएका छन् ।’ अधिकार।ीले मुनामदन सम्बन्धितमूल्याङ्कन गरिएका विविध पत्रिकाको सङ्कलन, र ’डा. शैलेन्दु प्रकाश नेपालद्वारा मुनामदनलाई आधार बनाउँदै लब्धप्रतीष्ठित विद्वानहरूद्वारा लेखिएका ४९ लेख रचनाहरूबाट मुनामदन समालोचनाको ग्रन्थको अध्ययन गरी देवकोटाका लेखिएका कृतिहरूमा सबैभन्दा बढी विवेचना गरिएको कृति मुनामदन भएको ठहर गरेका छन् । महाकवि देवकोटा एक शब्दचित्र–यस कृतिको यो पाँचौ विवेचना हो । यसमा अधिकारीले महाकवि देवकोटाले दश वर्षको उमेर (१९७६) मा दुई हरफ कविता रचेको उदाहरण सहित प्रस्तुत गरेका छन् –
घनघोर दुस्ख सागर संसार जान भाइ
नगर घमण्ड कहिले मर्नू छ हामीलाई
११ वर्षको उमेरदेखि संस्कृत र अंग्रेजीमा अध्ययनको थालनी, १६ वर्षमा पटना वि विबाट प्रथम श्रेणीमा म्याट्रिक परीक्षा उत्तीर्ण, १९८१मा विवाह, वि.सं.१९८९–१९९०मा बी.ए., वी.एलसम्मको उच्च शिक्षा हाँसिल, १९९० सालको भूकम्पले असर पारेको, वि.सं. १९९१ सालको मंसिर १५ गतेको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रथम कविता प्रकाशन, यस कवितालाई स्वच्छन्दतावादी मान्यताको घोषणापत्रका रूपमा लिन सकिने, १९९२ सालमा मुनामदन खण्डकाव्य अध्ययन गर्ने, प्रकाशन, १९९३ सालको शारदा पत्रिकामा प्रथम निबन्ध “ अषाढको पन्ध्र“ प्रकाशित र यसबाटै आत्मपरक धाराको शुभारम्भ, १९९७मा सावित्री सत्यवान् नाटक, १९९८मा प्रसिद्ध प्रबन्धसङ्ग्रह प्रकाशन, २००० सालमा ने.भा.प्र.स.जागिरे, शाकुन्तल महाकाव्यको रचना, २००२मा लक्ष्मी निबन्धसङ्ग्रह (जस्मा ३७ निबन्ध छन्), सुलोचना महाकाव्य (२००३), २००४ सालमा राण बिरोधी आन्दोलनमा बनारस जानु र युगवाणी पत्रिकाको सम्पादन गर्नु, २००४साल जेष्ठ १५, १६, १७, गते महाकवि लक्ष्मीप्रसादको सभापतित्वमा मोतीराम भट्टपछिको दोस्रो साहित्य सम्मेलन, २००६मा नेपाल फर्कनु, २००९ देखि २०११सम्म राजा त्रिभुवनबाट मनोनित शाही सल्लाहकार, न २०१३ सालमा काव्य प्रतिष्ठानको अध्यक्ष भै इन्द्रेणी पत्रिकाको सम्पादन, त्रिभुवन विश्वविद्यालयको स्वरूप र संरचना कस्तो बनाउने भनी गठन टोलीमा भारतका विभिन्न विश्वविद्यालयको भ्रमण, २०१० सालमा पागल भनी राँची पुर्याइएको, मनो वैज्ञानिक परीक्षण गर्दा डा.वर्कलेले “ यो भौगोलिक भूल हो, पश्चिममा जन्मने मानिस पूर्वमा जन्मियो । दुइसय वर्षपछि जन्मिनु पर्ने मानिस २०० वर्ष पहिला जन्मियो भनी परीक्षण पर्चामा लेखिएको । २०१४ सालमा अफ्रोएसियाली लेखकहरूको सम्मेलनमा नेपालको प्रतिनित्वि गर्दै तत्कालीन सोभियतसंघको तासकन्दमा सहभागी भई कवितामै प्रवचन दिएको, रुसबाट फर्केपछि कमुनिष्ट आरोप लगाएर १४ महिना तलव रोकियो, देवकोटाको जीवन अत्यान्तै जटिल र चुनौतीपूर्ण भएको चुरोट अति प्यारो, क्यान्सरले पीडित, २०१६ साल भाद्र २९ गते आर्यघाटमा जीवनको अन्त्य, नेपाली कविताबाट काव्ययात्रा थालनी गरी प्रमिथस अंग्रेजी कविताबाट जीवन अन्त्य, आदि धारणालाई अधिकारीले राख्दै निष्कर्षका पाँच बुँदामा देवकोटाका योगदानलाई पस्केका छन् । अधिकारीका निष्कर्षका केही बुँदाहरूमा–आफ्ना युगका विशिष्ट राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतिभा, अतितको मोह, वर्तमानको विद्रोह, सुन्दर भविष्यको कल्पनशील चिन्तन, युगानुकूल विचार र विश्वासलाई अँगालेका, कवितामै घण्टौं कुरा गर्न सक्ने क्षमता, १०० वर्षमा अंग्रेजी साहित्यले प्रदान गरेको योगदान देवकोटाले नेपालमा २५ वर्षमा नै प्रदान गरेका, भावनाका भागीरथी कुवेरको भण्डारजस्तै प्रचुरता, प्रकृतिवादीको रूपमा उदाए पनि जीवनमा यथार्थवादी र जीवनवादी बन्न गएका, जीवनभर सामन्तवाद र साम्राज्यवादसँग आफ्नो शिरलाई कहिल्यै नझुकाएका, बहुमुखी प्रतिभा, नेपाली साहित्यका सबै विधामा कलम चलाए पनि निबन्ध र कवितामा सर्वश्रेष्ठ, आदि धारणा अधिकारीले पस्कँदै, अधिकारीले’देवकोटा काव्य प्रतिष्ठान’ स्थापना सरकारी क्षेत्रबाट राष्ट्रियस्तरको पुरस्कारको व्यवस्था हुनु पर्दछ भन्ने धारणा सहितका केही सुझाव पनि दिएका छन् । यस विवेचनामा अधिकारीले महाकविका काव्यगत, व्यक्तिगत प्रवृतिलाई केलाउँदै गहन मूल्याङ्कन गर्ने प्रयास गरेको देखिन्छ ।
देवकोटाको समालोचनात्मक प्रवृत्तिप्रति दृष्टि प्रक्षेपण – अधिकारीले यस शीर्षकमा देवकोटाका ’सम्पूर्ण सिर्जना नै समालोचनात्मक मापडण्डको कसीमा खडा भएका छन्’ भन्ने धारणा राख्दै ’ मुनामदन, शाकुन्तल, सुलोचनाको भूमिका समालोचनाको उच्चतम मूल्याङ्कन भित्र पर्दछ ’, ’ उनी प्रभाववादी मान्यतामा केन्द्रित प्रतिष्ठित समालोचक भएको, आदिको साथै अधिकारीले समग्र रूपमा देवकोटा समालोचनाको कित्तामा नउभिए पनि उन्ले प्रस्तुत विविध लेख रचनाहरूको मूल्याङकन गर्दा देवकोटा सफल साहित्यकार मात्र नभै विशिष्ट र गुणग्राही समालोचक हुन् भन्ने कुरामा विमति छैन भन्दै देवकोटालाई गुणग्रही र बिशिष्ट समालोचकको रूपमा निष्कर्ष निकालेका छन् ।
देवकोटाको उद्बोधन कविता –यस कविता समालोचनामा अधिकारीले, देवकोटाको साहित्यिक यात्रामा कविता र निवन्ध नै उच्च र वैशिष्ट भएको र अरु साहित्य रचना उनको लहड र रहरको प्रयास मात्र हो, भनेका छन् । उद्बोधन कविता २०१३ सालमा रचिएको, इन्द्रेणी मासिक पत्रिकामा त्यसै वर्षको श्रावणमा प्रकाशन भएको, यो कविता मात्रिक लयको विशिष्ट कविता मानिन्छ । लक्ष्मी कवितासङ्ग्रह(२०३३)मा समावेश गरिएको छ । अधिकारी भन्नुहुन्छ –‘प्रस्तुत कवितामा नेपाली समाजका उपज मानिने, हामी र हाम्रा दीन हीन मलिन अवस्था विशेषको सजीव चित्र उपस्थित गरिएको छ ’। अधिकारीले लेख्छन् –कवि देवकोटाले नेपाली समाजका अनेकौं बस्तु र पदार्थलाई विम्ब प्रतिकका रूपमा प्रस्तुत गरेका छन् । खिचडी, सुकुटी, कुकुर, फ्याउरो, टीन, मान्छे, सिन्की, झुम्रा, जावा, दौरा, बोक्सी, जुँघा, कान, शरीर, माकुरो, गङ्गा आदि उपकरणहरू नै विम्बप्रतीकका प्रमुख सामाग्री मानिएका छन् ।’ अधिकारीले महाकविको काव्यसंसारको मूलमन्त्र भनेको “कविता कोमल बनिता रसयति रसिक म रसेन सम्मिलिता“ हो । आदिमा अधिकारीले विवेचना गर्दै ’यस कवितालाई काव्यात्मक सौन्दर्यले भरिएको उत्कृष्ट कविताको रूपमा लिन सकिने निष्कर्षमा पुगेका छन् ।
प्रेम र करूणाको प्रतिविम्ब शाहजहाँको इच्छा – यस समालोचनामा अधिकारीले वि.सं २०१३ सालमा कविताको रचना इन्द्रेनीमा प्रकाशन भएको यस कवितामा मानवीय वेदना मात्र नभै यमुना नदीको किनारको सौन्दर्य र वियोगवेदनाको भावाभिव्यञ्जना मुख्य सामाग्री भइआएको, भन्दै अधिकारी पुनस् भन्नुहुन्छ –’समग्रमा भन्नुपर्दा, यो कवितालाई कवित्व चेतना, प्रणयप्रसङ्ग परिष्कार परिमार्जन लगायत सम्पूर्ण काव्यगुणले भरिएको कविताको नमुनाको रूपमा लिन सकिन्छ ।’ देवकोटाको महाकाव्यकारिताका सापेक्षतामा प्रमिथस महाकाव्य– यस समालोचनामा अधिकारीले निष्कर्ष सहित ९ वटा उपशीर्षकका आधारमा विश्लेषण गर्नुभएको छ । प्रमिथस महाकाव्य गद्यलयमा लेखिएको र यसमा पाश्चात्य पुरा कथाको सङघर्षशील मानव गाथालाई भावनात्मक नाटकीकरणका साथ प्रस्तुत गर्नु सम्पूर्ण काव्ययात्राको प्रगतिगत मूल्य, सांस्कृतिक मानवतावाददेखि सामाजिक प्रगतिवादसम्म निरन्तरता कायम हुनु, वैयक्तिक कल्पनाको असीमित उडानबाट सीमित बौद्धिकतातर्फ उन्मुख हुनु, रमरम बौद्धिकता र छिपछिपे चिन्तनको आधुनिकता, छन्दको अनेकता, भावुकता र सिर्जनाको उन्मुखताजस्ता आधारभूत विशेषता नै कवि देवकोटाका महाकाव्यात्मक मूल्य हुन् भने मात्रात्मक र गुणात्मक मूल्यको व्यापकता उनको महाकाव्यिक प्रवल पक्ष मानिने धारणा अधिकारीको छ । देवकोटा प्रथम स्वछन्दवादी महाकाव्यकार, उनमा प्रथम तथा मौलिक महाकाव्यकारिताका विशेषता भएका व्यक्ति, उनमा आशुकवित्वको प्रवलता र द्रुतलेखनको आतुरताको उपजको रुपमा लिन सकिने, सम्पूर्ण महाकाव्यलाई समय र साधनको अभाव, आर्षसभ्यतादेखि पाश्चात्य सभ्यतातर्फको यात्रा, कवित्वको तीब्रता, आख्यानको न्यूनता र लयात्मक विविधताका प्रयोक्ता भाषाशैलीगत विविधता र प्रकृति प्रयोगमा पूर्णता आदि उपशीर्षकमा अधिकारीले सारगर्भित विश्लेषण गरेका छन् । २००७ सालमा परिवर्तनको लहरको साथसाथै मानवतावादको घोषणा गर्ने उदेष्य अनुरूप प्रमिथसको रचना भएको धारणा राख्दै अधिकारीले प्रमिथसको शाब्दिक अर्थ कथानक वा विषयबस्तु, संरचनागत पक्ष, मानवतावाद, मिथक तथा प्रतिक प्रयोग, पात्रविधान र प्रमिथसको चरित्र उपशीर्षकमा अधिकारीले गहन अध्ययन गरी प्रमिथस महाकाव्यको मात्र नभै अरु महाकाव्यहरूको पनि तुलनात्मक अध्ययन गरी प्रमिथस महाकाव्यलाई प्रगतिवादी, मानवतावादी, र क्रान्तिरागिनी सर्वोच्च महाकाव्यको रूपमा लिन सकिन्छ भनी निष्कर्ष निकालेका छन् । मूल्याङ्कनका वृत्तमा देवकोटा–अधिकारीको यो यस कृतिको अन्तिम समालोचना हो र यही समालोचनाको नामबाट कृतिको नामाकरण गरिएको छ । यस विवेचनामा अधिकारीले मूल शीर्षकमै उपशीर्षक नदिइ देवकोटाको बारेमा गरिएका अध्ययन अनुसन्धान, विभिन्न लेखसङ्ग्रह, स्वतन्त्र कृति साथै साहित्यिक पत्रिकासहितका लेखक, सम्पादक, विवेचक र समालोचकका विवरण, तिन्ले महाकविप्रति राखिएका धारणा तथा मूल्याङ्कनलाई समेट्ने प्रयास गरेका छन् र महाकविको मूल्याङ्कन महासागर्रको रूपमा भएको निष्कर्ष निकालेका छन् । अधिकारीको यो कृतिमा अधिकारीबाट विवेचनाको आधारमा गरिएको मूल्याङ्कन पनि अति गहन छ भन्न सकिन्छ । यस पङ्क्तिकारको धारणा–महाकवि लक्ष्मीप्रसाद देवकोटा वास्तवमा नेपाली साहित्यका महासागर नै हुन् । उनका हरेक रचनाले नेपाली साहित्यलाई उच्च र गरिमामय बनाएको छ । नेपालभित्रकामात्र नभएर विश्वभरी छरिएका नेपाली र नेपाली भाषिकाहरूका मुटुका ढुकढुकी बनेका छन् महाकवि लक्ष्मीप्रसाद देवकोटा । देवकोटाको अगाध श्रद्धाभावले भरिएका बालबालिका लगायत युवक, बृद्धबृद्धाहरूले पनि लक्ष्मी पूजाको दिन महाकाविको स्मरण गर्दछन् । धेरै संघसंस्थाले गरेका असंख्य कार्यहरू रेकर्डमा छैनन् होला ? अधिकारीले यसकृतिमा विविध क्षेत्रबाट गरिएका मूल्याङ्कनलाई समावेश गरेर महाकवि देवकोटा मूल्याङ्कको जुन प्रशंसनीय प्रयास गर्नुभएको छ अनुकरणीय र सङ्ग्रहणीय छ । महाकविप्रति अधिकारीको गहन अध्ययन छ । तुलनात्मक दृष्टि र सृष्टि राख्न प्रयत्नशील अधिकारीले समालोचनालाई संतुलनरूपमा प्रस्तुत गर्नुभएको छ । अधिकारीको यस प्रकारको समालोचनाले उहाँलाई उच्च समालोचक, विवेचना कर्ता, व्यखाता, तुलनात्मक विश्लेषण कर्ता र अनुसन्ँधान कर्ताको साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका ज्ञाता तथा देवकोटा साहित्यानुरागीको रूपमा स्थापना गरेको छ । यस्तो गहन अध्ययन र विश्लेषण कर्ता पूर्णप्रसाद अधिकारीको चौतर्फी उन्नती, सुस्वास्थ, दीर्घायुको साथै यस्तै गहन समालोचना अध्ययन गर्न पाइओस् भन्दै बिदा चाहन्छु ।







Post a Comment

 
Top