गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले पोखरा अमरसिंहचोकमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । सवारी चालक तथा पैदल यात्रीले ट्राफिक नियम पालना नगर्दा दुर्घटनाका घट्ना घट्दै गएको महसूस गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । संस्थाले ट्राफिक सचेतना जागरण अभियान संचालन गर्दै ट्राफिक सप्ताहमा कार्यक्रममा फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी नो पार्किङ्ग र नो स्टपिङ्ग बोर्ड राखिएको उपशाखा १०, ११ की कोषाध्यक्ष सीता तिमिल्सिनाले बताइन । सोही कार्य अनुसार अमरसिंहचोकबाट पूर्व जाने बसस्टप गर्ने कुनै चिन्ह नभएका हुँदा ट्राफिक सचेतना कार्यका साथ रामबजार सोसाइटी युकेका सल्लाहकार एवं समाजसेवी भीमसेन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बस स्टप बोर्ड समेत राख्ने कार्य सम्पन्न गरेको छ । प्रमुख अतिथि श्रेष्ठले मानवीय सेवामा समर्पित रेडक्रस उपशाखाले ट्राफिक सचेतना कार्यलाई सडक दुर्घटनालाई सकेसम्म कम गराउन लागिपरेकोमा खुशी व्यक्त गरे । विदेशमा पैदल यात्री र सवारी चालक सबैले नियम पालन गरेको हुँदा दुर्घटना कम हुने भन्दै सबै नेपालीले नियम पालना गर्नुपर्नेमा जोड दिए। उपशाखा १०, ११ को सडक सुरक्षा तथा प्राथमिक उपचार तालिम प्राप्त २० जना सदस्यहरु परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम बैशाख २५ देखि संचालन गरेको उपशाखा १०, ११ महिला उपसमिति सदस्य निर्मला श्रेष्ठले बताइन । कार्यक्रममा रेडक्रसको सिद्धान्त वाचन संस्थाका सह–सचिव कलावती शर्मा तथा स्वागत कोषाध्यक्ष जीवन श्रेष्ठले गरेका थिए । उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सूर्यबहादुर बानियाँले गरेका थिए ।

Post a Comment