ढोगका बारेमा जुहारी खेल्न पटक्कै मन थिएन । तर, अनलाइनखबरमा कालिका शिवाकोटीले लेखेको मैले सासूको खुट्टा किन ढोग्ने? शीर्षकको लेख शेयर गरेपछि मच्चिएको कोकोहोलो देख्दा केही लेख्न आतुर कलमलाई रोक्न सकिनँ । शीर्षकमात्र पढेर मैले त्यो लेख शेयर गरेको थिइनँ । शीर्षक हेर्दा अलि कडाजस्तो लागे पनि लेखिकाले स्वतस्फुर्त कसैले कसैलाई ढोग्नु राम्रो हो, तर कतिपय अवस्थामा बुहारीहरुलाई मानसिक तनाव दिएर ढोग्न बाध्य गराइन्छ, त्यो दास प्रवृत्ति हो र बुहारीले श्रीमानका आमाबाबुलाई ढोग्ने भएपछि ज्वाइँले पनि श्रीमतीका आमाबाबुलाई किन नढोग्ने भन्ने सवाल उठाएकी थिइन् । यो तर्क आफैंमा मलाई राम्रो लागेको थियो । भलै ढोगका बारेमा सयौं जातको फूलबारी हाम्रो नेपालमा रहेका फरक–फरक चलनबारे लेखिकाले कयौं वास्तविकताहरु त्यहाँ उल्लेख गरेकी थिइनन् ।
सो लेखमा आएका अत्यधिक प्रतिक्रियाहरु हेर्दा वास्तवमा यो विषय कयौंले उठाउन चाहेको तर विखण्डनकारी भइन्छ कि भन्ने डरले नउठाएको जस्तो देखिन्छ । कतिले त लेखिकालाई समाज भाँड्न लागेको विखण्डनकारी भने भने लेख शेयर गर्ने मसमेतले दुईचार झट्का खानुपर्रुयो । लेखको शुरुमैं म स्पष्ट पार्न चाहन्छु , मेरो लेखको तात्पर्य ढोग गर्नु गलत हो भन्ने होइन, म आफ्ना मान्यजनलाई नढोग्ने अराजक महिला पनि होइन । मेरो धर्म, संस्कार र मूल्य मान्यताहरु मलाइ प्यारा लाग्छन् र ढोग्दा शिर खिइने र नढोग्दा ठूलो भइन्छ भन्ने पटक्कै होइन । कुरा छ केही परिवार, जाति वा वर्गमा भएको छोरा र छोरी, छोरा र बुहारी वा छोरी र बुहारीमा गरिने देखादेखी विभेद । आजभन्दा बीस बर्षजति अघि पत्रकारिता सिक्न शुरु गरेको कलिलो उमेरमा अमृता लम्साल, शोभा गौतम, वन्दना राणा, बबिता बस्नेतजस्ता महिला अधिकारका लागि कलम चलाउने र परे झगडै गर्न तम्सिने दिदीहरु देख्दा मलाई कहिलेकाहीँ यी दिदीहरु किन त्यसो गरिरहेका छन्जस्तो लाग्थ्यो । दुई दाजुभाइकी एक बहिनी मैले कहिल्यै छोरी भएर जन्मिएकोमा केही विभेदको अनुभव गर्नुपरेन । तर, २० वर्षपछिको भोगाइहरु, अनुभवहरु र सामाजिक व्यवहारहरु पछि आज मलाई अनवरत महिलाका पक्षमा लाग्ने यी र यस्ता दिदीहरुप्रति गर्वको महसूस हुन्छ ।आज पनि दिदीहरु कराउन छोडेका छैनन्, यिनलाई कहिले घर भाँडेको, कहिले समाज भांडेको र कहिले महिलाका नाममा डलर खाएको आरोप नलागेको होइन, तर उनीहरुको कलम र कर्तव्य रोकिएको छैन ।
ढोगका बारेमा सामान्य विभेदका कुरा उठाउने लेखिकालाई समाज भँडुवा सम्झिने हाम्रा बुझक्कड दाजुभाइले के आफैंले बुहारी भएर त्यो समस्या भोगेका छन् ? नमरी स्वर्ग देखिन्न भनेजस्तो विवाह अघिसम्म देवी भनेर पुजिएकी छोरीले एकाएक नयाँ घर र परिवेशमा गएर जोजो अघि पर्छन् तिनका गोडामा शीर निहँु¥याउँदै जानु त्यति सजिलो र सहज हुँदो हो ? कतिबेला कसलाई ढोग्ने हो, घरबाट एक घण्टा बाहिर जाँदा ढोगेर जानुपर्ने र आउँदा फेरि ढोगकै आशा गर्ने, राति सुत्नुअघि पनि बिहान उठेर पनि ढोगकै आशामा लालायीत र बुहारीले ढोगेनन् भने चढेकी बुहारी वा संस्कार नजानेकी भनेर आरोप लगाउने आधुनिक सासू–ससुराहरु पनि थुप्रै छन् हाम्रो समाजमा । अब तर्क उठ्छ सासू ससुरा त आमाबाबु हुन् । हाम्रो धर्मले आमाबाबु देवता समान भनेको छ । त्यसैले देवताहरुलाई ढोग्नुपर्छ । कुरा सही हो ।
सासूससुरा देवता भएपछि बुहारी, छोरी समान हुनुपर्छ कि पर्दैन ? कि आफ्नी छोरी चाहिँ लक्ष्मी, अर्काकी छोरीचाहिँ रणचण्डी ?
एउटा कुरा खुशी के लाग्यो भने हाम्रै नेपालभित्र यस्ता कैयन् जातजाति र वर्ग रहेछन् जहाँ ज्वाइँले सासूससुरालाई ढोग्दा रहेछन् । गुरुङ, मगर समाजका केही साथीहरुले ढोगबारेको लेखमा त्यही प्रतिक्रिया जनाउनुभयो, जुन मलाई जानकारी पनि थियो ।
कयैन भारतीय हिन्दुहरु हुन् र उनीहरुका ज्वाइँले पैर (खुट्टा) छुने र छोरीले पनि बाबुआमालाई ढोग्ने चलन छ । हाम्रो संस्कारमा छोरीलाई, बहिनीलाई ढोग्ने चलन छ । तर विवाह हुने बित्तिकै केही समुदायमा भने छोरा र बुहारी वा छोरी र बुहारीबीच नैं विभेद गर्ने गरेको देखिन्छ । ढोग्ने बिषय सयौं विभेदकारी चलनहरुमध्येको एउटा सानो विषयमात्र हो । समस्या यहाँ महिला र पुरुषमा गरिने विभेद र बुहारीप्रति गरिने पक्षपात नैं हो ।
हामीले देख्दै र भोग्दै आएका छौं, जुन घरमा छोरीहरु शिक्षित छन् र जागीरमा जान्छन्, त्यस्ता घरमा बुहारीलाई पनि मन लागे पनि नलागे पनि जागिरमा पठाउन सासू–ससुरा बाध्य हुन्छन् ।
यसो भनिरहंदा बुहारीलाई छोरीलाई भन्दा बढी माया गर्ने सासू ससुराहरु मेरै आफन्त, नातेदार, छरछिमेक सबैतिर छन् । उनीहरुका लागि छोरी अर्काको घर गैसकेकी पाहुना हुन्, उनले माइतीमा होइन, आफ्नो घरमा बसेर आफ्नो घरको सेवा गर्नुपर्छ तर बुहारी आफ्नी हुन् । त्यसैले सबै सासू ससुराले बुहारीलाई पक्षपात गर्छन् भन्न खोजिएको पक्कै होइन । तर, कतिपय घरहरु यस्ता छन् जहाँ नियमहरु बुहारीका लागिमात्र लागु हुन्छन्, आफ्नो छोरी वा छोराका लागि लागु हुँदैनन् । आफ्नी छोरीले सासू ससुराको वास्तै नगर्दा खुशी तर बुहारीले त्यसो गरिन् भने आपत । आफ्नो छोरी नपढेकी भए आईमाईले पढेर के काम, घर पो हेर्ने त, तर आफ्नी छोरीले पढेकी भएमात्र बुहारी पनि काममा जान पाउने । आफ्नी छोरीले छुच्चो मुख गरे उसको त मुख छुच्चोमात्र हो, मन सफा छ । तर, बुहारीले छुच्चो बोले संस्कार नजानेको । भनेर र गनेर नसकिने असंख्य विभेदहरु हाम्रो समाजमा छन् । छोरा ससुराली गए उ जोइटिंग्रे, तर आफ्ना ज्वाइँ घरज्वाईं नैं भएर बसुन् । छोरालाई अफिसबाट काम गरेर आउँदा थकाइ लाग्छ, तर बुहारीलाई लाग्दैन । यस्ता विभेदबारे लेखेरै शायद सकिँदैन ।

यस्ता विभेदका कुराहरुका बारे लेखिहाल्न, बोलिहाल्न धेरैलाई आँट आउँदैन । कारण उही, विखण्डनकारी भइने । ढोगका बारेमा कालिका शिवाकोटीले लेखेको लेखमा उहालाई गालाी गरेर लेखिएका कमेन्टहरु हेर्दा मैले निष्कर्ष यही निकालें । एउटा कुरा म दावाका साथ भन्न सक्छु यस्ता विभेदहरु भोग्ने तपाईं कति हजारौंको संख्यामा हुनुहुन्छ, देखादेखि तपाईंलाई चिच्याउन मन लाग्छ, तर सक्नुहुन्न । एक जना नेवार थर भएकी महिलाले कमेन्टमा लेख्नुभएको छ, हाम्रो नेवार जातिमा खाना खानुअघि नै सासूलाई ढोग्नुपर्छ । धेरैजसो कमेन्टहरुमा ढोगका विषयमा बुहारीहरुलाई विभेद गरिएको उल्लेख गरिएको छ । ढोग आदर गर्ने राम्रो र मीठो परम्परा हो । जापानीहरुले समेत त्यसो गर्छन् । तर, मलाई लाग्दैन कि जापानमा केटीले मात्रै त्यसो गर्छन् । सबै निहुरिएकै देखिन्छ । हाम्रो नेपालमा पनि जात र वर्ग्पिच्छे ढोगका बारेमा फरक चलन रहेछन् । जसजसले केटा भएर पनि सासू ससुरालाई ढोग्नुहुन्छ, बुहारीलाई छोरीभन्दा पनि नजिकको सम्झिनुहुन्छ, छोरा र बुहारी वा छोरी र बुहारीमा विभेद गर्नुहुन्न, उहाँहरुलाई सलाम । तर, नियमहरु बुहारीका लागिमात्र लाग्ने गरेको छ भने तपाईंहरु पाप गरिरहनुभएको छ । बोल्न नसक्ने देवताको मूर्तिअघि घण्टौं आँखा चिम्लेर भजन गाउँदैमा नदेखिएका भगवान प्रकट हुँदैनन् । भगवान् मान्छेको आत्माभित्र हुन्छन् । वेदमा भनिएजस्तो आमाबुबा देवीदेवता हुन् र सासूससुरा पनि आमाबाबु वा देवीदेवता नै । तर, देवीदेवता हुन त्यति सजिलो कहाँ छ र ? हाम्रा देवीदेवताले भक्तलाई वरदान दिने बेला महिला हो कि पुरुष, छोरी हो कि बुहारी कहाँ हेर्छन् र ? देवीदेवताले त भक्त मात्र हेर्छन् । कि कसो ?
Post a Comment