गोल्डेन न्यूज संवाददाता
ध्रुव मावि तारकाङ–८ कास्कीको ६१ आंै वार्षिकोत्सव तथा अभिभाव दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चाल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले अवको शिक्षा पढ्छु र पढाउछु भन्दा पनि सिक्छु र सिकाउछु भन्ने खालेको हुनु पर्ने बताए। कार्यक्रममा विद्यालयका प्रध्यानाध्यपक शुक्रराज सापकोटाले विद्यालयको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप को पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनालका उप निर्देशक खेमराज पौडेल, विद्यालय निरीक्षक विश्वराज आचार्य, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिसागर सापकोटा, पूर्व प्रध्यानाध्यापक टंकप्रसाद सापकोटा, पुण्यप्रसाद सापकोटा, होमनाथ पोख्रेल, पूर्व शिक्षक कृष्णप्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष तेजप्रसाद सापकोटा, युवा समाजसेवी सत्यराज सापकोटा, दिगदर्शक वाचक पं.दिपक सापकोटा, व्यवस्थापन समितिका सदस्य माधव सापकोटा, सिताराम माविका शिक्षक रुद्रनाथ सापकोटाले बोलेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नारयण सापकोटाले स्वागत र सहायक प्रध्यानाध्यापक धु्रव सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए।
Post a Comment