शोध ग्रन्थहरूकै निम्ति तीनपटक मदन पुरस्कार जित्न सफल संस्कृतिविद् सत्यमोहन जोशीले ३० वर्षको अन्तरालपछि अनुसन्धानमा आधारित नयाँ पुस्तक तयार पारेका छन्। ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ शीर्षकको यो पुस्तक नेपाली वास्तुकला, मूर्तिकला र चित्रकलाको निकै वर्षको खोजी र अनुसन्धानपछि तयार पारेको जोशीले बताए। काठमाडौंमा केही वर्षअघि मात्र भेटिएको दोस्रो शताब्दीको मूर्तिबाट सुरु भएको पुस्तकमा पाँचौं शताब्दीयता नेपालमा भेटिएका प्रामाणिक कलाकृतिहरूको बेलिबिस्तार लगाइएको छ। ‘यो मेरो शोधमा आधारित अन्तिम पुस्तक हुनेछ,’ प्रेसबाट भर्खर प्राप्त पहिलो पुस्तक उत्साहका साथ मंगलबार सेतोपाटीलाई देखाउँदै ९६ वर्षीय जोशीले भने, ‘यस किसिमको कृति फेरि तयार पार्नसक्ने कल्पना पनि म गर्न सक्दिनँ।’ अहिले मुलुकमा पहिचानको कुरा जोडतोडसाथ चलिरहेका बेला यो पुस्तकले संस्कृति र सभ्यताबाटै पहिचान र हाम्रो विशेषता बुझाउने जमर्को गरेको जोशी बताउँछन्। पुस्तकमा मधेस, पहाड र हिमाली भेगका महत्वपूर्ण कलाकृतिको अनुसन्धानात्मक प्रस्तुति छ। ‘कलामार्फत् धर्म, संस्कृति, सभ्यता र मानव विकासक्रमको वर्णन यसमा पढ्न र हेर्न पाइनेछ,’ उनी भन्छन्, ‘पिता पुर्खाले दिएर गएका कुरामै वास्तविक पहिचान लुकेको तथ्य यसले उजागर गरेको छ।’ जोशीका अनुसार यसअघि अनुसन्धानमा आधारित उनको पुस्तक ‘कलाकार अरनिको’ तीन दशकअघि प्रकाशित भएको थियो। २०२१ सालमा चीन बस्दाताका गरिएको शोध र अनुसन्धानका आधारमा उक्त पुस्तक तयार पारिएको जोशीले बताए। ‘चीनका तत्कालीन राष्ट्रपति ली सियन नियन नेपाल भ्रमणमा आएका बेला राजा वीरेन्द्रलाई चीनमा पुगेको अत्यन्त महत्वपूर्ण नेपाली ग्रन्थ फिर्ता ल्याएर उपहार दिएका थिए,’ यसअघि प्रकाशित आफ्नो शोधग्रन्थको महत्व बुझाउँदै जोशी भन्छन्, ‘लगत्तै राजा वीरेन्द्र २०४४ सालताका चीन भ्रमणमा जाने बेला उताका राष्ट्रपतिलाई उपहार दिन अरनिकोमा आधारित मेरो पुस्तक तयार पारिएको थियो।’ त्यसभन्दा अगाडि लेखिएका जोशीका शोधग्रन्थहरू ‘हाम्रो लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘कर्णाली लोक संस्कृति’ ले क्रमशः २०१३, २०१७ र २०२८ सालको मदन पुरस्कार जितेको थियो। त्यसपछि कुनै पनि लेखकलाई दोहोर्याएर यो पुरस्कार नदिने निर्णय मदन पुरस्कार गुठीले लिन पुग्यो। सबै किसिमका गरेर झन्डै ५० वटा पुस्तकका लेखक जोशीका अनुसार पछिल्लो समय प्रकाशित उनका अधिकांश पुस्तक छिटफुट लेख रचना वा मन्तव्यहरूका संकलन थिए। के छ नयाँ पुस्तकमा? अहिले राजनीति, साहित्य र विकासका अनेक पुस्तक आइरहेको भए पनि सभ्यता र संस्कृतिका अनुसन्धानात्मक कृतिहरू थामिएको जोशीको ठहर छ। यो पुस्तक कलाकृतिका माध्यमबाट फराकिलो समझ विकास गर्न उपयोगी होस् भन्ने उद्देश्यले लेखिएको उनले प्रस्ट पारे। ‘यस्तो कुरामा अहिले खासै कसैको रुचि गइरहेको छैन,’ उनी भन्छन्,–‘जबकि हाम्रो सम्पन्नता नै यसैमा छ।’ उनका अनुसार यी कलाकृतिमा हाम्रो प्रामाणिक इतिहास मात्र नभएर छिमेकी मुलुकहरूसँगको उहिलेदेखिका सम्बन्ध पनि उजागर भएका छन्। ‘हामीकहाँ नै विकास भएको पौभाकला उता तिब्बत पुगेर थान्का भनेर आयो,’ जोशी भन्छन्, ‘हामी चाहिँ आफ्नै पहिचान बिर्सिएर त्यही कलालाई थान्का भनेरै पुकार्छौं।’ गौरवपूर्ण अतित भएको नेपाली पौभाकलाबारे यो पुस्तकले महत्वपूर्ण कलाकृतिको चित्रसहित वर्णन गरेको छ। त्यसैगरी यसका दर्शन र सिद्धान्तहरू पनि बुझाउने कोशिस गरेको जोशी बताउँछन्। ‘त्यसैगरी धुम्वाराहको सम्बन्ध भारतको उदयपुरसँग देखाएको छ,’ यस पुस्तकको गातामा छापिएको सातौं शताब्दीको मूर्तिबारे उल्लेख गर्दै जोशी भन्छन्, ‘भारत र नेपाल हामी दुवैको आर्य सभ्यताको मूल हडप्पा र मोहनजोदाडोका प्रसंग पनि यहाँ उजागर भएका छन्।’ जोशीको पुस्तकमा यसबीच ढुंगाबाहेक पनि विकास भएका काष्ठकला, पाको माटो (टेराकोटा), हाथीका दन्तमा कुँदिने वा अन्य हाडखोरमा बनेका कलाकृतिबारे पनि पुस्तकले जानकारी समेटेको छ। धातुका मूर्ति र पेन्टिङहरूका सन्दर्भ त हुने नै भए।
‘यी कलाकृतिमा हाम्रा वैष्णवीय, शाक्य, शैव, सौर्य लगायत सम्प्रदायका सिद्धान्तहरू प्रतिविम्वित भएका छन्,’ उनी भन्छन्, ‘यस्ता महत्वपूर्ण कलाकृति खोज्न मधेसकै पनि लुम्बिनी क्षेत्रदेखि लिएर सिम्रौनगढ भेगसम्म पुगेको छु।’ पुस्तकमा महोत्तरीको कपिलेश्वरमा भेटिएको एउटा महत्वपूर्ण ढुंगाको मूर्ति ‘योगमाया’ बारे रोचक अनुसन्धानात्मक तथ्य उजागर गरिएको छ। ‘हामीकहाँ भएको त्यही मूर्तिका प्रतिलिपि नयाँदिल्लीको जनपथस्थित नेसनल म्युजियम र ग्वालियरमा पनि भेटिन्छ,’ ती स्थान पुग्दाको अनुभव सुनाउँदै जोशी भन्छन्,‘अब्बल कलाकारिता र लोक परम्परासमेत जोडिएको हाम्रो मूर्ति यहाँ महत्वहीन अवस्थामा राखिएको छ भने सामान्य अवस्थाका भारतमा रहेको त्यही मूर्तिले उता अत्यन्त महत्व र संरक्षण पाइरहेको छ।’ जोशीका अनुसार दिल्लीको म्युजियममा राखिएको मूर्तिको प्राप्ति स्थान अज्ञात भनिएको छ। ग्वालियरमा भने पथारीबाट ल्याइएको जनाइएको छ। त्यसमाथि उही मूर्तिलाई लिएर उनीहरूका र हाम्रा धारणा फरक छन्। त्यो पृथकता नै आफूले पुस्तकमा देखाउन खोजेको जोशी बताउँछन्।
नेपालमा मूर्तिसँगै त्यसको कथा पनि छ। जोशीका अनुसार कथाले नारद र लक्ष्मीको सम्बन्ध उल्लेख गर्छ। आफ्नो सौन्दर्य, अझ विशेष गरेर स्तनबाट मुग्ध नारदले घोरिएर हेरेको लक्ष्मीले देख्छिन्। त्यतिबेला नारदको मनोकांक्षा बुझेर लक्ष्मीले नारदलाई बालकको रूप धारण गर्न लगाई आफू भने योगमायाका रूपमा प्रकट हुन्छिन्। अनि तिनै दूधे बालकका रूपमा परिणत नारदलाई लक्ष्मीले मातृवास्यल्यसहित दुध चुसाउन थाल्छिन्। नेपालमा मूर्ति मात्र होइन, त्यससँग जोडिएको यस्तो कथासमेत प्रचलित छ भने भारतमा भेटिने मूर्तिमा केवल ‘माता और शिशु’ भनेर मूर्तिको परिचय टुंग्याइएको छ।
जोशीका अनुसार एघारौं शताब्दीताकाको नेपाली मूर्तिमा योगमायाको कटी र पाउलाई तालमानमा सन्तुलन गरी बारुले कम्मर र छड्के पाउलाई कलात्मक ढंगमा प्रस्तुत गरिएको छ। जबकि, ग्वालियरको मूर्तिमा साधारण तवरले पसारेर सोझ्याएका पाउ र भद्दा कम्मर देखिन्छ। नयाँदिल्लीको मूर्ति पनि उस्तै सामान्य देखिन्छ। बढी मात्रामा शृंगारसहित तयार पारिएको नेपाली मूर्तिमा कलाकारिताको अब्बल रूप देखिने जोशी बताउँछन्। यी सबै मूर्तिको पृष्ठभूमि र शैली एकै भए पनि भारत र नेपालमा ठूलो अन्तर देखिएको जोशीले पुस्तकमा उल्लेख गरेका छन्। यो मूर्ति मधेसका तत्कालीन शासक पाल सेनहरूको स्कुलका केन्द्रहरूबाटै विकास भएको अनुमान जोशीको छ।
जोशीको पुस्तकमा मुसलमानहरूको आक्रमणमा परेर खण्डित पारिएका काठमाडौं उपत्यकाका महत्वपूर्ण मूर्तिहरूको पनि चर्चा गरिएको छ। लामो अवधि लगाएर दस वर्षअघि नै तयार पारिएको यो पुस्तकलाई त्यसपछि पनि पाँचपटक त पुनर्लेखन नै गरिएको जोशी सुनाउछन्। पुस्तकको सुरुवात दोस्रो शताब्दीका मूर्तिको उल्लेखबाट हुन्छ। त्यो २०४९ सालमा मालीगाउँस्थित रामभक्त खड्काले निजी भवनको निम्ति जग खन्दाखन्दै फेला पारेका तत्कालीन राजा जय वर्माको प्रस्तर मूर्ति हो। पूर्ण कदको यो मूर्तिको पादपिठमा प्राचीन लिच्छवि लिपिमा राजा जय वर्मा सम्बत १०७ अभिलेख अंकित छ। पुरातत्वविदहरूले मूर्तिमा अंकित साललाई प्रचलित शक सम्बतअनुसार इश्वी सम्बतमा परिणत गर्दा सन् १८५ हुन आउँछ। छ फिट अग्लो मूर्ति अहिलेसम्म प्राप्त प्रस्तर मूर्तिहरूका क्रममा सबैभन्दा प्रामाणिक र आधिकारिक प्राचीन मूर्तिको गणनामा देखा परेको जोशीले उल्लेख गरेका छन्। उनका अनुसार हामीकहाँ भेटिएका यसभन्दा पछिल्ला मूर्ति देवीदेवताका हुने गरेकामा यो भने राजाको फेला परेको छ। अहिले यो मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ।
यसअघि पाँचौ शताब्दीको राजा मानदेवका पालाको विष्णुविक्रान्त वामनको प्रस्तर मूर्तिलाई नै सबैभन्दा प्राचीन ठहर गरिएको थियो।
‘यो विषयको गाम्भीर्यलाई ध्यानमा राखेर मैले हरेक कलाकृतिमा स्रोत सामग्रीमा उद्धृत अंश र टिप्पणीहरू उल्लेख गरेको छु,’ जोशी भन्छन्, ‘मभन्दा अघिल्ला लेखक अनुसन्धाताहरूको मतलाई अघि सारेरै त्यसमा आफ्ना भनाइहरू राखेको छु।’ पुस्तकमा कतिपय महत्वपूर्ण चित्र विदेशमा पुगेर फर्किएको सन्दर्भ पनि उल्लेख छ। त्यसमध्ये एक नेपालको सम्पदाका रूपमा रहेको गाताचित्र पनि हो। नेपाल सम्बत २१० मा निर्मित त्यो चित्र कुनै महत्वपूर्ण पाण्डुलिपिको गातामा अंकित कलाकृति हो। त्यो सन् २०१३ मा अमेरिकाको क्रिस्टी नामक संस्थाले एक लाख पचास हजार डलरमा लिलामीमा राखेको थियो। यो जानकारी पाएपछि त्यसलाई फर्काइयो।
जर्मनीका एक प्राध्यापकले फ्रान्सका एक व्यक्तिले उक्त चित्र लिलामीमा राखेको जानकारी नेपालमा दिएका थिए। त्यसको जानकारी इन्टरपोललाई दिएर परराष्ट्र मन्त्रालयमार्फत फर्काइएको र हाल राष्ट्रिय अभिलेखालयको स्वामित्वमा ल्याइएको तथ्य पनि पुस्तकमा छ। जोशीले ती सम्पूर्ण गाताचित्रका तस्बिरसमेत पुस्तकमा समेटेका छन्। यस्ता कतिपय सार्वजनिक जानकारीमा नआएका महत्वपूर्ण घटनाको उद्घाटन पनि यो पुस्तकले गर्ने जोशीको दाबी छ। बुक आर्ट नेपालले प्रकाशन गरेको यो पुस्तकको मूल्य १ हजार ५ सय रुपैयाँ राखिएको छ। ‘यो किताब तयारी गर्दा दौडधूप गर्नसक्ने अवस्थामा थिएँ,’ जोशीले भने, ‘अब उमेरले नै नदिने भइसक्यो, त्यसैले यो नै नेपाली पाठकलाई मेरो तर्फबाट अन्तिम उपहार हो।’

Post a Comment