स्थिर सरकार, कडा नियम कानुन र तीव्र आर्थिक विकासको पर्याय बनेर संसारलाई आफूतिर आकषिर्त गरिरहेको शक्तिराष्ट्र चीन अबका केही वर्षमा आफूलाई महाशक्तिराष्ट्रको उपाधि ग्रहणको लक्ष्यमा पुर्रुयाउँदैछ । सही राजनीतिले नेतृत्वसँगै मुलुकको निर्माणमा योगदान गर्न सक्छ भन्ने उदाहरण संसारलाई दिन सकेको चीनबाट राजनीतिक रुपमा के सिक्ने ? अब नेपालले चीनबाट सिक्नुपर्ने अवस्था आएको छ । सधैं पश्चिमा शक्तिराष्ट्रका नाममा युरोप र अमेरिकाबाट सिकेका हामीले तत्काल चीनबाट नसिक्दा के हुन्छ ? यी विषय नेपालभित्र बहसका विषय हुन् । चीन अबका केही वर्षमा महाशक्ति राष्ट्र बनेपछि स्वाभाविक रुपमा चीन संसारका सबैको सकारात्मक वा नकारात्मक लक्ष्य हुन्छ नै । चीनलाई लगाइएका निसानाले छिमेकीको हिसावले हामी प्रभावमा पर्ने निश्चित छ । त्यसको राजनीतिक वा अन्य हिसावको लाभहानीको हिस्सेदार नेपालीहरु हुनेछौं । संसारको एउटा केन्द्रको रुपमा जसरी महाशक्तिराष्ट्र अमेरिकालाई हेरिएको छ, अबको समयमा त्यो केन्द्र एशिया बन्नेछ र त्यो महाशक्तिको नेतृत्व चीनसँग हुनेछ । चीन, जापान, कोरिया लगायतका मुलुकहरु आर्थिक तथा सामरिक हिसावले पनि शक्तिराष्ट्रको परिचयका साथ रहनेछन् । चीनियाँ राजनीतिलाई आम जनताले कति सहज ढंगले लिएका छन् र त्यसको उनीहरुले कति लाभ लिएका छन् भन्ने स(साना कुराहरुबाट पनि बुझ्न सकिन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको कोही पनि व्यक्तिले भ्रष्टाचार गरेको खण्डमा, गलत आचरण बोकेको खण्डमा उसलाई दण्ड मात्र नभई मृत्युदण्ड नै सम्मका कानुनी व्यवस्था छन् । पार्टीको सदस्यता लिन विभिन्न व्यक्तिगत इच्छा, चाहना र आकांक्षाहरुबाट मुक्त हुनुपर्ने बाध्यात्मक व्यवस्था नै छ । जस्तै(कुनै निश्चित धर्म मान्ने व्यक्तिले सदस्यता पाउँदैन । किनकि चीन धर्म्निरपेक्ष राष्ट्र हो । राष्ट्रको नीति विपरीत हुने गरी न राज्यको जिम्मेवारीमा रहने व्यक्तिले काम गर्न पाउँछ न पार्टीको जिम्मेवार व्यक्तिले । यसबाट त्यहाँको राजनीतिप्रति आम मानिसको विश्वास छ । त्यो राजनेताप्रति आम मानिसको विश्वास छ । त्यहाँका नागरिकहरुले कम्युनिष्ट पार्टीको नेतृत्व भएकै कारण आफूहरु समृद्धिमा पुग्न सकेको विश्वास गर्छन् । उनीहरुले मत प्रदान गरेका आधारमा नेतृत्व चयन भएको पार्टीले नै सरकार बनाउँछ । दुनियाँमा एकदलीय व्यवस्था सरहको प्रभाव देखिइरहेको चीन बहुदलीय व्यवस्था भएको मुलुक हो । तर, जनताले सीपीसी अर्थात चिनियाँ कम्युनिष्ट पार्टीलाई नै सधैं मत दिने गर्छन् त्यो विश्वासका कारण सम्भव भएको हो । विकासमा चीनको नेतृत्व सबल छ । जनतालाई आवश्यक पर्ने आधारभूत आवश्यकतादेखि लिएर सम्पूर्ण विकासका पूर्वाधार लगायतको व्यवस्था राज्यले राज्यनियन्त्रित अर्थव्यवस्थाकै स्वरुपमा गरेको छ । निजी व्यवसाय तथा सम्पतिको पनि विकास गर्ने अधिकारसहित संरक्षणको व्यवस्था छ । कम्युनमार्फत गरिवी उन्मूलनको लक्ष्यअनुसार तीव्र गतिमा गरिवी उन्मूलन गरेर संसारलाई समाजवादी बाटोमा हिँडेको मुलुकले गर्नुपर्ने कामहरुको श्रृंखलावद्ध पाठ सिकाइरहेको छ । समाजवाद बोलीमा नभएर व्यवहारमै अनुभूति भइसकेपछि आम जनताका निराशा आफैं सफलतामा बदलिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सरकार तथा राज्यका निकाय सञ्चालनका नीति र तौरतरिका तथा पार्टी परिचालनको कौशलबाट अझ सिक्न जरुरी छ । विशेषतः मन्त्री, संसद तथा अन्य सरकारी निकायमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेर जानेहरुलाई दिइने जिम्मेवारी विशेषज्ञताका आधारमा दिइने र स्थिर राजनीति भएका कारण ती विशेषज्ञताबाट मुलुकले उपलब्धि पाउने अवस्था बन्नु चिनियाँ सफलताको अर्को सुत्र हो । यसबाट हामीले सिक्न जरुरी छ ।
जनतालाई आवश्यकता पर्ने सबै विषयको अध्ययन तथा अनुसन्धानका लागि पार्टीकै संयन्त्रको सोचमा राज्यको अंगको हैसियतमा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको स्थापना र तिनको परिचालनको सोच पनि मुलुक निर्माण र जनस्तर उकास्ने अर्को महत्वपूर्ण काम हो । नेपालमा पनि यस्ता विश्वविद्यालय तथा अध्ययन केन्द्रहरुका सोच अगाडि सारिए पनि अस्थिर राजनीतिका कारण सम्भव नभइरहेको अवस्था छ । विशेषतः आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणको आवश्यकता महसुस भएपछि गत वर्ष भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन ओली नेतृत्वको सरकारले ल्याएका सोच र सार्वजनिक गरिएका कार्यक्रमहरुको कार्यान्वयनका संयन्त्रहरु निर्माण गर्न सकिएको थियो भने यो अवस्थासम्म धेरै पविर्तनहरु हुन सक्ने थिए । हाम्रो देशमा गर्न नसकिएका यस्ता कामहरुबाट हामीले बेहोरेका ठक्करको चोट मेटाउने हो भने सफल भएका मोडलबाट राजनीति गर्न सिक्नुपर्छ ।
जनतालाई आवश्यकता पर्ने सबै विषयको अध्ययन तथा अनुसन्धानका लागि पार्टीकै संयन्त्रको सोचमा राज्यको अंगको हैसियतमा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको स्थापना र तिनको परिचालनको सोच पनि मुलुक निर्माण र जनस्तर उकास्ने अर्को महत्वपूर्ण काम हो । नेपालमा पनि यस्ता विश्वविद्यालय तथा अध्ययन केन्द्रहरुका सोच अगाडि सारिए पनि अस्थिर राजनीतिका कारण सम्भव नभइरहेको अवस्था छ । विशेषतः आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणको आवश्यकता महसुस भएपछि गत वर्ष भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन ओली नेतृत्वको सरकारले ल्याएका सोच र सार्वजनिक गरिएका कार्यक्रमहरुको कार्यान्वयनका संयन्त्रहरु निर्माण गर्न सकिएको थियो भने यो अवस्थासम्म धेरै पविर्तनहरु हुन सक्ने थिए । हाम्रो देशमा गर्न नसकिएका यस्ता कामहरुबाट हामीले बेहोरेका ठक्करको चोट मेटाउने हो भने सफल भएका मोडलबाट राजनीति गर्न सिक्नुपर्छ ।
हामीले छिमेकी भएका कारण मात्रै नभई सफलताका कोणबाट पनि चीनियाँ मोडल सिक्न जरुरी छ । चीन अध्ययनका क्रममा केही कम्युनहरुको व्यवस्थापन, आयोजना सञ्चालनको अवधारणा र पार्टीको परिचलन लगायतका विषयमा पनि स्थलगत अध्ययनको मौका मिलेको थियो । त्यसबेला विशेष गरी भूकम्पपश्चात पुनस्र्था्पित गरिएका नमूना वस्तीमा समेत कम्युनिष्ट पार्टीको सक्रिय परिचालन र योगदानको अनुभूति गरियो । भूकम्पकै बेला उद्धार र राहतका समयमा पार्टीको परिचालनको अनुपम नमूनासमेत त्यहाँको स्मारकमा देख्न सकिन्थ्यो । यसबाट पनि जनताको लेभलमा राजनीतिक पार्टी कसरी जानुपर्छ र कस्तो छाप बनाउनुपर्छ भन्ने सिक्न सकिन्छ । त्यसपछि पुनस्र्थापनाको चरणमा पुनस्र्था्पित वस्तीलाई व्यवस्थापन गर्ने कम्युन नै स्थानीय पार्टी कमिटी रहेको र त्यहाँको सरकारी तथा राजनीतिक नेतृत्वमा भएको समताबाट पनि पार्टीले गरेका काममा जनताको सन्तुष्टि र जनतासँग पार्टीको भावनात्मक सम्बन्धको उदाहरण लिन सकिन्छ । राजकीय जिम्मेवारी ग्रहण गरेपछि नेपाली राजनीतिक कार्यकर्ता तथा नेता भ्रष्ट हुनेखालको एउटा परम्परा नै बसिसकेको छ । एकपटक सत्ताको स्वाद भेट्टाएका राजनीतिक नेता कार्यकर्ता पार्टी्भित्र जुधेर भए पनि, धम्क्याएर वा घुक्र्याएर भए पनि सत्तामा जाने प्रयास गर्छन् । अझ कतिले पार्टी फुटाएरै भए पनि सत्ताको चास्नीमा रमाइरहनु जरुरी ठान्छन् । जसका कारण स्वच्छ ढंगले राजनीतिमा आउनेहरुप्रति समेत आम नेपाली समुदायले हेर्ने दृष्टिकोण बदलिन थालेको छ । यसकारण पनि नेपाली राजनीतिक क्षेत्रमा भएकाहरुले केही सुधारका प्रतिवद्धता राख्नैपर्छ । यस सन्दर्भमा चिनियाँ मोडल अनुकरणीय छ । राजनीतिक जिम्मेवारीमा भएका चिनियाँहरु स्थायी ढंगले सधै सरकारी जिम्मेवारीमा रहँदैनन् । पार्टीले नै त्यो नीति बनाएको छ । एकपटक सरकारी जिम्मेवारीमा भएको एउटा व्यक्तिले तोकिएको अवधि पार गरेपछि तुरुन्तै पार्टी जिम्मेवारीमा रहेर काम गर्नुपर्छ । पार्टी जिम्मेवारीमा भएको अर्को सक्षम व्यक्तिले सरकारी जिम्मेवारी ग्रहण गर्छ । यो सिक्न लायक पक्ष हो । राष्ट्र कति धनी छ भन्दा पनि जनता कति धनी र सुखी छन् भन्ने कोणबाट हेरेर हामीले चिनियाँ सफलताबाट सिक्न जरुरी छ । छिमेकमै भएको भारत पनि धनी छ । तर, मुकेश अम्वानी र उनकै पथमा हिँडेका धनाढ्यहरुको सम्पतिका भरमा लिइएको प्रति व्यक्ति आयबाट मूल्यांकन गरिएको छ । तर, चिनियाँ मोडलले जनताको लेभललाई लिएर त्यहाँको आर्थिक तथा सामाजिक र राजनीतिक सफलता बुझ्न सकिन्छ । नेपालले स्वाभाविक रुपमा चीन र भारतलाई तुलना गरेर नै आफ्नो देशको अर्थतन्त्र, समाज र राजनीतिको मोडल विकास गर्नुपर्छ । आफूलाई स्थापित गराउनुपर्छ ।
विशेषतः नेपाललाई राजनीतिक क्रान्ति पूरा गरेर विकासको चरणमा प्रवेश गरेको अवस्थाका रुपमा लिएर अवको राजनीतिक लक्ष्य निर्धारण गर्दा उल्लेखित सुधारका पक्षमा ध्यान दिन जरुरी छ । नेकपा एमालेले केही यस्ता विचारहरुलाई राजनीतिक क्रान्तिपछिको कार्यक्रमका रुपमा अगाडि सारेको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितका विकासका भिजनहरु सारेको अवस्थामा सम्झौता केन्द्रित राजनीतिको बाध्यताले प्रत्यक्ष कार्यकारीको एजेण्डालाई आउँदा निर्वाचनसम्म थाती राख्दै समाजिक सुधार र अग्रगतिका कार्यक्रमको कार्यान्वयनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा जनतामाझ संकेत भएकै छ ।अब एमालेले कस्तो कार्यक्रम ल्याउँछ भन्ने विषयमा आम नागरिक तहमा खेस्रा जसरी ९ महिने सरकारले सारेका कार्यक्रमहरुलाई योजनावद्ध रुपमा विकासको मोडल बनाउन सके नेपाली समृद्धि सन्निकट छ । कमसेकम ५ प्रतिशत थ्रेसहोल्ड राख्न सक्ने हो भने स्थिर सरकार बनाएर जनतालाई समृद्ध बनाउन सकिन्छ । सम्भावनामा आधारित विषयमा अध्ययन र अनुसन्धानका लागि विशेषज्ञहरुको नेतृत्वमा विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानहरुको स्थापना पनि सरकारी नीति कार्यान्वयनका लागि जरुरी हुन्छ । राज्यको नीति र योजना एक खालको हुँदै गर्दा त्यसलाई आम नागरिक तहमा लैजानेखालका सबै किसिमका संरचनागत व्यवस्था गर्न नसक्ने हो भने पार्टी र सरकारका योजनाहरु सफल नहुने भएकाले सरकार मात्र नभई अन्य खालका संरचनामा स्थिर नेतृत्वको अवधारणाका पक्षमा लाग्न जरुरी छ । (हालै चीन भ्रमण गरेर फर्केकी सुनिता एमाले निकट अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष हुन् )
Post a Comment