कसैले प्रभूलाई सुझाव दिएछ–‘नेपालमा केही काम गर्नु छ वा नेपालबाट केही लिनु छ भने पहिला एमाले भन्ने दललाई सत्तामा ल्याउनू।’ अहिले संविधान संशोधनको विषयमा उसको विमतिलाई मजाक गर्न यो कुरा आएको हुनुपर्छ । हुन पनि एमाले सत्तामा छ भने कोशीलाई सीमा नदी हो भन्नुस् ऊ चूप, तर सत्तामा छैन भने काशी पनि हाम्रै हो भन्न बेर लाउँदैन। सत्तामा छ भने दासढुङा हत्या हो कि दूर्घटना भनेर सोध्नुस् यो सोह्रैआना दूर्घटना हो भन्छ । सत्ताबाट झरेको भोलिपल्टै सोध्नुस् यो साम्राज्यवादी, विस्तारवादी शक्तिहरूले मच्चाएको कायर, बर्बर र निर्मम हत्याकाण्ड हो, जसको हामी अब भण्डाफोर गर्छौं भन्छ। भण्डाफोर गथ्र्याे पनि होला, तर यसो तयारी गर्दागर्दै फेरि उसलाई सत्तामा जानुपर्ने वाध्यता आइलाग्छ। विचराले नभ्याएरै हो नत्र भण्डाफोर गरेरै छाड्थ्यो। एमालेलाई कम्तिमा पाँच वर्ष सत्ता बाहिर राख्यो भने दासढुंगा काण्डको दूधको दूध पानीको पानी छुट्याउनेछ। नेपालको राजनीतिक बजारमा एकताका सुनिएको यो हल्लामा निकै दम छ। दासढुङालाई घोट्दा घोट्दा त्यसैको चन्दन लगाएर सत्तासीन हुने अवसर उसले धेरैपल्ट पायो । तर, सत्तासीन भएको भोलिपल्ट देखि नै कहाँ पर्छ दासढुङा ? यो उसको प्रतिप्रश्न हुन्थ्यो दासढुङा काण्डबारे सोध्नेलाई। अहिले त दासढुङा भनेको के हो भनेर नेतृत्वलाई सोध्नु भो भने ञदासहरूलाई हिर्काउने ढुङ्गा होझ भन्ने उत्तर आउँछ, यसमा कुनै सन्देह छैन। दासढुङाजस्तै टिंकर, टनकपुर, कालापानीका भर्याङहरू चढेर धेरैपल्ट ऊ सत्तासीन भो। ञकाँग्रेसले कोशी बेच्यो, गण्डकी बेच्यो अब देश बेच्छझ यस्तै यस्तै नाराले बर्षौँ सत्ताको तर मार्न पाइरह्यो एमालेले। पछि माओवादी आएपछि उसको कृयामा प्रतिकृया दिनु नै एमालेको एकमात्र उद्यम बन्यो। दासढुङा, टिंकर, टनकपुर, कालापानी, कोशी, गण्डकीजस्तै अब ‘सत्ताकब्जा’ को सूत्रले पनि एमालेलाई सत्तामा राम्रै हालीमुहालीको मौका दिलायो।
सत्तामा नहुँदा निदहराम हाम्रा सबै ठूला दलको हुन्छ । तर, एमालेको चाहिँ शतप्रतिशत नै निद हराम हुन्छ। अघिल्लो पटकको प्रदेश विभाजनमा ऊ सत्तामा विराजमान थियो, त्यसैले पहाडबाट मधेश अलग्ग पार्ने दुई नम्बर प्रदेशको निर्माण उसलाई स्वीकार्य भयो । र, स्वीकार्य भयो ६ वटालाई ७ वटा बनाउने प्रस्ताव पनि। अनि त्यसमा उसले घनघोर राष्ट्रियता देख्यो । तर, अहिले उ सत्ताबिना सिकिस्त छ, त्यसैले ऊ आन्दोलनमा जबर्जस्त छ। हुबहु त्यसरी नै सीमांकन गर्दा देश नै टुक्र्याइयो भन्दै आन्दोलनमा मस्त छ ।
एमालेलाई सरकारको साँचो दिनुस्, उसले त्यही संशोधनको प्रस्ताव मौलिक र राष्ट्रवादी भन्दै ल्याउनेछ र अहिलेको समस्या फू मन्तरका साथ समाधान हुनेछ। र, एकाएक फेरि राष्ट्रवादको मूल फूटेर आउनेछ। यसमा कुनै शंका छैन समस्या मात्र छ । समस्या कहाँनेर छ भने सत्तासीन दलहरू एमालेलाई सरकारको साँचो दिन तयारै छैनन् । बरू एमाले आन्दोलन गरिराखोस् भन्ने मनोदशामा छन्। आन्दोलनलाई वितण्डा भन्नु अनि एमालेलाई सरकारको साँचो दिने कुरै नकोट्याउनुले पनि ऊनीहरू वर्तमान समस्या समाधानमा गम्भीर छैनन् भन्ने पुष्टि हुँदैन र ?
यसरी समस्या समाधान गर्ने भन्दा एमालेलाई प्रतिपक्ष नै रहिरहन दिन वर्तमान सरकारको नियत देखिन्छ । यसो भयो भने देशभरका थोत्रा टायरजति सबै सकिनेछन्। पछि नयाँ टायरको पालो पनि नआउला भन्न सकिन्न, सग्ला इँटा र सग्ला रेलिङ्ग अनि सग्ला सवारी साधन भेट्न कठिन हुनेछ। नेपाली शब्दकोशमा गाली, अपशब्द र टुक्काको भण्डार बढ्नेछ। टाउकाका फूटबल खेलिनेछ, किनभने टाउकाको मोल तोक्ने फर्मूला पुरानो भैसक्यो। राम्रा पक्ष भन्दा नराम्रा पक्ष हावी हुनेछन्।
लगातार पाँच वर्षसम्म एमाले प्रतिपक्षको प्रतिपक्ष नै रह्यो भने त उसलाई गुगलमा खोज्नुपर्ने स्थिति नआउला भन्न सकिन्न। पाँच वर्ष भन्दा बढी यो समय लम्बिइरह्यो भने त गुगलले पनि तपाईंको खोज कुनै कागजातमा फेला परेनझ भन्दिन सक्छ। वास्तवमा सत्ता बाहिर एमाले आतिन्छ र सत्ताभित्र ऊ सामान्य हुन्छ र सुरक्षित महसुस गर्दछ। त्यसैले चाँडोभन्दा चाँडो एमालेलाई सत्ता हस्तान्तरण गरौं र उसलाई पनि बचाउँ र राष्ट्रलाई पनि बचाउँ।
अब एकछिन अहिलेको प्रदेश विखण्डनको समस्याबारे थोरै चर्चा गरौं। अहिले नयाँ प्रदेशले के–के विनाश गर्ने भो भनेर कतिपय मान्छेहरूमा खुशी छाएको छ। चित्रबहादुर केसी संघीयता सकियो भनेर मख्ख परिसके भने कमल थापा र खुमबहादुर दाइ पनि अब हिन्दू राज्य आउने भो भन्दै शायद मख्ख पर्दा हुन्। उदार तानाशाहको खोजी गरिरहेकाहरू पनि बहुदलीय व्यवस्था सिद्धिन्छ कि भनेर मख्ख पर्दा हुन्। राजतन्त्र व्यूँताएर गुमेको स्वर्ग हासिल गर्न तम्सेकाहरू पनि खुशी हुँदा हुन्। खुशी हुनु एउटा कुरो, खुशी हुनुको कारण यथार्थमा परिणत हुनु अर्को कुरो । जे भए पनि संघीयता नमज्जाले गिजोलिएकै हो । आफ्नो प्रेमीलाई धोका दिएर मन नपरेको केटोसंग समाजको जबर्जस्तीमा गरेको विहेजस्तो भो संघीयता नेपालका ठूला भनिएका दलहरूलाई । त्यसैले यिनीहरू त्यो केटोसँग छुटकारा पाउने उपायमा लागे ।
अनि कहिले अखण्ड सुदूरपश्चिम, कहिले अखण्ड लुम्बिनी, अखण्ड चितवन, अखण्ड चिसापानी गाविस, अखण्ड वडा नम्बर ९, अनि कहिले पाँच विकास क्षेत्रलाई पाँचवटा प्रदेश त कहिले १४ अञ्चलका १४ प्रदेश बनाउँ रे। अब त हुँदाहुँदा अस्ति भर्खर बनेको प्रदेश पनि अखण्ड रे! कहिले ‘बर्थ डे केक’ का आइडियाहरू । अनि कहिले ‘काँक्रा चिरे सिद्धान्त’ हरू प्रतिपादन गरिए । यी र यस्ता हर्कतहरू सबै संघीयता फेल गराउन आएका कपटी चाल हुन् भन्नेमा कुनै सन्देह नै छैन। कांग्रेस, एमाले र माओवादी तीनै बडे दलका बडेबडे नेताहरू यी र यस्ता कपटी चालमा समावेश थिए । र, अहिले पनि त्यसैमा व्यस्त छन् । एमाले त सिङ्गो दल नै यसमा सक्रिय छ ।
यस्ता कुटिल चालमा विचरा चित्र कामरेडको कुनै योगदानै छैन। सोझो कुरा गर्ने सोझा बुढा परे, सीधै ‘संघीयता चाहिन्न देश टुक्र्याउन पाइन्न’ भन्दिए। अर्थात् संघीयता फेल गराउने कुनै पनि कपटी चाल उनले चलेनन् । घुमाउरो कुरा नगरी जबर्जस्ती संघीयता स्वीकारेका दलहरूले वहाँले जसरी सीधै संघीयता चाहिन्न, देश टुक्र्याउन पाइन्न भनिदिएको भए बरू सही निकास पाउँथ्यो कि !
तर, समस्या कहाँनेर छ भने यसरी सीधै संघीयता अस्वीकार गर्दा एकातिर चित्रबहादुर केसीजीको हाइट बढ्न जान्छ अनि हामी वामपुड्के हुने हौँ कि भन्ने लघुताभाष छ भने अर्कोतिर आदिवासी, जनजाति र मधेसी जनताबाट तिरष्कृत होइएला कि भन्ने भय ठूला भनिएका दलहरूलाई छ । नेताहरूलाई छ । यी र यस्तै कुटिल कलाले संघीयता कथम् फेल नै भयो भने पनि त्यसको श्रेय चित्रबहादुरले होइन, एमालेले लिनेमा सन्देह छैन । र, अर्कोतिर संघीयता लागू भएर देशले एउटा लय समात्यो भने पनि त्यसको जस लिनमा एमाले नै सबैभन्दा अघि हुनेछ। यो कुरा उसको व्यवहारको ऐतिहासिक अध्ययनबाट सामान्यीकरण गर्न सकिन्छ ।
गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता इत्यादि एमालेले नचाहँदा नचाहँदै आएका चिज हुन् । तर, पनि यिनको जस लिने बेलामा उ सबैभन्दा अघि छ । २०७२ कात्तिकको नाकाबन्दीले जन्माएको कातिके राष्ट्रवादले आफ्नो राष्ट्रवादी सिद्धान्तको प्रयोग गर्दै मधेशको मानव साङ्लोलाई ञमाखे साङ्लोझ भनेको अस्ति भर्खरै हो। फेरि त्यस्तै हाइ भोल्टेज भएका मधेशी नेताले बुटवलको मानव सागरलाई ञमाखे सागरझ भने भने त्यसलाई कसरी बुझ्ने ? के नेपालमा अब मान्छे बस्नै छाडेका हुन् ? माखै माखा मात्र छन् यहाँ ?
हुन त नेपालमा त अब नेताको भन्दा माखाको मूल्य बढी हुन लागिसक्यो । किनभने नेताले देशमा सिस्टम बसाउन सकेनन् भने माखाले कम्तिमा इकोसिस्टम चलाउन त मद्दत गरिरहेका छन् । माखाहरूलाई सामाजिक सन्जालहरूमा गाली त गरेको देखिँदैन । अहिले कात्तिके राष्ट्रवादले खाँटी राष्ट्रवादलाई निलिरहेको छ जसरी राष्ट्रको पुरानो पार्टी नेपाली कांग्रेसमा चैते कांग्रेसीले निष्ठावान् काँग्रेसीलाई निलिरहेको छ । काङ्ग्रेस भनेको अराष्ट्रिय तत्व हो, वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू ०४६ चैतपछि रातारात खाँटी काङ्ग्रेस भए। तिनैलाई भनिन्छ चैते काङ्ग्रेसी ।
अनि २०७२ कात्तिकभन्दा अघि दिसा–पिशाब पनि दिल्लीलाई नसोधी नगर्नेहरू त्यसपछि भने रातारात राष्ट्रवादी भए । तिनैलाई भन्नुपर्छ कात्तिके राष्ट्रवादी। कटवाल काण्ड र पूजारी काण्डताका नेपालका लागि भारतका दुत सूद हुन् कि खड्ग खूद हुन् खुट्याउन कठिन थियो । तर, अहिले कात्तिके राष्ट्रवादको भूत चढेपछि सूदसँगको त्यो लम्पसारितालाई चटक्कै बिर्सेर रे माथि थोक सत्तोसरापमा उत्रिएको अवस्था छ । अर्को राष्ट्रवादी पक्ष अर्थात् नागरिक सर्बोच्चता र राष्ट्रिय स्वाधीनतावाला राष्ट्रवादी पक्षचाहिँ सूदसँगको कटूतालाई बिर्सेर रेसँग समागमरत छ । कात्तिके राष्टवादीहरूले माओवादी जति राष्ट्रवादी हुन् अझै बाँकी नै छ किनकि दूतमाथि जुत्ता प्रहारको चरण पूरा गरेकै छैनन्। शायद त्यसपछि नै कात्तिके राष्ट्रवादको उत्कर्ष हुनेछ।
खासमा नाकाबन्दीपछि राष्ट्रवादी बन्नुपर्ने नेपाली कांग्रेसले हो, किनभने नाकाबन्दी त उसले सरकारको नेतृत्व गरेको समयमा शुरू भएको थियो। यथार्थमा उसलाई अप्ठेरोमा पार्न लगाइएको थियो तर, उ बनेन । किनभने उसले धेरैपटक यस्तो सिजनल राष्टवादी बन्ने असफल प्रयास गरिसकेको हो विगतमा। वीपी कोइरालाले भारतलाई थुप्रै गाली गरेका छन्। यी गाली जेल जर्नलमा लिपीवद्ध छन्। वीपीका यी गाली साँचा थिए। केपी–पीकेको जस्तो ञबाहिर बाहिर गाली, भित्रभित्र निष्ठाको हलालीझ थिएन। वीपीको राष्ट्रिय मेलमिलापको नीति भारतसँगको द्वन्द्वको उत्कर्ष थियो । भारतको विरोध नै मात्र राष्ट्रवाद हो भने शायद नेपाली कांग्रेसको अहिलेसम्मको सबैभन्दा ठूलो राष्ट्रवादी अभ्यास यो नै हो ।

Post a Comment