गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ ले पोखराको विकास निर्माणमा चासो देखाएको छ । कांग्रेस क्षेत्रीय समितिले विशेषगरि पोखरा–१७ र निर्मलपोखरी जोड्ने पुल मर्मत, महेन्द्रपुलको साँघुमुखबाट फूलवारी जोड्न झोलुङ्गे पुल निर्माणका साथै उक्त स्थानमै पार्क निर्माणमा चासो देखाएको छ । पोखरा–१७ दोविल्लामा रहेको पोखरा र निर्मलपोखरी जोड्ने पुल गतवर्षको बाढीका कारण जोखिमयुक्त बनेको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले उक्त पुल तत्काल मर्मत गर्न आग्रह गरेको छ । साथै उक्त जोखिमयुक्त स्थानमा बसोबास गर्दै गरेका स्थानीयप्रति पनि ध्यान पु¥याउन समेत समितिले आग्रह गरेको छ ।
यस्तै पोखराको महेन्द्रपुल साँघुमुख–फूलवारी जोड्ने झोलुङ्गेपुल अति आवश्यक तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले उक्त स्थानमा तत्काल पुल निर्माण गर्न माग गरेको छ । यसैगरी कांग्रेस क्षेत्रीय समितिले पोखराको पृथ्वीचोकस्थित चाइनापुलको दुवैतर्फ मानिस आवत–जावत गर्न मिल्ने वैकल्पिक पुल निर्माण गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समितिका सचिव दीपेन्द्र मर्सानीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उक्त कार्यका लागि क्षेत्रीय समितिका सचिव दीपेन्द्र मर्सानी नेतृत्वको टोलीले जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र पोखरा उप–महानगरपालिका कार्यालयमा पुगेर पहल गरेको छ । क्षेत्रीय सचिव मर्सानीको नेतृत्वमा विभिन्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन जानेहरुमा सांसद वृन्दा राना, क्षेत्रीय उपसभापति ध्रुव रायमाझी, नेपाली कांग्रेस पोखरा–१७ का वडा सभापति देवी आचार्य, वडा नं. ९ का वडा सभापति उमाकुमारी ठकुरी, नेविसंघ कास्कीका सचिव विक्रमादित्य सिंह गिरीका साथै पोखरा–१७, दोविल्ला र पोखरा–९ का अग्रज स्थानीय सहभागी थिए । उक्त अवसरमा बोल्दै सांसद वृन्दा रानाले विकास निर्माणमा आफ्नो सक्दो सहयोग रहने भन्दै यी योजनाहरुलाई सम्बन्धित निकायमा यथाशीघ्र पु¥याउने प्रतिवद्धता जनाइन । कांग्रेस क्षेत्रीय सचिव एवं ध्यानाकर्षण कार्यक्रम संयोजक दीपेन्द्र मर्सानीले आफूहरुले अघि सारेका योजनाको काम सम्पन्न नहुँदासम्म सम्बन्धित निकायमा ध्यानाकर्षण एवं पहल गरिरहने बताए ।

Post a Comment