गोल्डेन न्यूज संवाददातार
पोखरामा मंसिरको तेस्रो साताबाट पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले मेलाको तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिएको छ। मंसिर २३ गतेदेखि पुसको ४ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनीस्थलमा मेला हुनेछ । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा मेलाले सघाउने संघका अध्यक्ष विश्वशंकर पालिखेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ नाराका साथ आयोजित मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा समर्पित रहने अध्यक्ष पालिखेले जानकारी दिए। मेलामा पिसिसिआई गायन तारा–२०७३, लोकदोहोरी, फेसन सो, बडि बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, स्थापित हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएका छन् । यो पटकको मेलामा समावेश गरिएको पिसिसिआई गायन तारामा प्रथम हुनेले १ लाख र द्वितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा नेपाल पर्यटन वोर्डसँगको सहयोग तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा संघले मेला सुरु हुनुभन्दा एक दिन अगावै अर्थात मंसिर २२ गते ‘पश्चिमाञ्चल क्षेत्रको पर्यटन विकासका सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा स्टलहरु सहित २ सय ९५ वटा स्टल रहने छन् । तीमध्ये रेष्टुरेष्ट १३, अटो ५३, मेड इन नेपालमा १०, ,कृषि र हस्तकलामा २५ वटा फ्लोरिकल्चरमा ४ र ११२ वटा साधारण स्टल रहने छन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने तथा मेलाका ६० प्रतिशत स्टलहरु बुकिङ भइसकेको महासचिव दामु अधिकारीले जानकारी दिए । मेला आयोजनाबाट बचत भएको रकम पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने र विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिइने भएको छ । मेलाको अवसरमा आउने आन्तरिक पाहुनालाई लक्षित गरी पोखरा बसाईमा २५ प्रतिशत छुट तथा विभिन्न पर्यटकीय गतिविधिमा समेत आकर्षक छुटको व्यवस्था गरिएको अध्यक्ष पालिखेले बताए । पश्चिमाञ्चल होटल संघसँगको सहकार्यमा आवासमा छुटको व्यवस्था गरिएको हो ।
Post a Comment