जेनेप टुफेकी
केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा अत्यन्तै धेरै फैलिएको एक समाचारको शीर्षक थियो – प्रभावशाली धार्मिक गुरु पोप फ्रान्सिसले अमेरिकी चुनावमा रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पलाई समर्थन गरे। चुनावको मुखमा झन्डै १० लाख पटक सेयर भएको उक्त समाचार पढेर ट्रम्पका समर्थक निकै उत्साहित भएको अन्दाज गर्न सकिन्छ। अर्की उम्मेद्वार हिलारी क्लिन्टनप्रति धेरै मतदाताहरु त्यो बेला रुष्ट भए जब चुनावको केही दिनअघि मात्र उनीहरूले डेनभर गार्जियनमा प्रकाशित अर्को समाचार पढे। सो समाचारमा लेखिएको थियो– क्लिन्टनको इमेल प्रकरणसम्बन्धी अनुसन्धान बाहिर चुहाएको आशंका गरिएका एफबीआईका एक एजेन्टले आत्महत्या गरे। फेसबुकमा सेयर गरिएका दुबै समाचारमा एउटै समस्या थियो– दुबै ‘फेक न्युज’ अर्थात् झुठा समाचार थिए। धार्मिक गुरु पोप फ्रान्सिस शरणार्थी अधिकारका हिमायती हुन र उनले अमेरिकी चुनावमा कुनै पनि उमेद्वारलाई समर्थन गरेका थिएनन्। न त अमेरिकामा कतै डेनभर गार्जियन नामको पत्रिका नै छ। तर फेसबुकका कारण सम्भवतः लाखौं मानिसले दुबै समाचार पढे र सेयर गरे। दुबै समाचार गलत हुन् भन्ने कुरा पनि फेसबुकमा नलेखिएको होइन, तर ‘करेक्सन’ गरिएका टिप्पणीहरू यी समाचारले फैलाएको कोलाहलमा त्यसै बिलाए।
उल्लेखित दुई झुठा समाचारको कथा सामाजिक सञ्जालमा अपवाद होइन। गत वर्ष हजारौंको संख्यामा झुठा समाचार सेयर भएको भेटिएको थियो। अनुसन्धानअनुसार ४४ प्रतिशत अमेरिकी मतदाताले समाचार पढ्नका लागि फेसबुक प्रयोग गर्छन्।
तर अत्यन्तै सानो संख्यामा सेयर हुने ‘फेक न्युज’ ले अमेरिकी चुनाव प्रभावित गर्यो भन्नु ‘क्रेजी आइडिया’ भएको भन्दै फेसबुकका संस्थापक मार्क जुकरवर्गले त्यसको प्रतिवाद गरे। जुकरवर्ग गलत छन्। मानिसका निर्णय प्रक्रियामा फेसबुकले अत्यन्तै न्यून प्रभाव पार्ने जिकिर गरेर जुकरवर्गले संसार र अमेरिकी प्रजातन्त्रमाथि प्रहार गर्दैछन्। उनको तर्क त फेसबुक आफंैले गरेको अनुसन्धानको नतिजासँग पनि मेल खाँदैन। सन् २०१० मा अमेरिकी मध्यावधि चुनाव (राष्ट्रपति निर्वाचन पश्चात निश्चित संख्यामा सिनेट र तल्लो सदनका लागि हुने चुनाव) भन्दाअघि ६ करोड १० लाख अमेरिकी फेसबुक प्रयोगकर्ता माझ अनुसन्धान गरिएको थियो। प्रयोगकर्तालाई दुई समूहमा बाँडियो। फेसबुकमा एउटा समूहलाई ‘मत दिनुस्’ भन्ने बक्स मात्र देखाइयो जसमा क्लिक गरेर मत दिन सकिन्थ्यो।
अर्को समूहलाई पनि त्यसैगरी ‘मत दिनुस्’ भन्ने बक्स लेखियो, तर त्यसमा तपाईंका कुन कुन फेसबुक मित्रले मत दिइसके भनेर उनीहरुको फोटो पनि देखाइएको थियो। दोश्रो समूहले अत्यन्त धेरै मत बटुल्न सफल भयो। त्यसको अर्थ हो–आफ्ना फेसबुक मित्रले गरेको निर्णयलाई तपाईं पत्याउनु र पछ्याउनु हुन्छ। सन् २०१२ मा नै फेसबुकका अनुसन्धानकर्ताले अर्को अनुसन्धान गरेका थिए। केही फेसबुक प्रयोगकर्तालाई सकारात्मक पोष्ट देखाइयो र केहीलाई अलिकति निराशाजनक पोष्ट देखाइयो। सकारात्मक पोष्ट पढ्नेले झनै सकारात्मक र उत्साहित हुने किसिमका कुरा पोष्ट गरे भने निराशाजनक कुरा पढ्नेले पनि निराशाजनक कुरा नै पोष्ट गरे।
दशकौंदेखि गरिएको अनुसन्धानले एउटै कुरा भन्छ – मानिस आफ्ना समकक्षी र सामाजिक सञ्जालबाट प्रभावित हुन्छन्। समाजमा सूचना फैलावटको प्रमुख वाहक बनेको फेसबुकले मानिसको निर्णयमा कुनै प्रभाव पार्दैन भन्ने जुकरवर्गको दावीलाई अनुसन्धानका नतिजाले हाँस्यास्पद देखाएको छ। राजनीतिक भाष्यमा फेसबुकको प्रभाव भ्रामक समाचारलाई व्यापक बनाउनमा मात्र सीमित छैन। फेसबुक ‘इको च्याम्बर’ (प्रतिध्वनि कक्ष) पनि हो। उक्त कम्पनीको ‘अलोगरिदम’ (एक किसिमको सफ्टवेयर)ले तपाईंको फेसबुक पेजमा कुन कुरा देखाउने र कुन कुरा हटाउने वा कुन कुरालाई बढी प्राथमिकता दिने र कुन कुरालाई कम प्राथमिकता दिने भनेर निर्णय गर्छ। त्यसलाई मानवीय स्वभावको सन्दर्भमा हेरौं– समान विचार राख्ने मानिस निकट हुने मात्र होइन उनीहरू आफ्ना पूर्वाग्रहसँग मिल्ने समाचारको निरन्तर खोजीमा हुन्छन्। फेसबुकले गर्ने ठ्याक्कै त्यही कुरा हो। प्रयोगकर्ताले कस्ता किसिमका कुरा रुचाएर हेर्छन् वा पढ्छन् भनेर फेसबुकको अलोगरिदमले गणना गर्छ र त्यस्तै किसिमका पोष्ट प्रयोगकर्ताकर्ताको टाइमलाइनमा पठाइदिन्छ।
मेरो आफ्नै अनुभूति पनि त्यस्तै छ। मेरा धेरै अमेरिकी साथी नरम किसिमका डेमोक्र्याट छन् तर केही ट्रम्पका समर्थक पनि छन्। ट्रम्पलाई समर्थन गर्ने मेरा साथीका फेसबुक पोष्टमा के छ भनेर खोज्न मैले केही समय नै खर्चनु प¥यो किनकि फेसबुकको अलोगरिदमले उनीहरूको पोष्ट मेरो टाइमलाइनमा देखाएन। अलोगरिदमले ठान्यो– ट्रम्प समर्थकका कुरामा मलाई चासो छैन।
अलोगरिदमको प्रयोग गर्दा फेसबुकलाई आर्थिक रूपले निकै फाइदा हुन्छ। त्यसैकारणले त सित्तैमा भिडियो हेर्न सकिने युट्युबले पनि त्यस्तै किसिमको प्रणाली अपनाएको छ।
तपाईंले कस्ता किसिमका भिडियो हेर्ने गर्नुभएको छ त्यसलाई युट्युबको प्रणालीले नियाल्छ र त्यस्तै प्रकृतिका अन्य भिडियो हेर्न तपाईंलाई सिफारिस गर्छ। बजफिड न्युजका अनुसार युरोपको मेसेडोनियाका केही युवाले फेक समाचार राखेर १०० भन्दा बढी ट्रम्प पक्षीय वेबसाइट सञ्चालन गरेका थिए। अज्ञात एफबीआई स्रोतलाई उद्धृत गर्दै क्लिन्टनलाई इमेल प्रकरणमा कानुनी कारबाही गरिने भनेर उनीहरूले फेसबुकमा राखेको समाचार १ लाख ४० हजार भन्दा धेरैले सेयर गरे भने त्यसलाई सम्भवतः दसौं लाखले पढे।
अवश्य पनि फेक न्युजले मात्र कुनै चुनावी नतिजाको परिणाम निर्धा्रित गर्दैन। मानिसले अनेकौं कारणले निश्चित उमेद्वारलाई मत दिन्छन्। तर उनीहरूले कस्तो सूचना प्राप्त गर्छन् भन्ने कुराले मतदान निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ। अमेरिकी चुनावको नतिजा आएपछि फेक न्युजका सम्बन्धमा जुकरवर्गले दाबी गरे – ‘फेक न्युज’ दुबै पक्षले प्रयोग गरेका हुन्। सही हो कि सामाजिक सञ्जालमा ट्रम्प विरोधी गलत समाचार पनि छरिएका थिए। तर फेक न्युज सेयर रिपब्लिकन, त्यसमध्ये पनि दक्षिणपन्थी रिपब्लिकनले अत्यन्त धेरै प्रयोग गरेको फेला परेको छ।
फेक न्युजमा दक्षिणपन्थीको अत्यन्त धेरै चासो हुन्छ भन्ने कुरा मेसोडेनियाका युवाले पनि बुझे। उनीहरुले लेफ्ट अथवा बर्नी स्याण्डर्स पक्षीय फेक न्युज बनाएर नै आफ्नो धन्दा सुरु गरेका थिए। तर उनीहरूले चाँडै बुझे, जति ट्रम्प पक्षीय फेक समाचार सेयर हुन्छ त्यति सेयर स्याण्डर्स पक्षीय फेक समाचार बनाएर हुँदैन। अनि जति धेरै सेयर हुन्छ, उति धेरै फाइदा हुन्छ।
एकछिनका लागि मानौं, फेक न्युजको प्रयोग दुबै पक्षले बराबर नै गरे भन्ने जुकरवर्गको दाबी नै सही छ। तर त्योचाहिँ समस्याग्रस्त भएन र? फेसबुकमा गलत समाचार तथा सूचना कसरी फैलन्छ, कति फैलन्छ, त्यो कसले लेख्छ, कसले पढ्छ र त्यसले कति प्रभाव पार्छ भन्ने तथ्यांक फेसबुक कम्पनीसँग मात्र छ। तर दुर्भाग्य,फेसबुकले उक्त तथ्यांकलाई पूर्ण नियन्त्रण राखेको छ, उसले स्वतन्त्र अनुसन्धानकर्ता लाई त्यसमा पहुँच दिँदैन। उसको व्यवहार भनेको हानिकारक चुरोट उत्पादन गर्ने कम्पनीले मानिसका स्वास्थ्यसम्बन्धी तथ्य तथा अस्पतालका सारा रेकर्ड आफ्नो नियन्त्रणमा लिनु जस्तै हो।
माथि उल्लेख गरेका समस्याको सामाधान सहज छैन। तर फेसबुकलाई समाजका निम्ति कम हानिकारक बनाउन जुकरवर्गले धेरै कुरा गर्न सक्छन्। जब फेसबुकले प्रयोगकर्ताको बक्समा अनावश्यक सन्देशको मात्रा घटाउन चाह्यो तब उसको नीति सफल पनि भयो। ‘स्पाम मेसेज’ को संख्या घट्यो। फेक समाचारको फैलावट घटाउन फेसबुकले त्यस्तै प्रकारको उत्साह देखाउने हो भने ऊ सफल पनि हुन सक्छ। तर फेसबुक कम्पनी गलत दिशामा जाँदैछ। आफ्नो ‘ट्रेन्डिङ सेक्सन’बाट फेक समाचार हटाउने काममा खटिएका केही सीमित सम्पादकलाई समेत उसले केही समयअघि मात्र जागिरबाट हटाएको थियो। आश्चर्य छैन, फेसबुकको उक्त ‘सेक्सन’मा झुठा लेखको बाढी नै आयो। दुःखको कुरा त फेसबुकसँग विश्वसनीय वेबसाइटलाई चिनाउने कुनै राम्रो माध्यम नै छैन। फेसबुकका लागि अस्तित्व नै नरहेको डेनभर गार्जियन र वास्तविक पत्रिका डेनभर पोष्टबीच कुनै फरक छैन। गलत प्रोपोगाण्डा हटाउने बाहेक फेसबुकले आफ्नो अलोगरिदमलाई परिवर्तन गरेर प्रयोगकर्ताको पूर्वाग्रहलाई अझ सशक्त बनाउनेभन्दा पनि तथ्यमा आधारित लेख प्रवद्र्धन गर्न सक्छ। त्यस्तो गर्नु पक्कै पनि गाह्रो काम होला। तर सिलिकन भ्यालीका अर्वपतिले मंगल ग्रहमा मानव बस्ती बसाल्नुअघि आफैंले सिर्जना गरेको उक्त समस्याको सामाधान गर्नु बुद्धिमानी हुन्छ।
फेसबुक कम्पनीले समस्या बुझ्न र सामाधान गर्नका लागि स्वतन्त्र अनुसन्धानकर्तालाई आफ्नो तथ्यांकमा पहुँच दिनुपर्छ। सन्तुलित ‘न्युजफिड’ बनाउने हो भने मानिसले फेसबुकलाई कम प्रयोग गर्लान्, तर ३०० अर्ब डलरभन्दा बढी बजार पुँजी तथा कुनै प्रतिद्वन्द्वी नभएको कम्पनीलाई त्यति काम गर्न गाह्रो नहुनु पर्ने हो। इन्टरनेटमा हुने गलत सूचनाको प्रवाह तथा फैलावट समाजका लागि अत्यन्तै हानिकारक हुन्छ। फेसबुकको वर्तमान संरचनाबाट देखिएको खतरा अमेरिकी समाजमा मात्र सीमित छैन। रोक्ने र सन्तुलन गर्ने निकाय नभएका, कमजोर संस्था भएका र स्वतन्त्र सञ्चारमाध्यम नभएका राज्यमा फेसबुकको असर दुर्घटनात्मक पनि हुन सक्छ। उदाहरणका लागि फेसबुकमा फैलिएको गलत सूचनाले म्यान्मारमा जातीय नरसंहार र ठूलो शरणार्थी समस्या सिर्जना गरेको थियो।
फेसबुकले आफूलाई तटस्थ रहेको दाबी गर्ला, तर त्यस्तो दाबी गलत र खतरनाक छ। उसका बिजनेस मोडेल, अलोगरिदम र नीतिले फेसबुकलाई ‘इको च्याम्बर्स’ बनाएको छ र गलत सूचनालाई फैलाएको छ। त्यसैलाई निरन्तरता दिनु भनेको तटस्थ रहनु होइन, त्यसले संसारलाई प्रभावित गर्ने खतरनाक प्रवृत्तिलाई बढावा मात्र दिन्छ। याद रहोस्, भोलि इतिहासका पुस्तकमा फेसबुक बारे चर्चा गर्दा सायद उसको चौमासिक आम्दानीका बारेमा चर्चा हुनेछैन।

Post a Comment