0
विश्वको सर्वोच्च शिखर सगरमाथा र सगरमाथाको देश नेपाल भनेर अन्तर्राष्ट्रिय जगतमा चिनिएको ख्यातिप्रप्त राष्ट्र नेपाल, अनि माछापुच्छे«को काखमा अवस्थित सुन्दर शहर पोखरा र काखमा बसीरहेको फेवाताल वास्तवमा मनमोहक र लोभलाग्दो नै छ । तर, सेती नदीमा बाँध बाँधी पोखराको कृषियोग्य जमिनलाई सिंचाई गर्ने सन्दर्भमा विभिन्न ठाउँ, ठाउँहरुमा शाखा, प्रशाखा र साना साना नहरहरु मार्फत पानी वितरण भैरहेको छ । खतराको दृष्टिकोणले तिनै नहरहरु भएको स्थानहरुमा स्ल्यापको व्यवस्था गरी ढाकछोप गरिएको छ । फेवातालको वातावरण र फोहोर, दुर्गन्ध हटाउन तथा सफा राख्ने क्रममा शहरका विभिन्न संघ, संस्था, टोल, आमा समूह, युवा क्लव, लायन्स क्लव, सेना, सशस्त्र प्रहरी, प्रहरी, प्रशासन लगायत पोखरेली बासीहरु सफा गर्ने र फोहोर हटाउने कार्यमा व्यस्त देखिन्छन् । प्रायः सबै नहरहरु फिर्के खोलामा मिसिई त्यहाँबाट तालमा अवतरण हुन पुग्छन् ।
कोही कसैलाई पनि नाङ्गेझार नबनाउनु, डिलमा पु¥याउनु तर नधकेल्न, यो पंक्तिकारको कर्तव्य हो । तालमा भैंसी नुहाउने, कपडाहरु धुने, सवारी साधनहरु सफा गर्ने, अनि घरघरका फोहोरका नालीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यहाँ नै पु¥याउने, एकातिर कोही सरसफाई कार्यमा व्यस्त छन् भे कोही सम्बरस्वाँठहरु विपरित कार्य गरिरहेका छन् । त्यति मात्र नभई नाम नामेसी प्रयोग नगरिहालौं, चोरको खुट्टा काट भन्ने आदेश भएपछि चोरले खुट्टा उचाले झैं गरी कसुरदारहरुले आफ्नो अनैतिक कर्तुतको स्मरण गरिहाल्छ । यो पंक्तिकार काम र कारणवश उक्त स्थानहरुमा पुग्दा आफूहरुलाई पायक पर्ने गरी नहरहरुमा लगाइएको स्ल्याप माथि प्वाल पारी वा थोरै अन्यत्र सारी आफ्नो घरको र मासु पसलेहरुले बिक्री गर्न नमिल्ने सबै खालका फोहोर आन्द्राभुँडी तथा अन्य फोहोर, मैला लाजै नमानिकन त्यही नहरमा फाली तालमा पु¥याउने कार्य गरेको दृश्य देख्न, हेर्न पायो । बाटो बाटोमा छाडा चौपाया छोड्ने, भुस्याहा, लुते कुकुर पालनपोषण गरी मालिक हौं भनि रवाफ देखाउनेहरुले सुरक्षाको दृष्टिकोणले पाल्नु स्वभाविकै हो, तर, पालिसकेपछि उचित रेखदेख, स्याहारसुसार, सम्भार गर्न पर्यो नि त । उचित स्थानमा दिसा, पिसाब गराउनु प¥यो । दिनभर बाटोमा छोडेर बाटोमा हिड्नेहरुलाई पनि दुःख दिने, कता टोकी हाल्छ कि भन्ने त्रास, टोकी हाल्यो भने जिम्मेवारी को ? अन्तिम समयमा ति कुकुर पाल्नेहरुले खै हाम्रो त होइन भनि जिम्मेवारबाट पन्छिन पनि खोज्छन् । यस्ता मानव भएर नर पशु स्वभाव भएकाहरु र मालिकको धाक देखाई कुकुरको भन्दा पनि निच व्यवहार गर्ने र त्यस्तै त्यस्तै स्वभाव भएकाहरुको कुन शब्दले प्रस्तुत होउँ र भै हाल्यो बढी कोट्यायो भने आफै आएको ठाउँ देखिन्छ रे ।
टोल सुधारको नाउँमा बहाना बनाई सिधा सोझा टोलबासीहरुसँग कस्को सहमतिले वा कुन निकायको आदेश लिई स्वीकृत गराई वार्षिक रुपमा कर असुल गरिन्छ र अनि त्यो प्राप्त रकमको हिसाब, किताब पनि राखिएकै होला नि । बाटो मर्मत, विजुलीको लािग लिइएको भए त बत्ती त चाडपर्व (प्रत्येक बडा दशैं) मा नगरपालिकाबाट प्रदान भैरहेको छ, बाटो मर्मतको सन्दर्भमा कुरा गर्दा पूर्व समितिको निर्णयलाई कित कार्यान्वयन गर्न पर्यो वा कार्यान्वयन गर्न नसक्ने अवस्था भएमा सोको औचित्य पेश गरी चालु समितिले सहमतिको आधारमा खारेज गर्न पर्यो नि । तब मात्र अरु बाँकी कुराहरु अगाडि बढ्दै जान्छन् । आफूले रकम तिर्न पर्दा बेठिक हुने, दाँतबाट पसिना आउने अनि अरुहरुसँग आँखोमा छारो हाली रकम लिन स्वाद पर्ने, आफ्नो आङ्मा भैंसी हिडेको नदेख्ने, अरुहरुको शरीरमा जुम्रा हिडेको देख्ने । यस्ता माइकलालहरु कानुन मुखमा र हातमा लिएकासँग खुलेर वार्ता गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान नभएमा सम्बन्धित निकायमा गुहार माग्न तैयार छौं । अनि समितिको निर्णयलाई उल्लंघन गरेमा वा नमानेमा नगरपालिका, सरकारी कार्यालयहरु तथा अन्य गैर सरकारी संस्था वा कार्यालवयबाट गरिनु पर्ने र हुने कार्य समपूर्ण रोक्का गर्छौ भनि हाँक दिनेहरुसँग हामी पनि मुकाविला गर्न तयार छौं । के तिनीहरुको मुखमा कानुन छ हँ ? अनि हाम्रो हातमा दही जमाएको छ कि मुखमा केरा कोचिएको छ ? आफ्नो अस्तित्व र स्वभिमानलाई जायज कुरामा र कानुनको पालना गर्ने सिलसिलामा बचाउन हामीलाई पनि थाहा छ । तर नाजायज कुरामा धम्की, त्रास देखाएर “हम ठगे सारा दिल्ली हमको ठगे घरका विल्ली” कि, कतै यसोगर्न खोजिएको त होइन ? हो भने कानुनको पालना गरेर सतर्कता अपनाएर आफ्नो पद र मर्यादा भित्र रहेर सम्मानजनक र सामाजिक कार्य गरे राम्रै हुन्छ । दानव होइन मानव भएर सामाजिक प्राणी भै बाँच्न सिक ।
उपरोक्त प्रसंगहरुमा सम्बन्धित निकाय पोखरा उपमहानगरपालिका, टोल विकास संस्था, नगर समन्वय समितिका अध्यक्षको अविलम्ब ध्यान पुगोस् र यस्ता दुष्कार्यहरु गर्नबाट रोक लगाइयोस् भन्ने तर्फ आग्रह गर्न र ध्यान पुगोस् भन्न चाहन्छु । अन्यथा यस्ता कार्यहरुको रोकथाम सम्बन्धित निकायबाट गर्न ढिलाई भएमा बैदाम क्षेत्रको त व्यापार, व्यवसाय नै धरापमा पुग्न जान्छ र पर्यटकीय हिसाबले नै चिनिएको पोखराको अस्तित्व नै मेटिन सक्ने र फेवातालमा डुङ्गाको सहाराविना नै तालमा पैदल वारीपारी आवतजावत गर्न सकिने स्थितिको अवस्था पैदा हुन्छ ।
अब जाँदाजाँदै प्रसंग थोरै बदलौं । हुन त यो पनि त्यस्तै त्यस्तै फोहोरी खेल हो । सहकारीको रुपमा स्थापना भएका कतिपय सहकारीहरुमा भएको धाँधली र अप्रत्यक्ष रुपमा ढाँटी, छली गरिएका कुकर्महरु पनि कम निन्दनीय छैनन् । विभिन्न किसिमका नक्कली र किर्ते कागजातहरु खडा गरी शैक्षिक भ्रमण, सहकारी भ्रमण, यस्तै यस्तै शीर्षकहरुमा खर्च देखाई वनावटी हिसाबकिताब राखी सरकारलाई तिर्नुपर्ने राजश्व रकम छल्न र सहकारीलाई घाटामा पु¥याउने ध्येय राखी शेयर सदस्यहरुलाई नाफा (बोनस) बाँड्न भनि कुकुर खाताको संज्ञा दिई त्यस्तो खातामा जम्मा गरेको रकम खानेलाई के भन्नु पर्ला नि ? बोनस खाने र बाँड्न पल्केका दुधको छाली (तहर) खान र खुवाउन लम्पट काला ढाडे बिरालो स्वभाव भएका साधुरुपी भेष धारण गरेका पदासिन व्यक्तिहरुबाट नै यसरी अप्रत्यक्षरुपमा भ्रष्टाचार गरेको देखिन्छ। किन यसो गरी गरी बोनस खान प¥यो । सही, यथार्थ र पारदर्शी हिसाबकिताब राखेर स्पष्ट र छर्लङ्ग रुपमा देखाई जे जति फाइदा हुन्छ त्यति नै खाए भै हाल्यो, नभए नखादा पनि के फरक पर्छ र ? विभिन्न भ्रमणहरु गरिएको भए को को सदस्यहरु कहाँ र किन गएका हुन्, कति समयको भ्रमण हो, सोबाट भएको उपलब्धी र वास्तविक खर्च फेहरिस्त प्रत्येक शेयर सदस्यहरु तथा सम्बन्धित तालुकदार कार्यालयहरुमा उपलब्ध गराउन सक्नु प¥यो ।
मुखले माइकमा बोल्दा अँ, यसो होइन यथार्थ रुपमा बोनसको लागि यसो गरिएको हो भनेर छुट पाईदैंन । “सर्पले सर्पकै खुट्टा देखि हाल्छ रे”, सूर्यलाई हत्केलाले छेकेर पनि छेकिदैन । बरु नढाँटीकन हामी पदमा रहेकाहरुले यति खायौं, अरु बाँकी तपाईहरुलाई वितरण ग¥यौं भनि स्पष्ट रुपमा भन्दिए त चित्त बुझ्थ्यो होला नि ।
साधारणसभाको बैठकमा लेखा समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा एकजना मित्र शायद समितिकै अध्यक्ष हुन वा सदस्य माइकमा बर्बराउँदै थिए। सबै हिसाब किताब ठीक दुरुस्त छ, अनि ऋण लगानी डुबेको पनि छैन र समयमा नै असुल उपर भैरहेको छ । खराब कर्जा पनि छैन भनेर पछि सभा विर्सजन भए पश्चात चिया पानी कार्यक्रममा थाहा भयो कि स्वयम् उनले नै बर्षौंदेखि लिएको ऋण न ब्याज न त साँवा तिरेका रहेनछन् र खराब कर्जाको सूचिमा परेको व्यक्ति रहेछन । यस्ताहरु व्यवहार एक थोक गर्ने, बोल्दा अर्कौ बोल्ने, मुखमा राम राम बगलीमा छुरा स्वभाव भएकाहरुले के साच्चै सहकारीलाई नाफामा पु¥याउलान् त ? कुनै एक दिन फर्सी कुहे जस्तो बनाईदिने छन्। साधारणसभाको प्रतिवेदन सचिवले पेश गर्न पाउनु पर्ने हो, तर अध्यक्षले पेश गरे भनि कोही एकातिर झोक्र्याएर बसिरहेका देखिन्थे । कतिपय सहकारीमा शेयर सदस्यहरुले जम्मा गरेको प्रमाण (पासबुक) को समेत व्यवस्था छैन । कति व्यवस्थित र पारदर्शी हिसाब हँ । तालमा ढुङ्गा फाले जस्तो छ ।
दुई तीन जना व्यक्तिहरुको इसारामा चलेका, मनोमालिन्य तवरले ऋण लगानी गरेका र कहिँ कतै त शेयर सदस्यहरुले नै
(.....री) सहकारीको संज्ञा समेत दिएका रहेछन् । अगाडिका दुई अक्षर मिलाएर पढ्ने जिम्मा पाठकहरुमा । अब अन्त्यमा, यसरी तहसनहस पार्न खोजिएको सहकारीहरुको ले.प.गर्ने अधिकारी को.ले.नि.का. वा जिल्ला सहकारी कार्यालयको बरिष्ठ व्यक्तिले गर्न पाउनु पर्दछ । नकि संस्था भित्रकाहरुले होइन । तब मात्र आंशिक रुपमा सुधार होला कि । यसरी च्याउ उमे्र झैं उम्रेका सहकारी संस्थाको क्रियाकलापहरु लाई जिल्ला सहकारी कार्यालय कास्कीबाट निगरानीमा राखी खराब लगानी गरेका, समयमा कर्जा उठाउन नसकेका, भित्री रुपमा ऋणमा डुबेका र को सक्कली, को नक्कली भनि चिन्न गाह्रो भएका सहकारीहरु पूर्ण रुपमा खारेजी गर्नु पर्दछ कि ।





Post a Comment

 
Top