गोल्डेन न्यूज संवाददाता
कास्कीको कास्कीकोट कश्यप तपोवन धाममा एक दिने निःशुल्क योग शिबिर हुने भएको छ । कात्तिक २७ गते शनिवार पोखरा र आसपासका योग गुरुहरुले निःशुल्क रुपमा योगको प्रशिक्षण दिने भएका छन् । स्वास्थ्यका लागि योग मनको शान्तिका लागि योग भन्ने नारा सहित कश्यप धाम–कश्यप मेडिटेशसन स्पोर्टमा योग शिबिरको आयोजना गरेको हाम्रो कास्कीकोट युवा संजालका संयोजक चन्द्र वस्ताकोटीले बताए । सहभागीहरुलाई योग गर्न मिल्ने खुल्ला कपडा सहित वस्नको लागि म्याटको पनि व्यवस्था आफै गर्न पनि आयोजकले आग्रह गरेको छ । योग शिविरमा लागि वालहरि शर्मा सुवेदीको संयोजकत्वमा रेशम गिरी, राजु कार्की योग गुरु मित्रलाल सुवेदी ओम प्रकाश सुवेदी सदस्य र कृष्ण प्रसाद उपाध्याय, ठाकुर प्रसाद त्रिपाठी पोखरा कास्कीकोट सम्पर्क मञ्चका शालिकराम अधिकारी सल्लाहाकार रहने गरी योग व्यवस्थापन समिति निर्माण गरेको बस्ताकोटीले जानकारी दिए । कश्यप तपोवन जहाँ कश्यप ऋषिले तपस्या गरेर उनकै नामबाट कास्की जिल्लाको नामकरण भएको जन विश्वास रहेको छ ।
Post a Comment