डा. पुष्पमणि खराल
आदरणीय सर नमस्कार, स्वास्थ्य क्षेत्रमा देखिएका कुरीति र बेथितिविरुद्ध लड्ने तपाईँप्रति मेरो अपार श्रद्धा छ । प्रत्यक्षरूपमा आफू पनि तपाईसँग आन्दोलनमा संलग्न हुन नसक्ता आत्मग्लानि पनि भएको छ । सरसँग मेरो भेट करिब १७ वर्षअगाडि वीर अस्पतालको हाड जोर्नी विभागले आयोजना गरेको वर्कसपमा भएको थियो । तपाईँको सरल मिजास र कनिष्ठहरूप्रतिको मायाले त्यही बेलादेखि नै मलाई प्रभावित बनाएको थियो । त्यसपछि करिब ७ वर्ष प्रत्यक्ष भेट नभए पनि अप्रत्यक्षरूपमा सरले गरेका कामका बारेमा जानकार थिए ।
शिक्षण अस्पताल (आईओएम)मा एमडी गर्ने ताका मैले सरलाई फेरि भेट्न पाएँ । तपाइँको कामप्रतिको लगाव र समर्पण देख्दा सबै जना प्रभावित हुन्थे । हामी रेजिन्डेट चिकित्सक प्रभावित नहुने त कुरै भएन ! बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म अस्पतालमै कुनै चिकित्सक देखिन्थे भने कि रेजिन्डेन्ट चिकित्सक हुन्थे कि डा. गोविन्द के.सी सर हुनुहुन्थ्यो । त्यतिमात्र हैन, हामी रेजिडेन्टहरू सँग पुस्तकालयमा गएर पढ्ने बानी पनि केसी सरको नियमित प्रायः थियो । हामीलाई कसैले गोविन्द सर कहाँ हुनुहन्छ भनेर सोध्दा ढुक्कैसँग भन्थ्यौँ – उहाँ कि डिपार्टमेन्टमा, कि ओपीडीमा, कि अप्रेसन थिएटरमा, की पुस्तकालयमा हुनुहुन्छ भने ।
शिक्षण अस्पतालमा थोरै चिकित्सकले मात्रै त्यहाँमात्र काम गर्छन् । तीमध्ये डा. गोविन्द केसी सर महत्वपूर्ण उदाहरण हुनुहुन्छ । अस्पतालमा मात्र नभएर १–२ महिनाको अन्तरालमा निःशुल्क औषधि बोकेर गाउँमा विरामी जाँच्न जाने त उहाँको नियमित चर्या नै बनेको छ । नेपालका विकट ठाउँहरूबाट उपचार लिन जनता १–२ दिन हिँड्नुपर्छ । राज्यले ती विकट गाउँमा डाक्टर र स्वास्थ्य केन्द्रको व्यवस्था गर्न सकेका छैन ।
अस्पताल र अन्य स्वास्थ्य संस्था राजधानी र जिल्लाका सदरमुकाममा थुपारिएका छन् । राजधानी र सदरमुकाममा मात्र अस्पताल तथा मेडिकल कलेज केन्द्रित हुनुहँुदैन, देशका कुनाकाप्चामा पनि अस्पताल खोलिनुपर्छ, मेडिकल कलेज विकेन्द्रित हुनुपर्छ । त्यसले गर्दा देशका सबै जनताले बराबरीको हैसियतमा अस्पतालको सेवा लिन सकुन् भनेर सरले अनशन बस्दै गर्नुभएको अहिले दसौँपटक भइसकेको छ । अधिकांश नेपाली जनता र चिकित्सक तपाईँको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरिक छन् । तीमध्ये म पनि पर्छु ।
राज्यले पटक पटक तपाईसँग सम्झौता गर्छ, तर कार्यान्वयन गर्ने बेला सरकार पछि हट्छ । चाहे मेडिकल कलेजहरूमा लिइने भर्ना शुल्क घटाउने कुरा होस् वा भ्रष्ट पदाधिकारीको कार्वाहीको कुरा होस्, या वरिष्ठताका आधारमा डिन नियुक्तिको कुरा होसु, कुनै कुरामा प्रगति भएको देखिँदैन । वरिष्ठताको आधारमा डिन नियुक्त गर्नु उत्तम भएता पनि सर्वाेत्तम भने हैन । यसमा मेरो र धेरै साथीको मत मिलेको छ । वरिष्ठतालाई मात्र डिन वा अन्य पदाधिकारी नियुक्तिको आधार बनाइनु हँुदैन । वरिष्ठता, कार्यक्षमता र राजनीतिक आबद्धता यी तीनै कुरालाई आधार बनाइनुपर्छ । कार्य क्षमता नभए वरिष्ठताको कुनै अर्थ रहदैन । राजनीतिक आबद्धता भएका पदाधिकारी छान्दा कुनै खास पार्टीको स्वार्थमा काम गर्ने सम्भावना रहन्छ । पहिले पनि हामीले यस्तो भोगेका छौँ । त्यसैले यी तीनै पक्षलाई आधार बनाई अंक मापन प्रणाली (स्कोरिङ्ग सिस्टम) बनाइनु पर्छ । उदाहरणका लागि १० लाई पूर्णाङ्क मान्ने हो भने कार्यक्षमता लाई ६ अंक, वरिष्ठतालाई ४ अंक दिने र राजनीतिक आबद्धता प्रमाणित भए २ अंक घटाउने (–२) गर्न सकिन्छ ।
वरिष्ठताले मात्र प्रभावकारी कार्य सम्पादन हुदैन भन्ने तथ्य धेरै उदाहरणले पुष्टि गरेको छ । सर्वप्रथम सरकै उदाहरण लिऊँैं । वरिष्ठले मात्र समाज परिवर्तन, सुशासनमा टेवा दिन्थे भने सरभन्दा बरिष्ठहरूले के काम गरेका छन् ? जसले वरिष्ठलाई मात्र आधार मान्न निर्देश गरेका छन् । देशकै मन्त्रीहरूलाई हेरौँ । कैयौँ वरिष्ठहरूलाई पछि पार्दै युवा गगन थापाले परिवर्तनको आशा देखाएका छन् । कति कुरा त गगन थापाले प्रमाणित पनि गरी सकेका छन् वरिष्ठताभन्दा कार्यकुशलता र परिवर्तनमुखी सोच महत्वपूर्ण हुन्छ भनेर । अर्काे उदाहरण विद्युत् प्राधिकरणका युवा र जोसिला प्रबन्ध निर्देशक कुलमान घिmसिङ्ग छन् । वर्षाैसम्म अन्धकारमा डुबेका हामीलाई उज्यालोमा तानिदिए् । दिनहुँ १०–१२ घन्टा हुने लोडसेडिङ्ग अहिले छैन । यो सफलता कुलमान घिसिङ्गको कार्यक्षमताले सम्भव भएको हो, वरिष्ठताले होइन । त्यसैले अब वरिष्ठताको आधारमा मात्र डिन तथा अन्य पदाधिकारी नियुक्त गर्नुपर्छ भन्ने मान्यतामा सरले पुनःविचार गर्नुहुन्छ भन्ने आशा लिएको छु । सरलाई अवगतै छ, हाम्रो देशमा विवेकशील, निःस्वार्थ र सक्षम व्यक्तिको ठूलो खाँचो छ । जताततै भ्रष्टाचार, नातावाद र कृपावाद मौलाएको छ । करोडपति सुजाता कोइरालालाई दिएको आर्थिक सहायता भ्रष्टाचार र कृपावादको पछिल्लो उदाहरण हो । राज्यले निमुखा जनताको उपचारमा बेवास्ता गर्ने र आफैँ उपचार गर्नसकने राजनितिक व्यक्तिहरूलाई बिनाहिचकिचाहट पैसा दिने गर्दा जनसाधारण सरकारप्रति आक्रोशित बनेका छन् । सक्षम व्यक्तिले आर्थिक सहायता लिन नपाउने र लिनै पर्ने खण्डमा पनि निश्चित मापदण्दको परिधिमा रहनुपर्ने बाध्यताकारी व्यवस्था अविलम्ब गरिनुपर्छ ।
यस्ता बेथिति कम गर्न बेलाबेलामा १–२ निःस्वार्थ व्यक्तिले प्रयाश गरेपनि नतिजा आशा लाग्दो छैन । चाहे त्यो स्वास्थ्य क्षेत्रमा होस् वा देशको समग्रतामा, इमानदार व्यक्ति भेट्टाउन कठिन छ । यस्तो अवस्थामा तपाईँजस्तो निष्ठावान् व्यक्ति स्वस्थ्य रहन आवश्यक छ । आमरण अनशन पटक पटक बस्दा सरको स्वास्थ्य निकै नै बिग्रिसकेको छ । यस देशले तपाईँजस्तो निःस्वार्थ व्यक्ति गुमाएमा ठूलो घाटा हुनेछ । जनताप्रति अन्याय हुनेछ ।
सर ! तपाईँ अझै धेरै बाँच्नुपर्छ । बाँचेर न्यायको लडाइँ लड्नुपर्छ । सरले आठाँै अनशन तोड्ने बखत भनेजस्तै अब आन्दोलन भोकै होइन खाएर गर्नुपर्छ । खाएर पनि सत्याग्रह गर्न सकिन्छ । सरसँग हातेमालो गर्न हामी सबै आतुर छौँ ।
अहिले त्रिवि कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा दोस्रो क्रममा रहेका डा.के.पी. सिंहलाई डिन नियुतm गरेको छ । सरकै एक बेलाका हितैषी डा.के.पी. सिंह नियुक्त गर्दा पनि सरले विरोध गर्नुभएको मैले छापाबाट थाहा पाएँ । सरले पहिलो नम्बरका वरिष्ठ डा. जगदीश अग्रवाल सरलाई डिन बनाउनु पर्छ भनेर अड्डी लिनुभएको रहेछ । सरको अडान नाजायज होइन । उसै पनि, डा.अग्रवाल आईओएमका चिकित्सक माझ प्रख्यात हुनुहुन्छ । टिचिङ्ग अस्पतालमा मात्र समर्पित भएर काम गर्नेमा उहाँ पनि पर्नुहुन्छ । कुनै पनि समस्याको समाधान गर्दा दुवै पक्ष ‘विनविन’ अवस्थामा आउन जरुरी पर्छ । एक पक्ष अर्थात् सर तथा हामी अनुयायी र अर्को पक्ष उपकुलपति तथा त्रिवि कार्यकारी परिषद् ।
एउटा यस्तो भनाइ पनि छ –‘यति तिमी सधै सही हुन खोज्छौ भने तिमीमा नै गल्ती छ कि भन्ने प्रश्न उठ्न सक्छ ।’ अग्रवाल सर र केपी सिंह सरलाई तुलना गर्दा अग्रवाल सर अल्ली खँदिलो देखिनुहोला तर केपी सिंह सरलाई नराम्रै भन्न मिल्छजस्तो लाग्दैन । केपी सरलाई पनि म विगत १७ वर्षदेखि नै चिन्छु । उहाँका केही नितान्त व्यक्तिगत पक्ष छाडेर समग्रमा उहाँ सरल, मिजासिलो, निडर र केही गर्न चाहने व्यक्तिमा गनिनुहुन्छ । केपी सिंह सर डिन हँुदा स्वास्थ्य क्षेत्र चुर्लुम्मै डुब्छ भन्नेमा कम्तीमा मलाई विश्वास छैन । त्यसै पनि उहाँको कार्यकाल ४ महिनामात्र छ । चार महिनासम्म डिन रहँदा सरसँग सल्लाह लिएर काम गर्ने सर्तमा उहाँलाई नै समर्थन गरी आमरण अनशन तोड्नु हितकर हुन्छ । स्वास्थ्य धेरै नबिग्रयोस् भनेर आमरण अनशन तोड्ने भनेको हुँ । खाएर गर्ने सत्याग्रह त छँदैछ ।
स्वास्थ्य क्षेत्रमा भइरहेको चरम व्यापारीकरण र राज्यले अपनाएको दूरदृष्टिविहीन स्वास्थ्य नीतिलाई सच्चाउन गरिने आगामी सत्याग्रहले पक्कै सफलता पाउनेछ । जनताको स्वास्थ्यमात्र नहेरी आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न सरलाई विनम्र अनुरोध छ ।
(हाल, दमौली, तनहूँ )

Post a Comment