0
गोल्डेन न्यूज संवाददाता
आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङ्जा मनकामना–७ लामडाँडा गाँउ पुर्न्निर्माणका निमित्त युकेवासी नेपालीले रकम सहयोग गरेका छन् । हङकङवासी नेपालीहरुले लामडाँडा अग्नी पीडितहरुका निमित्त नगद ८ लाख रुपैयाँ प्रदान गरेका हुन् ।  बेलायतमा संकलन भएको उक्त रकम आंधीखोला सेरोफेरो तमु समाजका निवर्तमान अध्यक्ष फत्त गुरुङ लगायत समाजका सदस्यहरु खुम गुरुङ र प्रेम गुरुङको उपस्थितिमा हस्तान्तरण भएको हो । एकद्वार प्रणालीबाट राहत वितारण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँई लाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा अध्यक्ष गुरुङले बेलायतबाट संकलित रकमले अग्नीपिडितहरुको घाउमा मलाम लगाउन सहयोग पुग्ने दावी गरे । उनले पीडितहरुको घर पुनःनिर्माणमा ढिलाई हुन नहुने जिकिर समेत गरे । उनले घर निर्माणको अधिकांश रकम संकलन भइसकेको भन्दै पुनःनिर्माण थाल्न अनुरोध पनि गरे । त्यसैगरी स्थानीय समाजसेवी एवम लेफ्टीनेट चौबहादुर गुरुङले अग्निपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । उनले आगालागीबाट ध्वस्त बनेका घरहरु छिट्टै पुनःनिर्माण हुने अश्वासन दिए । कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले हाल सम्म ५५ लाख ४१ हजार संकलन भइसकेको जानकारी दिए। उनले पीडितहरुलाई पहिलो किस्ता स्वारुप प्रति परिवार १ लाख वितारण भइसकेको बताए । यस संगै पीडितहरुले घर निर्माण थालेका छन्। गत बैशाख १८ गते आँगलागीबाट २३ घर पूर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिब १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म ६६ बण्डल जस्तापाता, काठ उपलब्ध भइसकेको छ ।


Post a Comment

 
Top