नेपाल, चीन र भारतबीच त्रिदेशीय करिडोर किन ?
नेपाल, भारत र चीनको बीचमा छ । दुई देशसँगको सम्बन्ध सन्तुलित हुनुपर्छ । दुई देशको सम्बन्धबाट नेपालले लाभ लिनुपर्छ । हामीले दुई देशबीच सम्बन्ध हुनुपर्छ भनेर सधैँ घोकिरह्यौँ । सम्बन्ध हुनका लागि के हुनुपर्छ भन्ने कहिल्यै पनि खोजेनौँ । आदिकालदेखि सम्बन्ध राम्रो छ भन्दै आयौँ । तर, अबको सम्बन्ध सामाजिक, सांस्कृतिक, ऐतिहासिक भनेर मात्रै हुनेवाला छैन । व्यापारको सम्बन्ध, विकासको सम्बन्ध, पूर्वाधारको सम्बन्ध, कनेक्टिभिटीको सम्बन्ध हुनुपर्छ । कनेक्टिभिटी छैन भने अबको सम्बन्ध बलियो हुन सक्दैन । दुई देशबीच व्यापार छैन भने सम्बन्ध बलियो हुन सक्दैन । अब प्रश्न कहाँनेर हो भने दुई देशको मात्र होइन, नेपाल, भारत र चीन अभिन्न रूपमा जोडिएका छन् । यसबाट नेपालले लाभ लिन तथा चीन र भारतले पनि लाभ लिनका लागि त्रिदेशीय करिडोर अनिवार्य छ । अति आवश्यक छ । व्यापारीहरूले चीन पठाउनुपर्ने सामान, भारत पठाउनुपर्ने सामान, अर्को–अर्को बाटोबाट पठाउनुु परिरहेको छ । गलत बाटो पनि प्रयोग गर्नु परिरहेको छ । किन अर्को बाटो प्रयोग गर्ने ?
ठूला छिमेकी राम्रो कि नराम्रो ?
त्रिदेशीय करिडोरले तीन देशबीचको एकतालाई पनि बलियो बनाउँछ, यो क्षेत्रको विकासलाई पनि सहयोग पु(याउँछ । वास्तवमा नेपालले पनि अवसर प्राप्त गर्छ । त्यसपछि बल्ल छिमेकी देशबीच सन्तुलित सम्बन्ध हुन्छ । हामीले चीनतर्फ नाका खोल्दा, बाटो बनाउँदा त्यो भारतका लागि पनि हो । भारतसँग सम्बन्ध विकास गर्दा त्यो चीनका लागि पनि हो । त्यसकारण हामीले त्रिदेशीय करिडोरजस्ता विषयमा बृहत् समझदारी हुन आवश्यक छ । त्यसका लागि सबभन्दा पहिला नेपाल र भारत तयार हुनुपर्छ । अनि चीन तयार हुनुपर्छ । चीनलाई तयार पार्ने जिम्मेवारी नेपालको हो । त्यसो भयो भने ठूला देशबीच नेपालले आफूलाई पनि बलियो बनाउन सक्छ, र दुई देशबीचको सम्बन्ध पनि बलियो बनाउन सकिन्छ । अन्तर्राष्ट्रिस्तरमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्रिदेशीय करिडोरका माध्यमबाट अगाडि बढ्न सकेनौँ भने हामी कहिले भारतको मिच्याइँ, कहिले चीनको मिच्याइँ अनि उनीहरूको स्वार्थको खेलमा पर्न सक्छौँ । छिमेकी ठूलो हुनु राम्रो पनि हो र नराम्रो पनि । दुई देशबीच व्यापार सम्झौता गरेर अगाडि बढ्यौँ भने छिमेकी ठूलो भएको राम्रो हुन्छ । होइन, सानो मुलुकमाथि क्रिडास्थल बनाउने हो भने त्यो नराम्रो हो । आजभन्दा २५–३० वर्ष अगाडि उत्तरतर्फको भाग सहज थिएन । पूर्वाधार जोडिएको थिएन । अब तिब्बतको बाटोबाटै फेदी–फेदी ठूलो बाटो आउँदै छ । वान बेल्ट वान रोडअन्तर्गत काम भइरहेका छन् । रेलमार्गको कन्सेप्ट आइरहेका छन् ।
अन्तरनिर्भरता आजको आवश्यकता
धनी साँच्चै धनी भएर बस्ने र गरिब गरिबै हुने स्थिति अन्त्य हुनुपर्छ । धनी भएकोमा गर्व गर्नुपर्छ, तर धनीले गरिबलाई माथि उकास्न मद्दत गर्नुपर्छ । त्यसकारण छिमेकी कमजोर हुने वा बनाउने अनि म विकशित हुन्छु भनेर भारतले पनि सोच्नु हुँदैन । चीनले त छिमेकी समृद्ध भएन भने हामी समृद्ध भएर मात्र पुग्दैन भन्दै आएको छ । हिजो हामी भौगोलिक अवस्थामा टाढा थियौँ । भाषा र वेशभूषा मिल्दैनथे । तर, अब पूर्वाधार जोडिँदै छ । त्यसैले हामीले त्यो अवसरलाई उपयोग गर्नुपर्छ । सञ्चार, अप्टिकल फाइबर, रेल आदिमा त्रिदेशीय करिडोरमार्फत अगाडि बढ्नुपर्छ ।
रेल केरुङबाट ठोरी झारेर भारत पु(याउनु सबैभन्दा राम्रो हुँदैन र ? त्यो सबभन्दा राम्रो करिडोर हुन्छ । व्यावहारिक रूपमा हेरौँ न जम्मा ११० किलोमिटर नेपालको भाग पर्छ । यसको लाभ चीनलाई पनि र भारतलाई पनि हुन्छ । चीनसँग भारतको व्यापार घाटा छ । त्यसलाई कम गर्न यसले मद्दत गर्छ । अर्को सत्य कुरा के हो भने हाम्रो सबै कुरा भारतमा निर्भर भयो, जसले गर्दा हामी उठ्न सकेनौँ । हामी अन्त फैलन पनि सकेनौँ । निर्भरता यति डरलाग्दो कुरा हो, त्यही निर्भरतामा कहिलेसम्म बाँचिराख्ने हामी ? त्यसले गर्दा हामीले त्यो निर्भरतालाई कम बनाउनुपर्छ । त्यो भारतको पनि हितमा छ । हामीले अन्तरनिर्भरताको कुरा गर्दा त्रिदेशीय करिडोरका माध्यमबाट अन्तरनिर्भरता स्थापित गर्नु आजको आवश्यकता हो ।
नेपालको भूमिका
सबैभन्दा पहिले नेपालले त्रिदेशीय करिडोरको कन्सेप्ट क्लियर गर्नुपर्छ । अहिलेसम्म त्रिदेशीय करिडोरको विषयमा केहीले लेख्नुभएको छ । सुरुवातमा लेख्नेमध्येको एक म पनि हुँ । केही समयअघि (प्रधानमन्त्रीको भारत भ्रमणअघि) भरतमोहन अधिकारी र मैले संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थियौँ । अरू बिजनेसले त्यो प्राथमिकतामा पर्न सकेन । सबैभन्दा पहिला त्रिदेशीय अवधारणाबारे नेपालका राजनीतिक दल स्पष्ट हुनुपर्छ । सबै दल आधारभूत सहमतिमा पुग्नुपर्छ । त्रिदेशीय करिडोरका लागि भारतलाई पनि तयार पार्ने र चीनलाई पनि तयार पार्न सबैभन्दा पहिला नेपालमा एकता आवश्यक छ । उनीहरूलाई भन्नुपर्छ– यो हामीलाई भन्दा दश गुणा बढी तिमीहरूलाई चाहिएको छ । तिमीहरू आफैँ गर्नसक्ने अवस्था छैन । नेपालले नेतृत्व गर्नुपर्छ । दुई देशबीचको पुल बनेर अगाडि बढ्नुपर्छ । त्यसकारण देशभित्र बृहत् छलफल र बहस आवश्यक छ । अहिलेसम्म त्यो हिसावले छलफल र बहस भएको छैन । अहिलेसम्म नेताहरू पनि कन्सेप्टमा क्लियर भएको अवस्था छैन । म पनि अध्ययनमा छु । मैले पनि धेरै पढ्नुपर्ने, जान्नुपर्ने छ । सरकार बदलिएर पनि केही फरक नपर्ने खालको त्रिदेशीय करिडोर समझदारी तयार पार्नुपर्छ । त्यसपछि मात्रै तीन देशबीच छलफल थाल्नुपर्छ ।
भारत र चीन सकारात्मक छन्
यो अवधारणा अघि बढाउन केही पनि बाधा छैन । त्रिदेशीय करिडोर कन्सेप्टबारे भारतको पनि सकारात्मक संकेत पाइन्छ । म केही समयअघि भारतमा विकास समितिको भ्रमणमा गएको थिएँ । विकासको विषयमा छलफल भएको थियो । एसियाका थिङ ट्यांक आएका थिए । मैले त्यहाँ भनँे, ‘इमानदार हुनुपर्छ । यो भारतको पनि आवश्यकता हो । नेपालको मात्र व्यापार हेर्ने कि चीनसम्म पनि फैलने हो ? भारतको अवसर पनि हो । अबको दुनियाँमा एक्लै कसैले पनि काम गर्न सक्दैन, मिलेर गर्ने हो । व्यापार पनि मिलेर गर्नुपर्छ ।’ प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा म पनि थिएँ । त्यहाँ पनि सकारात्मक कुरा पाएको छु । राजनीतिक तहमा अविश्वासलाई हटाएर विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । त्रिदेशीय करिडोर भयो भने कम्तीमा पाँच–दश गुणा आर्थिक वृद्धि बढेर जान्छ । र, हामी क्षेत्रीय शक्ति पनि बन्छौँ ।
एकछिनको बैठकले मात्र काम गर्नेवाला छैन
नेपाल र भारतका प्रधानमन्त्री तथा चीनका राष्ट्रपतिबीच भेटघाटका क्रममा त्रिदेशीय करिडोरको विषयमा कुरा भयो कि भएन, थाहा भएन । जे होस्, त्यही रूपको परिकल्पना गरिएको हो । त्यो त संयोग हो । त्यसमा यो या त्यो ग¥यौँ भन्नु हावादारी हो । तर, हामी तीन देश एक ठाउँमा बस्न आवश्यक छ । त्यो एकछिनको बैठकले मात्र काम गर्नेवाला छैन । तीन देशका प्रमुख बसेर मात्र पनि हुँदैन । यसको व्यापार, जनताबीच सम्बन्ध हुनुपर्छ । भिसा, मुद्रा, भाषालगायत असहज छ । करिडोरले यसलाई प्रयोगमा ल्याउँछ, गतिविधि बढाउँछ र सम्बन्ध राम्रो हुन्छ । अस्तिको भेटघाटलाई नराम्रो भन्न मिल्दैन । राम्रो हो तर जुन हिसाबले प्रजारबाजी गर्न खोजियो, त्योचाहिँ नराम्रो हो । नत्र चिया मात्र खाएको, हात मात्रै मिलाएको भए पनि राम्रो हो ।
नेपाललाई के फाइदा ?
अहिले चोरी व्यापार अनेकन् हिसाबले भइरहेको छ । त्रिदेशीय करिडोर भयो भने व्यापार खुला हुन्छ । सबै करको दायरामा आउँछन् । अर्को, कुनै पनि काम गर्न असहज हुँदैन । हाम्रा कुरा पनि बाहिर राख्न सकिन्छ । व्यापार घाटा एकदमै घटाउँछ । अर्थतन्त्र बढाउँछ । यसले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मविश्वास बढाउँछ । अहिले नेतालाई भारतसँग बोल्यो भने चीनसँग के गर्ने, चीनसँग बोल्यो भने भारतसँग के गर्ने भन्ने हुन्छ । जनता–जनताबीचको सम्बन्ध र व्यापार सम्बन्ध जब बलियो बन्दै जान्छ, तब राष्ट्रको सम्बन्ध स्वतः बलियो हुन्छ । त्यसले नेपाललाई फाइदै गर्छ । त्यसकारण नेपालले बढी पहल गर्नुपर्छ । भारत र चीनले पहल गर्न सम्भव पनि छैन । उनीहरूले पहल गरे भने नेपालको भूमिका कमजोर हुन्छ । त्रिदेशीय करिडोरले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन निकै ठूलो भूमिका खेल्छ ।
स्रोत ः नयाँपत्रिका

Post a Comment