गोल्डेन न्यूज संवाददाता
किसान जागरण बहमुखी सहकारी संस्था पोखरा ७ मासबारको १७औं साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रमुख अतिथि सांसद सीता गिरी ओलीले साधारणसभाको उद्घाटन गर्दै हालै सरकारले सहकारी ऐन २०७३ को विधेयक संसदमा छलफल रहेकोले आवश्यक परिमार्जन गरी सहकारीमैत्री ऐन आउने बताइन । उनले सहकारीले सहकारी भावना अनुसार आफ्ना गतिविधि चलाएकोमा प्रसंसा गर्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरिन् । उक्त अवसरमा तेजनारायण अधिकारी, पुरुषोत्तम रेग्मी, रत्ना कुँवर, टिकादेवी अधिकारी, सुजन बराल, पदमपाणि देवकोटा, लेखबहादुर केसी, पिंगला भट्ट, त्रिभुवन बराल लगायतले बोलेका थिए । उक्त अवसरमा जेष्ठ सदस्य भागिरथी बराल, बालकृष्ण बराल, पूर्व संचालक सदस्य लक्ष्मी कुमारी पौडेल, असल बचतकर्ता हरियाली महिला कृषक समूह, असल ऋणी सदस्य तोफू उत्पादन तथा बिक्री समूह, व्यवसायिकतर्फ त्रिभुवन बराललाई सम्मान गरिएको थियो । कार्यक्रममा संचालक समितिको प्रतिवेदन अध्यक्ष लिलाभक्त बराल, लेखासमितिको प्रतिवेदन लेखासमिति संयोजक डमरुराज बरालले प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष लिलाभक्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निर्मला बराल र लक्ष्मीदेवी बराल र कार्यक्रमको संचालन सहकारीका सचिव शिवप्रसाद बरालले गरेका थिए ।
यसैगरी लखन बचत तथा ऋण सहकारी संस्था लि. को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गिनिज बुक अफ द वल्र्ड रेकर्डमा आफ्नो नाम रेकर्ड राख्न सफल खगेन्द्र थापामगरको गरेका थिए । उद्घाटन सत्रमा सहकारीका कानूनी सल्लाहकार महेन्द्रमान व्यथितले सहकारी राष्ट्रको महत्वपूर्ण अंग भएको र राष्ट्रको आयआर्जनमा ठूलो सहयोग गर्ने भएकोले यसको दायरा फराकिलो रहेको बताए । कार्यक्रममा जनचेतना वचत तथा ऋण सहकारीका अध्यक्ष सरस्वती रानामगर, नेपाल मगर संघ माटेपानीका अध्यक्ष चन्द्रप्रकाश थापामगर, नेपाल मगर संघ बैदामका अध्यक्ष रुद्रबहादुर थापामगर लगायतले बोलेका थिए । बन्दसत्रमा कोषाध्यक्ष झपट रानामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव दुर्गाबहादुर थापामगरले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । सोही अवसरमा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै वृद्धबृद्धा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैगरी रिक्त रहेको पद सहसचिव र सहकोषाध्यमा पदपूर्ति गरिएको छ। सहसचिवमा दिलबहादुर श्रीष र सहकोषाध्यक्षमा बुद्धिमाया थापामगरलाई चयन गरिएको छ । सहकारीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव दुर्गाबहादुर थापामगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णुमाया पुनमगरले गरेकी थिइन । यसैगरी खुद्रा बचत तथा ऋण सहकारी संस्था लि.को पाचौं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन सहकारी निरीक्षक गुरुप्रसाद पौडेलले गरेका थिए । संस्थाका अध्यक्ष बालकृष्ण बरालको अध्यक्षथतामा भएको कार्यक्रममा संचालक समिति सदस्य धनीराम बराल, गोरक्ष निखिल सहकारीका प्रवन्धक प्रतित ढकाल, सहकारीका सचिव हुमनाथ पराजुली, कोषाध्यक्ष रुद्रनाथ अधिकारी, उपाध्यक्ष चूडामणि अधिकारी लगायतले बोलेका थिए ।
Post a Comment