किन साँच्चिकै पत्रकारिता हुन सकेको छैन ? किन औपचारिक समाचार मात्र बढी आउँछन् ? किन यहाँका सञ्चार माध्यमले केन्द्रका सञ्चार माध्यमबाट ‘कपी एण्ड पेस्ट’ को शैली अपनाउँछन् ? किन पत्रपत्रिकाका बाहिरी रुपरङ् सधै एकै प्रकारको मात्रै हुन्छ । निश्चय नै केही निश्चित कारणहरु छन्, जसले यहाँका सञ्चार माध्यमहरुलाई यस्तै शैली अपनाउन बाध्य पार्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्ने नेपाली उखान नै छ । नेपालको समग्र पत्रकारितामा आजसम्म पनि परेर जान्नेहरु धेरै छन् । भलै, काठमाडौं लगायतका देशका केही क्याम्पसहरुमा मात्र पत्रकारितामा उच्च शिक्षा हासिल गर्न पाइन्छ । कक्षा ११ र १२ मा पनि पठनपाठनको अभ्यासले गति लिएन । विद्यालय तहमा त देशमा एकाध स्कुलमा बाहेक पत्रकारिताको पठनपाठन हुने गरेको छैन । देशका सबै जसो क्याम्पसमा स्नातक तहमा एक वर्षे पत्रकारिताको पठनपाठन हुन्छ तर त्यो केवल विद्यार्थीको नम्बर ल्याउने माध्यमका रुपमा सीमित छ । तसर्थ पठनपाठनको हिसाबले पत्रकारिताको अवस्था दयनीय नै छ । तर मोफसलमा अन्य विषय तथा विधामा उच्च शिक्षा आर्जन गरेको जनशक्ति पनि पत्रकारितामा संलग्न छैन । धेरै श्रम र थोरै प्राप्तिका कारण यो उनीहरुको आकर्षणको पेशा बन्न सकेको छैन । हिजो परेर पत्रकारिता गर्नेहरुले स्वध्ययनका माध्यमबाट आफूलाई खार्दथे । तर त्यस्तो स्वध्ययनको परिपाटी पनि दिनप्रतिदिन खस्कदो छ । पत्रकारितामा पत्रकारले ‘नोज फर न्युज’ अर्थात सुँधेर समाचार पत्ता लगाउनुपर्छ भनिन्छ । पढाइबिना कसरी सुँधेर समाचार पत्ता लाग्दछ ? आज देशभर पत्रकारिता उदाउँदो उद्योगका रुपमा देखिदै गर्दा हामी हाम्रा बालबालिकालाई यसबारे शिक्षा आर्जन गर्न सक्ने वातावरण तयार गर्न सकिराखेको छैनौं । अंग्रेजी नेपाली विषय पढेका जनशक्तिलाई विद्यालय तहमा पत्रकारिता शिक्षण गर्ने अवसर दिने होभने विद्यालय तहमा पत्रकारिताको पठनपाठन सहज हुन्छ ।
दक्ष जनशक्ति मात्रै होइन, सीमित जनशक्तिका कारण पनि मोफसलको पत्रकारिता औपचारिकतामा सीमित छ । यहाँ कार्यरत जनशक्तिले आफ्नो करिअर बनाउने ‘प्लेटफर्म’का रुपमा मात्रै पत्रकारिता उद्योगलाई लिएको देखिन्छ । पेशागत समपर्ण बनाउन सक्ने अवस्था छैन । त्यसकारण जनशक्तिको आतेजाते भइरहन्छ । भाषा पढ्न, विदेश जाने म्यानपावर खोज्न, पार्सपोट बनाउन आदिआदि कामले आएकाहरु केही समय पत्रकारितामा जोडिन्छन् अनि आफ्नो अनुकूल भएपछि उनीहरु बाटो लाग्छन् । लामो समय पत्रकारितामा बिताएका पनि केन्द्रमै जान खोज्छन् । त्यसकारण स्थायी रुपमा कार्यरत जनशक्ति निकै सीमित छ । त्यस्तो जनशक्तिले सबै विधागत पत्रकारितादेखि समाचार सङ्कलन, लेखन, सम्पादनदेखि प्राविधिक काम र छापखानामा समेत जानुपर्ने बाध्यता छ ।
पत्रकारिताको मर्म नबुझिदा पनि समस्या आएको छ । शक्ति वा रहरका कारण पत्रकारिता अपनाउनेको संख्या बढ्दो छ । पत्रपत्रिकाहरु खहरेका भेल जस्तै आउने र सुक्ने क्रम निरन्तर चलिरहेको छ । झोलामा पत्रपत्रिकाहरु राख्ने प्रवृति धेरै छ । नयाँ पत्रपत्रिकाका लागि ‘नेमप्लेट’कै समस्या हुन थालिसक्यो । नियमितता दिन नसक्ने पत्रपत्रिकालाई खारेजीको प्रक्रियामा लैजाने हो भने रहरको पत्रकारितामा कमी आउन सक्छ । ‘हजार माइल’को यात्रा तय गर्ने दृष्टिकोण पाइदैन । दुई चार अंक निकाल्ने हतार छ । समाचार वा व्यक्तित्व छापेर विज्ञापन लिन सकिन्छ भन्ने मानसिकता छ । कोही कसैको बढाइचढाइ व्यक्तित्व छापेर धेरै दिन टिकिदैन भन्ने कुरा बुझाउन निकै गाह्रो छ । व्यवस्थापक नै सम्पादक बनेर आइदिन्छन् । पेशाप्रति समर्पित जनशक्तिलाई ‘सम्पादकीय स्वतन्त्रता’ प्राप्त छैन । वर्षभरि दुख गर्ने पत्रकार एकाध दिन व्यवस्थापकको हस्तक्षेपका कारण चित्त दुखाउन विवश छ । प्राज्ञिक कार्य हो भन्ने मानसिकताको कमी छ । बरु मालिक कामदारको सोच हावी छ ।
एउटा सञ्चार माध्यमले समाचार नदिए अर्को सञ्चार माध्यमबाट समाचार आउँछ कि भन्ने अपेक्षा गर्नु निरर्थक छ । पहिलो त सञ्चार माध्यम नै सीमित छन् । धेरै पत्रपत्रिका वा अन्य सञ्चार माध्यम भएका भए एउटा न एउटाले साँच्चिकै समाचार लेख्ने थियो होला । जस्तो राजधानीमा अरु कसैल लेखेनन् भने सन्ध्याकालीन पत्रिकाहरु त वैकल्पिक रुपमा छँदैछन् । तर सीमित सञ्चार माध्यम भएकाले त्यो संभावना भएन । सीमित पत्रपत्रिका वा अन्य सञ्चार माध्यमले एकाधिकार कायम गरेका छन् भन्ने पनि छैन । अर्को मोफसलको पत्रकारिता नेतृत्वविहीन अवस्थामा नै छ । कुनै पनि पेशा व्यवासायमा नेतृत्वमा जोखिम मोल्ने खुबी हुनुपर्दछ । तर पत्रकारिता जस्तो दैनिक जनसरोकारसँग जोडिएको विषयमा त झन् त्यस्ता जोखिमहरु अनगिन्ती छन् । न सरकारी निकाय वा प्रशासनसँग जोखिम मोल्छ पत्रकारिताको नेतृत्व न त स्थानीय पहुँचवालाहरु सँग ।
जोगिएर पत्रकारिता गर्न खोज्ने मानिसहरु धेरै छन् । जोखिम र निडरता एकअर्काका परिपूरक हुन् । सम्पादकमा जोखिम मोल्न सक्ने निडरता हुनुपर्छ । तर त्यस्तो किसिमको निडरता मोफसलले देखाउन सकेको छैन । प्रशासनिक वा राजनीतिक नेतृत्वलाई खबरदारी गर्न सक्ने क्षमता पत्रकारिताको छैन । पत्रकारिताकै कारण प्रशासनिक तथा राजनीतिक नेतृत्वले गर्ने गलत क्रियाकलाप सच्चाएको उदाहरण पाइदैन नै भन्दा फरक पर्दैन । बरु पत्रकारिताकै नेतृत्व प्रशासनिक राजनीतिक नेतृत्वको चाकरीमै अल्झिएको छ । पत्रकारिताको विकासमा सबैभन्दा महत्वपूर्ण हात विज्ञापनको हुन्छ । पत्रकारिता नै त्यस्तो पेशा हो जसले ग्राहकबाट मुनाफा आर्जन गर्दैन बरु उत्पादकबाट मुनाफा लिनसक्छ । उद्योगधन्दा कलकारखाना सीमित हुँदा पर्याप्त विज्ञापन पाउन सक्ने अवस्था छैन । स्कुल, सहकारी, सरकारी कार्यालयहरु तथा स्थानीय व्यापारीहरु नै विज्ञापनको स्रोत हुन् । विज्ञापन सबै सञ्चार माध्यमबाट मात्रै भन्ने बहस मोफसलमा त के देशभर कही पनि चल्न सकेको छैन । आँखा ट्टयाउने गरी छ्याप्पछ्याप्ती प्रर्द्शित शहरबजारका भद्दा किमिसका विज्ञापनले एकातिर शहरको कुरुपता देखाएको छ भने अर्को्तिर जोखिम बढाइरहेका छन् । त्यसकारण ‘आउटडोर’ विज्ञापनलाई ‘इनडोर’मा नल्याउँदासम्म पत्रकारिताको सही विकास हुनै सक्दैन । पाँच सय दरका शुभकामना वा समवेदनाका विज्ञापनबाट साँच्चिकै पत्रकारिता संभव देखिदैन । देशको समानुपातिक विकास नहुँदासम्म पत्रकारिता यो समस्याबाट उम्कन सक्ने देखिदैन ।
राजनीतिक छुवाछुतको अवस्था राजनीतिक दलहरुका नेताहरुमा भन्दा पत्रकारितामा हुनु आफैमा बिडम्बना बनेको छ । दल विशेषका प्रचार सामग्री जस्ता लाग्ने समाचार कुन पत्रिकाले कुन पृष्ठमा छाप्ने भन्ने सधैको एउटा शैली छ, सञ्चार माध्यमको एउटा निश्चित स्थान छ । त्यो स्थानमा जतिसुकै राम्रो समाचार आए पनि छापिने अवस्था छैन । अर्थात समाचार गुणस्तर दलीय चस्माले निर्धारण गर्दछ । पहिल्लै चस्मा लगाइएको छ खोल्ने कुरै भएन । चुनावका बेला यस्तो पत्रकारिताको हविगत हेर्न लायक हुन्छ । यो मिसन पत्रकारिता होइन बरु राजनीतिक छुवाछुतको पत्रकारिता हो । पत्रकारहरुका पनि आआफ्ना दलीय संगठन छन् । महासंघबाट दिइने पत्रकारको सदस्यताका लागि दलीय भागवण्डा हुन्छ । तपाईं जतिसुकै राम्रो पत्रकारिता गर्नुहोस् वा जति लामो समयदेखि पत्रकारिता गर्नुहोस् यदि दलीय भागवण्डामा पर्नुभएन भने महासंघको सदस्य बन्न सक्नुहुन्न । पत्रकारिता प्रविधिसँग जोडिन्छ । प्राविधिक मान्छेहरु पनि त्यहाँ काम गरिरहेका हुन्छन् भने अर्कोतिर उच्चस्तरको प्रविधि पनि आवश्यक हुन्छ । क्षेत्रीय स्तरका ठूलाठूला शहरहरुमा पनि अधिकांश पत्रपत्रिकाहरु श्यामश्वेत नै छन् । पुँजी भइहाले पनि रङ्गीन कलेवरमा छाप्ने छापखानाको सुलभता पनि छैन भने जिल्लास्तरका ससाना शहरमा त झन् हुने कुरै भएन । तसर्थ पत्रपत्रिकाको रुपरङ्गमा नवीनता पाइदैन । हुँदाहुँदा पत्रकारिताको ‘डेडलाइन’नै हराइसकेको छ । बिहानै पाठकको घरघरमा पुग्नुपर्ने दैनिक पत्रपत्रिका दिउँसो बाह्र एक बजे सीमित पाठकका दैलोमा पुग्छ । पाठकहरु पनि समाचारमा कतै आफ्नो नाम छ कि छैन भनेर खोजिरहेका हुन्छन् । कसले संचालन ग¥यो, को को बोल्यो, कसले स्वागत मन्तव्य दियो, को अध्यक्ष थियो र कसले धन्यवाद दियो भन्ने कुरा नै समाचारको सदावहार शैली हो । प्रविधिको विकास र बिस्तारसँगै नेपालमा पनि पत्रकारिता संभावनाको उद्योगको रुपमा देखापरेको छ । तर गुणात्मक विकासका लागि पत्रकारितालाई एउटा विधाका रुपमा विद्यालय क्याम्पसमा पठनपाठन गराउनैपर्छ । अनावश्यक सपना देखाएर विद्यार्थीको भविष्य बर्बाद गर्नुभन्दा पत्रकारिता जस्तो सरल विषय पढ्ने अवसर दिनु आवश्यक छ । कलमको निम खारियो भने मात्र साँच्चिकै समाचार लेखिन सक्छन् । रुप र गुण दुवै भएको पत्रकारिता अत्यावश्य भइसकेको छ, मोफसलमा पनि ।

Post a Comment