सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ । असोज ९ देखि सुरु भएको खेलाडी छनोट बुधबार सम्पन्न भएको हो । छनोट अन्र्तगत तेक्वान्दो कराँते, ह्याण्डबल, फुटबल लगायत खेलका खेलाडी छनोट सम्पन्न भएका छन् । सातौका लागि तेक्वान्दोबाट पुरुष तर्फ ५४ केजीमुनि सुरज माझी, ५८ केजीमा मनिष यादव, ६३ केजीमा दर्शन श्रेष्ठ, ६८ केजीमा समिर गुरुङ, ८७ केजीमा शंकर कार्की, रहेका छन् । महिलातर्फ ४६ केजीमा कविता मगर, ४९ केजीमा स्नेहा परियार, ५३ केजीमा मनिष परियार, ५७ केजीमा नयना राना मगर, र ६९ केजीमुनि रेखमाया गुरुङ छनोट भएका छन् । त्यस्तै सितेरियो कराँते पुरुष तर्फ ५५ केजीमा कृष्ण केसी, ५० केजीमा सुजन नेपाली, ६० केजीमा प्रकाश खड्का, ६७ केसीमा दिपक पुन, ७५ केजीमा अमृत अधिकारी, ८४ केजीमा जिवन मल्ल रहेका छन् भने महिला तर्फ ४५ केजी मोनु तामाङ, ५० केजीमा विमला नेपाली, ५५ केजीमा अञ्जु श्रेष्ठ, ६१ केजीमा अनिता थापा, ६८ केजीमा प्रकृति रोक्का रहेका छन् । पुरुष एकल काता पुरुषतर्फ विष्णु नेपाली, टिमकातामा विष्णु नेपाली, प्रभावत पुन सुजन पुन र महिला एकल कातामा विमला नेपाली, टिम कातामा विमला नेपाली, मोनु तामाङ । अनिता मागर छनोट भएका छन् । त्यस्तै महिला ह्याण्डबल तर्फ एलिसा लामिछाने, सुस्मीता गुरुङ, टिका पुन, क्र्रिश्मा पुन, भगवती पुन, आकृति गुरुङ, शिला रेग्मी, श्रीया गौचन, दिप्ती गुरुङ, ममता लामा, अमिशा गुरुङ, सम्झना छन्त्याल छनोट भएका छन् । त्यस्तै पुरुष ह्याण्डबल तर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल थापा, विमल अधिकारी, भासु गुरुङ, प्रेम गुरुङ, प्रेम गुरुङ, चन्द्र के.सी, सन्दिप खड्का,देवी गुरुङ, तारा केसी र सुरज देवकोटा रहेका छन् । सातौं खेलकुदका लागि पुरुष फुटबलका लागि अनिल गुरुङ, हेमन्त गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ, विष्णु गुरुङ, रवि थापा, शिव सुवेदी, विमल बस्नेत, विमल राना, तेन्जिङ नाम्गेल, सिद्धार्थ रन्जित, आशिष केसी, गौरव गुरुङ, विरेन्द्र गुरुङ, सुशान गुरुङ, सुनिल गुरुङ र रञ्जन श्रेष्ठ छनोट भएका छन् । त्यस्तै बक्सिङ खेलबाट विष्णु गौतम, किरण तामाङ, दिनेश बानियाँ, सविन गुरुङ, अमृत गुरुङ, पवन गुरुङ, मदुसुधन श्रेष्ठ, चिन्तन नेपाली र ओमप्रकाश गुरुङ छनोट भएका छन् ।
Home
»
खेलकुद गतिबिधी
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» राष्ट्रिय खेलकूदका लागि कास्कीबाट खेलाडी छानिए
Subscribe to:
Post Comments (Atom)
Post a Comment