कलाधर आचार्य |
दाईले माया लाउन भो परेन, परेन । दुई दिन पनि टरेन । कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै । एक पटक खाल्टोमा परेपछि त पशुहरुले पनि चेताउँछन् रे, खै हामीहरुको होस खुलेको । ए, होस र चेतना नै नभएाहरु हो, कहिले होस् खुल्छ र जिवित अवस्थामा फर्कन्छौ होला । ज्यूँदै मरेका जस्ताहरुलाई कुन शब्दले घचघच्याउँछ र । कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जसतो भैरहेको छ । एक महिना लगाएर पनि मन्त्रीमण्डल विस्तार गर्न नसक्ने असक्षमहरुको विश्वास के गर्न सकिन्छ र खै । अझै सरकार निर्माण गर्न कति महिना लाग्ने हो, अनिश्चित छ । सरकार निर्माण गर्दागर्दै ३।४ महिना व्यतित हुन्छ अनि आफ्नो भागबण्डामा परेको बाँकी समयमा पाँच महिनामा सरकारले के काम गर्ला र खै । आफनो पार्टी भित्रको आन्तरिक विवादमा बल्झिरहेकाहरुले के विकास निर्माण र देश हितको काम गर्न भ्याउलान् र । क्षमता नै नभएका नेताहरु जसरी एक निर्वल व्यक्तिलाई एकसय किलाको भारी बोकाई दिएमा के त्यो व्यक्तिले सम्बन्धित ठाउँमा पुर्याउन सक्ला र । हो त्यस्तै यिनीहरुको चलखेल, देश हाँकेको खेल र प्रकृयाबाट यस्तै देखिएको छ ।
खेलाडीहरुले खेलिरहेको बललाई गोलकिपर भएर बसी सकेपछि कन्ट्रोल नै नगरी आत्मघाती गोल गर्न दिने रक्षकसँग के विश्वास, इमान्दरिता, नैतिकता र राजनीतिक चरित्र नै छ र । देउवा र प्रचण्डबाबुले सरकार निर्माण क्रममा आफ्ना गायत्री गुरु मोदीसँग संविधान संशोधन प्रकृयामा जाँदा के गुरु भेटी टकारे, देशको भुभाग, कुन नदीनाला र देशमा संचालित ठूला ठूला औद्योगिक कलकारखानाहरु के कोसेली दिएर आए वा अरु के कस्तो सन्धीसम्झौताहरु गरेर आइसके । पछि मात्र प्रधानमन्त्री बने र मन्त्रीमण्डल विस्तार कै क्रममा छन् । हो सोको यथार्थ विवरण वा त्यो सन्धी सम्झौता गरिएको पत्रको प्रतिलिपि तिनकरोड नेपालीहरुलाई उपलब्ध गराउनु पर्यो ।
देश वैतरणीको अवस्थामा पुगिसकेको छ । आज हो कि भोलि केही थाहा छैन । यसरी नै देउवाको भागमा परेको ९ महिना सरकार विस्तार र अँ चाहिन जो गरी बोल्दा बोल्दा भाषणको क्रममा वित्ने यथार्थ छर्लङ्ग देखिन्छ । अनि २०७४ माघ भित्र स्थानीय तहदेखि केन्द्रसम्मको चुनाव, संविधान संशोधन मार्फत बाँकी अधुरो कार्यहरु होालन त ? के पहाड, तराई, हिमाल सबै भुृभागलाई समेटेर देश विकास र निर्माण गर्नुको अलावा सत्ता र व्यक्तिगत स्वार्थपूर्तिको लागि मात्र दौडधूप गर्ने, चाकडी, चाप्लुसी र आर्थिक प्रलोभनमा मात्र फँसीरहनेहरुको अब कसरी विश्वास गर्ने । खै विश्वास गर्ने कुनै वातावरण नै बनेको देखिदैंन । संघीयताको मिठो चकलेट जनताहरुलाई खुवाएर पार्टीले झण्डै २ तिहाई मतले विजय पाइसकेको अवस्थामा गर्न नसक्ने भएपछि असम्भव नै भनौं । त्यस्तो झुठो आश्वासन दिएर जनताहरुको आँखामा छारो हालेर एक अवधि त जिते, जिते, दोस्रो पटकको चुनावमा पार्टी त तहस, नहस नै भएर टुक्रियो । अनि आफू किन पराजित भए, त्यो कुराको ख्याल विचार नै नगरी मैले के बोलेको, भनेको थिएँ, पिसाब गरेर न्यानो बनाए झैं गरे पछि त्यस्तै हुन्छ । बल्ल बल्ल एमालेको सहयोगमा तानाबुना बुनी सांसद बन्न पुगेका प्रचण्ड बाबुको हालत पनि स्वयम् आफूले नै प्रस्तुत गराए अनि हामीले देख्न हेर्न पाइयो ।
अनि, ७, ८ वर्षको समय र करोडौं करोड रुपैयाँमा भत्ता स्वरुप मात्र मोजमस्ती गरी बनाएको संविाधन पनि त कार्यान्वयन नै नभई कतै तुहिने त होइन । दुई तिहाई बहुमतको आधारमा कसैको व्यक्तिगत स्वार्थ हेरेर होइन, औचित्य र कारण मात्र देखिएमा र देशको सार्वभौमसत्तामा आँच र चोट नपुग्ने अवस्थामा मात्र संशोधन हुन्छ । अनि विपक्षीहरुलाई पनि विश्वासमा पारेर लिन सक्ने क्षमता पनि त हुनु पर्ला नि । तछाड, मछाड गरेर केही फल प्राप्त हुने वा गर्ने आशा नलिए पनि हुन्छ । यसै सन्दर्भमा मधेश आन्दोलन चर्किरहेको समयमा उनीहरुकै इशाराबाट सौताको रिसले पोइको काखमा पिसाब गरे झैं गरी नाकाबन्द, हडताल सम्मका दुष्कार्यहरु प्रस्तुत भए, गरिए ।
त्यसैताक सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट तराइबासी दाजु भाईहरुलाई गोली ठोकेर मारियो । उनीहरुले (मधेशी मोर्चा) पनि भाला, खुकुरी तथा घरेलु हतियार लिएर सुसज्जित भई विपक्षीहरुलाई मारे । हुन सक्छ दुवै पक्षबाट दानवीय व्यवहार प्रस्तुत भयो । मानौ ल एकछिन खेल बराबर रहित गोलामा टुंगियो । तर बिरामी लिएर अस्पताल गइरहेको एम्बुलेन्स जवरजस्ती बल प्रयोग गरेर बीच बाटोमा नै रोकी पेट्रोल छर्की सो बिरामीको विभत्स रुपमा हत्या गरियो । अनि त्यो निष्र्दोषी अथान दुई अढाई वर्षको बच्चा आफ्नै घरको प्राङ्गणमा खेलिरहेको अवस्थामा जसलाई केही थाहा छैन, अनभिज्ञ छ, खेल्दा खेल्दै आफनो दिसा पिसाब समेत आफै खान पछि नपर्ने त्यस्ले के पुलिस, सशस्त्र वा मधेशी मोर्चाका व्यक्तिहरुलाई के चोट पुर्याएको थियो, अनि उसको के दोष थियो र गोली ठोकेर मारियो । के ऊ पक्ष, विपक्ष वा अरु केही कसैको हत्यामा संलग्न थियो र ? यो यस्ता जघन्य, दानवीय अपराध र व्यवहारमा संलग्न हुनेहरुलाई घुँडामुनि गोली हानेर दुवै खुट्टा उडाएर चारखुट्टे पशु झै बनाएर सार्वजनिक गरिनु आवश्यक छ । सर्वप्रथम त्यसैलाई (बच्चा) सहिद बनाएर परिवारलाई यथेष्ट रुपमा क्षतिपूर्ति उपलब्ध गराउनु सरकारको दायित्व हो ।
हामी वरपर छरछिमेकीहरु लगायत अरु कोही कसैलाई पनि काखा, पाखा गर्दैनौं र उनीहरुको आन्तरिक मामलामा पनि हस्तक्षेप गर्दैनौं । तर हामी र हाम्रो मातृभूमिप्रति को, कसले, कसरी, किन, कुन माध्यमबाट सदा, सर्वदा अनावश्यक दुःख दिने, अनाहक, सन्दर्भमा हस्तक्षेप गर्ने र गर्दै आइरहेको छ, यो बुझ्न र सोही अनुरुप त्यस्ताहरसँग त्यस्तै व्यवहार गर्न अत्यावश्यक छ । खुल्ला रुपमा आवतजावत भैरहेको चिनका कतिपय नाकाहरुमा हाल प्रतिबन्ध लगाइएको छ, परिचय वा पासपोर्ट विना छिर्न रोक लगाइएको छ, के कारणबाट यस्तो भयो होला । त्यसतर्फ पनि सरकारले राजनीतिक क्षमता भए विचार गर्नु आवश्यक देखिन्छ । उपेन्द्र यादव लगायत सातजना नेपालीहरुले अन्तर्राष्ट्रिय बैंकमा राखेको कालो धनको पनि खोजतलास गरी कारवाही अगाडि बढाउनु पर्दछ । ती व्यक्तिहरु को को हुन्, कहाँबाट, के आयस्रोत मार्फत विश्वको धनी व्यक्तिहरु मध्येको सूचीमा परे । विश्वको कुन बैंकमा कति रकम जम्मा गरिएको छ, सोको यथार्थ विवरण टि.भी., पत्रपत्रिका मार्फत प्रचारप्रसार गरेर मात्र पुग्दैन, यथार्थ विवरण चालु सरकारले वा बन्दै जाने सरकारले जनसमक्ष उतार्ने हैसियत देखाउन पर्यो । दश, दश वर्षसम्म जंगलमा के खाउँ, के लाउँ भनि गरी बसेकाहरु, विना कुनै पेशा, जागिर, औद्योगिक कलकारखाना, व्यापार व्यवसाय, अन्य आम्दानीको कुनै स्रोतहरु समेत नभएकाहरु एकाएक, रातारात क्षणभरमा कसरी करोडौं, खरबौंपति बन्नपुगे । त्यो स्रोत कहाँबाट, कसरी, कुन माध्यमबाट प्राप्त भयो, अनि के त्यो पैतृक सम्पत्ति हो ? होइन, त्यसो भए सोको यथार्थ स्रोत छर्लङ्ग देखिने गरी जनसमक्ष जाहेर हुनुपर्यो । त्यस्तै सांसदको भत्ता, सुविधा वा मन्त्री वा अन्य उच्च पदमा कार्यरतहरुको तलब, भत्ताले त यो सम्भव पनि छैन । तिनीहरुको पनि छानविन गरिनु अत्यावश्यक छ ।
भैहाल्यो भो, कुराको चुरो किन धारमा राख्ने, अनि ‘मोही माग्ने, ढुङ्ग्रो लुकाउने’ झै नगरौं । पार्टी किन फुट्यो, यथार्थ जाहेर छँदैछ । राजनैतिक मतभेदको कारणले बहाना देखाई, बनाई लुटपाट गरेको, गरिएको सम्पत्तिमा भागबण्डा नमिल्दाको अवस्थाले मात्र पार्टी विभिन्न टुक्रामा विभाजित भएको यथार्थ छ । सरकारी बैंक, प्राइभेट बैंक, सहकारी संस्था, आर्थिक कारोवार गर्ने अन्य निकायहरु तथा व्यक्तिहरु विशेषको समेत नगद, सुन, चाँदी, गरगहनाहरु तथा जग्गा जमिन लुटी धनाड्य बन्न पुगेकाहरु, यिनीहरुको के चर्चा, परिचर्चा गरिरहने र । अलिकति पनि नैतिकता, मानवीय व्यवहार, विवेक र हैसियत भए जो जसको हो उसैलाई फिर्ता गर्नुपर्दछ ।
सम्पूर्ण बाम पार्टीहरु एकजुट भई हातेमालो गरी चुनाव लड्ने हो भने दुई तिहाई भन्दा अझ बढी बहुमतको सरकार बन्दछ । तर लगभग एकै सिद्धान्त बोकेर हिडेकाहरुसँग त मिल्न, बस्न, अटाउन नसकेर भागेर हिड्नेहरु कहाँ कुकुर र विरालो स्वभाव भएका वा छुट्टै छुट्टै पहिचान बोकेकाहरु एक आपसमा परस्पर मिलेर बस्न सक्लान् र देश हाँक्न सक्लान त । हुन त ‘नपत्याउने फाँडाले मुख पोल्छ’ भने जस्तै गरी कहि कतैबाट बुद्धि फिरेमा वा बाँकी अवधिमा केही सोच विचारपूर्वक काम गरेछन् भने त भन्नु केही छैन । तर असम्भव नै देखिन्छ राजनैतिक चरित्र र बानी, व्यहोरा, व्यवहार, चालचलन र क्रियाकलाप हेर्दा ।
सत्ता र आर्थिक चलखेलमा फस्न खोज्दा को, कहाँ, कुन अवस्थामा छन् त्यो त ख्याल नै होला । यिनै र यस्तै खेलको पछाडि नलागी नक्कली होइन देशभक्त भएर आफ्नो, आफ्नो आचरणमा सुधार गरी तोकिएको समयमा संविधान कार्यान्वयन होस् र कहिँ कतै २०७४ माघ पश्चात सैनिकले शासन चलाउन नपरोस् । एकआपसमा मिलेर बसेकाहरुलाई आफू सत्तामा पुग्न र व्यक्तिगत स्वार्थपूर्ति गर्ने सिलसिलामा बर्ण, जातभात, पहिचान र संघीयताको झुठो आश्वासन बाँडेर फुटाई स्वार्थपूर्ति भैसकेपछि चटक्कै विर्सनु के यो सत्चरित्रवान नेताको हैसियत हो त ? ‘अनि चेते, चेते नहि, पछि चेते होते नहि’ । नभन्दै यस्तो हुँदैछ । ‘कुकुरले आगो ल्याओस् न विरालालो फुकोस्’ । ‘भिरमा चौरी गाई, जुन पार्टी वा व्यवस्था आए पनि हामीलाई उत्तिकै’ अनि कहिले काहिँ यदाकदा प्रचण्डबाबु भन्ने गर्छन् नि ‘अरुले गाएको र नानीको बाबुले सुसेलेको’ हो त्यस्तै प्रमाणित गरेर नै छाड्ने भए । गाएको भए त राम्रै हुन्थ्यो, तर संघीयतालाई आफ्नो देशमा रहेका पार्टीहरुसँगको सरसल्लाह नै नगरी विदेशीको इशारामा नाचेर हामीहरुले चाहे जस्तो होइन उनीहरुले चाहना गरे बमोजिमको संघीयतालाई सुसेलेर हावामा नै उडाउने भए । यिनीहरु चाहिने जोलाई (देउवा) र प्रचण्ड संविधान कार्यान्वयन, सहमति र समझदारीमा संशोधन गर्नुको सट्टा विपक्षीलाई लत्याएर दुई तिहाई मतको ख्याल नै नगरी जो जससँग यही विषयमा कार्यान्वयन गर्न र गराउन तत्पर छन् नि हो त्यही अदृश्य शक्तिबाट सर्वसम्मत रुपमा संशोधन गरी त्यही विदेशी भूमि र जनताहरुमाथि लागू गरे भै हाल्यो नि । यो त यिनीहरुको लागि सौताको देश जस्तो भयो ।
जंगली अवस्थामा रहँदा, बस्दा पनि मान्छे मारेको मार्यै । बाहिर आई सत्तामा रहँदा पनि अनिष्ठ र संकट, दैनिक रुपमा लगभग १५।२० जना नेपालीहरुको अनाहकमा मृत्यु भैरहेको छ । अतः यो खेल कुकुरलाई घ्यू नपचेको जस्तो मात्र भयो । सत्ता हाप्न र छाडिदिन नै वेस हुन्छ । हामीहरुको लागि त ‘दाईले पायो छोरो मलाई भयो हरो’ वा ‘न तिमीलाई न मलाई दाहालको बाख्रालाई’ सावित भयो ।

यहाँनेर मलाई एउटा कुराको याद आयो । म त्यही दोकान बाहिर बसेर चुरोट तानिरहेको थिएँ । दोकानमा एक व्यक्ति आएर बच्चासँग के माग्न खोज्यो याद भएन । बच्चाले बुबा बुबा, मनुवल भनेर बोलाईसके पछि साहुजी आएर ‘मनु मखु मधेसिया ख’ भनि पुनः गन्तव्यस्थल तर्फ लागे । हो नभन्दै तराईबासीहरुले पनि यही कुरा प्रमाणित गरीरहेका छन् । अब जाँदा जाँदै फोटोग्राफरले खिचिने व्यक्तिको फोटो खिच्दाको क्रममा मुखाकृति तथा शरीरको वनावट नविगारीकन जस्ताको तस्तै तस्वीर तयार गर्नु उसको कर्तव्य हो । त्यस्तै लेख लेख्ने क्रममा पनि लेखकले कलम चलाउँदा देशमा घटित घटनाहरुको यथार्थ धरातलमा पुगेर प्रस्तुत गर्नु उसको कर्तव्य र अधिकार पनि हो । अनि रातलाई दिन र दिनलाई रात बनाएर प्रस्तुत हुनु पनि नराम्रो र अशोभनीय कुरा हो ।
(यो लेख लेखकको व्यक्तिगत विचार हो)
Post a Comment