0
गोल्डेन न्यूज संवाददाता
पर्यटकिय सहर पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार सञ्चालनमा ल्याएको सञ्चालक गोपिबहादुर भट्टराईले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा खेलकुदको शहर पोखरामा नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुको चाहना पुरा गराउन स्पोर्ट् बार एण्ड ग्रिल सञ्चालनमा ल्याएको भट्टराईले बताए । पोखराकै पहिलो स्पोर्ट बार भएकाले अन्य बारमा भन्दा विषेश विषेता रहेको उनलको दावि छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको बताए । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।
 
फेवातालको मनोरम दृष्यसँगै रात्री तथा दिवाकालिन सेवा उपलब्ध गराउने बारका म्यानेजर हरि पौडेलले जानकारी दिए । उनले मनोरञ्जनका लागि हरेक दिन स्थानिय फरक÷फरक व्याण्डहरुको लाईभ प्रस्तुति रहने बताए । उनले ग्राहकहरुको विशेष मनोरञ्जनका लागि हरेक तीन÷तीन महिनामा नेपालको ख्याती प्राप्त व्याण्डका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताए । बारमा अल्कोहल मात्रै नभई नन् अल्कोहलिक डिङ्कहरुको विशेष व्यवस्था रहेको पौडेलले बताए । उनले ग्राहकको माग अनुसार नेपाली र विभिन्न देशका फरक÷फरक खानाका परिकारहरु सय मै प्रदान गर्ने बताए । उनले ग्राहकहरुले लेटनाइट सम्म बारभित्र खाना तथा पेयपदार्थको मज्जा लिन पाउनले व्यवस्था मिलाएको जानकारी दिए । सञ्चालक भट्टराईले करिब २ करोडका लागतमा बार सञ्चालनमा आएको बताउँदै बारमा एकै पटकमा ३ सय जना सम्मले मनोरन्जन लिन सक्ने दावी गरे । खेल हेर्नका लागि एउटा ठुलो पर्दा र दुई वटा एलसिडि टिभि रहेको उनले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत कास्कीको भकुण्डेस्थित परापूर्व कालदेखि जीर्ण अवस्थामा रहेको सिद्धबाबा मन्दिर संरक्षणका १ लाख रुपैयाँ प्रदान गरेको बताए । उनले आगामी वर्षहरुमा पनि समाजिक उत्तरदायित्व अन्तरगत अन्य क्षेत्रमा सहयोग गर्ने बताए ।

Post a Comment

 
Top