विग एफएमको प्रस्तुतिमा आज सोमबारदेखि पोखरामा ‘बृहत शैक्षिक मेला’ शुरु हुँदैछ । वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसन्सको आयोजनामा भएको मेला पोखरा सभागृहमा तीन दिनसम्म चल्नेछ । भदौ २९ गतेसम्म चल्ने मेला वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना भएको हो । शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलेज र विश्वविद्यालयहरुले सहभागिता जनाउँदैछन् । तीन दिने मेलामा विद्यार्थीहरुले एकै स्थानबाट थुप्रै कलेज तथा यूनिभर्सिटीको बारेमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ । आयोजक संस्था वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले पटक–पटक यस्तो अवसर नआउने भएकोले मेलामा विद्यार्थी र अभिभावकले एकचोटी सहभागिता जनाउन उचित हुने बताएका छन् ।
यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ । र, त्यहि लहरमा धेरैजना नबुझि वैदेशिक अध्ययनमा जाँदा समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको वान अपले बताएको छ । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले बताएको छ । तीन दिने मेला अवधिभर पोखरा सभागृहमा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । त्यस्तै मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये लक्की ड्रमार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
Post a Comment