नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका समितिले पोखराका सडक र राजमार्गमा भएका खाल्टा–खुल्टी तत्काल मर्मत गर्न ध्यानाकर्षण गराएको छ। नगर सभापति बजिरमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सडकमा परेका खाल्टाखुल्टीका कारण पैदल यात्रुलाई हिड्न र सवारी साधन सञ्चालनमा कठिनाई भएको भन्दै ध्यानाकर्षण गराइएको छ। सडकका खाल्टाखुल्टीका कारण दुर्घटनासमेत बढ्न सक्ने भन्दै तत्काल मर्मत गर्न माग गरिएको छ। पछिल्लो समयको भीषण वर्षासँगै पोखराका मुख्य सडक, पृथ्वीराजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्वार्थ राजमार्गमा खाल्टाखुल्टी परेका छन्। विज्ञप्तिमा बाढी, पहिरोका कारण मानवीय क्षतिसँगै खानेपानी, बाटोघाटो, झोलुङ्गे पुल र सिंचाइ कुलोमा नराम्ररी क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ। कांग्रेस कास्कीले घाइतेको निःशुल्क उपचार, पीडितलाई राहत, क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण र अवरुद्व ग्रामिण सडक सञ्चालनका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ। साथै, विज्ञप्तिमा घाइतेको शीघ्र स्वास्थ्यको लाभको कामना गर्दै मृतात्माको चिरशान्तिको कामना गरिएको छ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment