गोल्डेन न्यूज संवाददाता
नवआदर्श सामुदायिक विकास समाजले भदौ १७ देखि १९ गतेसम्म लामाचौरमा आयोजना गर्ने हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, नेपाल प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल टप्स मावि, सशस्त्र प्रहरी बल, मध्यपश्चिमांचल भलिब संघ गरी ६ टिमले भाग लिने बुधबार आयोजीत पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक अर्जुन अधिकारीले जानकारी दिए । न्यू डायमण्ड, नेपाल प्रहरी र नेपाल आर्मी समूह क मा छन् । त्यसै गरि सूुह ख मा पश्चिमाञ्चलको टप्स् मावि, सशस्त्र प्रहरीको बल एपिएफ र मध्यपश्चिमाञ्चल भलिवल संघ रहेका छन् । उद्घाटन खेलमा न्यू डायमण्ड एकेडेमी र नेपाल आर्मी क्लब खेल्ने भएका छन् । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।
तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार प्राप्त गने छन् । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ उनले जानकारी दिए । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीले जानकारी दिए । महोत्सवमा अन्तरमावि छात्रा भलिबल, अन्तर आमा समूह लोक नृत्य, अन्तरमावि लोकनृत्य, अन्तरविद्यालय लोकनृत्य, श्रष्टा सम्मान, जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते, नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए । कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए ।
Post a Comment