0
साहित्य सिर्जना सबैले गर्छन् त्यसैले कवि, कलाकार र लेखकको जन्मदर वर्षामा च्याउ उम्रे जस्तो वृद्धि भइरहन्छ । वर्षा सकिएर हिउँद पुग्न नपाउँदै मृत्युदरको सङ्ख्या डर लाग्दो भेटिन्छ । धुमधामसँग लोकार्पण गरिएका । ठूऽऽऽला मिडिया हाउसद्वारा प्रायोजित रूपमा पुस्तकको खोल व्यापार गरिएका । उनका भरौटे सिपाही, नेता र कार्यकर्ताद्वारा काँध हालिएर चर्चा परिचर्चा गरिएका पुस्तक हिउँदमा पानीपुरी, चटपटे र बदाम बेच्नेहरूले व्यापार गरिरहेका हुन्छन् । साम, दाम, दण्ड, भेदको निती अपनाउँदै बजारमा पुँजी र हाउगुजीको हल्लाखोर गर्नेहरू मुस्किलले एक हिउँद बचे पनि अर्को हिउँदमा उनीहरूको हविगत उही हुन पुग्छ । यो सबै हुनुको कारण ती मध्येका कमै मात्र असल लेखक बन्न पुग्नु हो । काठमाडौंको जितपुर फेदीमा जन्मेका दामोदर पुडासैनी उर्फ किशोर (२०१९) बिरलै बच्न सफल हुने मध्येका पृथक पहिचान बोकेका शब्द सिपाही हुन् । यिनै किशोरले यस भन्दा अगाडि आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा (२०६२), आकारको खोजीमा (२०६३), आलोकित आयाम (२०६३), समयको सही छाप (२०६९), पहाड र प्रेम (२०७१) जस्ता कविता कृति प्रकाशित गरिसकेका छन् । नियात्रातर्फ यात्राका प्रेमिल तरङ्गहरू (२०६५), नमेटिएका चित्रहरू (२०७०) र मायालु हुम्ला (२०७१) पाठकले असाध्यै मन पराएका नियात्रा कृति हुन् । यसो त उनको पछिल्लो समय प्रकाशन भएको दर्शन कृति धर्मको ह्याङओभर (२०७२) पनि नरूचाइएको होइन । मानववादी समाज (सोच) नेपालले प्रकाशमा ल्याएको कृतिमा किशोरले मान्छे प्राकृतिक धर्ममा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । किशोरले धर्मको नाममा हुने शोषण र विभेद नै मान्छेलाई पछि पार्ने मूल कारण बन्न पुगेको भन्दै धर्मका नाममा हुने अनेक कर्मको विरोध गरेका छन् । धर्मको ह्याङओभर पछि किशोरको पछिल्लो समय थपिएको नियात्रा कृति हो सिमानाका रङ्ग सिमानाका तरङ्ग (२०७२) । रत्न पुस्तक भण्डार काठमाडौँले उनको नमेटिएका चित्रहरू (२०७०) नियात्रा कृति नै बजारमा ल्याएको थियो । जुन कृतिले उत्तम शान्ति पुरस्कार प्राप्त गरिसकेको छ । यस लेखमा एउटा पूर्ण शब्दलाई पाउने बित्तिकै बिरालाले मुसा खेलाए झै खेलाइरहन सफल किशोरको पछिल्लो कृति सिमानाका रङ्ग सिमानाका तरङ्ग एक चर्चा गरिएको छ ।
प्रस्तुत कृतिमा २०६२ असोज १७(२६ मात्र १० दिनको अवधिमा किशोरले १८ थान नियात्रा लेखेर सकेका छन् । जुन समय देशमा द्वन्द्वले सफलताको शिखर चुम्दै थियो । अरबौं धनजनको क्षती । हजारौं सोझा नेपालीको निधन । हजारौं छोरीचेलीको सिउँदोको सिन्दुर पुछिएको । हजारौं बालबच्चा अभिभावकविहिन । लाखौं व्यक्ति घरबारविहीन भएको अवस्था थियो । आफ्नो जन्मभूमीको यस्तो दर्दनाक अवस्थामा किशोर नुनको सोझो गर्नका लागि हाकिमले खटाएको कार्यक्षेत्रमा इमान्दार सिपाही झैँ हिँडिरहेका थिए । त्यही दश दिने हिँडाइमा उनले हत्केलामा ज्यान च्याप्दै, हरियो हुस्सुमा जाँगरको रन्को, नदेखिएको दाँत, रङ्गीन धुनको तरङ्ग, कोलाजको आवाज, भेटिनु र छुट्टिनुमा इन्द्रेणीका पदचापहरू, नाङ्गो आकाश नाङ्गो धर्ती, ससुराली देशमा अनुत्तरित प्रश्न, सन्नाटाभित्रका सुस्केराहरू, सुनौला सहरमा मायाका बाछिटाहरू, रगतले चुमेको रगत, अनन्त तरङ्ग अनन्त शृङ्खलाहरू भोकको ज्वालामाथि बिहानी आँखा, पन्ू सय र पाँच सय अट्ठाइसमा अल्झिएका रेखाहरू, गहिराइमा पैmलिएका रङ्गहरू, टुसाउँदो ढुङ्गोसँगै टनटनाएका क्षणहरू, आगोमाथि मुस्कुराइरहेका शीतका थोपा र टीकाको परिधिमा अनन्त यात्रा गरी फरक–फरक शीर्षकका १८ वटा यात्रा निबन्ध लेखेर सङ्गृहित गरेका छन् प्रस्तुत पुस्तकमा ।पङ्क्तिकार आफूलाई भाग्यमानी पाठक ठान्छ, किनकि किशोरका चारवटै यात्रा निबन्धहरू आधोपान्त पढ्ने अवसर पाएँ । अझै पोखरामै पहिलो पटक उनको यात्राका प्रेमिल तरङ्गहरू माथि कार्यपत्र प्रस्तुत गर्ने अवसर मिल्यो । यावद सन्दर्भले गौरवका साथ भन्न सक्छु, किशोरको लेखन आम पाठकलाई विगतमा जसरी जीवन एउटा रङ्गमञ्च भएको अनुभूत गराउन सफल भएको थियो, यो पटक पनि सफल भएको छ । उनको प्रस्तुत कृति श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र बङ्गलादेश भ्रमणको क्रममा लेखेको कृति हो । जहाँ किशोरले दक्षिण र दक्षिण पूर्वी एशियाली राष्टूको धर्म(संस्कार, संस्कृति, रहनरहन, चालचलन, भेषभुषा र भू(बनोटलाई तत्स्थानमै रहेर दृश्यावलोकन गरे जस्तो गरेर शब्द विन्यास गरेका छन् । सोही कारण प्राध्यापक डा. गोविन्दराज भट्टराईले यात्राका प्रेमिल तरङ्गहरूमा झैँ १६ पृष्ठ खर्चेका छन् । प्रस्तुत कृति लेखनका साँची विगतमा झैँ यस पटक पनि जनार्दन र उद्धव बनेर आएका छन् । यी दुई पात्र किशोरको यात्रा निबन्धका तीन पुस्ते साथी हुन भन्दा फरक पर्दैन । विमान चढेपछिका यात्रुको परिचय र सहयात्रीको कुराकानी जति रोचक र रमाइलो बनेको थियो तर कोलम्बो पुग्दा त्यो रमाइलो हराइसकेको छ । किशोर आफ्नै देशमा चलेको डरलाग्दो आतङ्कबाट प्रताडित बनेका व्यक्ति थिए । जहाँ पुगे, त्यहाँ पनि सोही अनुभूति सङ्गाल्न पुगेका किशोर वनै पिँडालु घरै पिँडालु बनेका छन् । रातमा कोलम्बो पुगेका किशोर बिहान पाँच बज्न नपाउँदै मृत्युको मुखमा कुन बेला परिन्छ भन्ने चिन्ता र हुण्डरीमा परिसकेका छन् । किशोर ब्ल्याक ब्युटीप्रति सम्मान गर्दै अगाडि बढेका छन् । जहाँ उनीहरू आ–आफ्नो पेसाप्रति प्रतिबद्ध भएको देखाइएको छ । बिना मेहेनत श्रीलङ्कन अरुको दुई पैसा लिन चाहदैनन् भन्ने सन्दर्भ दुम्सी बाको दुम्सी नाचबाट आएका छन् । जहाँ आफ्नो विश्वास र भरोसा हुन्छ त्यसमा हामी सबै आस्थावान् हुनुपर्छ भन्ने कुरा भ्रमणका क्रममा देखेका बौद्ध धर्मावलम्वीको व्यवहार र उनीहरूको आस्थाबाट किशोर प्रभावित भएका छन् । किशोर जहाँ रहे तापनि नेपाल र नेपालीलाई माया गर्ने स्रष्टा साधक हुन् । यो मात्रै होइन उनी अश्लिलता भित्र सालिनता खोज्ने लेखक हुन् त्यसैले नाङ्गै नाङ्गाको जिन्दगीको उमङ्ग र रङ्गलाई नजिकैबाट स्पर्श गरेर पनि उनले आफूलाई शालिन ढङ्गमा प्रस्तुत गरेका मात्रै छैनन् आफूलाई एक पत्निव्रता पतिका रूपमा चिनाएका छन् । उनी आफ्नी पारूलाई पहिराएका हरेक पहिरन रूवि जत्तिकै महत्वपूर्ण ठान्छन् र आदर्श जीवन यापनको एउटा पाठ पढाउन सफल हुन्छन् । प्रस्तुत कृतिको आधोपान्त अध्ययन गरिसक्दा लेख्ने कुराहरू धेरै भेटिन्छन् । भेटिएका सबै कुरा सानो पाठकीय टिप्पणीमा लेख्ने सामथ्र्य चाहेर पनि कसैले गर्न सक्दैन । किनकी, विना प्रतिफल समय खर्च हुन्छ । श्रम खर्च हुन्छ । त्यो मात्रै होइन लामो लेखियो भने प्रकाशक पाइदैन । बडो मुस्किलले प्रकाशक पाइयो, पाठक पाइदैन । यसर्थ समग्रमा प्रस्तुत कृतिमा किशोरले आफूलाई सफल लेखकका रूपमा प्रस्तुत गरेका छन् । प्रस्तुत कृति पढ्नै पर्ने मध्येको एक हो । सोही कारण के भन्न मन सकिन्छ भने, किशोर आफै आफ्नो लेखनले बाँच्ने सामथ्र्य भएका साधक हुन् । महान् दार्शनिक चाणक्यले पनि भनेका छन्,
स्वयं कर्म करोत्यात्मा स्वयं तत्फलम्श्नुते ।
स्वयं भ्रमति संसारे स्वयं तस्माद्विमुच्यते ।।
प्राणीको आत्मा वा जीवले स्वयं कर्म गर्छ र त्यसको शुभ अशुभ फल पनि आफैँ भोग्दछ, आफैँ संसारमा घुम्दछ र त्यसबाट मुक्त पनि आफैँ हुन्छ । यसर्थ पछिल्लो समय उनी एउटा नथ्थी लगाउने लालसामा छन् । उनलाई त्यो लालसा हुनु स्वभाविक हो तापनि उनको लेखनले उनलाई धेरै आदर्श र सफल लेखकका रूपमा नथ्थी लगाई दिइसकेका छन् । लेखन एउटा कला हो, तर त्यो कला सबैमा समान हुँदैन । किशोर यस्ता अद्भुत कलाले भरिएका पात्र हुन् । किशोरको पहिलो नियात्रा कृतिदेखि अहिले चौथो कृतिसम्म आइपुग्दा उनका नियात्रा उही आकार र संरचना झण्डै तीन सय पृष्ठको हाराहारीमा संरचित छन् । जसबाट सहजै भन्न सकिन्छ, किशोरले एक मिनेट समय र एउटा पूर्ण वाक्य भेटे एउटा बेजोड आलेख तयार गर्न सक्छन् । जुन तथ्यलाई उनले स(प्रमाणसहित पेश गरेका छन् प्रस्तुत कृतिका माध्यमबाट । आयामका हिसाबले उनका यात्रा निबन्ध न्युनतम् छ पृष्ठदेखि अधिकतम् १६ पृष्ठमा संरचित छन् । कृतिमा प्रयोग भएको भाषाशैली सरल, सरस र सहज छ । कवितात्मक वान्की लेखनमा भेटिनुले पाठकलाई थप स्वादिष्ट बनाएको पाइन्छ । शब्द सिपाहीहरू शब्दलाई नै हतियार बनाएर बाँच्नमा रमाउछन् । यिनै शब्दका सारथि वरिष्ठ साहित्यकार किशोर लेखक हुनु मात्रै होइन । असल मान्छे हुनुको पहिचान बोकेका लेखक हुन् । उनी एउटा खुल्ला विश्वविद्यालय हुन् । विश्वविद्यालयमा पुग्ने हरेक कर्मचारी, प्राध्यापक र विद्यार्थीले त्यो विश्वविद्यालयबाट पर्याप्त ज्ञान आर्जन गर्न सक्छन् । मान्छे हुनुको अर्थ बुझ्न । जीवन जीउनुको सार पत्ता लगाउन । क्षण(क्षण समयको मूल्य चिनाउनका लागि किशार एउटा खुल्ला विश्वविद्यालय हुन् । एउटा विश्वविद्यालयले गर्न नसक्ने काम गरेर आफैलाई विश्वविद्यालयका रूपमा स्थापित गर्न सक्ने किशोर सदा यसरी नै किशोर बनि रहुन् यही शुभकामना ।
विधाः नियात्रा
प्रकाशकः रत्न पुस्तक भण्डार
पृष्ठः ३६+२००=२३६
मूल्यः ३५०।(
सन्दर्भ सूची
अर्याल, मदनप्रसाद (२०६६) चाणक्य जीवनी र नीतिशास्त्र, काठमाडौं ः एभरेष्ट गीता निकेतन,
गौतम, असफल (२०७०), यात्राका प्रेमिल तरङ्गहरू ः किशोर जाँच्ने आूखीझ्याल, पोखरा ः गोल्डन न्यूज दैनिक,
पुडासैनी, दामोदर (२०६५) यात्राका प्रेमिल तरङ्गहरू, काठमाडौं ः मोडर्न बुक्स,
(२०७२), सिमानाका रङ्ग ः सिमानाका तरङ्ग, काठमाडौं ः रत्न पुस्तक भण्डार,
प्रस्तुत आलेख तयार पार्न प्रयोग गरिएका सम्पूर्ण सन्दर्भ सामग्रीहरू ।
ठूलाडिही–(६, स्याङ्जा, ९८५६०३१२२८







Post a Comment

 
Top