0
युवा उमेर समूह मात्र होइन, जीवनकै मुख्य सार हो। युवा उत्साह हो, युवा निर्माण हो र युवा व्यवस्थापन हो। कतिले त युवालाई प्रकृतिको सुन्दर उपहार पनि भनेका छन्। प्राविधिकपमा ४० वर्षसम्मको उमेर समूहलाई युवा मानिए पनि युवा सोच र त्यसलाई कार्यान्वयन गर्नसक्ने शारीरिक तथा मानसिक सामथ्र्य रहँदासम्म त्यसलाई युवाभन्दा बाहिर राख्न सकिदैन। युवा उत्साह हो । तर अधिकांश नेपाली युवा निराश छन्। युवा निर्माण हो अर्थात योसंग देश निर्माण गर्ने तागत हुन्छ, नेपाली युवाहले आफ्नो होइन अर्कैको देश निर्माण गर्नुपर्ने बाध्यता छ। युवा व्यवस्थापन हो, उसले अन्य उमेर समूह मात्र होइन, समाज र देशको सही व्यवस्थापन गर्न सक्छ । तर नेपाली युवा स्वयंको व्यवस्थापन हुन सकिरहेको छैन। नेपालमा युवा र युवापनबीच तालमेल नहुनु मुख्य अन्तर्विरोधको पमा देखिंदै आएको छ। युवाको सन्दर्भमा छलफल गर्दा हामीले सोच्नुपर्ने सवाल पनि यही हो कि युवाको ऊर्जालाई स्वयं उनीहरुको र देशको हितमा कसरी परिचालन गर्ने ? आज अगस्त १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस। यो दिवस संसारभरका देशहले आफ्नो देशको सापेक्षतामा मनाउँदैछन्। यो दिवसको पृष्ठभूमिलाई मात्र हेर्ने हो भने पनि युवाको दायित्व र भूमिका प्रष्ट हुन्छ। विश्वमा नै युवा अधिकारको बारेमा चिन्तनको शुरुवात सन् १९३० को दशकदेखि भएको हो। यसको बहसको शुरुवात नै विश्व आर्थिक मन्दीबाट भएको देखिन्छ। विश्वलाई आर्थिक मन्दीबाट बचाउन युवाको जोश, जाँगर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकता बोध हुन थालेपछि युवा अधिकार र अन्तरपुस्ता समन्वयको अवधारणाले मूर्तरुप लिएको हो। भलै यसले मूर्त प लिन निकै समय पर्खनुप¥यो र सन् १९९९ मा संयुक्त राष्ट्रसंघले निर्णय गरेपछि सन् २००० देखि यो दिवस मनाउन थालियो। यो दिवस मनाउन शुरु गर्नु वा मनाउनु ठूलो कुरा होइन, मुख्य कुरो त युवाहरुको अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्ने नै हो। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका ४० दशमलब ३५ प्रतिशत छन्। यो संख्या एक करोड सात लाखभन्दा बढी हो। घोर बिडम्बना मान्नुपर्छ, नेपालमा एक करोड युवा छन्, जसको आधाभन्दा बढी हिस्साले विश्वका कैयौं देशहमा सस्तो मूल्यमा श्रम बेचिरहेका छन्। नेपाल विश्व युवा विकास सूचकांकमा १४५ औं स्थानमा पर्दछ। ३६ प्रतिशत युवा पूर्ण बेरोजगार छन्। अहिले दैनिक एक हजार पाँच सय युवा विदेश गइरहेका छन्, जसमध्ये दैनिक सात जनाको लाश नेपाल आउने गरेको छ। कैयौं युवा विदेशी जेलमा छन् र कैयौं युवा विभिन्न देशका अस्पतालका कोमामा ढलाइएका छन्। हरेक वर्ष चार लाख नेपाली युवा श्रम बजारमा आउँछन् । तीमध्ये मुस्किलले पाँच हजारले देशभित्र रोजगारी पाउँछन् । साढे तीन लाख युवा वार्षिक बेरोजगार हुने गर्दछन्। उनीहको अन्तिम विकल्प नै तेस्रो मुलुकको श्रम बजार हुने गरेको छ। के यो हाम्रा लागि डरलाग्दो तस्विर होइन ? हामीले युवाको सन्दर्भमा धेरै कुरा ग¥यौं। सरकारी नीति नियमको पनि खुबै वकालत ग¥यौं। कुरा त धेरै र्गयौं तर काम कति ग¥यौं ? अब हामी यो प्रश्नको जवाफ खोज्नतिर लाग्नुपर्छ। वर्षेनी नयाँ–नयाँ ऐन कानून थप्ने क्रम जारी छ । तर ५० हजारले रोजगारी पाउने नेपाली श्रम बजारलाई ६० हजारमा उकाल्न सकिन्छ कि सकिदैन ? अहिले नेपाली युवाहले दुस्ख पाउनुको मुख्य कारण सीप र दक्षताको अभाव बन्ने गरेको छ। नेपालभित्रै सीपयुक्त काम गर्न विदेशबाट जनशक्ति ल्याइन्छ । तर हाम्रो अदक्ष जनशक्ति सस्तो श्रम बजारमा बेचिन तेस्रो मुलुक जाने क्रम जारी छ। नेपाली युवाह अन्य देशमा गएर खेतीपाती गरिरहेका छन् । तर आफ्नो घरमा खेती गर्ने जनशक्ति नभएर एउटै जिल्लामै वर्षे्नि सयौं हेक्टर जमिन बाँझो बन्दैछ। अब नेपाली युवालाई देशभित्रै सीप र दक्षतासहित रोजगारीमा लगाउने वातावरण कसरी बन्नसक्छ ? अब नेपाली युवाले आफ्नै खेतवारीमा आधुनिक र ब्यावसायिक खेती गरेर जीवन बदल्न कसरी सक्छन् ? यी प्रश्नको जवाफ खोज्न राज्यदेखि सरोकारवाला र आम युवा लाग्नुपर्छ। अब विस्तारै शिक्षा प्रणालीमा केही सुधार हुँदैछ । तर पनि प्राविधिक शिक्षामा आम जनताको पहुँच स्थापित भइसकेको छैन। धेरै रकम खर्चेर मात्र प्राविधिक शिक्षा पढ्नुपर्ने बाध्यता छ। अब राज्यले सीपयुक्त जनशक्ति तयार गर्न प्राविधिक शिक्षालाई सस्तो, सहज र सुलभ बनाउनुपर्छ ता कि हरेक युवा सीपयुक्त जनशक्ति बन्न सकून् र देशमा आत्मनिर्भर जनशक्ति तयार गर्न सकियोस्।

Post a Comment

 
Top