सूर्य खड्का
आधुनिक मानव सभ्यतालाई गिज्याउने हुम्लातिरको बहुपति प्रथा एकादेशको कथाझैं भैसक्दा देशमा आफूलाई मात्रै लोकतन्त्रको एकल मसिहा ठान्ने कांग्रेस बहुगुटको ताण्डव प्रदर्शनमा कीर्तिमानका गाथा थपिरहेको छ । बहुगुटे कांग्रेसको आफ्नै ताल छ । जता हेर्रुयो उतै विवादै विवाद, यही नै हो यसको ताजा हाल । दुई सातासम्म पार्टी कोटाका मन्त्री चयन गरेर मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नु र आफनो छात्र संघ नेविसंघको नवौं महाधिवेशन उद्घाटनको साता बित्दासम्म बन्द सत्र सुरु गर्न नसक्नु यसका काफी उदाहरण हुन् ।
अधिवेशन उदघाटनको छैठौं दिन आइतवार आफ्नै केन्द्रीय कार्यालय प्राङगणमा दर्जनौं विद्यार्थी प्रहरीको लाठीबाट निर्घात पिटिनु र त्यसमा किशोर चौधरी जस्ता निर्दोष पत्रकार घुन पिसिएझैं घायल बन्नु कांग्रेसको आफैंलाई लोकतान्त्रिक मठाधीश ठान्ने दावाको गिल्ला हो ।
स्वघोषित प्रजातान्त्रिक संस्कारको स्खलन र समाजवादी वैचारिक मुखुण्डोको उदांगो रुप हो । अनि भीडतन्त्रमा रुपान्तरित भैसकेको दलको र विधार्थी संघको उच्चतम नमूना पनि हो यो प्रकरण । महाधिवेशन छात्र संघको अनि नांगो रस्साकस्सी । देखाउनेलाई भन्दा हेर्नेलाई लाज भनेको यही हो । भाले भीडन्त कांग्रेसका गुट, उपगुट र महागुटहरुको । अनि ती छात्र गुटहरुलाई प्रत्यक्ष नेतृत्व सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाहरुकै हुनु भनेको यो नेविसंघको महाधिवेशन कांग्रेसकै मिनी महाधिवेशनको प्रतीक हो । र, यो पार्टीकै मिनी महाधिवेशन यदि हो भने यो पार्टी अस्ति भर्खर फागुन सप्तान्तको १३ औं महाधिवेशनको सफलतापछि संस्थागत पार्टी हैन, नेतागत, गुटगत र फुटपरस्त हुदै, झागिँदै गएको कांगे्रसको सोलो डोलो स्पष्ट थप उदाहरण पनि हो ।
अहा ! विद्यार्थीको महाधिवेशनमा कुनै मुद्दा छैन । कुनै पनि शिक्षा सरोकारका मुद्दाहरु छैनन्, किन ? के नेपालको शिक्षामा कुनै समस्या नै छैन ? अनि नेविसंघले कुनै बहस नै गनुपर्दैन महाधिवेशनजस्तो पवित्र कुम्भ मेलामा ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्ने योभन्दा उपल्लो स्तरको टीठलाग्दो नमूना के पेश गर्न सक्छ र कांग्रेसी छात्र संघ नेविसंघले ? यस अर्थमा यो महाधिवेशनमा कुरीकुरी गर्नुबाहेक केही अपेक्षा कसैले राख्नु भनेको गोरु ब्याउने अपेक्षाजस्तै अप्राकृतिक र असान्दर्भिक हुनेमा शायद कसैको बिमति नहोला कम्तिमा अब ।
संघर्षपूर्ण जुझारु इतिहासको ब्याजमा वर्तमानको लथालिङ्ग दादागिरी र मनपरी नेविसंघमा सदर हुँदै जाने र माउ पार्टी कांग्रेस त्यसको अनुमोदन गर्दै संरक्षक बन्ने जुन शैली, संस्कार र व्यवहार योपटक पनि पुनरावृत्त भएको छ, यो भनेको कांग्रेस कहिल्यै नसुसध्रने कुकुरको पुच्छर प्रवृत्तिको पर्याय हो भन्ने पछिल्लो पुष्टि हो । यसरी एउटा दल सधै गुटहरुको क्लबमा साघुरिँदै जाँदा ऊ राष्ट्रको बहुआयामिक चुनौतिको निडर लिडर बन्न सक्दैन भन्ने यो पुष्टयाइँ पनि हो । नेविसंघको जारी महाधिवेशन इतिहासको रक्षा हुन त सकेन, सकेन, भविष्यका लागि पनि बिरुप नजिर बन्यो । यही हो शरम र विफलताको पराकाष्ठ । यसबाट अब टीका लाएर वा मतदानको नाट्य प्रदर्शनबाट छानिने नयाँ नेतृत्व समग्र प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको हैन, एक खासगुटे कांग्रेसको पल्लाभारी शिवाय केही हुनेछैन भन्ने प्रमाण बनिसकेको छ सातासम्मको बन्दसत्र विवादको खुल्ला तमाशा ।
नौ वर्षमा बल्ल उदघाटित महाधिवेशनको यो हदसम्मको बेथितिपूर्ण चरम विवादमा सम्पूर्ण दोष उही माउ पार्टीको हो । किनभने नेविसंघको महाधिवेशन आयोजक नै माउपार्टी हुने बडो महान विचित्र परम्परा रहेछ । पार्टीले डा. प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको महाधिवेशन निर्देशक समितिको पंगु पहिचान र परिचय स्थापित गर्न यहाँभन्दा ज्यादा मेहनेत शायद आवश्यक छैन । यस अर्थमा यो विफलता र विवाद समग्र पार्टीकै हो । किन होइन र ?
निसन्देह कुनै पनि एक जीवन्त संस्थामा र त्यसमाथि पनि तरुण विद्यार्थीहरुको गतिशील संस्थामा विवाद र बहस हुनु अति सामान्य हो । तर, त्यो विश्व स्वीकृत प्रजातान्त्रिक अभ्यासभन्दा निकै माथि देखियो, पोखियो र छरपस्ट भयो । योपटक नेविसंघको आकृतिमा कांग्रेसको गुटैगुटको बहुगुटे राजनीति देखियो । त्यो प्रतिनिधि चयनको आवरणमा, उदघाटनको विषवमनमा, प्रहरीको लाठीमा, सडकको नारावाजीमा वा जिन्दावाद मूर्दावादसहित सभापतिको घर घेराउमा जसरी छताछुल्ल भएको छ, त्यसले कांग्रेस आफ्नै भारले थिचिँदै र पुरिँदै गएको प्रमाणित गर्दै छ ।
खाँटी कांग्रेसजनले निधार खुम्च्याएर चिन्ता हैन, चिन्तन गर्नुपर्ने चुरो कुरो यहीँनेर छ । एउटा विद्यार्थी अब नेविसंघ मात्रै हुनै नसक्ने जुन नजिर सुरु भो, यही हो नेविसंघको आरालो लागेको हरिणको चालको ताजा परिचय । आफ्नो सभापतित्वको पहिलो इनिङमै भातृसंस्थाहरुको निर्वा्चित नेतृत्व चयनमा बाजी मार्न खोज्ने सभापति शेरबहादुर देउवाको असल मनसायमा शंका नगर्दा नगर्दै पनि आफैं पूर्वसभापति रहेको नेविसंघमा यसपटक जुन अकल्पनीय बिग्रह र विवादको तमासे बन्न विवश छन, पार्टी सभापति देउवा, यो उनको कार्यकालको पहिलो धब्बा बनिसक्यो । शायद सबक हो, अन्य भातृसंगठनको महाधिवेशनको श्रृंखलाका लागि पनि ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको वर्तमान तमासामा पार्टी्भित्र सफल प्रमुख प्रतिपक्षको भुमिका त देखाएकै प्रमाणित गरिरहेका छन घटनाक्रमले, तर यसो गर्दा वरिष्ठ नेता पौडेलको पनि लल्लौरो प्रवृत्ति थप खुइलिएको छ । उनले सभापति देउवालाई भातृ संगठनको महाधिवेशन गर्न नसक्ने अक्षम सावित गराउन खोज्दा आफ्नै समूहको सुरुवाल समेत खुस्केको र पार्टीको साख र गरिमा चैट हुँदै गएको भेउ नपाएर जग हसाइँको नायकमा आफ्नो गुटलाई उभ्याएका छन् ।
नेता कृष्ण सिटौलाले उदाउँदो आफ्नो गुट पन्किने मौका बनाए यो नेविसंघ महाधिवेशनलाई । उनले पनि आफ्नो गुटलाई बढाउँदा उनको कद र आयतन खुम्चिएको शायद भेऊ पाइरहेका छैनन् वा भेउ नपाएको अभिनय गर्दा पार्टी र संगठनको तेजोवध गर्न सघाइरहेका छन् । अरु(अरु गुटैगुटको महाभारतले उनीहरुको बजार बढ्या निष्कर्ष भएरै त होला, विवादको आगोमा घिऊ थप्दै गएका छन् ।
यही ताजा धरातलीय यथार्थमा केन्द्रित हुने हो भने सनातनी कांग्रेसले जप्दै आएको लोकतन्त्र यो विवादको ताजा आलोकमा जननायक विपीको लोकभजन मात्रै हो । नेतृत्व चयनको प्रजातान्त्रिक संस्कार आफ्ना आसेपासे हनुमानहरुलाई तथास्तु गर्न नपाउँदाको प्रसव वेदनाको प्रकटीकरण मात्रै हो । खासमा मृत्युपथमा पार्टी, पद्दति र थिति लाग्दा पनि पदलोलुपतामा मरिहत्ते गर्ने यो कांग्रेस चालाले अनि पार्टी र देश कता लैजाला ? यक्ष प्रश्न यही हो कि ?
स्रोत ः अनलाइन खबर

Post a Comment