गोल्डेन न्यूज संवाददाता
पोखरा भाँडा व्यवसायी संघ कास्कीको पाँचौ अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनले देवबहादुर भुजेललाई अध्यक्षमा चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बलराम तिमिल्सिना, द्वितीय उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, सचिवमा कविन्द्रमान पालिखे, कोषाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी, सहसचिवमा खरिलाल तिमिल्सिना र सह–कोषाध्यक्ष जगत वाग्ले छन्। यस्तै, सदस्यहरूमा ओमकुमार श्रेष्ठ, सुनकुमारी गुरुङ, दिलमाया प्रजापति, रञ्जना मानन्धर, लीलाधर अधिकारी, अम्बिकाप्रसाद पौडेल, नेत्रलाल पोखरेल, कृष्णहरि पौडेल, बुद्विप्रसाद भण्डारी र कृष्ण श्रेष्ठ छन्। दुई सदस्यपछि थप गरी कार्य समितिलाई १९ सदस्यीय बनाइनेछ। समितिको निवर्तमान अध्यक्षमा कुश कार्की, संरक्षक सदस्यमा वसन्त कोइराला, सल्लाहकारमा रविन्सन प्रजु, सुरेन्द्र श्रेष्ठ, भरतराज शाक्य, पुरुषोत्तम श्रेष्ठ, नारायण कोइराला, विनोद गुप्ता र राजमान ताम्राकार छन्। अधिवेशनले सचिव नरेन्द्रप्रसाद आचार्यले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष कविन्द्रमान पालिखेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
त्यस अवसरमा अग्रज व्यवसायी सम्मानबाट अन्तुमान गुभाजु, सक्रिय कार्य सम्मानबाट देवबहादुर भुजेल, बढी आर्थिक सहयोग गर्ने जीवन ढकाल, एसएलसी उत्तीर्ण छात्र महेश्वर आचार्य र छात्रा कृति श्रेष्ठलाई सम्मान गरिएको थियो। यसअघि, अधिवेशन उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख कृष्णप्रसाद आचार्यले व्यवसायिक गतिविधि गर्दा नीति, नियम र कानुन बिर्सन नहुने बताए। उनले राम्रो र रचनात्मक काम गरेमात्र राम्रो पहिचान बनाउन सकिने उल्लेख गरे।
पोखरा भाँडा व्यवसायी संघका संस्थापक अध्यक्ष रविन्सन प्रजुले व्यवसायी फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोड दिए। सिटी रेवान पोखराका अध्यक्ष केपी शर्मा पाध्याले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रालाई नभई हाम्रा लागि राम्रो काम गर्नेलाई प्रोत्साहित गर्नुपर्ने औंल्याए। कार्यक्रममा पोखरा भाँडा व्यवसायी संघका सल्लाहकार वसन्त कोइराला, नारायण कोइराला, दमक भाँडा व्यवसायी संघका अध्यक्ष विक्रमकुमार शाह, मसिना निमाविका प्रधानाध्यापक गोविन्द बराल, फ्लोरिङ फर्निसिङ एसोसिएशनका कास्कीका अध्यक्ष रहमोहन सुवेदी, कपडा व्यवसायी एसोसियसन कास्कीका अध्यक्ष यमनाथ तिमिल्सिना, पोखरा हार्डवेयर एशोसिएशनका निवर्तमान अध्यक्ष प्रेमप्रसाद पौडेल, संघका सदस्य ओम श्रेष्ठ, विद्यार्थी महेश्वर आचार्यलगायतले बोलेका थिए। पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष कुश कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रथम उपाध्यक्ष देवबहादुर भुजेलले स्वागत र सचिव नरेन्द्रप्रसाद आचार्यले सञ्चालन गरेका थिए।
Post a Comment